bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
1 Kings 12
1 Kings 12
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 11
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 13 →
1
रहबाम शकेममा गए। त्यहाँ उत्तरका सबै इस्राएली मानिसहरू तिनलाई राजा बनाउन भेला भएका थिए।
2
सोलोमन राजाबाट भागेर मिश्रमा गएका नबातको छोरो यारोबामले यो कुरा सुनेर मिश्रबाट फर्किगए।
3
उत्तरका इस्राएली कुलका मानिसहरूले उनलाई बोलाउन पठाए र तिनीहरू सबै मिलेर रहबामकहाँ गए र तिनलाई भने,
4
“तपाईंका बुबा सोलोमनले हामीसित कठोर व्यवहार गरे र हामीलाई सताए। ती सतावटका बोझहरू तपाईंले हल्का गरिदिएर हाम्रो जीवनमा आराम दिनुभयो भने हामी तपाईंका राजभक्त प्रजा हुनेछौं।”
5
रहबामले उत्तर दिए, “तीन दिनमा तिमीहरू फर्किआओ र म तिमीहरूलाई मेरो जवाफ दिनेछु।” त्यसपछि तिनीहरू बिदा भए।
6
रहबाम राजाले आफ्ना पिताका सल्लाहकार रहेका बुढापाकाहरूसित सल्लाह लिए र तिनीहरूलाई सोधे, “म यिनीहरूलाई के जवाफ दिऊँ,” के सल्लाह दिन्छौ?
7
तिनीहरूले जवाफ दिए, “यी मानिसहरूको सेवा असल प्रकारले तपाईं गर्न चाहनुहुन्छ भने तिनीहरूलाई तिनीहरूले चाहेको उत्तर दिनुहोस् र तिनीहरूले सदैव भक्तिसाथ तपाईंको सेवा गर्नेछन्।”
8
तर ती बुढापाकाहरूका सल्लाह तिनले सुनेनन् र त्यसका सट्टामा आफूसँग बढेका युवाहरूकहाँ गए, जो त्यस बेला तिनका सल्लाहकार भएका थिए।
9
तिनले सोधे, “म के गरूँ, कस्तो सल्लाह दिन्छौ? हाम्रा बोझ हल्का गरिदेऊ भनी मलाई बिन्ती गर्ने मानिसहरूलाई म के जवाफ दिऊँ?”
10
तिनीहरूले जवाफ दिए, “तिनीहरूलाई यसो भन्नुहोस्— ‘मेरा पिताका कम्मरभन्दा मेरो कान्छी औँलो अलि मोटो छ।
11
मेरा पिताले तिमीहरूलाई गह्रौं भारी बोकाए, म ती भारीभन्दा अझ गह्रौं भारी बोकाउनेछु। मेरा पिताले तिमीहरूलाई हलुङ्गो कोर्रा लाएथे, म घोडाको चाबुक लाउनेछु’!”
12
तीन दिनपछि यारोबाम र सबै मानिसहरू रहबाम राजाकहाँ तिनको आदेशअनुसार आए।
13
राजाले बुढा-पाकाका सल्लाह सुनेनन् र मानिसहरूलाई
14
युवाहरूका सल्लाह बमोजिम रूखो उत्तर दिए। तिनले भने, “मेरा बुबाले तिमीहरूलाई गह्रौं भारी बोकाए, म अझ गह्रौं भारी बोकाउनेछु। उनले तिनीहरूलाई हलुङ्गो कोर्राले हिर्काएथे, म घोडाको चाबुक लाउनेछु!”
15
शीलोका अगमवक्ता अहियाहद्वारा परमप्रभुले नबातको छोरा यारोबामलाई जे भन्नुभएको थियो, त्यो पूरा गर्ने परमप्रभुको इच्छा थियो। त्यही कारण राजाले प्रजाका बिन्तीमा केही ध्यान दिएनन्।
16
राजाले आफ्ना कुरा नसुनेका देखेर मानिसहरूले चिच्च्याएर भने, “दाऊद र तिनका सन्तानबाट हामीलाई के आशा? तिनीहरूले हाम्रा लागि कहिले के नै गरे र? इस्राएलीहरू हो! घर छिट्टै हिंडौं, दाऊदका सन्तानले आफ्नो घर आफैं सम्हालोस्!” त्यसपछि इस्राएलका मानिसहरू बिदा भए।
17
रहबाम यहूदा कुलका देशमा बास गर्ने मानिसहरूका मात्र राजा भए।
18
तब रहबाम राजाले बेगारी मजदुरहरूमाथि अधिकृत खटाइएका अदोनीरामलाई इस्राएलीहरूकहाँ पठाए तर तिनीहरूले उनलाई ढुङ्गाले हानेर मारे। त्यसो हुँदा रहबाम हतार-हतार आफ्नो रथमा चढेर यरूशलेममा भागेर गए।
19
त्यस बेलादेखि आजसम्म इस्राएलका उत्तरी देशका मानिसहरू दाऊदका राजवंशको विरुद्धमा बागी भएका छन्।
20
यारोबाम मिश्रदेशबाट फर्किआएका छन् भनी इस्राएलका मानिसहरूले सुनेर तिनीहरूले तिनलाई एउटा जनसभामा बोलाए र इस्राएलका राजा बनाए। यहूदा कुलले मात्र दाऊदका सन्तानप्रति राजभक्ति देखाइरहे।
21
जब रहबाम यरूशलेममा आइपुगे, तब उनले यहूदा र बेन्यामीन कुलबाट एक लाख असी हजार सबैभन्दा असल सैनिकहरू एकसाथ भेला गरे। युद्ध गरी इस्राएलका उत्तरी भागका कुलहरूमाथि फेरि अधिकार गर्ने तिनको इच्छा थियो।
22
[22-23] तर रहबाम अनि यहूदा र बेन्यामीन कुलका सबै मानिसहरूलाई यो सन्देश दिन परमप्रभुले शमायाह अगमवक्तालाई आज्ञा दिनुभयो–
24
“आफ्नै दाजुभाइ इस्राएलका मानिसहरूमाथि हमला नगर। तिमीहरू सबै घर जाओ। जे भएको छ, त्यो मेरो इच्छाले भएको हो।” तिनीहरू सबैले परमप्रभुका आज्ञापालन गरे र तिनीहरू आफ्ना घर फर्के।
25
एफ्राइमको पहाडी भू-भागमा भएको शकेम सहर यारोबाम राजाले सुरक्षित बनाए र केही समय त्यहाँ बास गरे। त्यसपछि त्यहाँबाट बिदा भई तिनले पनीएल सहर सुरक्षित बनाए।
26
[26-27] उनले मन-मनै सोचे, “अहिले जस्तो स्थिति छ, त्यसमा मेरा प्रजाले यरूशलेम गएर त्यहाँ मन्दिरमा बलि चढाए भने तिनीहरूले यहूदाका राजा रहबामप्रति आफ्ना देशभक्ति फर्काउलान् र मलाई मार्लान्।”
28
त्यस विषयमा विचार गरेपछि तिनले सुनका दुई वटा साँढेहरू बनाए र आफ्ना मानिसहरूलाई भने, “तिमीहरू धेरै दिनदेखि यरूशलेममा पूजा गर्न गइरहेका छौ। तर इस्राएलीहरू हो! हेर, तिमीहरूलाई मिश्रबाट निकाली ल्याउने देवताहरू यिनै हुन्।”
29
उनले एउटा सुनको साँढे बेथेलमा र अर्कोचाहिँ दानमा राखे।
30
यसरी मानिसहरूले पाप गरे। तिनीहरू बेथेल र दानमा पूजा गर्न जान लागे।
31
यारोबामले पहाडका टाकुराहरूमाथि पनि पूजा-स्थलहरू बनाए र लेवी कुलदेखि बाहिरका परिवारहरूबाट पूजाहारी चुने।
32
आठौँ महिनाको पन्ध्रौँ दिनमा यारोबामले यहूदामा मानिने चाडजस्तै एउटा चाड सुरु गरे। बेथेलको वेदीमा तिनले आफूले बनाएका सुनका साँढेहरूलाई बलि चढाए। आफूले बनाएका पूजा-स्थलहरूमा सेवा कार्य गर्ने पूजाहारीहरूलाई तिनले बेथेलमा राखे।
33
अनि आफूले ठहराएको आठौँ महिनाको पन्ध्रौं दिनमा तिनी बेथेलमा गए र इस्राएलीहरूसित आफूले सुरु गरेका चाड मनाउँदै वेदीमा बलि चढाए।
← Chapter 11
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 13 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22