bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Ezekiel 32
Ezekiel 32
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 31
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 33 →
1
बाह्रौँ वर्षको बाह्रौँ महिनाको पहिलो दिनमा परमप्रभुको यो वचन मकहाँ आयो:
2
“हे मानिसको छोरो, मिश्रदेशको राजा फारोको विषयमा विलाप गर्, र त्यसलाई भन्: “‘जाति-जातिहरूका बीचमा तँ एक सिंहजस्तै छस्। समुद्रहरूभित्र तँ एक अजिङ्गरजस्तै छस्। तेरो हलचलले खोलाहरू यताउता छर्कंदै, र खुट्टाले पानी मन्थन गर्दै, र खोलाहरूलाई हिलै-हिलो पार्दैजाने तँ होस्।
3
“‘परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ, “‘मानिसहरूको एउटा ठूलो भीड़सँग, म मेरो जाल तँमाथि नै हान्नेछु, र तिनीहरूले मेरो जालमा तँलाई तानेर पाखामा ल्याउनेछन्।
4
म तँलाई जमिनमा मिल्काइदिनेछु, म तँलाई पाखामा हुत्त्याइदिनेछु। आकाशमा सबै पक्षीहरूलाई म तँमाथि बस्न दिनेछु, र पृथ्वीका जम्मै पशुहरूलाई तेरो मासु लुछ्न दिनेछु।
5
तेरो मासु म पर्वतहरूमा छरिदिनेछु, र तेरो मृत शरीरले म बेँसी भरिदिनेछु।
6
तँबाट बगेको रगतले म पहाड़हरूसम्म जमिन भिजाइदिनेछु, र खोँचहरू तेरो मासुले भरिनेछन्।
7
मैले तेरो नामनिशाना मेट्दा म आकाश ढाकिदिनेछु, र त्यसका ताराहरूलाई अँध्यारो पारिदिनेछु। म सूर्यलाई बादलले ढाक्नेछु, र चन्द्रमाले प्रकाश दिनेछैन।
8
आकाशका सबै चम्कने ज्योतिहरूलाई म तँमाथि अँध्यारो पारिदिनेछु, र तेरो देशमा म अन्धकार ल्याउनेछु, परमप्रभु परमेश्वर भन्नुहुन्छ।
9
जब म तँलाई जाति-जातिहरूका बीचमा तैंले नजानेका देशहरूमा तेरो सर्वनाश ल्याउनेछु, तब म धेरै मानिसहरूका हृदयलाई व्याकुल तुल्याउनेछु।
10
म धेरै मानिसहरूलाई तँसित तर्सने तुल्याउनेछु। तिनीहरूका राजाहरूका अगि मैले मेरो तरवार चलाउँदा, ती राजाहरू थरथर काम्नेछन्। तेरो पतनको दिनमा तिनीहरू हरेक आ-आफ्नो जीवनको खातिर प्रत्येक क्षण काम्दै बस्नेछ।
11
“‘किनकि परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: “‘बेबिलोनका राजाको तरवार तेरो विरुद्धमा आउनेछ।
12
म तेरा सबै सैन्य-दलहरूलाई शक्तिशाली मानिसहरूका तरवारद्वारा ढालिदिनेछु— तिनीहरू सारा जातिहरूमा सबैभन्दा क्रूर छन्। तिनीहरूले मिश्रदेशको घमण्डलाई चूर पार्नेछन्, र त्यसका सबै सैन्य-दलहरू परास्त पारिनेछन्।
13
प्रशस्त पानीहरूका छेउबाट त्यसका सबै गाईबस्तुहरूलाई म सर्वनाश गर्नेछु। त्यसपछि त्यो पानी न त मानिसको खुट्टाले हल्लाइनेछ न पशुको खुरले हिल्याइनेछ।
14
तब म त्यसको पानी शान्त पारिदिनेछु, र त्यसका खोलाहरू तेलझैँ सलसल बग्न लाउनेछु, परमप्रभु परमेश्वर भन्नुहुन्छ।
15
जब म मिश्रदेशलाई उजाड़ पारिदिनेछु, र त्यस देशमा भएको हरेक थोकलाई खोसिलैजानेछु, जब त्यसमा बस्ने सबैलाई प्रहार गरेर मार्नेछु, तब तिनीहरूले म नै परमप्रभु हुँ भनी जान्नेछन्।’
16
“तिनीहरूले त्यसको लागि गाउने विलापको गीत यो हो। जाति-जातिका छोरीहरूले यो गाउनेछन्। मिश्रदेश र त्यसका सारा सैन्य-दलहरूका निम्ति तिनीहरूले यो गीत गाउनेछन्, परमप्रभु परमेश्वर भन्नुहुन्छ।
17
बाह्रौँ वर्षमा महिनाको पन्ध्रौँ दिनमा परमप्रभुको यो वचन मकहाँ आयो:
18
“हे मानिसको छोरो, मिश्रदेशका सैन्य-दलहरूका निम्ति रो, र त्यसलाई र शक्तिशाली जातिहरूका छोरीहरूलाई, मृत-लोकमा जानेहरूसित पृथ्वीको तलतिर जानलाई नियुक्त गरिदे।
19
तिनीहरूलाई भन्, ‘के तँ अरूभन्दा बढ़ी निगाहको पात्र छस् र? तल जा, र खतना नभएकाहरूका साथमा पड़िरह।
20
तरवारले मारिएकाहरूसँगै तिनीहरू लोट्नेछन्। तरवार थुतिएको छ। त्यसका सारा सैन्य-दलहरूसँगै त्यो घिस्स्याएर लगिओस्।
21
चिहानभित्रबाट शक्तिशाली नेताहरूले मिश्रदेश र त्यसका मित्रराष्ट्रहरूका विषयमा भन्नेछन्, ‘तिनीहरू तल आएका छन्, र तरवारले मारिएकाहरूसित र खतना नभएकाहरूसित तिनीहरू पड़िरहेका छन्।’
22
अश्शूर देश, त्यसका सबै सेनासमेत त्यहाँ छ, त्यसका मारिएकाहरू, तरवारले लोटेकाहरूका चिहानहरूले त्यसलाई चारैतिर घेरिराखेका छन्।
23
तिनीहरूका चिहानहरू मृत-लोकको गहिराइभित्र छन्। त्यसको सेना त्यसकै चिहानका चारैतिर छ। जीवितहरूको देशमा त्रास फैलाउनेहरू सबै मारिएका छन्, तरवारद्वारा तिनीहरू ढालिएका छन्।
24
“एलाम त्यहाँ छ, र त्यसको चिहानका चारैतिर त्यसका सैन्य-दलहरू छन्! यी सबै तरवारले काटिएर मारिएकाहरू हुन्। जीवितहरूको देशमा त्रास फैलाउने सबै पृथ्वीको तलतिर खतना नभईकन गए। मृत-लोकमा जानेहरूसँगै तिनीहरूले बेइज्जत भोग्दछन्।
25
त्यसको चिहानका चारैतिर त्यसका सैन्य-दलहरूसँगसँगै मारिएकाहरूका बीचमा त्यसको निम्ति एउटा विश्राम-स्थान बनाइएको छ। ती सबै तरवारले मारिएका बेखतनावालहरू हुन्। जीवितहरूको देशमा तिनीहरूले त्रास फैलाएका हुनाले तल मृत-लोकमा जानेहरूसँगै तिनीहरूले बेइज्जत भोग्दछन्। तिनीहरू मारिएकाहरूसँगै गाड़िएका छन्।
26
मेशेक र तूबल पनि त्यहाँ छन्, र तिनीहरूका चिहानका चारैतिर तिनीहरूका सबै सैन्य-दलहरू छन्। तिनीहरू सबै बेखतनावालहरू हुन्, र तिनीहरूले जीवितहरूको देशमा त्रास फैलाएका हुनाले तिनीहरू सबै तरवारले मारिएका थिए।
27
के तिनीहरू ती अरू बेखतना भएका योद्धाहरूसित पड़िरहँदैनन्, जुन योद्धाहरू लोटेका छन्, र आ-आफ्ना लड़ाइँका हतियारका साथ चिहानमा गएका छन्, र जसका तरवारहरू आ-आफ्नो टाउको मुनि राखिएका छन्? ती योद्धाहरूले जीवितहरूको देशमा त्रास फैलाए तापनि तिनीहरूका पापको दण्ड तिनीहरूकै हड्डीमा परेको छ।
28
“तँ पनि हे फारो, बेखतनावालहरूसित, तरवारले मारिएकाहरूसितै तँ ध्वंस भएर लोट्नेछस् र पड़िरहनेछस्।
29
“एदोम आफ्ना राजाहरू र सबै राजकुमारहरूसँग त्यहाँ छ। तिनीहरूको आफ्नो शक्ति भए तापनि तरवारले मारिएकाहरूसितै तिनीहरू पड़िरहेका छन्। तिनीहरू तल मृत-लोकमा जानेहरूसँग, बेखतनावालहरूसँगै पड़िरहेका छन्।
30
“उत्तरका सबै राजकुमारहरू र सबै सीदोनीहरू त्यहाँ छन्। तिनीहरूले आफ्नो शक्तिले त्रास मच्चाए तापनि तिनीहरू मारिएकाहरूसितै बेइज्जती भई तलतिर गए। तिनीहरू खतना नभईकन तरवारले मारिएकाहरूसितै पड़िरहेका छन्, र मृत-लोकमा जानेहरूसितै तिनीहरूले बेइज्जत भोग्छन्।
31
“फारो, त्यो र त्यसका सेनाले तिनीहरूलाई देखेर तरवारले मारिएका आफ्ना सबै सैन्य-दलहरूका लागि सान्त्वना पाउनेछ, परमप्रभु परमेश्वर भन्नुहुन्छ।
32
जीवितहरूको देशमा त्रास फैलाउन मैले त्यसलाई लगाएँ, तापनि फारो र आफ्ना सबै सैन्य-दलहरू बेखतनावालहरूका बीचमा, तरवारले मारिएकाहरूसँगसँगै पड़िरहनेछन्, परमप्रभु परमेश्वर भन्नुहुन्छ।”
← Chapter 31
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 33 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
41
42
43
44
45
46
47
48