bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
1 Kings 4
1 Kings 4
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 3
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 5 →
1
सोलोमन इस्राएलका राजा थिए
2
र उनका उच्च भारदारहरू यी नै थिए: पूजाहारी सादोकको छोरो अजर्याह
3
राजमहलका सचिव शीशाका छोराहरू एलीहोरेफ र अहियाह कागज-पत्रका अधिकारी अहीलूदका छोरा यहोशापात
4
सेनापति यहोयादाका छोरा बनायाह पूजाहारीहरू सादोक र अबियाथार
5
जिल्ला अधिकारीका मुखिया नातानको छोरा अजर्याह राजकीय सल्लाहकार नातानको छोरो जाबूद पूजाहारी
6
दरबारिया चाकरहरूका अधिकारी अहीशार बेगारीहरूका अधिकारी अब्दाको छोरो अदोनीराम।
7
सोलोमनले बाह्र जनालाई इस्राएलका जिल्लाहरूमाथि बडा-हाकिम खटाए। तिनीहरूले वर्षमा एक महिनाको हिसाबले आ-आफ्ना जिल्लाबाट पालैपालो राजा र उनका घरानाको निम्ति खानेकुरा जगेडा गरिदिनुपर्थ्यो।
8
ती बाह्र जिल्ला अधिकारीहरू र उनका जिम्मामा दिइएका जिल्लाहरूका नाम यी हुन्: एफ्राइमको पहाडी इलाका बेन-हूर
9
माकाज, शाल्बीम, बेथ-शेमेश, एलोन-बेथहानानमा बेन-देकेर
10
अरूब्बोतमा, शोको सहरहरू र हेपेरका सबै इलाकामा बेन-हेसेद
11
डोरको सबै जिल्लामा सोलोमनकी छोरी ताफातलाई विवाह गर्ने बेन-अबीनादाब
12
तानाक, मगिद्दो सहरहरू, यिजरेल सहरका दक्षिणमा सार्तान सहरको छेउमा भएको बेथ-शानछेउमा सम्पूर्ण भूमि र त्यसको इलाका, जुन हाबिल-महोला र योक्माम सहरसम्म पुगेको छ, तीमाथि अहीलूदका छोरा बाना
13
गिलादको रामोत सहर, मनश्शेको छोरो याईरका भागमा परेका गिलादका गाउँहरू र बाशानमा अर्गोब प्रान्त, मूल-ढोकामा काँसाका बार लाएका र पर्खालले घेरेको जम्मा साठी वटा ठूल्ठूला सहरहरूमा बेन-गेबेर
14
महनोम जिल्लामा इद्दोको छोरो अहीनादाब
15
नप्ताली-भूमिमा सोलोमनकी अर्की छोरी बासमतलाई विवाह गर्ने अहीमास
16
आलोत सहर र आशेर-भूमिमा हूशैको छोरो बाना
17
इस्साखार-भूमिमा पारूहको छोरो यहोशापात
18
बेन्यामीन भूमिमा एलाको छोरो शिमी
19
एमोरीहरूका राजा सीहोन र बाशानका राजा ओगले राज्य गरेका गिलादका भू-भागमा ऊरीको छोरो गेबेर। यी बाह्र जिल्ला अधिकारीहरूबाहेक, सारा देशमाथि एक जना बडा-हाकिम थिए।
20
यहूदा र इस्राएलका मानिसहरू समुद्रका किनारका बालुवाझैँ असङ्ख्य थिए। तिनीहरू खान्थे, पिउँथे र मोज गर्थे।
21
सोलोमनका राज्यभित्र यूफ्रेटिस नदीदेखि पलिश्त देश र मिश्रको सिमानासम्म भएका सबै जातिहरू पर्दथे। तिनीहरूले सोलोमनलाई कर तिर्थे र उनको जीवनभरि उनका अधीनमा रहेका थिए।
22
खानाको लागि दिनहुँ सोलोमनलाई पाँच हजार लिटर मैदा र दश हजार लिटर पिठो,
23
गोठमा पालेका दश वटा गोरु, चरनमा हुर्केका बीस वटा गोरु र सय वटा भेडाहरू चाहिन्थ्यो। तीबाहेक मृग, चित्तल, जरायो र असल पंक्षीहरू पनि चलाइन्थे।
24
यूफ्रेटिस नदीको पश्चिममा नदीछेउको तिफसादेखि पश्चिमपट्टि गाजा सहरसम्म रहेको सम्पूर्ण देशमाथि सोलोमनले राज्य गर्थे। यूफ्रेटिस नदीका पश्चिमपट्टिका सबै राजाहरू उनका अधीनमा थिए र छिमेकीका सबै देशहरूसित उनको मिलाप थियो।
25
तिनको जीवनकालभरि यहूदा र इस्राएलका सबै मानिसहरू कुशलसाथ रहे र प्रत्येक परिवारको आफ्नै दाख र नेभाराका बारीहरू थिए।
26
सोलोमनका रथका घोडाहरूका निम्ति चालीस हजार तबेलाहरू थिए।
27
उनका बाह्र जना जिल्ला अधिकारीहरूले आ-आफ्ना पालोमा परेका महिनामा सोलोमन राजा र उनको दरबारलाई चाहिने खानेकुरा जगेडा गरिदिन्थे। दरकार परेको हरेक चीज सधैँ तिनीहरूले दिंदथे।
28
हरेक जिल्ला-अधिकारीले चाहिएअनुसार आफ्ना हिस्सामा परेको जौ र पराल, रथ तान्ने र अरू घोडाको निम्ति पनि दिंदथे।
29
परमेश्वरले सोलोमनलाई असाधारण बुद्धि, अन्तर्दृष्टि र नाप्न नसकिने ज्ञान दिनुभएको थियो।
30
पूर्वका अथवा मिश्रका सबै बुद्धिमान् मानिसहरूभन्दा सोलोमन बढी बुद्धिमान् थिए।
31
उनी सबैभन्दा बुद्धिमान् थिए। एतान एज्री, माहोलका छोराहरू हेमान, कलकोल र दर्दाभन्दा पनि उनी बुद्धिमान् थिए र उनको नाम छिमेकीका सबै देशहरूमा फैलिएको थियो।
32
उनले तीन हजार हितोपदेशहरू र एक हजार र पाँच गीतहरू रचे।
33
उनले रूख-पौधा, लेबनानको देवदारुदेखि लिएर भित्तामा उम्रने हिसप भनिने विशेष एउटा झार, पशु-पंक्षी, घस्री हिंड्ने जन्तु र माछाहरूका बारेमा बताए।
34
सारा संसारका राजाहरूले उनको बुद्धिबारे सुने र उनका बुद्धिका कुरा सुन्नलाई देश-देशबाट मानिसहरू पठाउँथे।
← Chapter 3
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 5 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22