bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
1 Kings 7
1 Kings 7
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 6
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 8 →
1
सोलोमनले आफ्नो लागि पनि एउटा राजमहल बनाए। सो बनाउन तेह्र वर्ष लाग्यो।
2
[2-3] त्यसमा भएको एउटा “लेबनानको बन” महल भनिने ठूलो महल ४४ मिटर लामो, २२ मिटर चौडा र १३.५ मिटर अग्लो थियो। त्यसमा चार लहर देवदारुका खामाहरू थिए, हरेक लहरमा पन्ध्र वटा खामाहरू थिए, तीमाथि देवदारुका दलिनहरू राखिएका थिए। छाना देवदारुको बनिएको थियो र त्यो भण्डार-कोठाहरूसम्म लगाइएको थियो। ती भण्डार-कोठाहरू खामाहरूमाथि खडा थिए।
4
दुई छेउका भित्ताहरूमा तीन-तीन लहर झ्यालहरू बनाइएका थिए।
5
ढोका र झ्यालहरूका चौखटहरू चारकुने थिए र छेउका दुई भित्तामा आमुन्ने-सामुन्ने तीन-तीन लहर झ्यालहरू बनाइएका थिए।
6
गोल-खामाहरूको महल भन्ने ठूलो कोठा २२ मिटर लामो र १३.५ मिटर चौडा थियो। त्यसको अघिपट्टि एउटा पिँढी थियो। पिँढीको अघिपट्टि गोल-खामाहरूमाथि छाना राखिएको थियो। छानाका किनारा खामा नाघेर बाहिरपट्टि निस्केको थियो।
7
राजाको सिंहासन राखिएको न्याय महलमा सोलोमनले मुद्दाका फैसला सुनाउँथे। त्यस महलका पटाइदेखि निदालसम्म भित्रमा देवदारु काठ लगाइएका थिए।
8
सोलोमन आफैं बस्ने कोठाहरूचाहिँ, न्याय महलपछाडि अर्को एउटा चोकमा अरूजस्तै बनिएका थिए। मिश्रका राजाकी छोरी आफ्नी स्वास्नीको निम्ति पनि तिनले त्यस्तै प्रकारको बनाए।
9
ठूलो चोकसमेत यी सबै भवनहरू तिनका जगदेखि छानासम्म दामी ढुङ्गाले बनेका थिए। ती ढुङ्गाहरू नापअनुसार काटेर ढुङ्गा खानिमा नै बनाइएका थिए र तिनका भित्र-बाहिर दुवैपट्टि आराले काटेर मिलाइएको थियो।
10
महलको जगचाहिँ खानिमा तयार गरिएका ठूल्ठूला ढुङ्गाले बनेको थियो। ती ढुङ्गाहरू कतिचाहिँ ३.५ मिटर लामा थिए र कतिचाहिँ ४ मिटर लामा थिए।
11
तीमाथि नापअनुसार काटेर मिलाएका अरू ढुङ्गाहरू लाइएका थिए र तीमाथि देवदारुका बीमहरू लाइएका थिए।
12
महलभित्रको चोक, मन्दिरको भित्री चोक र मन्दिरको प्रवेशद्वार अगाडिको कोठाका भित्ताहरू हरेक तीन लहर काटी मिलाएका ढुङ्गाका देवलसित एक लहर देवदारुका बीमहरू दिएर बनाएका थिए।
13
काँसाको काम गर्न सिपालु टुरोस सहरमा बस्ने हीराम नाम गरेको एक जना मानिसलाई सोलोमन राजाले बोलाउन पठाए।
14
उनका बुबा टुरोसको बासिन्दा थिए, जो मरिसकेका थिए र उनी पनि काँसाको सिपालु कारिगर थिए। उनकी आमा नप्ताली कुलकी थिइन्। हीराम बुद्धिमान् र काम गर्न जान्ने कारिगर थिए। उनी सोलोमन राजाकहाँ आए र राजाले दिएका सबै काम गरे।
15
हीरामले काँसाका दुई वटा गोल-खामाहरू बनाए। तिनको उचाइ ८ मिटर र बाहिरी घेराको नाप ५.३ मिटर थियो।
16
ती गोल-खामाका टुप्पामा राख्न तिनले दुई वटा काँसाका २.२ मिटर अग्ला शीर्षहरू पनि बनाए।
17
खामाका टुप्पाहरू आपसमा बुनिएका साङ्लाका आकारहरूले सिँगारिएका थिए।
18
र काँसाका दुई लहर दारीमहरूले
19
खामाका शीर्षहरू लिली फूलका आकारका थिए र १.८ मिटर अग्ला थिए
20
र ती शीर्षहरू साङ्लाका आकारहरूको माथिल्तिर भएको गोलाकार भागमाथि राखिएका थिए। प्रत्येक शीर्षलाई घेरेर दुई सय दारीमका दुई लहरहरू राखिएका थिए।
21
हीरामले ती दुई गोल-खामाहरू मन्दिरको ढोकाका सामुन्ने राखे। दक्षिणपट्टिका खामाको नाम याकीन र उत्तरपट्टिका खामाको नाम बोअज राखे।
22
खामाका टुप्पामा ती लिली फूलका आकारका शीर्षहरू राखिएका थिए। यसरी गोल-खामाहरूको काम सकियो।
23
हीरामले काँसाको एउटा गोलाकार ट्याङ्की बनाए। त्यो २.२ मिटर गहिरो थियो र त्यसको ब्यास ४.४ मिटर र बाहिरी घेराको नाप १३.२ मिटर थिए।
24
ट्याङ्कीको बाहिरी घेराको किनारमा चारैपट्टि काँसाका दुई लहर लौकाका बुट्टाहरू बनाएर राखिएका थिए र ट्याङ्कीसित एउटै काँसाको टुक्राले बनेको थियो।
25
एक-एक दिशामा तीन-तीन वटाका हिसाबले चारै दिशामा मुख फर्काएर उभेका बाह्र वटा काँसाका साँढेका ढाडमाथि कुण्ड राखिएको थियो।
26
ट्याङ्कीको भित्ता ७५ मिलिमिटर मोटो थियो र त्यसको मुखको घेरा लिली फूलका पत्रदलजस्तो र कचौराको मुखजस्तै बाहिरपट्टि अलि-अलि फर्केको थियो। त्यस ट्याङ्कीमा करिब चालीस हजार लिटर पानी अट्थ्यो।
27
हीरामले दश वटा गाडाहरू पनि बनाए। प्रत्येक गाडा १.८ मिटर लामो, त्यत्ति नै चौडा र १.३ मिटर अग्लो थियो।
28
ती बराबर लमाइ र चौडाइ भएका पाटाहरूले बनाइएका थिए र ती पाटाहरू फ्रेममा लगाइएका थिए।
29
पाटाहरूमा सिंह, साँढे र स्वर्गदूतका चित्र बनाइएका थिए र फ्रेममा सिंह र साँढेका तलतिर र माथितिर लहराजस्तै बेह्रिएका बुट्टा कुँदेर सिँगारिएका थिए।
30
हरेक गाडामा काँसाकै धुरा भएका चार वटा काँसाका चक्काहरू लगाइएका थिए। पानी हाल्ने ठूलो भाँडो खडा गरी राख्न चार कुनामा काँसाका आधारहरू बनाइएका थिए। ती आधारहरूमा लहराजस्तै बेह्रिएका बुट्टाहरू कुँदेर सिँगारिएका थिए।
31
गाडामाथि भाँडा राख्न गोलाकार फ्रेम लगाइएको थियो। त्यो फ्रेम गाडाका टुप्पोबाट ४५ सेन्टिमिटरसम्म माथि उठेको थियो र १८ सेन्टिमिटर तलतिर गएको थियो र त्यसका चारैपट्टि कुँदेर बुट्टा हालिएका थिए।
32
ती चक्काहरू ६६ सेन्टिमिटर अग्ला थिए र पाटाहरूमुनि लगाइएका थिए र तिनका धुराहरू गाडासँग एउटै धातुको टुक्राले बनाइएका थिए।
33
ती चक्काहरू रथका पाङ्ग्राझैँ थिए र तिनका धुरा, घेरा र ती बीचका सुइरा वा डन्डीहरू र चक्काका केन्द्र काँसाले बनेका थिए।
34
हरेक गाडाका तल्लापट्टिका चार कुनामा एकएक वटा आधारहरू थिए। ती आधारहरू गाडासित एउटै धातुको टुक्राले बनाइएका थिए।
35
गाडाका टुप्पामा चारैपट्टि घुमाएर २२ सेन्टिमिटर घेरा लाएको थियो। त्यस आधार र पाटाहरू गाडासँग एकै धातुको टुक्राले बनाइएका थिए।
36
आधार र पाटाका खाली ठाउँहरूमा स्वर्गदूत, सिंह र खजुरका बोटका चित्र बनाएर तिनलाई लहरजस्तै बेह्रिएका बुट्टाले चारैपट्टि सिँगारेका थिए।
37
यसरी गाडाहरू बनाइएका थिए, ती सबै एकै प्रकारका थिए र तिनका आकार र रूप एउटै किसिमका थिए।
38
प्रत्येक गाडाको निम्ति एउटा-एउटा गरेर हीरामले दश वटा पानी राख्ने भाँडाहरू पनि बनाए। हरेक भाँडाको ब्यास १.८ मिटर थियो र त्यसमा प्राय: आठ सय लिटर पानी अटाउँथ्यो।
39
तिनले मन्दिरको दक्षिणपट्टि पाँच वटा र उत्तरपट्टि पाँच वटा गाडाहरू राखे। ट्याङ्कीचाहिँ दक्षिण-पूर्वको कुनामा राखे।
40
[40-45] हीरामले भाँडा, बेल्चा र बटुकाहरू पनि बनाए। परमप्रभुको मन्दिरको निम्ति तिनले सोलोमन राजाले दिएका सबै काम सिद्धयाए। तिनले यी कुराहरू बनाएका थिए— — दुई वटा गोल-खामाहरू — गोल-खामाका टुप्पामा राख्न बाटाका आकारका दुई वटा शीर्षहरू — शीर्षका टुप्पामा भएका आपसमा बुनिएका साङ्लाका आकारहरू — हरेक शीर्षमा साङ्लाका आकारका चारैपट्टि बनेका एक-एक सय काँसाका दारीमका दुई-दुई वटा लहर गरेर जम्मा चार सय काँसाका दारीमहरू — दश वटा गाडाहरू — दश वटा पानी राख्ने भाँडाहरू — पानीको ट्याङ्की — पानी ट्याङ्की थामेर उभिएका बाह्र साँढेहरू — भाँडा, बेल्चा र बटुकाहरू। हुरामले सोलोमन राजाका निम्ति बनाएका मन्दिरका सारा सर-सामान चिल्ला टल्कने काँसाले बनेका थिए।
46
यर्दन बेसीमा सुक्कोत र सार्तानका बीचमा रहेको जमिनको ढलाइ गर्ने ठाउँमा राजाले ती सबै थोक बनाउन लगाए।
47
ती काँसाका सामानहरू औधी धेरै थिए र सोलोमनले त्यसको ओजन लिन लाएनन्। त्यसरी त्यसको ओजनको हिसाब गरिएन।
48
सोलोमनले मन्दिरको निम्ति सुनका सर-सामान पनि बनाउन लाए। वेदीमा परमेश्वरलाई चढाएको भोजन राखिने टेबिल,
49
महा-पवित्रस्थानको सामुन्ने राखिने पाँच वटा उत्तरपट्टि र पाँच वटा दक्षिणपट्टि गरेर जम्मा दश वटा सामदानहरू, फूल, पानस र चिम्टाहरू,
50
कचौराहरू, पानस निभाउने औजारहरू, बटुकाहरू र धूप-दानीहरू र आगोको फिलिङ्गो बोक्ने ताप्केहरू र महा-पवित्रस्थानका दैलाका कब्जाहरू, मन्दिरका बाहिरी ढोकाहरू, यी सबै सामानहरू सुनले बनेका थिए।
51
मन्दिरको सबै काम सकिएपछि सोलोमन राजाले आफ्ना बुबा दाऊदले परमप्रभुलाई अर्पण गरेका सबै चाँदी, सुन र अरू थोकहरू मन्दिरका भण्डारहरूमा राखे।
← Chapter 6
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 8 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22