bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
1 Kings 19
1 Kings 19
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 18
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 20 →
1
एलियाले गरेका सबै काम उनले कसरी बालका सबै अगमवक्ताहरूलाई मारेका थिए, ती सबै कुरा आहाब राजाले आफ्नी रानी ईजेबेललाई सुनाए।
2
रानीले एलियालाई एउटा खबर पठाइन्, “तिमीले मेरा अगमवक्ताहरूलाई जे गर्यौ, त्यही मैले तिमीलाई भोलि यही समयसम्ममा गर्न सकिनँ भने देवताहरूले मलाई मारून्।”
3
एलिया डराए र प्राण जोगाउन भागे। आफ्नो चाकरसँग उनी यहूदाको बेर्शेबामा गए। चाकरलाई त्यहीं छोडिराखेर
4
एलिया दिनभरि हिंडेर उजाड-स्थानभित्र गए। त्यहाँ पुगी उनी अडिए, एउटा रूखको छायामुनि बसे र म मरे पनि हुन्थ्यो भनी सोच्न लागे। “अति भो, परमप्रभु, मेरो प्राण लिनुहोस्, म मर्नु नै असल हुन्छ,” उनले प्रार्थना गरे!”
5
त्यही रूखमुनि उनी ढल्के र निदाए। अचानक एउटा स्वर्गदूतले उनलाई छोएर भने, “उठ र खाऊ।”
6
उनले चारैपट्टि हेरे र आफ्नो शिरनिर एउटा रोटी र एक सुराही पानी देखे। उनले खाए, पिए र फेरि सुते।
7
परमप्रभुको दूत फेरि फर्किआए र दोस्रो पल्ट उनलाई यसो भन्दै उठाए, “उठेर खाऊ नत्र तिमीलाई यात्रा गर्न कठिन पर्नेछ।”
8
एलिया उठे, खाए, पिए र त्यस भोजनले उनलाई पवित्र पर्वत सीनैसम्म पुग्ने र त्यसको लागि चालीस दिन र चालीस रात हिंड्ने बल दियो।
9
त्यहाँ उनी एउटा ओडारभित्र पसे र त्यहीँ रात बिताए। अचानक परमप्रभुले उनलाई भन्नुभयो, “एलिया, तँ यहाँ के गर्दै छस्?”
10
उनले उत्तर दिए, “परमप्रभु सर्वशक्तिमान् परमेश्वर, मैले सधैँ तपाईंको, केवल तपाईंको सेवा जोशको साथ गरेको छु। तर इस्राएलका मानिसहरूले तपाईंसित बाँधेका करार तोडे, तपाईंका वेदीहरू भत्काए र तपाईंका सबै अगमवक्ताहरूलाई मारे। म एक जना मात्र बाँचेको छु र तिनीहरू मलाई मार्ने कोसिसमा छन्।”
11
“बाहिर गएर पर्वतको टुप्पामा मेरो सामु उभी,” परमप्रभुले उनलाई भन्नुभयो। तब परमप्रभु त्यहाँबाट भएर जानुभयो र एउटा प्रचण्ड बतास पठाउनुभयो। त्यसले डाँडाहरू चिर्यो र चट्टानहरू टुक्रा-टुक्रा पार्यो, तर बतासमा परमप्रभु हुनुहुन्नथ्यो। बतास थामियो र त्यसपछि भूइँचालो गयो तर भूइँचालोमा परमप्रभु हुनुहुन्नथ्यो।
12
भूइँचालोपछि आगो आयो तर परमप्रभु आगोमा हुनुहुन्नथ्यो। आगोपछि एउटा सानो मधुर आवाज आयो।
13
त्यो सुनेर एलियाले आफ्नो खास्टोले मुख छोपे र बाहिर निस्केर ओडारको ढोकामा उभिए। उनले एउटा आवाज सुने, “एलिया, तँ यहाँ के गर्दै छस्?”
14
उनले उत्तर दिए, “परमप्रभु, सर्वशक्तिमान् परमेश्वर, मैले सधैँ तपाईंको, केवल तपाईंको सेवा जोशको साथ गरेको छु। तर इस्राएलका मानिसहरूले तपाईंसित बाँधेका करार तोडे, तपाईंका वेदीहरू भत्काए र तपाईंका सबै अगमवक्ताहरूलाई मारे। म एक जना मात्र बाँचेको छु! तर तिनीहरू मलाई पनि मार्ने कोसिसमा छन्।”
15
परमप्रभुले भन्नुभयो, “दमस्कस छेउको उजाड-स्थानमा जा, त्यसपछि सहरभित्र पस् र हजाएललाई अरामका राजा अभिषेक गर्।
16
निम्शीको छोरो येहूलाई इस्राएलका राजा र हाबिल महोलाको शाफातको छोरो एलीशालाई तँपछि अगमवक्ता हुनलाई अभिषेक गर्।
17
हजाएलका हातबाट नमरी उम्कनेलाई येहूले मार्नेछ र येहूका हातबाट उम्कनेलाई एलीशाले मार्नेछ।
18
तापनि सात हजारलाई म इस्राएलमा बचाइराख्छु, ती सबै, जसले बालको सामुन्ने आफ्ना घुँडा टेकेका छैनन् र जसका ओठले त्यसलाई चुम्बन गरेका छैनन्।”
19
एलिया त्यहाँबाट हिंडे र एलीशालाई गोरु लिएर खेत जोतिरहेका भेट्टाए। उनको अगाडि एघार हल गोरु थिए। त्यसपछिको आखिरी हल उनले जोत्दै थिए। एलियाले आफ्नो खास्टो फुकालेर एलीशालाई ओढाइदिए।
20
एलीशा आफ्ना गोरु छोडेर एलियाको पछि दगुरे र भने, “म मेरा माता-पितालाई म्वाइँ खाएर बिदा लिन पाऊँ र म तपाईंसित जानेछु।” एलियाले जवाफ दिए, “ठीक छ, जाऊ, मैले तिमीलाई रोकेको छैनँ।”
21
तब एलीशाले एलियालाई छोडेर गए। उनले आफ्नो एक हल गोरु लिएर मारे। उनले हलोका काठहरू बालेर मासु पकाएर मानिसहरूलाई दिए र तिनीहरूले खाए। त्यसपछि उनी एलियाको पछि लागे र उनको सेवा गर्न थाले।
← Chapter 18
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 20 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22