bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
1 Kings 2
1 Kings 2
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 1
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 3 →
1
आफू मर्ने बेला हुँदा दाऊदले आफ्नो छोरो सोलोमनलाई बोलाएर आफ्ना अन्तिम अर्तिहरू यसरी दिए:
2
“मेरो मर्ने बेला भयो। भरोसा राख र सङ्कल्प गर
3
र परमप्रभु तिम्रा परमेश्वरले जे आज्ञा गर्नुहुन्छ, ती मान। मोशाका व्यवस्थामा लेखिएका सबै उहाँका नियम र आज्ञाहरू पालन गर र तिमी जहाँ गए पनि तिमीले जे कुरामा हात हाल्नेछौ, त्यसमा तिम्रो फलिफाप हुनेछ।
4
तिमीले उहाँका आज्ञाहरू पालन गर्यौ भने मेरो सन्तानले सावधान भई उहाँका आज्ञाहरू आफ्ना पूरा हृदय र मनले विश्वाससित जबसम्म पालन गर्लान्, तबसम्म तिनीहरूले इस्राएलमा राज्य गर्नेछन् भनी परमप्रभुले मलाई दिनुभएको प्रतिज्ञा उहाँले कायम राख्नुहुनेछ।
5
“त्यसबाहेक अरू कुरा पनि छ। योआबले मसित कस्तो व्यवहार गरेको थियो, त्यसले कसरी इस्राएलका दुई सेनापतिहरू नेरको छोरो अबनेर र येतेरको छोरो अमासालाई मारेको थियो, त्यो तिमीलाई याद छ। ती दुई सेनापतिहरूले लडाइँको समयमा मानिसहरू मारेका थिए तर योआबले मिलापको समयमा बदला लिएर तिनीहरूलाई मारेको थियो भनी तिमीलाई थाहा हुनुपर्छ। त्यसले निर्दोष मानिसहरूलाई मारेको थियो र त्यसको जिम्मेवार अहिले म भएको छु र त्यसको फल भोग्दै छु।
6
यसबारे के गर्नुपर्छ, त्यो तिमी जान्दछौ। त्यसलाई शान्तिसित मर्न नदेऊ।
7
“तर गिलादका बर्जिल्लैका छोराहरूलाई दया देखाउनू र तिनीहरूको हेरचाहा गर्नू। म तिम्रा दाजु अब्शालोमदेखि भागेर जाँदा तिनीहरूले ममाथि दया गरेका थिए।
8
“बेन्यामीन देशका बहुरीम सहरबाट आएका गेराको छोरो शिमीलाई पनि नभुल्नू। म महनोममा गएको दिन त्यसले मलाई खुब सरापेको थियो। तर जब त्यसले मलाई यर्दन नदीछेउ भेटेको थियो, मैले परमप्रभुको नाउँमा त्यसलाई तँ मारिनेछैनस् भनी एउटा गम्भीर प्रतिज्ञा गरेको थिएँ।
9
तर तिमीले त्यसलाई दण्ड नदिई नछोड्नू। के गर्नुपर्छ, त्यो तिमी जान्दछौ। त्यसलाई मार्ने प्रबन्ध गर्नू।”
10
दाऊद मरे र दाऊदको सहरमा गाडिए।
11
सात वर्ष हेब्रोनमा र तेत्तीस वर्ष यरूशलेममा गरेर जम्मा चालीस वर्ष उनले इस्राएलमा राज्य गरेका थिए।
12
दाऊदपछि सोलोमन राजा भए र उनको राजकिय शक्ति दरिलो प्रकारले कायम भयो।
13
तब अदोनियाह, जसकी आमा हग्गित थिइन्, सोलोमनकी आमा बतशेबाकहाँ गए। तिनले भनिन्, “राम्रै मनले भेट्न आएको होला नि!” “हो,” उनले भने,
14
“मेरो तपाईंसित एउटा बिन्ती छ।” “कस्तो बिन्ती?” तिनले सोधिन्।
15
अदोनियाहले जवाफ दिए, “तपाईंलाई थाहा छ कि म राजा हुनुपर्थ्यो र इस्राएलका सबै मानिसहरूले त्यस्तो आशा गरेका थिए। तर कुरा अर्कै भयो र मेरा भाइ राजा भए। परमप्रभुको त्यही इच्छा थियो।
16
र अब मेरो एउटा बिन्ती छ, कृपा गरी हुँदैन नभन्नु होला।” “कस्तो बिन्ती भन त,” बतशेबाले भनिन्।
17
उनले भने, “शूनम्मीबाट आएकी केटी अबीशगलाई मेरी स्वास्नी हुन सोलोमन राजासित बिन्ती गरिदिनुहोस्। तपाईंलाई उनले ‘नाइँ’ भन्नेछैनन्, त्यो म जान्दछु।”
18
“हुन्छ, म राजासित तिम्रो बारेमा कुरा गरूँला,” तिनले उत्तर दिइन्।
19
यसकारण अदोनियाहबारे कुरा गर्न बतशेबा राजाकहाँ गइन्। आमालाई स्वागत गर्दै राजा उभिए र आमालाई ढोगे। तब उनी आफ्नो सिंहासनमा बसे र अर्को सिंहासन ल्याउन लाएर त्यसमा आफ्नी आमालाई दाहिनेपट्टि बस्न लाए।
20
आमाले भनिन्, “मेरो एउटा सानो बिन्ती छ, अस्वीकार नगर है।” “कस्तो बिन्ती, आमा?” उनले सोधे, “म अस्वीकार गर्दिन।”
21
तिनले भनिन्, “तिम्रा दाजु अदोनियाहलाई अबीशगसित विवाह गर्न देऊ।”
22
राजाले सोधे, “किन अबीशग उनलाई दे भन्नुहुन्छ? बरु उनलाई सिंहासन नै दिइहाल् भन्नुहोस् न। आखिर उनी मेरा ठूल्दाइ हुन् र अबियाथार पूजाहारी र योआब उनीपट्टि लागेका छन्।”
23
त्यसपछि सोलोमनले परमप्रभुको नाउँमा गम्भीर प्रतिज्ञा गरे, “यो कुरा मागेको कारणले त्यसको दाम आफ्नो प्राण दिएर अदोनियाहलाई तिर्न लाइन भने परमेश्वरले मलाई मारून्!
24
अब मलाई स्थिर गर्नुहुने र मलाई मेरा पिता दाऊदको सिंहासनमा बसाल्नुहुने र आफ्नो प्रतिज्ञाअनुसार मेरो वंश खडा गर्नुहुने जीवित परमप्रभुलाई साक्षी राखी दृढतासाथ म भन्दछु कि आज नै अदोनियाह मारिनेछ!”
25
तब सोलोमन राजाले बनायाहलाई आज्ञा गरे र गएर उनले अदोनियाहलाई मारे।
26
त्यसपछि सोलोमन राजाले अबियाथार पूजाहारीलाई भने, “आफ्नो गाउँ अनातोतको घरमा जाऊ। तिमी मारिनु उचित छ तर म अहिले तिम्रो प्राण लिनेछैनँ किनभने मेरा पिता दाऊदसित छँदा तिमीले परमप्रभुको करारको सन्दुकको जिम्मावारी लिएका थियौ र उनका सबै दु:ख-कष्टमा भाग लिएका थियौ।”
27
तब सोलोमनले अबियाथारलाई परमप्रभुको पूजाहारीको कामबाट खारेज गरिदिए र यसरी शीलोमा पूजाहारी एली र उनका सन्तानहरूबारे परमप्रभुले भन्नुभएको वचन पूरा भयो।
28
त्यसको खबर योआबले पाए। (उनले अदोनियाहको पक्ष लिएका थिए तर अब्शालोमको चाहिँ होइन) यसकारण उनी भागेर परमप्रभुको पवित्र पालमा गए र वेदीका दुई कुनाका चोसाहरू समातेर उभिए।
29
योआब भागेर परमप्रभुको पवित्र पालमा गई वेदीछेउ बसेको छ भन्ने खबर सोलोमन राजाकहाँ पुग्यो। सोलोमन राजाले योआबलाई मार्न बनायाहलाई पठाए।
30
उनले परमप्रभुको पवित्र पालमा गई योआबलाई भने, “राजाले तिमीलाई बाहिर आउने आज्ञा गरेका छन्।” योआबले उत्तर दिए, “अँहँ, म यहीँ मर्नेछु।” बनायाह राजाकहाँ फर्किगए र योआबले भनेका कुरा सुनाइदिए।
31
सोलोमनले भने, “योआबले भनेझैँ गर। त्यसलाई मारेर गाडिदेऊ। त्यसो भएपछि योआबले निर्दोष मानिसहरू मारेर गरेको दोषको निम्ति म वा दाऊदका अरू कुनै सन्तान अब उसो जिम्मावार रहनेछैन।
32
मेरा पिता दाऊदलाई थाहै नदिई योआबले गरेको हत्याको कारणले परमप्रभुले उसलाई दण्ड दिनुहुनेछ। योआबले आफूभन्दा असल दुई जना निर्दोष मानिसहरू इस्राएली सेनाका सेनापति अबनेर र यहूदाका सेनापति अमासालाई मारेको थियो।
33
तिनीहरूको हत्याको लागि योआब र त्यसका सन्तानले सधैँभरि दण्ड पाउनेछन्। तर दाऊदका सन्तान, जो उनको सिंहासनमा बस्नेछन्, उनीहरूलाई परमप्रभुले सधैँ भलाइ गर्नुहुनेछ।”
34
यसकारण बनायाहले परमप्रभुको पवित्र पालमा गएर योआबलाई मारे र उसलाई खुला मैदानमा उसकै घरनिर गाडे।
35
राजाले बनायाहलाई योआबको स्थानमा सेनापति र सादोकलाई अबियाथारको स्थानमा पूजाहारी बनाए।
36
त्यसपछि राजाले शिमीलाई बोलाएर भने, “यहाँ यरूशलेममा आफ्नो लागि एउटा घर बनाऊ। त्यहाँ बास गर्नू र सहर छोडेर नजानू।
37
सहर छोडेर किद्रोनको खोल्सा नाघेर पारि गयौ भने तिमी निश्चय मारिनेछौ र त्यसको लागि तिमी आफैं जिम्मेवार हुनेछौ।”
38
“जो आज्ञा महाराज,” शिमीले जवाफ दिए, “हजुरको आज्ञा म पालन गर्नेछु।” र धेरै दिनसम्म ती यरूशलेममा रहे।
39
तीन वर्षपछि शिमीका दुई कमाराहरू गातका राजा माकाका छोरा आकीशकहाँ भागेर गए। ती दुई गातमा छन् भनी शिमीले सुने।
40
तिनीहरूलाई खोज्न आफ्नो गधा कसी त्यसमा सवार भई शिमी गातमा आकीश राजाकहाँ गए। ती दुईलाई भेट्टाएर शिमीले घर फर्काएर ल्याए।
41
शिमीले त्यसो गरेको सुनेर
42
सोलोमनले तिनलाई बोलाएर भने, “यरूशलेम नछोड्न मैले तिमीलाई परमप्रभुको नाउँमा प्रतिज्ञा गर्न लाएथें र मैले यस्तो चेतावनी पनि दिएथें कि यरूशलेम छोडी गयौ भने तिमी निश्चय मारिनेछौ। के तिमी त्यस कुरामा राजी भएका होइनौ र? मेरा कुरा मान्छु भनी भनेका होइनौ?
43
किन आफ्नो प्रतिज्ञा तोड्यौ र मेरो आज्ञा भङ्ग गर्यौ?
44
मेरा पिता दाऊदसित कस्तो दुष्ट्याइँ गरेका थियौ, त्यो तिमीलाई राम्ररी थाहा छ। त्यसको निम्ति परमप्रभुले तिमीलाई सजाय दिनुहुनेछ।
45
तर उहाँले मलाई आशीर्वाद दिनुहुनेछ र सदाकालको निम्ति दाऊदको राज्यलाई सुरक्षित राख्नुहुनेछ।”
46
त्यसपछि राजाले बनायाहलाई आज्ञा गरे र उनले गएर शिमीलाई मारे। तब सबै अधिकार सोलोमनका हातमा आयो।
← Chapter 1
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 3 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22