bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
1 Kings 13
1 Kings 13
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 12
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 14 →
1
परमप्रभुको आज्ञाले एक जना अगमवक्ता यहूदाबाट बेथेलमा आए र यारोबाम बलि चढाउन वेदीमा उभिएका बेलामा त्यहाँ आइपुगे।
2
परमप्रभुको आज्ञापालन गर्दै अगमवक्ताले वेदीको विरुद्धमा उच्च सोरले यसरी भने, “परमप्रभु यसो भन्नुहुन्छ, दाऊदका परिवारमा एउटा योशियाह नाम भएको बालक जन्मनेछ। उसले यो वेदीमा बलि चढाउने पूजाहारी, जसले मूर्तिपूजा गर्दैआएका छन्, तिनीहरूलाई यसै वेदीमा मार्नेछ र यसै वेदीमा उसले मानिसहरूका हड्डीहरू जलाउनेछ।”
3
अनि अगमवक्ताले यसो पनि भने, “यो वेदी टुक्रा-टुक्रा भएर भत्कनेछ र त्यसमाथि भएको खरानी छरपष्ट हुनेछ। तब परमप्रभु मद्वारा बोल्नुभएको रहेछ भनी तिमीहरूले थाहा पाउनेछौ।”
4
यारोबाम राजाले यो कुरा सुनी त्यस मानिसलाई औंलाले देखाएर भने, “त्यस मानिसलाई पक्र!” तुरुन्तै राजाको हात सुकिहाल्यो र तिनले हात झार्न सकेनन्।
5
अचानक वेदी टुक्रा-टुक्रा भएर भत्कियो र खरानी भूइँमा पोखियो। अगमवक्ताहरूले परमप्रभुको नाउँमा अघिबाटै भनेझैँ
6
यारोबाम राजाले अगमवक्तालाई भने, “कृपा गरी मेरो निम्ति परमप्रभु तिम्रा परमेश्वरलाई प्रार्थना गरिदेऊ र मेरो हात निको पार्न बिन्ती गरिदेऊ।” अगमवक्ताले परमप्रभुलाई बिन्ती चढाए र राजाको हात निको भयो।
7
तब राजाले अगमवक्तालाई भने, “मेरो घरमा जाऊँ र केही भोजन गरौं। तिम्रो सेवाको निम्ति म तिमीलाई केही इनाम दिनेछु।”
8
अगमवक्ताले जवाफ दिए, “तपाईंको आधा सम्पत्ति नै मलाई दिनुभयो भने पनि म तपाईंसित जानेछैनँ र केही कुरा खाने वा पिउनेछैनँ।
9
परमप्रभुले मलाई केही कुरा नखानू र नपिउनू र म आएको बाटो भएर घर नफर्कनू भनी आज्ञा गर्नुभएको छ।”
10
अनि तिनी आफू अघि आएको बाटोबाट होइन तर अर्कै बाटोबाट फर्किगए।
11
त्यस बेला बेथेलमा एक जना वृद्ध अगमवक्ता बस्थे। उनका छोराहरूले आएर त्यस दिन यहूदाका अगमवक्ताले बेथेलमा के गरेका थिए र यारोबाम राजालाई के भनेका थिए, सबै उनलाई सुनाए।
12
“उनी कताबाट गए?” वृद्ध अगमवक्ताले सोधे। तिनीहरूले उनी गएको बाटो देखाइदिए।
13
वृद्ध अगमवक्ताले आफ्नो गधा कस्न लाए। तिनीहरूले गधा कसिदिए र त्यसमा सवार भई
14
उनी यहूदाबाट आएका अगमवक्ताको खोजीमा बाटो लागे र उनलाई एउटा फलाँटको रूखमुनि बसिरहेका भेट्टाए। वृद्ध अगमवक्ताले सोधे, “के तपाईं नै यहूदाबाट आएका अगमवक्ता हुनुहुन्छ?” “ज्यू, म नै हुँ।” यहूदाका अगमवक्ताले जवाफ दिए।
15
“मेरो घरमा आएर मसँग भोजन गर्नुहोस्,” वृद्ध अगमवक्ताले भने।
16
तर यहूदाका अगमवक्ताले जवाफ दिए, “म तपाईंको घर जान वा तपाईंको पाहुना भई केही खाना वा पिउन सक्दिनँ। म यहाँ तपाईंसित केही खाने वा पिउनेछैनँ
17
किनभने मलाई परमप्रभुले यसो नगर्नू र म अघि आएकै बाटो घर नफर्कनू भनी आज्ञा गर्नुभएको छ।”
18
बेथेलका वृद्ध अगमवक्ताले भने, “म पनि तपाईंजस्तै अगमवक्ता हुँ र परमप्रभुको आज्ञा भएर तपाईंलाई मेरो घरमा लगी अतिथि-सत्कार गर्न एउटा स्वर्गदूतले मलाई भने।” तर ती बुढो अगमवक्ताले ढाँट्दै थिए।
19
ती यहूदाका अगमवक्ता फर्केर वृद्ध अगमवक्ताको घरमा गए र तिनीसित भोजन गरे।
20
तिनीहरू खाइरहेका बेलामा परमप्रभुको वचन वृद्ध अगमवक्ताकहाँ आयो
21
र उनले कराएर यहूदाका अगमवक्तालाई भने, “परमप्रभु भन्दै हुनुहुन्छ कि तपाईंले उहाँको आज्ञापालन गर्नुभएन र उहाँले भनेअनुसार काम गर्नुभएन;
22
तर यहाँ फर्केर आई उहाँले मनाही गर्नुभएको ठाउँमा भोजन गर्नुभयो। यसकारण तपाईं मारिनुहुनेछ र तपाईंको लाश आफ्ना परिवारको चिहानमा गाडिनेछैन।”
23
खाइसकेपछि वृद्ध अगमवक्ताले यहूदाका अगमवक्ताको गधा कसिदिए
24
र उनी त्यसमा सवार भई बिदा भए। बाटोमा उनलाई एउटा सिंहले फेला पार्यो र मार्यो। उनको लाश बाटोमा लडिरह्यो र छेउमा गधा र सिंह उभिबसे।
25
त्यताबाट जाने मानिसहरूले ती लाश र सिंहलाई देखे र तिनीहरूले बेथेलमा गएर आफूले देखेका कुरा सुनाए।
26
त्यो कुरा सुनी वृद्ध अगमवक्ताले भने, “परमप्रभुको आज्ञापालन नगर्ने अगमवक्ता त्यही हो। त्यसकारण परमप्रभुले आफूले भन्नुभएअनुसार त्यसलाई गाँजी मार्न सिंह पठाउनुभयो।”
27
त्यसपछि उनले आफ्ना छोराहरूलाई भने, “मेरो निम्ति गधामा जीनकाठी कसिदेओ।” तिनीहरूले गधा तयार पारिदिए
28
र उनी त्यसमा चढेर गए र यहूदाका अगमवक्ताको लाश बाटोमा लडिरहेको अनि गधा र सिंह लाशको छेउमा उभिरहेको उनले भेटे। सिंहले लाश खाएको थिएन वा गधालाई मारेको थिएन।
29
वृद्ध अगमवक्ताले लाश उठाएर गधामा लादे र उनको निम्ति शोक गर्न र उनलाई गाड्न बेथेलमा लिएर आए।
30
बुढाले आफ्नै परिवारका चिहानमा उनलाई गाडे र उनीमाथि शोक मनाउँदै आफ्ना छोराहरूसित मिलेर यसरी बिलौना गरे, “हाय! हाय! मेरो भाइ।”
31
गाडिसकेपछि वृद्ध अगमवक्ताले आफ्ना छोराहरूलाई भने, “म मरेपछि मलाई पनि यही चिहानमा गाड्नू र मेरो लाश यिनको लाशछेउ राख्नू।
32
परमप्रभुको आज्ञाअनुसार बेथेलको वेदी र सामरियाका सहरका पूजा-स्थलहरूका विरुद्धमा यिनले भनेको कुरा निश्चय पूरा हुनेछ।”
33
इस्राएलका राजा यारोबामले आफ्ना दुष्ट चाल छोडेनन् तर आफूले बनाएका वेदीहरूमा सेवाकार्य गर्न साधारण परिवारहरूबाट पूजाहारीहरू चुनेर खटाइरहे। पूजाहारी काम गर्न अघि सर्ने जोसुकै व्यक्तिलाई तिनी पूजाहारी अभिषेक गर्थे।
34
तिनको यस पापले तिनका सम्पूर्ण वंशको नाश भयो र तिनीहरू सखाप भए।
← Chapter 12
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 14 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22