bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
1 Kings 1
1 Kings 1
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 2 →
1
दाऊद राजा धरै बुढा भएका थिए। चाकरहरूले कम्बल ओढाएर राख्दा पनि तिनको जिउ तातिँदैनथ्यो।
2
यसकारण तिनका अधिकृतहरूले भने, “हे राजा, हजुरसित बस्न र हजुरको स्याहार गर्न एउटी तरुणी केटी खोजिल्याउने अनुमति दिनुहोस्। त्यो हजुरका छेउमा सुत्नेछे र हजुरलाई न्यानो पार्नेछे।”
3
सारा इस्राएल देशमा एउटी सुन्दरी तरुणीको खोजी गरियो। शूनम्मी अबीशग नाम गरिएकी एउटी त्यस्ती तरुणीलाई तिनीहरूले भेटे र त्यसलाई राजाकहाँ हाजिर गरे।
4
त्यो अत्यन्त सुन्दरी थिई र राजाकी सुसारे भई तिनको स्याहार गर्न लागी। तर राजाले त्योसित सम्भोग गरेनन्।
5
[5-6] अब्शालोम मरिसकेका थिए। हग्गितपट्टिका दाऊदका छोरा अदोनियाह अझै बाँचिरहेका छोराहरूमध्ये सबैभन्दा जेठा थिए। तिनी हेर्नमा सुन्दर थिए। दाऊदले तिनलाई केही कुरामा हप्काएका थिएनन् र तिनलाई राजा हुने इच्छा थियो। तिनले आफ्ना लागि रथ, घोडाहरू र पचास जना अङ्गरक्षकहरूको दल तयार गरे।
7
तिनले योआब (जसकी आमा सरूयाह थिइन्) र अबियाथार पूजाहारीसँग सल्लाह गरे र उनीहरू तिनीपट्टि लाग्न राजी भए।
8
तर सादोक पूजाहारी, यहोयादाको छोरो बनायाह, नातान अगमवक्ता, शिमी, रेई र दाऊदका अङ्ग-रक्षकहरू तिनीपट्टि लागेनन्।
9
एक दिन अदोनियाहले एन-रोगेलनिरको खोल्सोछेउको जोहेलेत भन्ने चट्टानमा भेडा, साँढे र घरमा पालेका मोटा-मोटा बाछाहरूको बलि चढाए। तिनले दाऊद राजाका अन्य छोराहरू र यहूदाबाट आएका तिनका अधिकृतहरूलाई त्यस बलिको भोजमा निम्त्याए।
10
तर तिनले आफ्नो सौतेनी भाइ सोलोमन, नातान अगमवक्ता, बनायाह र राजाका अङ्गरक्षकहरूलाई निम्त्याएनन्।
11
तब नातान सोलोमनकी आमा बतशेबाकहाँ गए र सोधे, “हग्गितको छोरो अदोनियाह राजा भएको कुरा के तपाईंलाई थाहा भएन? अनि यसबारे दाऊद राजालाई केही कुरा थाहा छैन।
12
तपाईं आफ्नो प्राण अनि आफ्ना छोरा सोलोमनको प्राणको रक्षा चाहनुहुन्छ भने
13
झट्टै दाऊद राजाकहाँ गएर यसरी सोध्नुहोस् भनी म सल्लाह दिन्छु, ‘हे राजा! हजुरपछि मेरो सोलोमन राजा हुनेछ भनी के हजुरले मलाई प्रतिज्ञा गर्नुभएको होइन र? अहिले कसरी अदोनियाह राजा भए त?’
14
“अनि तपाईं राजासित बात गरिरहेका बेलामा म पनि आएर तपाईंका कुरा ठीक छन् भनी समर्थन गर्नेछु।”
15
बतशेबा राजालाई भेट्न उनको सुत्ने कोठामा गइन्। तिनी धेरै बुढा भएका थिए र शूनम्मीबाट आएकी अबीशगले तिनको स्याहारसुसार गर्थी।
16
राजाको सामुन्ने निहुरेर बतशेबाले दण्डवत् गरिन्। राजाले सोधे, “तिमी के चाहन्छौ?”
17
तिनले उत्तर दिइन्, “हे राजा! हजुरले आफूपछि मेरो छोरो सोलोमन राजा हुनेछ भनी परमप्रभु आफ्ना परमेश्वरको नाममा मसित गम्भीर प्रतिज्ञा गर्नुभएको थियो।
18
तर अदोनियाह पो राजा भइसके रे अनि हजुरलाई यसबारे केही थाहा छैन।
19
तिनले धेरै गाई-वस्तुहरू, मोटा-मोटा बाछाहरू र भेडाहरू बलि चढाएछन् र तपाईंका छोरा अबियाथार पूजाहारी र सेनापति योआबलाई भोजमा निम्त्याएछन्, तर तपाईंको छोरो सोलोमनलाई चाहिँ निम्तो पठाएनछन्।
20
हे महाराज! इस्राएलका सारा प्रजाले हजुरपछि को राजा हुने भनेर हजुरको मुखबाट सुन्न पर्खिराखेका छन्।
21
हजुरले केही गर्नुभएन भने हजुरको मृत्युपछि म र मेरो छोरो सोलोमनलाई राजद्रोहीलाई गरिने व्यवहार गरिनेछ।”
22
रानी बोल्दै नै थिइन्, नातान राजमहलमा आइपुगे।
23
तिनी आइपुगेको खबर राजाले पाए र भित्र गई नातानले निहुरेर राजालाई दण्डवत् गरे।
24
नातानले भने, “हे महाराज! हजुरपछि अदोनियाह राजा हुनेछन् भनी के हजुरले घोषणा गर्नुभयो?
25
तिनले धेरै साँढे, भेडा र मोटा-मोटा बाछाहरू बलि चढाएका छन्। तिनले सबै राजकुमारहरू, हजुरका सेनापति योआब र अबियाथार पूजाहारीलाई निम्त्याए र अहिले तिनीहरू अदोनियाहसित भोजमा बसेका छन् र अदोनियाह राजा दीर्घायु होऊन्! भनी कराइरहेका छन्।
26
तर हजुर, तिनले मलाई वा सादोक पूजाहारी वा बनायाह वा सोलोमनलाई निम्तो पठाएनन्।
27
के महाराजले यी सबै कुरामा आफ्नो मन्जुरी दिनुभयो र हामी हजुरका भारदारहरूलाई समेत आफूपछि को राजा भनेर पनि बताउनु भएन?”
28
दाऊद राजाले भने, “बतशेबालाई यहाँ आउनू भन्।” तिनी आएर राजाका छेउमा उभिइन्।
29
तब राजाले यसो भनेर शपथ खाए, “मेरा सबै दु:खबाट मलाई छुटकारा दिनुहुने जीवित परमप्रभुलाई साक्षी राखी म वचन दिन्छु
30
कि तिम्रो छोरो सोलोमन मपछि राजा हुनेछ भन्ने तिमीलाई दिएको प्रतिज्ञा मैले परमप्रभु इस्राएलका परमेश्वरको नाउँमा म आज पूरा गर्नेछु।”
31
बतशेबाले घोप्टिएर दण्डवत् गरिन् र भनिन्, “मेरा राजा, मेरा प्रभु दीर्घायु होऊन्!”
32
तब दाऊद राजाले सादोक, नातान र बनायाहलाई बोलाए। तिनीहरू आएपछि
33
राजाले तिनीहरूलाई भने, “मेरा दरबारिया भारदारहरूलाई साथमा लिएर जाऊ। मेरो छोरो सोलोमन मेरै खच्चरमा चढोस् र त्यसलाई गीहोन खोलासम्म लैजाऊ।
34
त्यहाँ सादोक र नातानले त्यसलाई इस्राएलका राजा बनाई अभिषेक गर्नू। त्यसपछि तुरही फुकेर ‘सोलोमन राजा दीर्घायु होऊन्!’ भनी सोर उचालेर कराउनू।
35
मेरो सिंहासनमा बस्न तिमीहरूसँगै त्यसलाई फर्काएर ल्याउनू। मपछि त्यो राजा हुनेछ किनभने मैले त्यसलाई यहूदा र इस्राएलका राजा हुन चुनेको छु।”
36
बनायाहले उत्तर दिए, “महाराजाको आज्ञापालन हुनेछ। परमप्रभु हजुरका परमेश्वरले यसमाथि आफ्नो मन्जूरी देऊन्।
37
हजुरसित परमप्रभु रहनुभएझैँ उहाँ सोलोमनसित पनि रहून् र तिनको राज्यकाल हजुरको भन्दा पनि बढी फलोस्-फुलोस्।”
38
त्यसपछि सादोक, नातान, बनायाह र राजाका अङ्गरक्षकहरूले सोलोमनलाई दाऊद राजाको खच्चरमा चढाए र गीहोनको खोलामा पुर्याए।
39
सादोकले परमप्रभुको पवित्र पालबाट ल्याएका जैतुनको तेल राख्ने सिङ लिए र सोलोमनलाई अभिषेक गरे। तिनीहरूले तुरही बजाए र सबै मानिसहरूले कराएर भने, “सोलोमन राजा अमर रहून्!”
40
त्यसपछि सबै जना आनन्दले रमाउँदै, बाँसुरी बजाउँदै र जमिन थर्कने गरी सोर मच्चाउँदै तिनको पछिपछि फर्किआए।
41
अदोनियाह र तिनका पाहुनाहरूले खाइसक्नआँट्दा त्यो सोर सुने। तुरहीको आवाज सुनेर योआबले सोधे, “सहरमा यो केको होहल्ला हुँदै छ?”
42
तिनले आफ्नो कुरा भनिसकेकै थिएनन् कि अबियाथार पूजाहारीको छोरो जोनाथन त्यहाँ आइपुगे। अदोनियाहले भने, “भित्र आऊ। तिमी त असल मानिस हौ र असल खबर नै ल्याएको हौला।”
43
जोनाथनले उत्तर दिए, “त्यस्तो खबर त छैन है! दाऊद महाराजले सोलोमनलाई राजा बनाउनुभएको छ।
44
राजाले सादोक, नातान, बनायाह र आफ्ना अङ्गरक्षकहरूलाई सोलोमनको साथसाथै रक्षा गर्दै पठाउनुभएको छ। तिनीहरूले सोलोमनलाई राजाको खच्चरमा चढाए
45
अनि सादोक र नातानले तिनलाई गीहोनको खोलामा राजा अभिषेक गरे। त्यसपछि तिनीहरू आनन्दले कराउँदै सहरमा फर्के र अहिले मानिसहरू ठूलो सोरले कराउँदै छन्। त्यही सोर अहिले तपाईंहरूले सुन्नुभएको हो।
46
अब सोलोमन राजगद्दीमा बसेका छन्।
47
त्यसमाथि राजदरबारमा भारदारहरू राजालाई सम्मान चढाउन गए र भने, ‘राजाका परमेश्वरले सोलोमनलाई हजुरभन्दा प्रसिद्ध बनाऊन् र उनको शासन हजुरको भन्दा बढी फलोस्-फुलोस्।’ त्यसपछि परमेश्वरलाई पुज्दै दाऊद राजाले पलङमाथि नै उहाँलाई प्रणाम गरे
48
र यसरी प्रार्थना गरे, ‘आज परमप्रभु इस्राएलका परमेश्वरले मेरो एउटा सन्तानलाई मपछि राजा हुनलाई खटाउनुभयो र यो दिन मलाई देख्न दिनुभयो। यसको लागि परमप्रभुको प्रशंसा गरौं’!”
49
तब अदोनियाहका पाहुनाहरू डराए र उठेर बिदा भए। तिनीहरू आ-आफ्ना बाटो लागे।
50
सोलोमनको ठूलो डर मान्दै अदोनियाह परमप्रभुको पवित्र पालमा गए र वेदीका दुई कुनाका चोसाहरू समातेर उभिए।
51
अदोनियाह डराएर वेदीका कुनाका चोसाहरू समातेर उभिरहेका खबर सोलोमन राजाकहाँ पुग्यो। “सोलोमन राजाले मलाई प्राणदण्ड दिनुहुन्न भनी पहिले शपथ खाऊन् भनी उनले भनेको कुरा पनि राजालाई सुनाइयो।”
52
सोलोमनले उत्तर दिए, “तिनी राजभक्त छन् भने तिनका कपालको एउटा केश पनि कसैले छुनेछैन, तर त्यसो होइन भने, तिनी मारिनेछन्।”
53
त्यसपछि सोलोमन राजाले अदोनियाहलाई बोलाउन पठाए र वेदीबाट तल ल्याउन लाए। राजाका अघि गई भूइँसम्म निहुरेर अदोनियाहले दण्डवत् गरे। राजाले तिनलाई भने, “तिमी घर गए हुन्छ।”
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 2 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22