bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
1 Kings 15
1 Kings 15
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 14
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 16 →
1
इस्राएलका राजा यारोबामका शासनकालको अठारौँ वर्षमा अबिया यहूदाका राजा भए
2
र उनले यरूशलेममा तीन वर्ष राज्य गरे। अबीशालोमकी छोरी माका उनकी आमा थिइन्।
3
बुबाले गरेका पापहरू सबै उनले पनि गरे र आफ्ना बाजे दाऊदझैँ परमप्रभुप्रति सम्पूर्ण रूपले भक्त रहेनन्।
4
तर दाऊदका खातिर परमप्रभु उनका परमेश्वरले अबियालाई उनीपछि यरूशलेममा राज्य गरी त्यसको सुरक्षा गर्नलाई एउटा छोरो दिनुभयो।
5
दाऊदले परमप्रभुलाई खुसी पार्ने काम गरेका थिए र हित्ती उरियाहको सम्बन्धमा बाहेक अरू सबै विषयमा उहाँको आज्ञापालन गरेका थिए। यसैकारण परमप्रभुले त्यसो गर्नुभएको हो।
6
रहबाम र यारोबामका बीचमा चलेको लडाइँ अबियाको राज्यकालभरि पनि चलिरह्यो।
7
अबियाले गरेका अरू सबै कामहरू यहूदाका राजाको इतिहासमा लेखिएका छन्।
8
अबिया मरे र दाऊदको सहरमा गाडिए र उनको छोरो आसा उनीपछि राजा भए।
9
इस्राएलका राजा यारोबामको शासनकालको बीसौँ वर्षमा आसा यहूदाका राजा भए
10
र उनले एकचालीस वर्ष यरूशलेममा राज्य गरे। अबीशालोमकी छोरी माका उनकी बज्यै थिइन्।
11
आफ्ना पुर्खा दाऊदले झैँ आसाले परमप्रभुको दृष्टिमा मन पर्ने काम गरे।
12
उनले आफ्ना देशबाट मूर्तिपूजा गर्ने पूजा-स्थलहरूमा वेश्यावृति गर्ने पुरुष र स्त्रीहरूलाई धपाए र आफ्ना पुर्खाहरूले बनाएका सबै मूर्तिहरू हटाए।
13
उनले आफ्नी बज्यै माकालाई राजमाताको स्थानबाट हटाइदिए किनभने तिनले सन्तान दिने देवी अशेराको एउटा घिनलाग्दो मूर्ति बनाएकी थिइन्। आसाले त्यो मूर्ति काटेर ढालिदिए र किद्रोनको भञ्ज्याङमा जलाई भस्म पारिदिए।
14
आसाले मूर्तिपूजा गर्ने पूजा-स्थलहरू सम्पूर्ण नाश नगरे पनि आफ्ना जीवनकालभरि उनी परमप्रभुप्रति विश्वासयोग्य रहे।
15
आफ्ना बुबाले परमेश्वरलाई अर्पण गरेका सम्पूर्ण वस्तुहरू र आफैंले अर्पण गरेका सुन, चाँदी र अरू चीजबीज उनले मन्दिरमा ल्याए।
16
यहूदाका राजा आसा र इस्राएलका राजा बाशाका बीचमा तिनीहरूका राज्यकालभरि लडाइँ चलिरह्यो।
17
बाशाले यहूदामाथि आक्रमण गरे र यहूदासित आउ-जाउ गर्ने बाटाहरू बन्द गर्न रामामा किल्ला खडा गर्न लागे।
18
यसकारण मन्दिर र राजमहलमा छोडिएका सबै सुन र चाँदी आसा राजाले आफ्ना भारदारहरूका हातमा अरामका राजा बेन-हददकहाँ दमस्कसमा पठाए। बेन-हदद तब्रिमोनको छोरो र हेज्योनको नाति थिए। आसाले बेन-हददलाई यस्तो खबर पनि पठाए,
19
“हाम्रा पिता-पुर्खाहरूजस्तै हामीहरू आपसमा मित्रता राखौं। यी सुन र चाँदी, तपाईंलाई सौगात पठाउँदै छु। इस्राएलका राजा बाशासितको सन्धि तोड्नुहोस् र यसो गर्दा मेरो देशबाट उनले आफ्ना फौज हटाउनुपर्नेछ।”
20
बेन-हदद राजाले आसाको प्रस्ताव स्वीकार गरे। उनले आफ्ना सेनापतिहरूसित आफ्ना सेना पठाए। तिनीहरूले इस्राएलका घरहरूमाथि हमला गर्नलाई इयोन, दान, हाबिल-बेथ-माका, गालील झीलछेउको इलाका र नप्तालीका सारा देश कब्जा गरे।
21
त्यो सुनेर बाशा राजाले रामामा किल्ला बनाउन छोडे र तिर्सामा फर्केर गए।
22
तब आसा राजाले कसैलाई पनि नछोडी सबै मानिसहरूलाई रामाबाट त्यहाँ बाशाले किल्ला बनाउन चलाउँदैगरेका ढुङ्गा र काठ-पातहरू हटाइलैजान आज्ञा गरे। ती ढुङ्गा र काठ-पात लिएर आसाले मिस्पा र बेन्यामीन इलाकामा भएको गेबा सहर बलियो पार्न किल्ला बनाए।
23
आसा राजाले गरेका अरू सारा काम, उनका साहसी कार्य र उनले निर्माण गरेका सहरहरूबारे यहूदाका राजाको इतिहासमा लेखिएका छन्। तर बुढेसकालमा खुट्टामा रोग लागेर उनी खोरण्डे भए।
24
आसा मरे र दाऊदका सहरमा राजाहरू गाडिने चिहानमा गाडिए। उनीपछि उनको छोरो यहोशापात राजा भए।
25
यहूदाका राजा आसाको शासनकालको दोस्रो वर्षमा यारोबाम राजाको छोरो नादाब इस्राएलका राजा भए र उनले दुई वर्ष राज्य गरे।
26
उनको बुबाले अघि गरेझैँ उनले परमप्रभुको विरुद्धमा पाप गरे र इस्राएलीहरूलाई पाप गर्न लाए।
27
इस्साखारका कुलका अहियाहको छोरो बाशाले नादाबको विरुद्धमा षड्यन्त्र गरे र उनलाई मारे। त्यस बेला नादाब र उनका सेना पलिश्त देशका गिब्बतोन सहरलाई घेरा हालेर बसेका थिए।
28
यहूदाका राजा आसाको शासनकालको तेस्रो वर्षमा यो घटना भएको थियो। यसरी नादाबपछि बाशा इस्राएलका राजा भए।
29
तुरुन्तै उनले यारोबामको परिवारका मानिसहरूलाई मार्न थाले। परमप्रभुले आफ्ना सेवक शीलोको अगमवक्ता अहियाहद्वारा भन्नुभएको वचनअनुसार यारोबामको सम्पूर्ण परिवार मारियो, एक जना व्यक्ति पनि बाँचेन।
30
यारोबाम आफैंले गरेका र इस्राएलीहरूलाई गर्न लाएका पापहरूले गर्दा परमप्रभु इस्राएलका परमेश्वरलाई रिस उठेको हुनाले त्यसो भएको हो।
31
नादाबले गरेका अरू सबै कामहरू इस्राएलका राजाको इतिहासमा लेखिएका छन्।
32
यहूदाका राजा आसा र इस्राएलका राजा बाशा आ-आफ्ना राजगद्दीमा बसुञ्जेल आपसमा निरन्तर लडाइँ गरिरहे।
33
यहूदाका राजा आसाको शासनकालको तेस्रो वर्षमा अहियाहको छोरो बाशा इस्राएलका राजा भए र उनले चौबीस वर्ष तिर्सामा राज्य गरे।
34
आफू अघिका राजा यारोबामले झैँ उनले परमप्रभुको विरुद्धमा पाप गरे र इस्राएललाई पाप गर्न लाए।
← Chapter 14
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 16 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22