bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
1 Kings 22
1 Kings 22
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 21
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
1
त्यसपछि दुई वर्षसम्म इस्राएल र अरामका बीचमा लडाइँ भएन;
2
तर तेस्रो वर्षमा यहूदाका राजा यहोशापात इस्राएलका राजा आहाबलाई भेट्न गए।
3
आहाबले आफ्ना भारदारहरूलाई सोधे, “हामीले किन अरामका राजाका हातबाट गिलादको रामोत फिर्ता लिन केही गरेनौं? त्यो ठाउँ त हाम्रो हो नि?”
4
अनि आहाबले यहोशापातलाई सोधे, “के तपाईं रामोतमाथि आक्रमण गर्न जानुहुन्छ?” यहोशापातले उत्तर दिए, “तपाईं तयार हुनुभए म पनि तयार छु। मेरा पैदल र घोडचढी सेनाहरू पनि तयार छन्।
5
तर पहिले हामी परमप्रभुको इच्छा बुझौं।”
6
आहाबले अगमवक्ताहरूलाई बोलाए। तिनीहरू ४०० जनाजति थिए। उनले तिनीहरूलाई सोधे, “म गएर रामोतमाथि हमला गरूँ कि नगरूँ?” तिनीहरूले जवाफ दिए, “हमला गर्नुहोस्। परमप्रभुले तपाईंलाई विजय दिनुहुनेछ।”
7
तर यहोशापातले सोधे, “परमप्रभुको इच्छा बुझ्नलाई अर्का कुनै अगमवक्ता छैनन्?”
8
आहाबले उत्तर दिए, “यिम्लाको छोरो मीकाया नाम गरेको एक जना अगमवक्ता त छ; तर म त्यसलाई मन पराउँदिनँ किनभने त्यसले कहिल्यै मलाई असल अगमवाणी भन्दैन, सधैँ खराब वचन मात्र भन्छ।” “तपाईंका मुखबाट यस्तो वचन निस्कनुहुन्न,” यहोशापातले उत्तर दिए।
9
त्यसपछि आहाबले एक जना महलको अधिकारीलाई बोलाए र झट्टै गएर मीकायालाई लिई आउन आज्ञा गरे।
10
ती दुई राजाहरू आफ्ना राजकीय पोशाक पहिरेर सामरियाको मूल-ढोकाबाहिर अन्न दाइँ गर्ने ठाउँनिर आफ्ना सिंहासनमा बसेका थिए। सबै अगमवक्ताहरूले तिनीहरूका सामुन्ने अगमवाणी भन्दै थिए।
11
तीमध्ये एक जना केनानाको छोरो सिदकियाहले फलामका सिङहरू बनाएर आहाबलाई भने, “परमप्रभु भन्नुहुन्छ— ‘यस्ता सिङहरू लिएर अरामीहरूसित लडाइँ गरी तिनीहरूमाथि पूरा विजय गर्नेछस्।”
12
तिनीहरू सबैले भने, “रामोतमाथि हमला गर्नुहोस्। परमप्रभुले तपाईंलाई विजय दिनुहुनेछ।”
13
त्यही बीचमा मीकायालाई बोलाउन जाने भारदारले उनलाई भने, “सबै अगमवक्ताहरूले राजालाई सफल हुनुहुनेछ भनी अगमवाणी भनेका छन् र अब तपाईंले पनि त्यसै भनिदिनुहोस्।”
14
मीकायाले भने, “जीवित परमप्रभुलाई साक्षी राखी म वचन दिँदछु, परमप्रभुले मलाई जे भन्नुहुन्छ, त्यही मात्र म बोल्नेछु।”
15
उनी आहाब राजाका अघि हाजिर भए। राजाले उनलाई सोधे, “मीकाया, म र यहोशापात राजा गएर रामोतमाथि आक्रमण गरौं कि नगरौं?” मीकायाले उत्तर दिए, “आक्रमण गर्नुहोस्। निश्चय तपाईं विजयी हुनुहुनेछ। परमप्रभुले तपाईंलाई विजय दिनुहुनेछ।”
16
तर आहाबले उत्तर दिए, “जब तिमी परमप्रभुको नाउँमा बोल्दछौ, मलाई साँचो कुरा भन! म कति पटक यो कुरा तिमीलाई बुझाऊँ?”
17
मीकायाले उत्तर दिए, “गोठालाबिनाका भेडाहरूजस्ता भएर इस्राएलका सेना डाँडाहरूमाथि छरपष्ट भएका म देख्दछु। अनि परमप्रभुले भन्नुभयो— ‘यी मानिसहरूको अगुवा छैन, तिनीहरू शान्तिसित घर जाऊन्।”
18
आहाबले यहोशापातलाई भने, “उसले कहिल्यै मलाई राम्रो अगमवाणी भन्दैन भनेर के मैले तपाईंलाई भनेको थिइनँ र? सधैँ केही न केही खराबै मात्र भन्छ!”
19
मीकायाले अझै भन्दैगए, “परमप्रभु के भन्नुहुन्छ, सो सुन्नुहोस्। परमप्रभुलाई स्वर्गमा आफ्ना सिंहासनमा विराजमान भइरहनुभएको मैले देखें। सारा दूतगण उहाँका छेउमा खडा थिए।
20
परमप्रभुले भन्नुभयो, ‘रामोतमा गएर मारिनलाई कसले आहाबलाई धोका दिएर लडाइँ गर्न पठाउला?’ कति स्वर्गदूतले एक कुरा र अरू कति स्वर्गदूतले अर्को कुरा भने।
21
अन्तमा एउटा आत्मा अघि आएर परमप्रभुको नजिकमा गए अनि भने ‘म उनलाई धोका दिनेछु’।
22
‘कसरी?’ परमप्रभुले सोध्नुभयो। आत्माले उत्तर दिए, ‘म गएर आहाबका सबै अगमवक्ताहरूलाई झूट बोल्न लाउनेछु।’ परमप्रभुले भन्नुभयो, ‘जा र त्यसलाई त्यसै गर्। तँ सफल हुनेछस्!”
23
अन्तमा मीकायाले भने, “यसरी सबै कुरा भएको हो। परमप्रभुले तपाईंका यी सबै अगमवक्ताहरूलाई झूट बोल्न लाउनुभएको छ। तर उहाँले तपाईंको सर्वनाश गराउने फैसला गर्नुभएको छ।”
24
तब सिदकियाह अगमवक्ताले मीकायाको छेउमा आएर उनको मुखमा थप्पड लाएर सोधे, “कहिलेदेखि परमप्रभुको आत्माले मलाई छोडेर तँसित बोल्न थाल्नुभयो त?”
25
मीकायाले उत्तर दिए, “तिमी जुन दिन भित्री कोठामा लुक्न जानेछौ, त्यही दिन त्यो थाहा पाउनेछौ।”
26
तब आहाब राजाले आफ्नो एक जना अधिकृतलाई आज्ञा गरे, “मीकायालाई पक्रेर सहरका बडा-हाकिम अमोन र राजकुमार योआशकहाँ लैजाऊ।
27
म कुशलसाथ फर्की नआएसम्म त्यसलाई झ्यालखानमा थुन्नू र रोटी र पानी मात्र खान दिनू भनी तिनीहरूलाई भन।”
28
मीकायाले चिच्च्याएर भने, “तपाईं कुशलसाथ फर्किआउनुभयो भने परमप्रभु मद्वारा बोल्नुभएको हुँदैहोइन!” त्यसपछि उनले भने, “मैले के भनें, तपाईंहरू सबैले सुनिराख्नुहोला!”
29
इस्राएलका राजा आहाब र यहूदाका राजा यहोशापात रामोत सहरमाथि हमला गर्न गिलादमा गए।
30
आहाबले यहोशापातलाई भने, “हामी लडाइँ गर्न जाँदा म भेष बद्लेर जानेछु तर तपाईंचाहिँ आफ्ना राजकीय पोशाक पैह्रनुहोस्।” र इस्राएलका राजा भेष बदलेर लडाइँमा गए।
31
इस्राएलका राजाबाहेक अरू कसैमाथि हमला नगर्नू भनी अरामका राजाले आफ्ना रथ-सेनाका बत्तीस जना सेनापतिहरूलाई आज्ञा दिएका थिए।
32
यसकारण जब तिनीहरूले यहोशापात राजालाई देखे उनी नै इस्राएलका राजा हुन् भन्ठानी उनलाई आक्रमण गर्न अघि बढे। तर उनी जोडले कराए र त्यसरी कराउँदा
33
उनी इस्राएलका राजा होइन रहेछन् भनी तिनीहरूले थाहा पाए र रोकिए।
34
तापनि एउटा अरामी सैनिकले काँड छोड्यो र संयोगले त्यो काँड गई आहाब राजाको झीलमको जोर्नीको बीचबाट भएर उनमा गाडियो। उनले आफ्नो रथको सारथीलाई भने, “मलाई चोट लाग्यो। रथ फर्का र रणभूमि छोडेर हिंड्।”
35
घनघोर लडाइँ चल्यो, त्यस बेला आहाब राजा रथमा अडिएर बसेका थिए र अरामीहरूको सामना गर्दै थिए। उनको चोटबाट रगत बहिरहेको थियो र रगतले रथको तल्लो भाग भरिँदै थियो। साँझमा उनी मरे।
36
सूर्य अस्ताउने बेलातिर इस्राएली सेनाका पंक्तिमा यस्तो आज्ञा पुग्यो, “सबै जना आ-आफ्ना देश र सहरमा फर्किजाओ!”
37
यसरी आहाब राजा मरे। उनको लाश सामरियामा लगेर गाडियो।
38
उनको रथलाई सामरियाको तलाउमा लगेर धोइयो, जहाँ वेश्याहरूले नुहाइ-धुवाइ गर्दथे। कुकुरहरूले उनको रगत चाटेर खाए। यी सबै कुरा परमप्रभुले भनेअनुसार भयो।
39
आहाब राजाले गरेका अरू सबै कामहरू, उनले बसालेका सहरहरू र हात्तीका दाँतले सिङ्गारेका उनको महलको बयानसमेत इस्राएलका राजाको इतिहासमा लेखिएको छ।
40
उनी मरेपछि उनको छोरो अहज्याह राजा भए।
41
इस्राएलका राजा आहाबका शासनकालको चौथो वर्षमा आसाको छोरो यहोशापात यहूदाका राजा भए।
42
उनको उमेर पैंतीस वर्ष भएको थियो र उनले यरूशलेममा पच्चीस वर्ष राज्य गरे। उनकी आमा शिल्हीकी छोरी अजूबा थिइन्।
43
अघि उनका बुबा आसाले झैँ उनले परमप्रभुको नजरमा जे उचित छन् ती काम गरे तर मूर्तिपूजा गर्ने पूजा-स्थलहरू भने नाश गरेनन् र मानिसहरूले त्यहाँ बलिदान चढाउने र धूप बाल्ने काम गरि नै रहे।
44
यहोशापातले इस्राएलका राजासित मिलाप गरे।
45
यहोशापातले गरेका अरू सबै कामहरू, उनका लडाइँ र वीरताका कुराहरू यहूदाका राजाको इतिहासमा लेखिएको छ।
46
उनका बुबा आसाका समयदेखि अझसम्म छोडिएका मूर्ति पूजा गर्नेहरूका वेदीमा सेवाकार्य गर्ने पुरुष र स्त्री वेश्याहरूलाई उनले हटाए।
47
एदोम देशमा राजा थिएनन्। यहूदाका राजाले नियुक्त गरेका एक जना राज्यपालले त्यहाँ शासन गर्थे।
48
यहोशापात राजाले ओपीर देशबाट सुन ल्याउन समुद्र यात्रा गर्ने जहाजहरू बनाए; तर एस्योन-गेबेरमा ती ध्वंस भए र कहिल्यै समुद्र-यात्रामा जान सकेनन्।
49
इस्राएलका राजा अहज्याहले आफ्ना नाविकलाई यहोशापातका मानिसहरूसित जलयात्रामा जानलाई पठाउने कुरा गरे तर यहोशापातले त्यो मानेनन्।
50
यहोशापात मरे। उनलाई दाऊदको सहरमा राजा गाडिने चिहानमा राखियो। उनीपछि उनको छोरो यहोराम राजा भए।
51
यहूदाका राजा यहोशापातको शासनकालको सत्रौँ वर्षमा आहाबको छोरो अहज्याह इस्राएलका राजा भए र उनले सामरियामा दुई वर्ष राज्य गरे।
52
आफ्ना बुबा आहाब, आमा ईजेबेल र यारोबाम राजा, जसले इस्राएलीहरूलाई पाप गर्न लाएका थिए, तिनीहरूको उदाहरण सिकी अहज्याहले परमप्रभुको विरुद्धमा पाप गरे।
53
उनले बाल-देवताको पूजा र सेवा गरे र त्यसरी अघि आफ्ना बुबाले गरेझैँ परमप्रभु इस्राएलका परमेश्वरको रिस जगाए।
← Chapter 21
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22