bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
1 Kings 14
1 Kings 14
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 13
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 15 →
1
त्यही बेला यारोबामको छोरो अबिया बिरामी भयो।
2
यारोबामले आफ्नी स्वास्नीलाई भने, “तिम्रो भेष बद्लेर कसैले नचिन्ने भई शीलोमा जाऊ। त्यहाँ मलाई इस्राएलका राजा हुनेछौ भन्ने अगमवक्ता अहियाह बस्दछन्।
3
दश वटा रोटी, केही फुलौरा र एक ढुङ्ग्रो मह उनलाई लगिदेऊ। हाम्रा छोरालाई कसो हुने हो, उनलाई सोध र उनले तिमीलाई भन्नेछन्।”
4
तिनी शीलोमा अहियाहको घर गइन्। बुढेसकालले गर्दा अहियाह अन्धो भएका थिए।
5
परमप्रभुले तिनलाई यारोबामकी स्वास्नी आफ्नो बिरामी छोराको बारेमा सोधपूछ गर्न आउँदै छिन् भनी भन्नुभएको थियो। तिनलाई के उत्तर दिने, त्यो पनि परमप्रभुले अहियाहलाई भन्नुभयो। यारोबामकी स्वास्नी आइपुगिन् र आफू अरू कुनै नारी हुँ भन्नेजस्तो बहाना गरिन्।
6
तर तिनलाई ढोकानिर आएकी सुनेर अहियाहले भने, “भित्रै आऊ। तिमी यारोबामकी स्वास्नी हौ, म जान्दछु। किन होइनजस्तो गरेर बहाना गर्दै छ्यौ? तिम्रो निम्ति शुभ-खबर छैन।
7
गएर यारोबामलाई परमप्रभु इस्राएलका परमेश्वरको यो सन्देश सुनाइदेऊ, ‘मैले तँलाई मानिसहरूका बीचबाट चुनेर मेरो प्रजा इस्राएलको राजा बनाएँ।
8
दाऊदका सन्तानका हातबाट राज्य खोसी मैले तँलाई दिएँ। तर तँ मेरो सेवक दाऊदजस्तो भइनस्। दाऊद मप्रति पूरा मनले भक्त थियो, मेरो आज्ञापालन गर्थ्यो र मलाई मन पर्ने काम मात्र गर्थ्यो।
9
तँभन्दा अघि राज्य गर्ने शासकहरूले भन्दा धेरै बढी पाप तैँले गरिस्। तैँले मलाई इन्कार गरेको छस् र पूजा गर्नलाई माटो र धातुका मूर्तिहरू बनाएर तैँले मेरो रिस उठाएको छस्।
10
यसले गर्दा म तेरो वंशमाथि विनाश ल्याउनेछु र कमाराहरूसमेत सबै पुरुषहरूलाई मार्नेछु। म तेरा सन्तानलाई नष्ट पार्नेछु र कसिङ्गर-सरह बढारी फ्याँक्नेछु।
11
तेरा सन्तान कुनै सहरमा मर्यो भने त्यसलाई कुकुरहरूले खानेछन् र यदि कोही सहरबाहिर मर्यो भने त्यो गिद्धहरूको आहार बन्नेछ। म परमप्रभुले यो भनेको हो’।”
12
अहियाहले यारोबामकी स्वास्नीलाई यसो पनि भने, “अब घर फर्क। तिमी सहरभित्र पस्दापस्दै तिम्रो छोरो मर्नेछ।
13
इस्राएलका सारा प्रजाले तिम्रो छोराको निम्ति शोक गर्नेछन् र त्यसलाई गाड्नेछन्। यारोबामका सन्तानमा त्यसको लाश मात्र उचित रीतिले गाडिनेछ किनभने त्योसँग मात्र परमप्रभु इस्राएलका परमेश्वर प्रसन्न हुनुभएको छ।
14
परमप्रभुले इस्राएलमाथि एउटा राजा खटाउनुहुनेछ, जसले यारोबामको वंशको अन्त गर्नेछ।
15
परमप्रभुले इस्राएललाई दण्ड दिनुहुनेछ र त्यो खोलामा निगालो हल्लेझैँ हल्लनेछ। उहाँले इस्राएलीहरूलाई तिनीहरूका पुर्खाहरूलाई दिनुभएको यस असल देशबाट उखेल्नुहुनेछ र यूफ्रेटिस नदीपारि छरपष्ट पार्नुहुनेछ किनभने अशेरा देवीको मूर्ति बनाएर तिनीहरूले उहाँलाई रिस उठाएका छन्।
16
परमप्रभुले इस्राएललाई त्याग्नुहुनेछ किनभने यारोबामले पाप गरे र इस्राएलका प्रजालाई पाप गर्न लगाए।”
17
यारोबामकी स्वास्नी फर्केर तिर्सामा गइन्। तिनले घरमा पाइला टेक्नासाथ छोरो मर्यो।
18
इस्राएलका मानिसहरूले त्यसको निम्ति विलाप गरे र त्यसलाई गाडे। परमप्रभुले आफ्ना सेवक अगमवक्ता अहियाहद्वारा भन्नुभएको कुरा यसरी पूरा भयो।
19
यारोबाम राजाले गरेका अरू सबै कामहरू, उनले लडेका लडाइँहरू र उनले कसरी शासन गरे, ती सबै कुरा इस्राएलको राजाको इतिहासमा लेखिएका छन्।
20
यारोबामले बाईस वर्ष राज्य गरे। उनी मरे र गाडिए अनि उनको छोरो नादाब उनीपछि राजा भए।
21
एकचालीस वर्षको उमेरमा सोलोमनको छोरो रहबाम यहूदाका राजा भए र उनले यरूशलेममा सत्र वर्ष राज्य गरे। यरूशलेम सहरलाई परमप्रभुले सारा इस्राएल देशका बीचबाट आफ्नो आराधना-स्थल नै गरी चुन्नुभएको थियो। रहबामकी आमाको नाम नामा थियो र तिनी अम्मोनी स्त्री थिइन्।
22
यहूदाका मानिसहरूले परमप्रभुको विरुद्धमा पाप गरे र उनका पुर्खाहरूले भन्दा धेरै पाप गरेर उहाँलाई रिस उठाए।
23
तिनीहरूले झूटा देवताहरूको निम्ति पूजा-स्थलहरू बनाए र डाँडा-डाँडा र झ्याँगिएका रूखमुनि ढुङ्गाका खामाहरू र अशेरा देवीका मूर्तिहरू खडा गरे।
24
ती मूर्तिपूजा गर्ने पूजा-स्थलहरूमा पुरुष र स्त्रीहरूले वेश्याका काम गर्थे र यो सबैभन्दा बढी खराबी थियो। इस्राएलीहरू बढेर आई त्यस देशभित्र पसेका बेलामा परमप्रभुले त्यहाँबाट धपाउनुभएका मानिसहरूका बीचमा जस्ता लाजलाग्दा कामहरू हुन्थे, ती सबै काम यहूदाका मानिसहरूले पनि गर्न थालेका थिए।
25
रहबामको शासनकालको पाँचौँ वर्षमा मिश्रका राजा शीशकले यरूशलेममाथि हमला गरे।
26
मन्दिर र राजमहलमा भएका सम्पूर्ण धन-सम्पत्ति, सोलोमनले बनाएका सुनका ढालहरूसमेत उनले लिएर गए।
27
त्यसका सट्टामा रहबाम राजाले काँसाका ढालहरू बनाए र राजमहलका ढोकामा पहरा दिने अधिकृतहरूलाई ती ढालको जिम्मा दिए।
28
जहिले-जहिले राजा मन्दिरमा जान्थे, पहरादारहरूले ती ढालहरू बोक्दथे र त्यसपछि तिनीहरू बस्ने कोठामा फिर्ता ल्याउँथे।
29
रहबाम राजाले गरेका अरू सबै कामहरू यहूदाका राजाको इतिहासमा लेखिएका छन्।
30
यो सम्पूर्ण समयभरि रहबाम र यारोबामका बीचमा एकोहोरो लडाइँ भइरह्यो।
31
रहबाम मरे र दाऊदको सहरका राजाहरू गाड्ने चिहानमा गाडिए। उनकी आमाको नाम नामा थियो र तिनी अम्मोनी स्त्री थिइन्। रहबामपछि उनको छोरो अबिया राजा भए।
← Chapter 13
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 15 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22