bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
1 Kings 20
1 Kings 20
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 19
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 21 →
1
अरामका राजा बेन-हददले आफ्ना सारा सेना भेला गरे र अरू बत्तीस जना राजाहरू, तिनका घोडसवार र रथहरूसहित साथमा लिएर अघि बढे अनि सामरियालाई घेरामा हालेर त्यसमाथि आक्रमण गरे।
2
तिनले दूतहरू सहरमा पठाएर इस्राएलका राजा आहाबकहाँ यस्तो खबर पठाए, “बेन-हदद राजाको यो माग छ कि
3
तिम्रा सबै सुन र चाँदी, तिम्रा स्वास्नीहरू र सबैभन्दा बलिया छोरा-छोरीहरू मलाई समर्पण गर।”
4
आहाबले उत्तर पठाए, “मेरा प्रभु, राजा बेन-हददलाई भन कि म राजी छु। म र मसित भएका सबै उनैका हुन्।”
5
पछि बेन-हददको अर्को माग लिएर दूतहरू आहाबकहाँ फर्किआए, “तिम्रा सारा सुन र चाँदी, स्वास्नी र बाल-बच्चाहरू मलाई दिनू भनी मैले खबर पठाएको थिएँ।
6
तर अब म मेरा भारदारहरूलाई तिम्रा राजमहल र भारदारहरूका घरको तलासी लिन पठाउनेछु। जे कुरा तिनीहरूले मूल्यवान् पाउनेछन्, त्यो लिनेछन्। भोलि यति नै बेला तिनीहरू त्यहाँ आइपुग्नेछन्।”
7
आहाब राजाले देशका सबै अगुवाहरूलाई बोलाएर भने, “देख्यौ त? यस मानिसले हाम्रो नाश गर्न चाहन्छ। उसले मेरो सुन, चाँदी, स्वास्नी र छोरा-छोरीहरूको माग गर्यो र त्यो कुरा मैले मानें।”
8
ती अगुवा र मानिसहरूले भने, “त्यसका कुरामा केही ध्यान नदिनुहोस्, त्यसका कुरा नमान्नुहोस्।”
9
आहाबले बेन-हददका दूतहरूलाई यस्तो जवाफ दिए, “मेरा स्वामी तिम्रा राजालाई भनिदेऊ कि मैले उनको पहिलो माग स्वीकार गरें; तर यो दोस्रो मागसँग म राजी हुन सक्दिनँ।” दूतहरू बिदा भएर गए तर फेरि बेन-हददबाट अर्को खबर लिएर फर्किआए,
10
“तिम्रो यस सहरलाई यसरी ध्वंस गर्नेछु कि त्यसको धूलो मेरा सेनालाई एक-एक मुट्ठी पनि पुग्नेछैन। म प्रशस्त सेना लिएर आउँछु। यति गर्न सकिनँ भने देवताहरूले मलाई नाश पारून्।”
11
आहाब राजाले उत्तर दिए, “बेन-हदद राजालाई भन कि एउटा साँचो सैनिकले लडाइँको अघि होइन, पछि धाक लाउँछ।”
12
बेन-हददले आफ्ना मित्र राजाहरूसित पालमा बसेर मद्य पिइरहेका बेलामा आहाबको उत्तर पाए। उनले आफ्ना सेनालाई सहरमाथि हमला गर्न तयारी हुने आज्ञा दिए र तिनीहरू हमला गर्न तयार भए।
13
त्यसै बीचमा एउटा अगमवक्ताले आहाब राजाकहाँ आएर भने, “परमप्रभु भन्नुहुन्छ, ‘ठूलो सेना देखेर नडरा! म आज तँलाई त्यसमाथि विजय दिनेछु र म परमप्रभु हुँ भनी तैँले जान्नेछस्।”
14
आहाबले सोधे, “हमला गर्न कसलाई अघि सारूँ?” अगमवक्ताले जवाफ दिए, “परमप्रभु भन्नुहुन्छ कि जिल्ला-जिल्लामा बडा-हाकिमहरूका अधीनमा रहेका जवान सिपाहीहरूले यस काममा अघि सर्नुपर्नेछ।” “लडाइँ कसले सुरु गर्ने?” राजाले सोधे। “तपाईंले!” अगमवक्ताले जवाफ दिए।
15
जिल्लाका सेनापतिहरूका अधीनमा रहेका जवान सिपाहीहरूलाई राजाले बोलाइपठाए। तिनीहरू जम्मा २३२ जना थिए। त्यसपछि उनले इस्राएली सेनालाई बोलाउन पठाए। तिनीहरू जम्मा सात हजार पुरुषहरू थिए।
16
मध्यदिनमा हमला सुरु भयो। बेन-हदद र उनका बत्तीस जना मित्रहरू आफ्ना पालमा मद्य पिइरहेका थिए।
17
पहिले जवान सिपाहीहरू अघि सरे। बेन-हददले पठाएका जासूसहरूले सामरियाबाट एक दल सिपाहीहरू आउँदै छन् भनी खबर पुर्याए।
18
बेन-हददले आज्ञा गरे, “तिनीहरू लडाइँ गर्न आएका भए पनि वा लडाइँ नगरी सन्धि गर्न आएका भए पनि जिउँदै पक्रनू।”
19
जवान सिपाहीहरू हमला गर्दै अघि बढे। इस्राएली सेना पछि-पछि थिए।
20
प्रत्येकले आफूसित लड्न आउने शत्रुलाई मार्यो। अरामका सिपाहीहरू भागे। इस्राएलीहरूले तिनीहरूलाई जोडसित खेदे। तर बेन-हदद घोडामा चढेर भागे र कति जना घोडचढी सैनिक पनि उनका साथमा गए।
21
आहाब राजा लडाइँका मैदानमा पसे, शत्रुका घोडा र रथहरू कब्जामा लिए र अरामवासीहरू धेरै सङ्ख्यामा मारिए र तिनीहरूको ठूलो हार भयो।
22
त्यसपछि ती अगमवक्ताले फेरि आहाब राजाकहाँ आएर भने, “फर्केर जानुहोस् र आफ्नो सेना बलियो गराउनुहोस्। होशियारीसाथ लडाइँको बन्दोबस्त मिलाउनुहोस् किनभने आउँदो बसन्तमा अरामका राजाले फेरि हमला गर्नेछन्।”
23
बेन-हदद राजाका अधिकृतहरूले उनलाई भने, “इस्राएलका देवताहरू पहाडका देवता हुन्। त्यही कारण इस्राएलीहरूले हामीलाई जिते। तर समतल मैदानमा लडाइँ गर्न पायौं भने हामीले निश्चय नै तिनीहरूलाई जित्नेछौं।
24
अब ती बत्तीस जना राजाहरूलाई आ-आफ्ना सेनाबाट हटाएर उनका सट्टामा सेनापतिहरू खटाउनुहोस्।
25
त्यसपछि अघि तपाईंलाई छोडी भागेर जाने सेना जतिकै ठूलो सेना जम्मा गर्नुहोस्। घोडचढी सेना र रथहरू पनि अघिको जतिकै हुनुपर्छ। हामीले इस्राएलीहरूसित मैदानमा लडाइँ गर्नेछौं र यसपालि तिनीहरूलाई जित्नेछौं।” राजा बेन-हदद राजी भए र तिनीहरूको सल्लाहअनुसार गरे।
26
अर्को वर्षको बसन्तमा उनले आफ्ना सेना भेला गरे र तिनीहरूलाई लिएर इस्राएलीहरूमाथि हमला गर्न अपेक सहरमा गए।
27
इस्राएलीहरू पनि हात-हतियार लिएर भेला भए र अघि बढेर गई अरामवासीहरूको सामुन्ने दुई दल भएर छाउनी हालेर बसे। अरामका सेना बस्तीको मैदानमा चारैतिर छरिएर बसेका थिए र तिनीहरूका सामुन्ने इस्राएलीहरू बाख्राका स-साना दुई दलजस्ता मात्र देखिन्थे।
28
एक जना अगमवक्ताले आहाब राजाकहाँ गएर भने, “परमप्रभु यसो भन्नुहुन्छ, ‘अरामवासीहरूले मलाई पहाडका परमेश्वर हो; तर मैदानको होइन भन्छन्। यसकारण म तँलाई तिनीहरूको ठूलो सेनामाथि विजय दिनेछु र तँ र तेरा प्रजाले म परमप्रभु हुँ भनी जान्नेछौ।”
29
सात दिनसम्म इस्राएली र अरामीहरू आमुन्ने-सामुन्ने गरेर आ-आफ्ना छाउनीमा बसिरहे। सातौँ दिनमा युद्ध सुरु भयो र इस्राएलीहरूले एक लाख अरामीहरूलाई मारे।
30
बाँचेका जति अपेक सहरमा भागेर गए अनि त्यहाँ पनि सत्ताईस हजार पुरुषहरूमाथि सहरका पर्खालहरू भत्केर खसे। बेन-हदद पनि सहरमा भागेर गए र एउटा घरको भित्री कोठामा आश्रय लिएर बसे।
31
उनका अधिकृतहरू गएर उनलाई भने, “इस्राएली राजाहरू कृपालु हुन्छन् भनी हामीले सुनेका छौं। हामीलाई कम्मरमा भाङ्ग्रा लाएर घिच्रामा डोरी बाँधी इस्राएलका राजाकहाँ जाने अनुमति दिनुहोस् र सायद उनले हाम्रो प्राण छोडिदेलान्।”
32
तिनीहरूले कम्मरमा भाङ्ग्रा र घिच्रामा डोरी बाँधे र आहाबकहाँ गई भने, “तपाईंको सेवक बेन-हदद तपाईंसँग प्राणको भिख माग्दछन्।” आहाबले भने, “के उनी अझै जिउँदै छन्? बेस भयो? उनी मेरा भाइ बराबर हुन्!”
33
बेन-हददका अधिकृतहरूले केही शुभ-लक्षण खोज्दै थिए र जब आहाबले “भाइ” भनेपछि, तिनीहरूले झट्टै मौका लिएर भने, “तपाईंले भन्नुभएअनुसार बेन-हदद तपाईंका भाइ नै हुन्।” “उनलाई मकहाँ ल्याओ,” आहाबले आज्ञा गरे। बेन-हदद आएपछि आहाबले उनलाई आफूसित रथमा चढ्न निम्त्याए।
34
बेन-हददले भने, “मेरा बुबाले तपाईंका बुबाबाट लिएका सहरहरू म तपाईंलाई फर्काइदिनेछु। मेरा बुबाले सामरियामा गरेझैँ तपाईंले दमस्कसमा एउटा व्यापार केन्द्र खोल्नुहोस्।” आहाबले जवाफ दिए, “तिमीले त्यस्ता शर्तहरू गर्छौ भने म तिमीलाई छोडिदिनेछु।” उनीसित एउटा सन्धिपत्र बनाएर आहाबले उनलाई जान दिए।
35
परमप्रभुको आज्ञा पाएर अगमवक्ता दलका एउटाले अर्कोलाई आफूलाई हिर्काउन भने तर उनले हिर्काउन मानेनन्।
36
त्यसो हुँदा अघिल्लो अगमवक्ताले साथीलाई भने, “तिमीले परमप्रभुको आज्ञापालन गरेनौ, यसर्थ तिमी मलाई छाडेर जानासाथ एउटा सिंहले तिमीलाई मार्नेछ।” र साँच्चै उनी त्यहाँबाट हिंडेपछि एउटा सिंहले उनलाई मार्यो।
37
तब त्यही अगमवक्ता गएर अर्को अगमवक्तालाई भने, “मलाई हिर्काऊ।” यिनले चाहिँ उनलाई जोडले हिर्काएर घाइते बनाए।
38
ती अगमवक्ताले चेहरामा लुगाको पट्टि बाँधेर भेष बदले र इस्राएलका राजा जाने बाटोमा गई बाटोछेउमा उनलाई पर्खेर उभिरहे।
39
राजा त्यताबाट जाँदैगर्दा अगमवक्ताले उनलाई कराएर भने, “राजन्! म लडाइँ गरिरहेको बेलामा एउटा सिपाहीले एउटा शत्रुलाई कैद गरी मकहाँ ल्याएर यसको चौकिदारी गर, यो भागेर गयो भने तिमीलाई प्राणदण्ड हुनेछ अथवा तिमीले चाँदीका तीन हजार टुक्रा जरिमाना दिनुपर्नेछ भन्यो।
40
तर म अरू काममा व्यस्त भएँ र त्यो मानिस भागेर गयो।” राजाले जवाफ दिए, “तिमी आफ्नो दण्ड आफैं भन्दै छौ र तिमीले आफ्नो दण्ड भोग्नैपर्छ।”
41
अगमवक्ताले आफ्नो चेहराबाट लुगा च्यातेर फ्याँके र राजाले तिनलाई अगमवक्ताहरूमध्ये एक जना रहेछन् भनी तुरुन्तै चिने।
42
त्यसपछि अगमवक्ताले राजालाई भने, “यो परमप्रभुको वचन हो— ‘मैले मार्नू भनी आज्ञा गरेको मानिसलाई तैँले भाग्न दिइस्। त्यसकारण त्यसको निम्ति तैँले आफ्ना प्राण दिनुपर्नेछ। त्यसका सेनालाई भाग्न दिएकाले तेरा सेना पनि नाश गरिनेछ।”
43
राजा उदास र चिन्तित भएर सामरियाको आफ्नो घरमा गए।
← Chapter 19
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 21 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22