bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
1 Kings 18
1 Kings 18
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 17
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 19 →
1
केही समयपछि खडेरी परेको तेस्रो वर्षमा परमप्रभुले एलियालाई भन्नुभयो, “गएर आहाब राजाको अघि खडा हो र म वर्षा पठाउनेछु।”
2
एलिया आफ्नो बाटो लागे। सामरियामा घोर अनिकाल परेको थियो।
3
यसर्थ आहाबले राजमहलका मुख्य अधिकारी ओबदियालाई बोलाउन पठाए। (ओबदिया परमप्रभुको कट्टर भक्त थिए।
4
ईजेबेलले परमप्रभुका अगमवक्ताहरूलाई हत्या गरेको बेलामा ओबदियाले एक सय अगमवक्ताहरूलाई पचास-पचासका दुई दल गरी ओडारमा लुकाएर राखेका थिए र तिनीहरूलाई खानपानको व्यवस्था गरिदिएका थिए।)
5
आहाबले ओबदियालाई भने, “हामी गएर देशका सबै कुवा र खोला-नाला हेरौं। कतै घोडा र खच्चरहरूलाई जीवित राख्न चाहिँदो घाँस पाउन सक्छौं कि? र सायद हाम्रा कुनै पनि पशु हामीले मार्नुनपर्ला।”
6
देशको कुन हिस्सामा कसले खोजी गर्ने, त्यसबारे तिनीहरूले सल्लाह मिलाए र भिन्न-भिन्न दिशातिर लागे।
7
बाटोमा जाँदैगर्दा अचानक ओबदियाले एलियालाई भेटे, तिनलाई चिनेर शिर निहुराई ढोगे र सोधे, “हजुर, के साँच्चै एलिया हुनुहुन्छ?”
8
“हो, म एलिया हुँ,” तिनले उत्तर दिए, “म यहाँ छु भनी तिम्रा मालिकलाई भन।”
9
ओबदियाले जवाफ दिए, “मैले के गरें र आहाब राजाका हातमा मलाई मारिने खतरामा हाल्नुहुन्छ?
10
जीवित परमप्रभु तपाईंको परमेश्वरलाई साक्षी राखी म साँच्चै भन्दछु कि मेरा मालिकले तपाईंलाई खोज्न कसैलाई नपठाएको कुनै जाति वा राज्य बाँकी छैन। कुनै देशका राजाले मेरो देशमा एलिया छैन भन्दा आहाब राजाले त्यस राजालाई उहाँले भनेको कुरा साँचो हो भनी किरियासमेत खान लाउँथे।
11
अहिले म गएर तपाईं यहाँ हुनुहुन्छ भनी राजालाई भन्न लाउनुहुन्छ?
12
म यहाँबाट जाने बित्तिकै परमप्रभुको आत्माले तपाईंलाई उठाएर अर्को ठाउँमा पुर्याउनुभयो भने कसो हुने हो? तपाईं यहाँ हुनुहुन्छ भनी म राजालाई भन्नेछु, उनले तपाईंलाई भेट्टाउनेछैनन् र मलाई मार्नेछन्। हजुरलाई याद होस् कि सानै उमेरदेखि नै म परमप्रभुप्रति भक्त रहेको छु।
13
ईजेबेल रानीले परमप्रभुका अगमवक्ताहरूलाई मार्न खोज्दा मैले पचास-पचासका दुई दल गरी जम्मा एक सय अगमवक्ताहरूलाई ओडारहरूमा लुकाएर राखें र तिनीहरूलाई खानपानको पनि व्यवस्था गरिदिएको थिएँ भनी के हजुरलाई थाहा भएन?
14
म यहाँ छु भनी राजालाई खबर दिन हजुरले कसरी आज्ञा गर्नुहुन्छ? त्यस्तो खबर लिएर म जान ठीक होला र? राजाले मलाई मारिहाल्लान् त?”
15
एलियाले भने, “सर्वशक्तिमान् जीवित परमप्रभु, जसको सेवा म गर्दछु, उहाँलाई साक्षी राखी म वचन दिँदछु, म आज निश्चय नै आहाबकहाँ स्वयम् उपस्थित हुनेछु।”
16
तब ओबदियाले आहाब राजाकहाँ गएर भने र एलिया राजालाई भेट्न गए।
17
तिनलाई देखेर आहाबले भने, “तिमी यहाँ छौ? इस्राएललाई सबैभन्दा बढ्ता दु:ख दिने व्यक्ति तिमी होइनौ र?”
18
एलियाले उत्तर दिए, “मैले दु:ख दिएको होइनँ! कष्ट दिने तपाईं र तपाईंका पिता हुनुहुन्छ। तपाईंहरू परमप्रभुका आज्ञाहरू मान्नुहुन्न र बाल देवताका मूर्तिहरू पुज्नुहुन्छ।
19
इस्राएलका सबै मानिसहरूलाई मसित अब कर्मेल डाँडामा भेट गर्न आज्ञा गर्नुहोस् र ईजेबेल रानीले आश्रय दिएका चार सय पचास जना बाल देवताका अगमवक्ता र अशेरा देवीका चार सय जना अगमवक्ताहरूलाई पनि लिएर आउनुहोस्।”
20
आहाबले सबै इस्राएलीहरू र बाल देवताका अगमवक्ताहरूलाई कर्मेल डाँडामा भेट गर्न बोलाउन पठाए।
21
मानिसहरूका अघि गएर एलियाले भने, “अब कहिलेसम्म तिमीहरू दुई मन गरेर बस्छौ? परमप्रभु परमेश्वर हुनुहुन्छ भने उहाँलाई भन तर यदि बाल परमेश्वर हो भने उसैलाई पुकार!” तर मानिसहरूले एक शब्द पनि बोलेनन्।
22
तब एलियाले भने, “म मात्र एक जना परमप्रभुको अगमवक्ता रहेको छु। तर बाल देवताका ४५० जना अगमवक्ताहरू छन्।
23
दुई वटा साँढेहरू ल्याओ। बाल देवताका अगमवक्ताहरूले एउटा साँढे लिएर त्यसलाई टुक्रा-टुक्रा गरेर काटून् र दाउरामाथि राखून्; तर आगोचाहिँ नसल्काऊन्। दोस्रो साँढे लिएर म पनि त्यसै गर्छु।
24
तब बालका अगमवक्ताहरूले आफ्ना देवतालाई प्रार्थना गरून् र म परमप्रभुलाई प्रार्थना गर्नेछु। जसले आगो पठाएर जवाफ दिनुहुनेछ, उहाँ नै परमेश्वर हुनुहुन्छ।” मानिसहरूले जोडले कराएर त्यो कुरा स्वीकारे।
25
तब एलियाले बालका अगमवक्ताहरूलाई भने, “तिमीहरू एउटा साँढे लिई तयार पार किनभने तिमीहरू धेरै छौ। आफ्ना देवतासित प्रार्थना गर; तर आगोचाहिँ नसल्काओ।”
26
त्यहाँ ल्याएको एउटा साँढे लिएर ती अगमवक्ताहरूले तयार पारे र मध्यदिनसम्म बाल-देवतालाई प्रार्थना गरे। तिनीहरूले चिच्च्याएर भने, “हे बाल-देवता हामीलाई जवाफ दिनुहोस्!” तिनीहरू आफूले बनाएका वेदीका चारैपट्टि नाचिरहे। तर केही जवाफ आएन।
27
मध्यदिन भएपछि एलियाले ठट्टा गर्दै तिनीहरूलाई भने, “अझ जोडले प्रार्थना गर! त्यो त देवता हो! ऊ दिउँसै सपना देख्दै होला अथवा दिसा बस्न गएको होला वा त यात्रामा गएको होला! हुन सक्छ, ऊ सुतेको छ, तिमीहरूले उसलाई उठाउनुपर्छ।”
28
ती अगमवक्ताहरूले अझ जोडले प्रार्थना गरे र आफ्नो रीतिअनुसार आफैंलाई छुरी-कटारीले चोट पारेर रगत बहाए।
29
दिन ढलेर प्राय: साँझ हुने बेलासम्म तिनीहरू बर्बराउँदै बौलाहझैँ कराइबसे तर केही जवाफ आएन, तिनीहरूको देवताले केही वास्ता गरेन।
30
तब एलियाले मानिसहरूलाई भने, “मेरा नजिक आओ।” सबै उनको छेउमा चारैपट्टि जम्मा भए। उनले परमप्रभुको भत्केको वेदीलाई मरमत गरे।
31
उनले हरेक कुलका नाममा एउटाका हिसाबले बाह्र वटा ढुङ्गाहरू लिए। ती कुलहरूका नाम याकूबका छोराहरूका नामअनुसार राखिएका थिए र याकूबलाई परमप्रभुले ‘इस्राएल’ नाम दिनुभएको थियो।
32
ती ढुङ्गाहरूले उनले परमप्रभुको आराधना गर्न वेदी बनाए। वेदीका चारैपट्टि उनले खाडल खने। खाडल निकै ठूलो थियो र चौध लिटर जति पानी त्यसमा हाल्न सकिन्थ्यो।
33
त्यसपछि तिनले वेदीमाथि दाउराहरू मिलाए, साँढे टुक्रा-टुक्रा पारेर काटे र दाउरामाथि राखे। तिनले भने, “चार गाग्रा पानी भरेर यी दाउरा र बलिमा खन्याओ।” तिनीहरूले त्यसै गरे।
34
उनले भने, “फेरि त्यसैगरी पानी खन्याओ।” अनि तिनीहरूले त्यसै गरे। उनले फेरि भने, “अझ एक चोटि त्यसै गर।” र तिनीहरूले फेरि पनि बलि र दाउराहरूमाथि पानी खन्याए।
35
पानी वेदीका चारैपट्टि पोखिएर गयो र खाडल पानीले भरियो।
36
साँझको बलिदान चढाउने समयमा एलिया अगमवक्ता वेदीको छेउमा गएर प्रार्थना गर्न लागे, “हे परमप्रभु, अब्राहाम, इसहाक र याकूबका परमेश्वर, तपाईं इस्राएलमा परमेश्वर हुनुहुन्छ र म तपाईंको सेवक हुँ र तपाईंको आज्ञाले यी सबै काम गर्दै छु भनी प्रमाण दिनुहोस्।
37
मलाई जवाफ दिनुहोस्, परमप्रभु, मलाई जवाफ दिनुहोस् र यी मानिसहरूले तपाईं परमप्रभु परमेश्वर हुनुहुन्छ र तपाईंले नै यिनीहरूलाई आफूकहाँ फर्काउँदै हुनुहुन्छ भनी जानून्।”
38
परमप्रभुले आगो पठाउनुभयो र आगोले बलि, दाउरा र ढुङ्गाहरू भस्म पार्यो, भूइँ डढायो र खाडलका पानी सुकाइदियो।
39
त्यो देखेर मानिसहरू भूइँमा पस्रिए र कराएर भने, “परमप्रभु परमेश्वर हुनुहुन्छ, परमप्रभु मात्र परमेश्वर हुनुहुन्छ!”
40
एलियाले आज्ञा गरे, “बालका अगमवक्ताहरूलाई पक्र, तिनीहरू कसैलाई उम्कन नदेओ।” मानिसहरूले तिनीहरूलाई समाते र एलियाले तिनीहरूलाई कीशोन खोलामा लगेर मारे।
41
त्यसपछि एलियाले आहाब राजालाई भने, “अब गएर भान्सा गर्नुहोस्। मैले भारी वर्षा आइरहेको आवाज सुन्दै छु।”
42
आहाब खान गएको बेलामा एलिया कर्मेल डाँडाको टुप्पोमा चढे र त्यहाँ भूइँमा घोप्टिएर आफ्ना दुई घुँडाका बीचमा टाउको हाले।
43
तिनले आफ्नो चाकरलाई भने, “गएर समुद्रतिर हेर्।” चाकर गयो र यसो भन्दै फर्क्यो, “मैले केही पनि देखिनँ।” सात पल्ट एलियाले त्यसलाई त्यसरी गएर हेर्न लाए।
44
सातौँ खेपमा त्यो फर्केर आई भन्यो, “मान्छेको हातजत्रो बादलको टुक्रा समुद्रबाट आइरहेको म देख्दै छु।” एलियाले आफ्नो चाकरलाई आज्ञा गरे, “आहाब राजाकहाँ गएर भन् कि पानीले तिनलाई रोक्नुभन्दा अघि नै तिनी आफ्नो रथमा चढेर गइहालून्।”
45
एक छिनपछि आकाश कालो बादलले भरियो, बतास चल्न थाल्यो र धेरै वृष्टि हुन थाल्यो। आहाब आफ्नो रथमा चढे र यिजरेलतिर फर्के।
46
परमप्रभुको शक्ति एलियामा पर्यो। तिनले आफ्ना लुगा कम्मरमा बेह्रे र आहाबको अघि-अघि यिजरेलसम्मै दगुरेर गए।
← Chapter 17
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 19 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22