bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
1 Kings 3
1 Kings 3
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 2
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 4 →
1
मिश्रका राजाकी छोरीलाई विवाह गरेर सोलोमनले त्यस देशसित मिलाप गरे। उनले आफ्नी दुलहीलाई आफ्ना राजमहल, परमेश्वरको मन्दिर र यरूशलेम सहरका चारैपट्टि पर्खाल बनाइनसकुञ्जेलसम्म दाऊदका सहरमा बास गर्न लिएर आए।
2
त्यतिञ्जेलसम्म परमप्रभुको निम्ति मन्दिर बनिएको थिएन र मानिसहरूले विभिन्न ठाउँहरूमा आफ्ना बलि चढाउँदथे।
3
सोलोमनले परमप्रभुलाई प्रेम गर्थे र आफ्ना बुबा दाऊदका अर्तिहरू मान्दथे। तर उनले पनि विभिन्न वेदीमा पशु मारेर बलि चढाउँदथे।
4
एक चोटि बलि चढाउन उनी गिबोनमा गए किनभने त्यहाँ सबैभन्दा धेरै नाम चलेको वेदी थियो। बितेका दिनमा उनले त्यहाँ एक हजार होमबलिहरू चढाएका थिए।
5
त्यस रात परमप्रभुले उनलाई सपनामा दर्शन दिनुभयो र सोध्नुभयो, “म तँलाई के दिऊँ? तँ के चाहन्छस्?”
6
सोलोमनले उत्तर दिए, “तपाईंले आफ्नो सेवक मेरा पिता दाऊदलाई सधैँ औधी माया देखाउनुभयो। उहाँ पनि तपाईंसितको सम्बन्धमा असल, भक्त र इमानदार हुनुहुन्थ्यो र तपाईंले उहाँलाई एउटा छोरो दिनुभयो, जसले आज उहाँको सट्टामा राज्य गर्दै छ र त्यसरी उहाँलाई आफ्नो महान् र अटुट प्रेम देखाइरहनुभएको छ।
7
हे परमप्रभु परमेश्वर! म सानै उमेरको र राजकाज गर्न नजान्ने भए पनि तपाईंले मलाई मेरा पिताको सट्टामा राजा बन्न दिनुभयो।
8
यहाँ म तपाईंले आफ्नो निज प्रजा चुन्नुभएको जनका माझमा छु, जसको सङ्ख्या यति धेरै छ कि तिनीहरूको लेखा लिन सकिँदैन।
9
यसकारण तपाईंका प्रजालाई न्यायसित राज्य गर्ने बुद्धि मलाई दिनुहोस्, र त्यसले असल र खराब छुट्ट्याउन सकोस्। नत्र कसरी म यो तपाईंको महान् जातिलाई शासन गर्न सकूँला?”
10
सोलोमनको त्यस्तो प्रार्थना सुनेर परमप्रभु खुसी हुनुभयो
11
र उनलाई भन्नुभयो, “तैँले आफ्नो लागि दीर्घायु वा धन-सम्पत्ति वा आफ्ना शत्रुको नाश मागिनस्; तर न्यायसित राज्य गर्ने बुद्धि मागिस्।
12
म तैँले मागेअनुसार गर्नेछु। अघि कसैले नपाएको र पछि पनि कसैले पाउन नसक्ने बुद्धि र समझ-शक्ति म तँलाई दिनेछु।
13
तैँले नमागेको कुरा पनि म तँलाई दिनेछु। तेरो जीवनभरि अरू सबै राजाका भन्दा बढी धन-सम्पत्ति र इज्जत तैँले पाउनेछस्।
14
तैँले तेरा पिता दाऊदले झैँ मेरा आज्ञा, नियमहरू र आदेशहरू पालन गरिस् भने म तँलाई दीर्घायु बनाउनेछु।”
15
सोलोमन ब्यूँझे। परमेश्वरले मसित सपनामा कुरा गर्नुभएको रहेछ भनी उनले थाहा पाए। तब उनी यरूशलेममा गए र परमप्रभुको करारको सन्दुकअघि खडा भएर परमप्रभुलाई होमबलि र मेलबलिहरू चढाए। त्यसपछि उनले आफ्ना भारदारहरूलाई भोज दिए।
16
एक दिन दुई वेश्याहरू सोलोमन राजाको अघि हाजिर भए।
17
एउटीले भनी, “हे महाराज! यो आइमाई र म एउटै घरमा बस्छौं र त्यो घरमा हुँदा नै मैले एउटा छोरो जन्माएँ।
18
मेरो छोरो जन्मेको दुई दिनपछि त्यसले पनि एउटा छोरो जन्माई। घरमा हामी दुई मात्र थियौं, अरू कोही थिएन।
19
एक रात एउटा घटना भयो, निद्रामा पल्टँदा त्यसले आफ्नो बालकलाई थिचिछ र त्यो छोरो मरेछ।
20
राति नै उठेर म निदाएकै बेला त्यसले मेरो छोरो मेरो छेउबाट उठाएर लगिछ र आफ्नो ओछ्यानमा राखिछ र मरेको बालकचाहिँ मेरो छेउमा राखिदिइछ।
21
भोलिपल्ट बिहान उठेर आफ्नो बालकलाई दूध खुवाऊँ भनेको त बालक मरिसकेको पो रहेछ। राम्ररी हेरेको त मरेको छोरा मेरो होइन रहेछ।”
22
अर्की आइमाईले भनी, “होइन, जिउँदो बालक मेरो हो, मरेको बालक तेरो हो।” पहिली आइमाईले भनी, “होइन, होइन! मरेको बालक तेरो हो, जिउँदो बालक मेरो हो।” यसरी राजाको अघि ती दुई झगडा गर्न लागे।
23
तब सोलोमन राजाले भने, “तिमीहरू दुवै जना जिउँदो बालक मेरो र मरेको बालक तेरो हो भन्छौ।”
24
उनले एउटा तरवार ल्याउन लगाए। तरवार ल्याएपछि
25
उनले भने, “जिउँदो बालक दुई भाग गरेर काट् र प्रत्येक आइमाईलाई एक-एक भाग दिइहाल्।”
26
साँचो आमाको हृदय आफ्नो छोराको मायाले भरियो र त्यसले राजालाई भनी “महाराज! बालक नमार्नुहोस्, त्यसैलाई दिनुहोस्।” तर अर्की आइमाईले भनी, “हामी दुवैलाई बालक नदिनुहोस्, त्यसलाई दुई टुक्रा पारिदिनुहोस्।”
27
तब सोलोमनले भने, “त्यस बालकलाई नमार्। पहिलो आइमाईलाई नै त्यो बालक दे, तिनी बालककी खास आमा हुन्।”
28
सोलोमनको यो फैसला सुनेर इस्राएलका मानिसहरूका हृदय आफ्ना राजाप्रति गहिरो श्रद्धाले भरिए। तब न्यायपूर्ण तरिकाले मुद्दा छिन्ने बुद्धि राजालाई परमेश्वरले दिनुभएको भनी तिनीहरूले जाने।
← Chapter 2
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 4 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22