bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
1 Kings 17
1 Kings 17
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 16
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 18 →
1
अब गिलादको तिश्बेका तिश्बी एलियाले आहाबलाई भने, “जीवित परमप्रभु इस्राएलका परमेश्वर, जसको सेवा म गर्दछु, उहाँलाई साक्षी राखी म भन्दछु कि मेरो वचनबिना आगामी केही वर्षभरि न त शीत पर्नेछ न त केही पानी पर्नेछ।”
2
तब परमप्रभुले एलियालाई भन्नुभयो,
3
“यो ठाउँ छोडेर पूर्वपट्टि जा र यर्दन नदीको पूर्वमा भएको करीत खोलामा लुकेर बस्।
4
त्यस खोलाले तँलाई पिउने पानी दिनेछ र मैले कागहरूलाई तँलाई त्यहाँ खाना पुर्याइदिने आज्ञा दिएको छु।”
5
परमप्रभुको आज्ञापालन गरेर एलिया करीत खोलामा गए र त्यहाँ खोलाको छेउमा बास बस्न थाले।
6
उनले खोलाको पानी पिउँथे र बिहान र बेलुका सधैँ कागहरूले उनलाई रोटी र मासु ल्याइदिन्थे।
7
पानी नपरेको हुनाले केही समयपछि त्यो खोला सुक्यो।
8
तब परमप्रभुले एलियालाई भन्नुभयो,
9
“अब सीदोनको छेउमा भएको सारपत सहरमा जा र त्यहाँ बस्। त्यहाँ बास गर्ने एउटी विधवालाई मैले तँलाई खुवाउन आज्ञा गरेको छु।”
10
एलिया सारपतमा गए। उनी सहरको ढोकानिर आइपुग्दा एउटी विधवालाई दाउरा बटुलिरहेकी देखे। उनले विधवालाई भने, “मलाई अलिकता पानी पिउनलाई ल्याइदेऊ।”
11
विधवा पानी ल्याउन जाँदैगर्दा उनले फेरि तिनलाई कराएर भने, “मलाई केही रोटी पनि ल्याइदेऊ।”
12
तर तिनले भनिन्, “जीवित परमप्रभु तपाईंका परमेश्वरलाई साक्षी राखी म साँच्चै भन्दछु, भाँडामा एक मुठ्ठी पीठो र ढुङ्ग्रोमा अलिकता तेलबाहेक मसित केही रोटी छैन। म दाउरा घरमा लगी मसित भएको धेर-थोर जे छ, त्यो आमा र छोराले खाऔं भनेर यहाँ केही दाउरा बटुल्न आएथें। त्यो हाम्रो अन्तिम गाँस हुनेछ र त्यसपछि हामी भोकै मर्नेछौं।”
13
एलियाले तिनलाई भने, “फिक्री नगर। गएर आफ्नो भोजन बनाऊ। तर पहिले आफूसित जे छ, त्यसबाट एउटा सानो रोटी बनाएर मलाई ल्याइदेऊ र बाँकी रहेकाले आमा-छोराको लागि रोटी बनाऊ
14
किनभने परमप्रभु इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ, ‘म परमप्रभुले वर्षा पठाउने दिनसम्म भाँडोको पीठो र ढुङ्ग्राको तेल रित्तिनेछैन।”
15
विधवाले गएर एलियाले भनेअनुसार गरिन् र तिनीहरू सबैले धेरै दिनसम्म पुग्दो भोजन पाए।
16
एलियाद्वारा परमप्रभुले प्रतिज्ञा गर्नुभएअनुसार भाँडोको पीठो र ढुङ्ग्रोको तेल सकिएन।
17
केही दिनपछि विधवाको छोरो बिरामी भयो। बिमार झन् बढ्दैगयो र अन्त्यमा त्यो केटा मर्यो।
18
विधवाले एलियालाई भनिन्, “हे परमेश्वरका जन! किन तपाईंले मसित यसो गर्नुभयो? के परमेश्वरलाई मेरा पापको सम्झना गराउन र मेरा छोराको मृत्यु गराउन यहाँ आउनुभएको हो?”
19
एलियाले भने, “तिम्रो छोरो मलाई देऊ।” विधवाका हातबाट उनले ठिटोलाई लिए र माथिल्लो तलामा आफू बसेको कोठामा लगे र पलङ्गमा सुताए।
20
तब उनले चर्को सोरले प्रार्थना गरे, “हे परमप्रभु मेरा परमेश्वर! यस विधवामाथि किन यस्तो विपत्ति ल्याउनुभयो? यिनले ममाथि दया गरेर मेरो सेवा गरिन्; तर अहिले तिनको छोराको प्राण लिनुभयो!”
21
त्यसपछि तीन पल्ट एलिया केटोमाथि लमतन्न भएर पस्रिए र यसरी प्रार्थना गरे, “हे परमप्रभु मेरा परमेश्वर! यस बालकमा प्राण फर्काइदिनुहोस्।”
22
परमप्रभुले एलियाको प्रार्थनाको उत्तर दिनुभयो। ठिटाले फेरि सास फेर्न थाल्यो र त्यो बौरिउठ्यो।
23
एलियाले बालकलाई तल्लो तलामा त्यसकी आमाकहाँ लगे र भने, “हेर, तिम्रो छोरो जीवित भयो!”
24
तिनले जवाफ दिइन्, “अब मलाई थाहा भयो कि तपाईं परमेश्वरको जन हुनुहुन्छ र साँच्चै परमप्रभु तपाईंद्वारा बोल्नुहुँदो रहेछ!”
← Chapter 16
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 18 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22