bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
1 Kings 6
1 Kings 6
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 5
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 7 →
1
इस्राएलीहरूले मिश्रदेश छाडेको चार सय असी वर्षपछि आफ्ना शासनकालको चौथो वर्षको जीभ भनिने दोस्रो महिनामा सोलोमनले मन्दिर बनाउने काम सुरु गरे।
2
मन्दिर भित्रको लमाइ २७ मिटर, चौडाइ ९ मिटर र उचाइ १३.५ मिटर थियो।
3
मन्दिरको ढोका अगाडिको प्रवेश कोठाको लम्बाइ मन्दिरको चौडाइ बराबर ९ मिटर थियो। प्रवेश कोठाको चौडाइचाहिँ ४.५ मिटर थियो।
4
मन्दिरका भित्ताहरूमा अग्ला-अग्ला ठाउँमा झ्यालहरू थिए। ती झ्यालहरू बाहिरी भित्तापट्टि साँगुरिएर गएका थिए।
5
बाहिरी भित्ताका दुई बगाल र पछिल्लोपट्टि, एउटा तीनतले घर जोडेर बनिएको थियो। हरेक तला २.२ मिटर अग्लो थियो।
6
तल्लो तलाको हरेक कोठा २.२ मिटर चौडा बीच तलाका कोठाहरूको २.७ मिटर चौडा र माथिल्लो तलाका कोठाहरू ३.१ मिटर चौडा थिए। मन्दिरका भित्ताहरू माथिल्ला तलामा तल्लो तलाको भन्दा कम चौडा थिए र त्यसो हुँदा कोठा थाम्ने दलिनहरू कोठाका भित्ताका भरमा राखिएका थिए।
7
मन्दिर बनाउँदा मार्तोल वा घन, बञ्चरो वा अरू कुनै फलामका हातहतियार चलाएको आवाज नसुनिओस् भनेर मन्दिर बनाउनलाई लगाइएका ढुङ्गाहरू ढुङ्गा खानिमा तयार गरिएका थिए।
8
जोडेर बनेको भवनको भूइँ-तलाको प्रवेश ढोका मन्दिरको दक्षिण छेउपट्टि पर्थ्यो। त्यहाँबाट दोस्रो र तेस्रो तलासम्म भर्याङ लागेका थिए।
9
यसरी सोलोमन राजाले मन्दिर बनाइसके। देवदारुका दलिन र फल्याक लाएर छाना हालेका थिए।
10
जोडिएर बनेको तीनतले भवन, जसको हरेक तला २.२ मिटर अग्लो थियो, मन्दिरको बाहिरी भित्तासित जोडेर देवदारुका बनाएका थिए।
11
परमप्रभुले सोलोमनलाई भन्नुभयो,
12
“तैँले मेरा सबै आज्ञा र नियमहरू पालन गरिस् भने मैले तेरो पिता दाऊदसित गरेको प्रतिज्ञा तँसित पूरा गर्नेछु।
13
म मेरो प्रजा इस्राएलका माझमा बास गर्नेछु र म कहिल्यै तिनीहरूलाई त्याग्नेछैनँ।”
14
सोलोमनले यसरी मन्दिर बनाएर सिध्याए।
15
मन्दिरको भित्री भित्ताहरू भूइँदेखि छानासम्म देवदारुका फल्याकले ढाकेका थिए र भूइँमा सल्लाका फल्याक ओछ्याइएको थियो।
16
मन्दिरको पछिल्लो भागमा एउटा भित्री कोठा बनेको थियो। त्यसलाई महा-पवित्रस्थान भनिन्थ्यो। त्यो नौ मिटर लामो थियो र देवदारुका फल्याकले भूइँदेखि छानासम्म ढाकी अलग्गै छुट्ट्याइएको थियो।
17
महा-पवित्रस्थानको अगाडिको कोठा अठार मिटर लामो थियो।
18
मन्दिरको भित्रपट्टि सम्पूर्ण देवदारुको फल्याकले ढाकेको थियो र ढुङ्गाका भित्ताहरू देखिंदैनथ्यो र देवदारुका फल्याकहरूमा फूल र लौकाका चित्र खोपेर सिँगारिएको थियो।
19
मन्दिरको पछिल्लो भागमा भएको भित्री कोठा परमप्रभुको करारको सन्दुक राख्न बनेको थियो।
20
यो भित्री कोठाको उचाइ, लम्बाइ र चौडाइ नौ-नौ मिटर थियो र सम्पूर्ण कोठा निखुर सुनले मोरिएको थियो। वेदीचाहिँ देवदारुका फल्याकले मोहोरिएको थियो।
21
मन्दिरका भित्री भाग निखुर सुनले मोहोरेका थिए र भित्री कोठामा पस्ने ढोकामा सुनका साङ्ला लगाएका थिए। भित्री कोठा सुनले मोहोरेका थिए।
22
मन्दिरको भित्री भाग सम्पूर्ण सुनले मोहोरेका थिए र महा-पवित्रस्थानको वेदी पनि सुनले मोहोरिएको थियो।
23
जैतुनका काठको दुई वटा पखेटा भएका स्वर्गदूतहरू बनाएर महा-पवित्रस्थानमा राखिएको थियो। हरेक स्वर्गदूत ४.४ मिटर अग्लो थियो।
24
[24-26] दुवै एउटै आकार र नापका थिए। प्रत्येकमा दुई पखेटा र प्रत्येक पखेटा २.२ मिटर लामा थिए, त्यसरी एउटा पखेटाको टुप्पादेखि अर्को पखेटाका टुप्पासम्म ४.४ मिटरको अन्तर पर्थ्यो।
27
तिनीहरूलाई महा-पवित्रस्थानको छेउ-छाउमा राखिएको थियो र कोठाको बीच भागमा तिनीहरूका एकएक वटा पखेटाको टुप्पा परस्परमा छुन्थे र एउटाका पखेटाका टुप्पाले एकापट्टिको भित्ता र एक-अर्काका पखेटाका टुप्पाले अर्कोपट्टिको भित्ता छुन्थ्यो।
28
ती दुई स्वर्गदूतहरू सुनले मोहोरेका थिए।
29
मूल कोठा र भित्री कोठाका भित्ताहरूमा स्वर्गदूत, खजुरका बोट र फूलहरूका चित्र खोपेर सिँगारिएको थियो।
30
भूइँका भाग पनि सुनले ढाकेका थिए।
31
महा-पवित्रस्थानको प्रवेशद्वारमा जैतुनका काठले बनेका एक जोड ढोका आमने-सामने राखिएका थिए। ढोकाको माथिल्लो चौखट चुच्चो पारेको अर्द्ध-गोलाकारको रूपमा थियो।
32
स्वर्गदूत, खजूरका बोट र फूलहरूका चित्र खोपेर ती ढोकाहरू सिँगारिएका थिए। ढोका, स्वर्गदूत र खजूरका बोटहरू सुनले मोहोरेका थिए।
33
मूल कोठाको ढोकाको निम्ति जैतुनका काठको एउटा चारकुने चौखट राखिएको थियो।
34
सल्लाका काठका दुई वटा ढोकाहरू थिए।
35
ती ढोकाहरूमा स्वर्गदूत, खजूरका रूख र फूलहरू खोपेर सिँगारिएका थिए र समान प्रकारले सुनले मोहोरेका थिए।
36
मन्दिरको सामुन्नेमा एउटा भित्री चोक बनाइएको थियो। चोकका चारैपट्टि हरेक तीन लहर ढुङ्गाका देवलसित एक लहर देवदारुका बीमहरू दिएर पर्खालले घेरेका थिए।
37
सोलोमन राजाको शासनकालको चौथो वर्षको जीभ भनिने दोस्रो महिनामा मन्दिरको जग बसालिएको थियो।
38
सोलोमनको शासनकालको एघारौं वर्षको आठौँ महिना अर्थात् बूल भनिने महिनामा त्यसको नक्शाअनुसार मन्दिर पूर्णरूपले बनिसिद्धियो। मन्दिर बनाउन सोलोमनलाई सात वर्ष लाग्यो।
← Chapter 5
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 7 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22