bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Ezekiel 44
Ezekiel 44
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 43
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 45 →
1
तब ती मानिसले मलाई फेरि पूर्वपट्टि फर्केको पवित्रस्थानको बाहिरी मूल ढोकामा ल्याए, र त्यो बन्द थियो।
2
परमप्रभुले मलाई भन्नुभयो, “यो ढोका बन्दै रहनुपर्छ। त्यो खोल्नुहुँदैन। त्यसबाट कोही पनि पस्न पाउनेछैन। त्यो बन्द रहनुपर्छ, किनभने परमप्रभु इस्राएलका परमेश्वर त्यसबाट प्रवेश गर्नुभएको छ।
3
राजकुमार आफै मात्र परमप्रभुको उपस्थितिमा खानलाई ढोकाभित्र पस्न सक्छन्। तिनी ढोकाको दलानबाट भित्रबाहिर जानुपर्छ।”
4
तब ती मानिसले मलाई मन्दिरको अगाड़िपट्टि उत्तरको मूल ढोकाबाट ल्याए। मैले हेरें, र परमप्रभुको महिमाले परमप्रभुको मन्दिर भरिरहेको देखें, र म घोप्टो परें।
5
तब परमप्रभुले मलाई भन्नुभयो, “हे मानिसको छोरा, होशियारीसाथ हेर्, र परमप्रभुको मन्दिरका सारा विधिहरूका विषयमा मैले तँलाई भनेका सबै कुरा ध्यान दिएर राम्ररी सुन्। मन्दिरको प्रवेशद्वार र पवित्रस्थानका बाहिर निस्कने सबै ढोकाहरूलाई हेर्।
6
बागी इस्राएलका घरानालाई यसो भन्, ‘परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: हे इस्राएलको घराना हो, तिमीहरूका घृणित व्यवहार अति भयो!
7
तिमीहरूका सबै घृणित व्यवहारबाहेक तिमीहरूले हृदय र शरीरमा बेखतनाका विदेशीहरूलाई मेरो पवित्रस्थानभित्र ल्याएर तिमीहरूले भोजन, बोसो र रगत मेरो लागि चढ़ाउँदा त्यो बिटुलो पार्यौ, र मेरो करार भङ्ग गर्यौ।
8
मेरा पवित्र थोकका विषयमा तिमीहरूले आफ्नो कर्तव्य पूरा गर्नुको सट्टा मेरो पवित्रस्थानको जिम्मा अरूहरूलाई दियौ।
9
परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: हृदय र शरीरमा बेखतनाको कुनै पनि विदेशी— र ती विद्रोहीहरू पनि जो इस्राएलीहरूका बीचमा छन्, तिनीहरूमध्ये कोही पनि मेरो पवित्रस्थानमा प्रवेश गर्नुहुँदैन।
10
“‘लेवीहरूले, जो इस्राएलीहरू आफ्नो बाटो बरालिएर गएका बेलामा मदेखि दूर भएका थिए, र जसले मलाई त्यागेर आफ्ना मूर्तिहरूतिर गएका थिए, तिनीहरूले आफ्ना पापको दण्ड भोग्नैपर्छ।
11
तिनीहरूले मेरो पवित्रस्थानमा सेवा गर्न सक्छन्, र मन्दिरका ढोकाहरूका जिम्मा लिएर त्यहाँ सेवा गर्न सक्छन्। तिनीहरूले मानिसहरूका निम्ति होमबलि र बलिदानहरू चढ़ाउन सक्छन्। तिनीहरू मानिसहरूका अगि खड़ा भएर तिनीहरूको सेवा गर्न सक्छन्।
12
तर ती लेवीहरूले आफ्नै मूर्तिहरूका सामुन्ने मानिसहरूको सेवा गरेका, र इस्राएलको घरानालाई पापमा खसालेका हुनाले, तिनीहरूले आफ्ना पापको दण्ड भोग्नैपर्छ भनी मैले आफ्ना हात उठाएर शपथ खाएको छु, परमप्रभु परमेश्वर भन्नुहुन्छ।
13
तिनीहरू पूजाहारीहरूले जस्तै मेरो सेवा गर्न मकहाँ नजिक आउन पाउनेछैनन्। तिनीहरू मेरो कुनै पनि पवित्र थोक अथवा महापवित्र भेटीको नजिक आउन पाउनेछैनन्। आफूले गरेका घिनलाग्दा कामहरूको शर्म तिनीहरूले भोग्नैपर्छ।
14
तापनि मन्दिरका कर्तव्यहरूको जिम्मा र त्यहाँ गरिने सबै कामको जिम्मा म तिनीहरूलाई नै दिनेछु।
15
“‘तर सादोकको परिवारका लेवी पूजाहारीहरूचाहिँ त इस्राएलीहरू मबाट बरालिएर गए तापनि मेरो पवित्रस्थानका कर्तव्यहरू ईमानदारीपूर्वक पूरा गरिरहे। यिनीहरूचाहिँ मेरो सेवा गर्न मेरो नजिक आउन सक्नेछन्। तिनीहरू नै मेरो सामुन्ने बोसो र रगतको बलिदानहरू चढ़ाउन आउन पाउनेछन्, परमप्रभु परमेश्वर भन्नुहुन्छ।
16
तिनीहरू मात्र मेरो पवित्रस्थानमा पस्नेछन्, र मेरो अगि सेवा गर्न मेरो टेबिलको नजिक आएर तिनीहरूले मेरो सेवा गर्नेछन्।
17
“‘जब तिनीहरू भित्री चोकका ढोकाहरूमा पस्नेछन्, तब तिनीहरूले सूती कपड़ाका लुगा लाउनुपर्छ। तिनीहरूले भित्री चोकका ढोकाहरूमा वा मन्दिरभित्र सेवा गर्दा कुनै पनि ऊनको लुगा लाउनुहुँदैन।
18
तिनीहरूले टाउकोमा सूतीको फेटा र कम्मरमा सूतीको भित्री लुगा लाउनुपर्छ। तिनीहरूले पसीना आउने कुनै किसिमको कपड़ा लाउनुहुँदैन।
19
जब तिनीहरू बाहिरी चोकमा मानिसहरूकहाँ जान्छन्, तब सेवा गर्दा लाएका लुगाहरू फुकाउनुपर्छ र ती पवित्र कोठाहरूमा राखेर अर्को लुगा लाउनुपर्छ, ताकि तिनीहरूले आफ्ना वस्त्रद्वारा मानिसहरूलाई पवित्र नगरून्।
20
“‘तिनीहरूले आफ्ना केश मुड़ाउनुहुँदैन अथवा ती लामा बढ्न पनि दिनुहुँदैन, तर तिनीहरूले आफ्नो केश छोटो गरी काट्नुपर्छ।
21
भित्री चोकमा जाँदा कुनै पनि पूजाहारीले दाखमद्य पिउनुहुँदैन।
22
कुनै पनि पूजाहारीले विधवा वा त्यागेकी स्त्रीलाई विवाह गर्नुहुँदैन। तिनीहरूले इस्राएलको वंशमा जन्मेकी कन्ये-केटीलाई अथवा कुनै पूजाहारीहरूकी विधवालाई मात्र विवाह गर्न सक्छन्।
23
तिनीहरूले मेरो प्रजालाई पवित्र र साधारण कुराको भिन्नता देखाउनुपर्छ, अनि तिनीहरूलाई शुद्ध र अशुद्ध कुरा छुट्ट्याउन सिकाउनुपर्छ।
24
“‘कुनै झगड़ा हुँदा पूजाहारीहरूले नै न्यायाधीशजस्तै काम गर्नुपर्छ, र मेरो विधिबमोजिम तिनीहरूले मुद्दा फैसला गर्नुपर्छ। तिनीहरूले मेरा नियमहरू र मेरा तोकिएका सबै चाड़हरूका विधिहरू पालन गर्नुपर्छ। तिनीहरूले मेरा शबाथहरूलाई पवित्र मान्नुपर्छ।
25
“‘मरेको मानिसको नजिक गएर कुनै पूजाहारीले आफूलाई अशुद्ध पार्नुहुँदैन। तापनि आमा-बुबा, छोराछोरी, दाजुभाइ अथवा अविवाहित दिदी-बहिनीका लाशको नजिक गएर त्यो अशुद्ध हुन सक्छ।
26
चोखिएपछि सात दिनसम्म त्यो पर्खनुपर्छ।
27
पवित्रस्थानमा सेवा गर्न पवित्रस्थानको भित्री चोकमा पस्ने दिन त्यसले आफ्नो निम्ति पापबलि चढ़ाउनुपर्छ, परमप्रभु परमेश्वर भन्नुहुन्छ।
28
पूजाहारीहरूले कुनै पैतृक सम्पत्ति पाउनेछैनन्। तिनीहरूको उत्तराधिकार म नै हुँ। तिमीहरूले इस्राएलमा तिनीहरूलाई कुनै निजी अधिकार दिनुहुँदैन, किनभने म नै तिनीहरूका निजी अधिकार हुनेछु।
29
तिनीहरूले अन्नबलि, पापबलि र दोषबलि खानेछन्। इस्राएलमा परमप्रभुलाई अर्पण गरिएका सबै थोक तिनीहरूका हुनेछन्।
30
सबै अगौटे फलहरूका सबैभन्दा असल फलहरू र तिमीहरूका सबै किसिमका विशेष उपहारहरू जम्मै पूजाहारीहरूकै हुनेछन्। तिमीहरूको घरानामा आशिष् आउनलाई पिँधेको पीठोको सबैभन्दा पहिलो ढिको पनि पूजाहारीहरूलाई नै दिनू।
31
आफै मरेको अथवा फहराएर मारिएको पक्षी वा पशुको मासु पूजाहारीहरूले खानुहुँदैन’।”
← Chapter 43
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 45 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
41
42
43
44
45
46
47
48