bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
1 Kings 5
1 Kings 5
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 4
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 6 →
1
टुरोसका राजा हीराम सधैँ दाऊदका मित्र रहेका थिए। आफ्ना पिता दाऊदको स्थानमा सोलोमन राजा भएका छन् भनी सुनेर हीरामले तिनीकहाँ राजदूतहरू पठाए।
2
सोलोमनले हीरामलाई यो खबर पठाए,
3
“आफ्ना चारैतिरका शत्रु-देशहरूसित मेरा पिता दाऊदले लगातार लडाइँ गर्नुपरेको थियो। उहाँलाई आफ्ना सबै शत्रुहरूमाथि परमप्रभुले विजय नदिउञ्जेलसम्म परमेश्वर परमप्रभुको आराधना गर्न उहाँले मन्दिर बनाउन सक्नुभएन भनी तपाईं जान्नुहुन्छ।
4
तर परमप्रभु मेरा परमेश्वरले अहिले मेरो देशका साँध-सिमानाभित्र मलाई शान्ति दिनुभएको छ। मेरो शत्रु छैन र कसैले मलाई हमला गर्ला भन्ने डर छैन।
5
‘तँपछि तेरो जुन छोरालाई म राजा बनाउनेछु, त्यसले मेरो निम्ति एउटा मन्दिर बनाउनेछ’ भनी परमप्रभुले मेरा पितासित प्रतिज्ञा गर्नुभएको थियो। अब मैले परमप्रभु मेरा परमेश्वरको आराधना गर्न त्यो मन्दिर बनाउने निश्चय गरेको छु।
6
यसकारण मेरो निम्ति देवदारु काट्नलाई तपाईंका मानिसहरूलाई लेबनान पठाइदिनुहोस्। मेरा मानिसहरूले तिनीहरूसित काम गर्नेछन्। तपाईंका मानिसहरूलाई तपाईंले तोकिदिएअनुसार ज्याला दिनेछु। मेरा मानिसहरूले तपाईंका मानिसहरूले जस्तो रूख काट्न जान्दैनन् भनी तपाईं राम्ररी जान्नुहुन्छ।”
7
सोलोमनको खबर पाएर हीराम औधी खुसी भए। तिनले भने, “त्यस महान् जातिको राजा हुनलाई परमप्रभुले दाऊदलाई सोलोमनजस्ता बुद्धिमान् छोरो दिनुभएको लागि उहाँको प्रशंसा गर।”
8
तब हीरामले सोलोमनलाई यो खबर पठाए, “मैले तपाईंको खबर पाएँ र तपाईंले भनेअनुसार गर्न म तयार छु। देवदारु र सल्लाका रूखका काठहरू म पठाइदिनेछु।
9
मेरा मानिसहरूले मुढाहरू लेबनानबाट समुद्रमा झार्नेछन् र तिनलाई सँगसँगै बाँधेर, किनारै-किनार बगाएर, तपाईंले भनेका ठाउँमा पुर्याउनेछन्। त्यहाँ मेरा मानिसहरूले ती मुढाहरू खोलिदिनेछन् र तपाईंका मानिसहरूले त्यसका जिम्मा लिनेछन्। तपाईंले चाहिँ मेरा मानिसहरूलाई खानेकुराको व्यवस्था गरिदिनुहोला, म यति नै चाहन्छु।”
10
यसरी हीरामले सोलोमनलाई चाहिएका सबै देवदारु र सल्लाका काठहरू जुटाइदिए
11
र सोलोमनले हीरामलाई उनका मानिसहरूलाई खुवाउन वर्षेनी दुई हजार टन गहुँ र साँढे चार हजार लिटर शुद्ध भद्राक्षको तेल दिने गरे।
12
परमप्रभुले आफ्नो प्रतिज्ञा राख्नुभयो र सोलोमनलाई बुद्धि दिनुभयो। हीराम र सोलोमनका बीचमा मेलमिलाप थियो र तिनीहरूले आपसमा सन्धि गरे।
13
सोलोमन राजाले सारा इस्राएलबाट तीस हजार मानिसहरू बेगार काम गर्नलाई भेला गरे।
14
अदोनीरामलाई तिनीहरूका मुखिया खटाए। अदोनीरामले बेगारीहरूलाई दश-दश हजार गरी तीन दलमा भाग गरे। प्रत्येक दलले लेबनानमा एक महिना र आफ्ना देशमा दुई महिना गरेर समय बिताउँथे।
15
पहाडी देशमा ढुङ्गा काट्न असी हजार र ती ओसार्नलाई सत्तरी हजार मानिसहरूलाई सोलोमनले जम्मा गरेका थिए
16
र तिनीहरूका काम हेर्न तिनीहरूमाथि तेत्तीस सय मुखियाहरू खटाएका थिए।
17
सोलोमन राजाका आज्ञामा तिनीहरूले मन्दिरका जग बसाल्न असल ठूल्ठूला ढुङ्गाहरू बटुले।
18
सोलोमन र हीरामका कारिगर र गबाल सहरबाट आएका मानिसहरूले मन्दिर बनाउन ती ढुङ्गा र रूखका मुढाहरू तयार पार्थे।
← Chapter 4
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 6 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22