bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
1 Kings 9
1 Kings 9
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 8
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 10 →
1
सोलोमन राजाले मन्दिर, राजमहल र आफूले चाहेका अरू कुराहरू बनाइसकेपछि
2
परमप्रभुले तिनलाई अघि गिबोनमा झैँ फेरि दर्शन दिनुभयो।
3
परमप्रभुले उनलाई भन्नुभयो, “मैले तेरो प्रार्थना सुनें। तैँले बनाएको यस मन्दिरलाई सदाकाल मेरो आराधना-स्थल भनी म पवित्र गर्दछु। म यसको रखवाली गर्नेछु र सदाकाल प्रेम गर्नेछु।
4
तेरा पिता दाऊदले झैँ तैँले इमानदार र निष्कपट भएर मेरो सेवा गरिस् र मेरा नियमहरू पालन गरिस् र सबै कुरा मेरा आज्ञाबमोजिम गरिस् भने
5
तेरा पिता दाऊदलाई त्यसका सन्तानले सधैँ इस्राएलमाथि राज्य गर्नेछ भनी मैले दिएको मेरो प्रतिज्ञा म पूरा गर्नेछु।
6
तर तँ र तेरा सन्तानले मलाई मान्न छोड्यौ, मैले दिएका नियम र आज्ञाहरू पालन गर्न छोड्यौ र अरू देवताहरू पुज्न थाल्यौ भने
7
म मेरा प्रजा इस्राएललाई मैले दिएको देशबाट हटाउनेछु। मेरो आराधना गरिनलाई मैले पवित्र गरेको यस मन्दिर पनि म त्याग्नेछु। सबै देशका मानिसहरूले इस्राएलको हाँसो उडाउनेछन् र अपमान गर्नेछन्।
8
यो मन्दिर भताभुङ्ग हुनेछ र यसको छेउबाट भएर जाने सबैले अचम्म मान्नेछन् अनि विरक्त हुनेछन्। ‘किन परमप्रभुले यो देश र यस मन्दिरलाई यसरी विध्वंस गर्नुभयो?’
9
अनि मानिसहरूले यसरी उत्तर दिनेछन्, ‘यिनीहरूले आफ्ना पिता-पुर्खालाई मिश्रबाट निकाली ल्याउनुहुने परमप्रभु आफ्ना परमेश्वरलाई त्यागे। यिनीहरूले अरू देवताहरूलाई भक्ति र पूजा गरे। यसैकारण यो विनाश परमप्रभुले तिनीहरूमाथि ल्याउनुभयो।”
10
परमप्रभुको मन्दिर र आफ्नो राजमहल बनाउन सोलोमनलाई बीस वर्ष लाग्यो।
11
टुरोसका राजा हीरामले तिनलाई सबै देवदारु र सल्लाका काठहरू र ती भवन बनाउँदा काममा आउने सबै सुनहरू दिएका थिए। ती काम सकिएपछि सोलोमनले हीरामलाई गालीलका इलाकाभित्र बीस वटा सहरहरू दिए।
12
हीरामले गएर ती सहरहरू हेरे तर मन पराएनन्।
13
तिनले सोलोमनलाई भने, “भाइ, तपाईंले मलाई दिनुभएको सहर यस्तै हुन्?” यसैले त्यस ठाउँलाई अझसम्म काबूल भनिन्छ।
14
हीरामले सोलोमनलाई चार हजार किलोग्रामभन्दा बढी सुन पठाइदिएका थिए।
15
मन्दिर र राजमहल बनाउन सहरको पूर्वपट्टि जमिन अग्लो बनाउन माटो थुपार्न र सहरका पर्खाल बनाउन सोलोमन राजाले बेगारी मजदूरहरू काममा लगाएका थिए। हासोर, मगिद्दो र गेजेर सहर बनाउन पनि तिनले बेगारीहरू नै लाएका थिए।
16
(मिश्रका राजाले गेजेरमाथि हमला गरेर आफ्नो कब्जामा लिए। त्यहाँका बासिन्दाहरूलाई मारे र सहरमा डढेलो लाइदिएर त्यसलाई उनकी छोरीले सोलोमनसित विवाह गर्दा त्यसलाई त्यो सहर उपहार दिए।
17
अनि सोलोमनले त्यो सहर फेरि बनाएका थिए।) बेगारी मजदुरहरू लाएर नै सोलोमनले तल्लो बेथ-होरोन,
18
बालात, यहूदाका उजाड-भूमिमा भएको तदमोर,
19
खाद्य र अन्य वस्तुहरू, रथ र घोडाहरू राख्ने सहरहरू र यरूशलेम, लेबनान र राज्यको अन्य स्थानहरूमा आफूले बनाउने इच्छा गरेका कुराहरू पनि बनाए।
20
[20-21] कनान देश आफ्नो अधीनमा लिँदा इस्राएलीहरूले जुन कनानबासीहरूलाई मारेका थिएनन्, तिनीहरूकै सन्तानलाई सोलोमनले बेगारी काममा लाए। तीमध्ये एमोरी, हित्ती, परिज्जी, हिव्वी र यबूसीहरू थिए, जसका सन्तान यो समयसम्म कमारा-कमारी छँदैछन्।
22
इस्राएलीहरूलाई सोलोमनले कमारा बनाएनन्। तिनीहरूले सैनिक, अधिकृत, सेनापति र रथ सेनाका कप्तान र घोडचढीका काम गर्थे।
23
सोलोमनले बनाउँदैगरेका विभिन्न कामहरूमा लागेका बेगारी मजदुरहरू ५५० जना अधिकृतका जिम्मामा थिए।
24
मिश्रका राजाकी छोरी सोलोमनकी स्वास्नीले दाऊदको सहर छोडेर सोलोमनले बनाएका राजमहलमा बास गर्न थालिन्। त्यसपछि सोलोमनले सहरको पूर्वपट्टिका जमिन अग्लो बनाउन माटो थुपारे।
25
वर्षमा तीन चोटि आफूले परमप्रभुको निम्ति बनाएका वेदीमा सोलोमनले होमबलि र मेलबलिहरू चढाउँथे। तिनले परमप्रभुलाई धूप पनि बाल्दथे। यसरी तिनले मन्दिर बनाई सिद्ध्याए।
26
एदोम देशमा एलातको नजिकै लाल समुद्रको किनारमा भएको एस्योन-गेबेर भन्ने ठाउँमा सोलोमन राजाले व्यापारिक जहाजहरू बनाए।
27
हीराम राजाले आफ्ना जहाजका केही अनुभवी नाविकहरूलाई सोलोमनका मानिसहरूसित काम गर्न पठाइदिए।
28
तिनीहरू जहाज लिएर ओपीर देशमा जान्थे। त्यहाँबाट सुन लिएर सोलोमनकहाँ फर्कन्थे। यसरी चौध हजार किलोग्रामभन्दा पनि बढी सुन तिनीहरूले ल्याए।
← Chapter 8
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 10 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22