bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
1 Kings 21
1 Kings 21
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 20
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 22 →
1
यिजरेलमा आहाब राजाको महलको छेउमा एक जना नाबोत नाम गरेको मानिसको दाखबारी थियो।
2
एक दिन आहाबले नाबोतलाई भने, “मलाई तिम्रो दाखबारी देऊ। त्यो मेरो महलको छेउमा छ र म त्यहाँ सागसब्जी लाउनेछु। त्यसको सट्टामा म तिमीलाई अझ असल एउटा दाखबारी दिनेछु अथवा तिमी माग्छौ भने म त्यसको उचित दाम दिनेछु।”
3
“यो दाखबारी मैले पिता-पुर्खाबाट पाएको मेरो पैतृक-सम्पत्ति हो र तपाईंलाई दिन सक्दिनँ। परमप्रभुले त्यसो हुन पनि नदेऊन्!” नाबोतले जवाफ दिए।
4
नाबोतले भनेको कुरा सुनेर उदास र क्रोधित भई आहाब घर गए। उनी भित्तापट्टि मुख फर्काएर ओछ्यानमा लडिबसे र केही खाएनन्।
5
उनकी स्वास्नी ईजेबेलले गएर सोधिन्, “किन उदास हुनुहुन्छ। किन केही कुरा खानुहुन्न?”
6
उनले उत्तर दिए, “नाबोतको कुरा सुनेर नि! मैले त्यसको दाखबारी किन्ने कुरा गरें अथवा त्यसले इच्छा गरे, त्यसको सट्टामा अर्को एउटा दाखबारी दिन्छु भनें तर त्यसले दाखबारी बेच्न नै इन्कार गर्यो!”
7
“तपाईं राजा हुनुहुन्छ, हो कि होइन?” ईजेबेलले उत्तर दिइन्, “ओछ्यानबाट उठ्नुहोस्, खुसी हुनुहोस् र भोजन गर्नुहोस्। म नाबोतको दाखबारी तपाईंलाई दिलाउनेछु!”
8
त्यसपछि तिनले केही चिठीहरू लेखेर आहाबका नाममा सही गरिन्, उनकै सिल-मोहोर लगाइन् र यिजरेलका मुख्य-मुख्य मानिस र अधिकृतहरूकहाँ पठाइन्।
9
चिठीमा यस्तो लेखिएको थियो, “एउटा उपवास राख्ने दिन घोषणा गर, मानिसहरू सबैलाई भेला गर र मान गरेर नाबोतलाई आसनमा बस्न लाऊ।
10
दुई जना खराब मानिसहरू पनि ल्याएर बस्न लगाओ। नाबोतले राजा र परमेश्वरलाई सरापे भनी उनकै सामुन्ने उनलाई ती दुईले दोष लगाऊन्। त्यसपछि उनलाई सहरबाहिर लगी ढुङ्गाले हानेर मार।”
11
ईजेबेलको आदेशअनुसार यिजरेलका मुख्य मानिस र भारदारहरूले गरे।
12
तिनीहरूले एउटा उपवासको दिन घोषणा गरे, सबै मानिसहरूलाई एकसाथ भेला गरे र नाबोतलाई मानको आसनमा राखे।
13
दुई जना निच मानिसहरूले जनसाधारणको अघि उनीहरूले राजा र परमेश्वरलाई सरापे भनी दोष लगाए अनि उनलाई सहरबाहिर लगी ढुङ्गाले हानेर मारे।
14
त्यसपछि ईजेबेललाई यस्तो खबर पठाए, “नाबोत मारियो।”
15
त्यो खबर पाउनेबित्तिकै ईजेबेलले आहाबलाई भनिन्, “नाबोत मर्यो। अब गएर त्यसले बेच्न राजी नभएको दाखबारी लिनुहोस्।”
16
आहाब झट्टै दाखबारी अधिकार गर्न गए।
17
तब परमप्रभुले तिश्बीका अगमवक्ता एलियालाई भन्नुभयो,
18
“सामरियाका आहाब राजाकहाँ जा। त्यसलाई नाबोतको दाखबारीमा भेट्। त्यसले दाखबारी आफ्नो अधिकारमा लिन आँटेको छ।
19
म परमप्रभु त्यसलाई यसो भन्दै छु भनी सुनाइदे ‘नाबोतको हत्या गरेर अब त्यसको जमिन पनि लिन खोज्दै छस्? नाबोतको रगत जुन-जुन ठाउँमा कुकुरहरूले चाटेका छन्, त्यस-त्यस ठाउँमा तेरो रगत पनि कुकुरहरूले चाट्नेछन्।”
20
एलियालाई देखेर आहाबले भने, “ए मेरो शत्रु, तिमीले मलाई भेट्टाइहाल्यौ नि?” एलियाले उत्तर दिए, “हो, भेट्टाएँ। परमप्रभुको दृष्टिमा जे कुरा खराब छन्, त्यही कुराहरू गर्न तपाईंले आफैंलाई बेचिसक्नुभएको छ।
21
यसकारण परमप्रभुले तपाईंलाई भन्नुहुन्छ ‘म तँमाथि सर्वनाश ल्याउनेछु र तेरा परिवारका सबै पुरुषहरू कमारा वा फुक्का होस्, सबैलाई मार्नेछु।
22
तेरो परिवारको गति नबातको छोरो यारोबाम राजा र अहियाहको छोरो बाशा राजाका परिवारको गतिजस्तै हुनेछ किनभने इस्राएललाई पाप गर्न लाएर तैँले मेरो रिस जगाएको छस्।’
23
अनि ईजेबेलका बारेमा परमप्रभु भन्नुहुन्छ, ‘त्यसको शरीर कुकुरहरूले यिजरेल सहरमा खानेछन्।’
24
सहरमा मर्ने तपाईंका कुटुम्बहरू कुकुरको आहार बन्नेछन् र सहरबाहिर मर्नेहरूचाहिँ गिद्धको आहार हुनेछन्।”
25
(परमप्रभुको दृष्टिमा खराब काम गर्न आहाबले झैँ अरू कसैले आफैंलाई पूर्णरूपले बेचेका थिएनन्। आफ्नी स्वास्नी ईजेबेलको ढिपीले उनले त्यसो गरेका थिए।
26
एमोरीहरूले झैँ मूर्तिपूजा गरेर उनले सबैभन्दा घिनलाग्दो पाप गरे। इस्राएलका मानिसहरू विजयी गर्दै अघि बढ्दा परमप्रभुले ती एमोरीहरूलाई त्यस देशबाट धपाउनुभएको थियो।)
27
एलियाले बोलिसकेपछि आहाबले आफ्ना वस्त्र च्याते र ती फुकालेर भाङ्ग्रा लाए। उनले खान छोडे, भाङ्ग्रा लाएरै सुते अनि उदास र निराश भएर हिँडडुल गर्न थाले।
28
परमप्रभुले एलिया अगमवक्तालाई भन्नुभयो,
29
“आहाबले कसरी आफैंलाई मेरो सामु दीन तुल्याएको छ, तैँले देखिस्? त्यसले त्यस्तो गरेको कारणले म त्यसको जीवनकालमा त्यसमाथि विनाश ल्याउनेछैनँ। त्यसका छोराका जीवनमा म आहाबका परिवारमा विनाश ल्याउनेछु।”
← Chapter 20
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 22 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22