bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
1 Kings 16
1 Kings 16
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 15
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 17 →
1
हनानीको छोरो येहू अगमवक्तासित परमप्रभु बोल्नुभयो र बाशाको निम्ति यो सन्देश दिनुभयो,
2
“तँ केही थिइनस्; तर मैले तँलाई आफ्ना प्रजा इस्राएलका अगुवा बनाएँ। तर अब तैँले यारोबामले झैँ पाप गरिस् र मेरा प्रजालाई पाप गर्न लाइस्। तिनीहरूका पापले गर्दा मेरो रिस उठेको छ।
3
यसकारण म यारोबामलाई झैँ तँ र तेरा सन्तानलाई मेटिदिनेछु।
4
तेरो परिवारबाट सहरमा मर्ने मानिसलाई कुकुरहरूले खानेछन् र सहरबाहिर मर्नेचाहिँ गिद्धहरूको आहार बन्नेछ।”
5
बाशाले गरेका अरू सबै काम र साहसका कार्यहरू इस्राएलका राजाको इतिहासमा लेखिएका छन्।
6
बाशा मरे र तिर्सामा गाडिए र तिनको छोरो एलाह तिनीपछि राजा भए।
7
बाशाले परमप्रभुको विरुद्धमा पाप गरेको हुनाले तिनी र तिनका परिवारका विरुद्धमा दिइएको परमप्रभुको सन्देश येहू अगमवक्ताले सुनाएका थिए। तिनले यारोबाम राजाले झैँ पाप मात्र गरेका थिएनन्; तर यारोबामका सबै परिवारलाई पनि मारेका थिए। त्यसरी उनले परमप्रभुलाई रिस उठाएका थिए।
8
यहूदाका राजा आसाको शासनकालको छब्बीसौं वर्षमा बाशाको छोरो एलाह इस्राएलका राजा भए र तिनले तिर्सामा दुई वर्ष राज्य गरे।
9
राजाका आधा-रथहरूका सेनाका सेनापति जिम्री नाम गरेका अधिकृतले उनको विरुद्धमा षड्यन्त्र गरे। एक दिन तिर्सामा एलाहले आर्साको घरमा मद्य पिइरहेका थिए। आर्सा राजमहलको रेखदेख गर्ने अधिकारी थिए।
10
जिम्री घरभित्र पसे, एलाहलाई मारे र उनको सट्टामा राजा भए। यहूदाका राजा आसाको शासनकालको सत्ताईसौँ वर्षमा यो घटना भएको थियो।
11
आफू राजा हुनेबित्तिकै जिम्रीले बाशाका सारा सन्तानलाई मारे। उनका कुटुम्बको कुनै पुरुष र मित्रलाई जिउँदो छोडेनन्।
12
यसरी परमप्रभुले अगमवक्ता येहूद्वारा बाशाको विरुद्धमा भन्नुभएअनुसार जिम्रीले बाशाका सारा सन्तानलाई मारे।
13
मूर्तिपूजा गरेर र इस्राएलीहरूलाई पाप गर्न लाएर बाशा र उनको छोरो एलाहले परमप्रभु इस्राएलका परमेश्वरलाई रिस उठाएका थिए।
14
एलाहले गरेका अरू सबै काम इस्राएलका राजाको इतिहासमा लेखिएका छन्।
15
यहूदाका राजा आसाको शासनकालको सत्ताईसौँ वर्षमा जिम्रीले तिर्सामा सात दिनसम्म इस्राएलमाथि राज्य गरे। इस्राएली सेनाहरू पलिश्त देशको गिब्बतोन सहरलाई घेरा हालेर बसेका थिए।
16
जिम्रीले राजाको विरुद्धमा षड्यन्त्र गरेर उनको हत्या गरे भनेर सुन्नासाथ तिनीहरूले त्यहीँ त्यति नै बेला आफ्ना सेनापति ओम्रीलाई इस्राएलका राजा बनाए।
17
ओम्री र उनका सेनाहरूले गिब्बतोन छोडेर गए र तिर्सा सहर घेरामा हाले।
18
तिनीहरूले तिर्सा लिएको देखेर जिम्री राजमहलको भित्री किल्लामा गए र महलमा आगो लाए र आफैं पनि जलेर मरे।
19
परमप्रभुको विरुद्धमा उनले गरेका पापको कारणले त्यसो भयो। आफ्ना बाजे यारोबामले झैँ जिम्रीले पनि आफैंले पाप गरेर र इस्राएललाई पनि पाप गर्न लाएर परमप्रभुलाई असन्तुष्ट पारेका थिए।
20
जिम्रीले गरेका अरू काम, उनले गरेका षड्यन्त्रबारे पनि इस्राएलका राजाको इतिहासमा लेखिएको छ।
21
इस्राएलका मानिसहरू दुई दलमा छुट्टिएका थिए। एक दल गीनतको छोरो तिब्नीलाई राजा बनाउन चाहन्थे, अर्को दल ओम्रीको पक्षमा थियो।
22
अन्तमा ओम्रीपट्टि लाग्नेहरूको विजय भयो। तिब्नी मरे र ओम्री राजा भए।
23
यसरी यहूदाका राजा आसाको शासनकालको एकतीसौँ सालमा ओम्री इस्राएलका राजा भए र उनले बाह्र वर्ष राज्य गरे। पहिलो छ वर्ष उनले तिर्सामा राज्य गरे।
24
त्यसपछि उनले छ हजार चाँदीका टुक्रा दिएर एक जना शेमेर नाम भएको मानिसका हातबाट सामरिया डाँडा किने, डाँडा सुरक्षित बनाएर त्यहाँ किल्ला बनाए, एउटा सहर बसाले र शेमेरको नाममा त्यस सहरको नाम सामरिया राखे। शेमेर त्यस डाँडाका मालिक थिए।
25
ओम्रीले आफू अघिका राजाहरूले भन्दा बढी परमप्रभुको विरुद्धमा पाप गरे।
26
यारोबामले झैँ आफैं पाप गरेर र इस्राएलीहरूलाई मूर्तिपूजा र पाप गर्न लाएर उनले परमप्रभु इस्राएलका परमेश्वरको क्रोध जगाए।
27
ओम्रीले गरेका अरू सबै कामहरू र उनले हासिल गरेका कुराहरूबारे इस्राएलका राजाको इतिहासमा लेखिएका छन्।
28
ओम्री मरे र सामरियामा गाडिए र तिनीपछि उनको छोरो आहाब राजा भए।
29
यहूदाका राजा आसाको शासनकालको अठतीसौँ सालमा ओम्रीको छोरो आहाब इस्राएलका राजा भए र उनले सामरियामा बाईस वर्ष राज्य गरे।
30
उनले आफूअघिका राजाहरूको भन्दा बढ्ता पाप गरे।
31
यारोबाम राजाले झैँ पाप गरेर तिनी अघाएनन्। सीदोनका राजा एताबालकी छोरी ईजेबेललाई विवाह गरे र बाल-देवताको पूजासमेत गरे।
32
सामरियामा उनले बाल-देवताको निम्ति एउटा मन्दिर बनाए र एउटा वेदी बनाएर मन्दिरमा राखे।
33
उनले अशेरा देवीको पनि एउटा मूर्ति खडा गरे। उनीअघिका सारा इस्राएलका राजाहरूले भन्दा बढी खराबी गरेर उनले परमप्रभु इस्राएलका परमेश्वरको क्रोध जगाए।
34
उनको शासनकालमा बेथेलको हीएलले यरीहो सहरलाई फेरि बसाले। परमप्रभुले नूनको छोरो यहोशूद्वारा अघिबाटै भन्नुभएअनुसार हीएलले यरीहोको जग बसाल्दा उनको जेठो छोरो अबीरामको मृत्यु भयो र सहरका ढोकाहरू बसाल्दा उनको कान्छो छोरो सगूबको मृत्यु भयो।
← Chapter 15
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 17 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22