bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
1 Kings 10
1 Kings 10
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 9
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 11 →
1
सोलोमनको कीर्ति शेबाकी रानीले सुनिन् र उनको जाँच गर्न कठिन-कठिन प्रश्नहरू लिएर यरूशलेममा आइन्।
2
तिनी धेरै नोकर-चाकरका साथ मसला, बहुमूल्य रत्न र धेरै सुनले लादेका ऊँटहरू लिएर आइन्। तिनले सोलोमनलाई भेटिन् र आफ्ना मनमा भएका सबै प्रश्नहरू सोधिन्।
3
सोलोमनले तिनका सबै प्रश्नहरूका उत्तर दिए। राजाको निम्ति तिनको कुनै पनि प्रश्न कठिन थिएन।
4
शेबाकी रानीले सोलोमनका बुद्धिका कुरा सुनिन् र तिनले बनाएका महल देखिन्।
5
तिनले राजाका टेबिलका भोजन, भारदारहरूका बस्ने घर, राजमहलका कर्मचारीहरू र तिनीहरूले पहिरेका पोशाक, भोजका बेलामा तिनको सेवा गर्ने चाकरहरू र तिनले मन्दिरमा चढाएका बलिदानहरू देखिन्। ती देखेर तिनी छक्क परिन् र बोल्न सकिनन्।
6
तिनले सोलोमन राजालाई भनिन्, “तपाईं र तपाईंको बुद्धिबारे मैले आफ्ना देशमा जे सुनेको थिएँ, ती सत्य रहेछन्।
7
तर आफैं आएर ती आफ्नै आँखाले नदेखेसम्म मैले विश्वास गर्न सकेकी थिइनँ। तर मैले त आधा पनि सुनेको रहेनछु। तपाईंका बुद्धि र धन-सम्पत्ति मैले सुनेभन्दा धेरै रहेछन्।
8
तपाईंका रानीहरू कति सुखी छन्! तपाईंका छेउमा सधैँ हाजिर रहने र तपाईंका बुद्धिका कुरा सुन्ने अवसर पाउने तपाईंका चाकरहरू पनि कति सुखी होलान्!
9
परमप्रभु तपाईंका परमेश्वरको प्रशंसा होस्! उहाँ तपाईंसित कति प्रसन्न हुनुहुन्छ, त्यो तपाईंलाई इस्राएलका राजा बनाउनुभएर उहाँले देखाउनुभएको छ। इस्राएलप्रति उहाँको प्रेम अमर छ। यसकारण कानुन र न्याय कायम राख्न उहाँले तपाईंलाई तिनीहरूका राजा बनाउनुभयो।”
10
आफूले ल्याएका भेटीहरू तिनले सोलोमन राजालाई टक्र्याइन्। ती चार हजार किलोग्रामभन्दा बढी सुन र मसला र अमूल्य रत्नहरू थिए। रानीले जति मसला तिनलाई दिइन्, त्यति धेरै मसला तिनले कसैबाट कहिल्यै पाएनन्।
11
ओपीरबाट सुन लिएर आउने हीरामका व्यापारी जहाजहरूले त्यहाँबाट धेरै चन्दनको काठ र अमूल्य रत्नहरू पनि ल्याएका थिए।
12
ती काठ सोलोमनले मन्दिर र महलका घेरा र गाउने बजाउनेहरूका वीणा र सारङ्गीहरू बनाउने काममा चलाए। इस्राएलमा पैठारी गरी ल्याएका काठहरूमध्ये ती सबैभन्दा असल काठ थिए, त्यस्ता काठ फेरि कहिल्यै देखिएनन्।
13
शेबाकी रानीले मागेका सबै थोक सोलोमन राजाले तिनलाई दिए। ती बाहेक उनले अरू चल्दैआएका रीतिअनुसार दिनुपर्ने कोसेली पनि मुठी खोलेर दिएका थिए। त्यसपछि आफ्ना नोकर चाकरसाथ लिई रानी आफ्नो देशमा फर्किन्।
14
हरेक साल सोलोमन राजाले प्राय: तेईस हजार किलोग्राम सुन पाउँथे।
15
त्योबाहेक उनले व्यापारीहरूबाट महसुल, व्यापारबाट लाभ र अरबी राजाहरू र इस्राएली प्रादेशिक बडा-हाकिमहरूले तिर्ने कर पाउँथे।
16
सोलोमन राजाले दुई सय ठूल्ठूला ढालहरू बनाए र ती प्रत्येकमाथि सात-सात किलोग्राम जति सुनले मोहोरे।
17
उनले तीन सय स-साना ढालहरू पनि बनाए र ती प्रत्येकमाथि प्राय: दुई-दुई किलोग्राम सुन लाएर मोहोरे। यी सबै ढालहरू उनले लेबनानको बन-महल भनिने ठूलो कोठामा राखे।
18
उनले एउटा ठूलो सिंहासन पनि बनाउन लाए, त्यसको केही भाग हात्तीका दाँतले र बाँकी कञ्चन सुनले बनेको थियो।
19
[19-20] सिंहासनमा छ वटा उक्लने खुट्किला थिए र प्रत्येक खुट्किलाको छेउ-छेउमा एकएक वटा गरी जम्मा बाह्र वटा सिंहका मूर्तिहरू थिए। सिंहासनको पछिल्तिर सिंहका टाउकोमा मूर्ति बनेको थियो र आसनका दायाँ-बायाँतर्फ बाहु राख्नलाई एक-एक वटा सिंहको मूर्ति थियो। यस प्रकारको सिंहासन कुनै देशमा कहिल्यै पनि बनिएको थिएन।
21
सोलोमनका पिउने कचौराहरू जम्मै सुनले बनेका थिए र लेबनानको वन-महल भनिने ठूलो कोठामा भएका सारा भाँडाकुँडा कञ्चन सुनका थिए। कुनै चाँदी काममा लगाइएको थिएन किनभने सोलोमनको समयमा चाँदीको केही मोल थिएन।
22
हीरामका जहाजहरूसित समुद्रमा यात्रा गर्ने उनका व्यापारी जहाजहरू थिए। तीन वर्षमा एक पटक सुन, चाँदी, हस्ती दाँत, पुच्छरबिनाका ठूला बाँदर र अन्य स-साना बाँदरहरू लिएर उनका जहाजहरू फर्कन्थे।
23
सोलोमन राजा अरू सबै राजाहरूभन्दा धेरै धनी र ज्ञानी थिए
24
र सारा संसारले उनीकहाँ आएर परमेश्वरले उनलाई दिनुभएको बुद्धिका कुरा सुन्न चाहन्थ्यो।
25
उनीकहाँ आउने प्रत्येक व्यक्ति केही न केही भेटी लिएर आउँथ्यो। भेटीहरू सुन वा चाँदीका चीज, लत्ता-कपडा, हात-हतियार, मसला, घोडा र खच्चरहरू हुन्थे। धेरै सालसम्म त्यस्तो भइरह्यो।
26
सोलोमनले चौध सय रथ र बाह्र हजार घोडचढीहरूको एउटा सेना बनाए। तीमध्ये केही उनले यरूशलेममा राखे र बाँकी भिन्न-भिन्न सहरहरूमा पठाए।
27
उनका शासनकालमा यरूशलेममा चाँदीचाहिँ ढुङ्गासरह साधारण थियो र देवदारुचाहिँ पहाडको फेदीमा साधारण नेभारासरि प्रशस्त पाइन्थ्यो।
28
सोलोमोन राजाका घोडाहरू मिश्रदेश र क्यूएबाट किनेर ल्याइन्थे। राजाका व्यापारीहरूले ती घोडाहरूलाई निश्चित मूल्यमा क्यूएबाट किन्ने गर्थे।
29
तिनीहरूले हित्ती र अरामका राजाहरूलाई एउटा रथलाई ६ सय चाँदीका टुक्रा र एउटा घोडालाई डेढ सय चाँदीका टुक्राका दरले दाम लिएर बेच्दथे।
← Chapter 9
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 11 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22