bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
1 Kings 11
1 Kings 11
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 10
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 12 →
1
सोलोमनले धेरै विदेशी स्त्रीहरूसित प्रेम गरे। मिश्रका राजाकी छोरीबाहेक उनले हित्ती, मोआबी, अम्मोनी, एदोमी र सीदोनी स्त्रीहरूलाई विवाह गरे।
2
ती जातिका स्त्रीहरूले इस्राएलीहरूलाई अन्य देवताहरू पुज्न लाउनेछन्। यसकारण तिनीहरूसित आपसमा विहाबारी नगर्नू भनी परमप्रभुले इस्राएलीहरूलाई आज्ञा गर्नुभएको थियो तापनि सोलोमनले ती स्त्रीहरूलाई विवाह गरे।
3
सोलोमनले सात सय राजकुमारीहरूलाई विवाह गरे। तीबाहेक उनले तीन सय रखौटीहरू पनि राखेका थिए। ती स्त्रीहरूले उनलाई परमेश्वरबाट टाढा हुन लाए
4
र उनी बुढो होउन्जेलसम्ममा उनलाई विदेशी देवताहरू पुज्ने बनाइसकेका थिए। उनी आफ्ना पिता दाऊदजस्ता परमप्रभु आफ्ना परमेश्वरप्रति विश्वासयोग्य रहेनन्।
5
उनले सीदोनी देवी अश्तोरेत र घिनलाग्दा अम्मोनी देवता मोलेखलाई पुज्दथे।
6
उनले परमप्रभुको विरुद्धमा पाप गरे र आफ्ना पिता दाऊदझैँ सत्यतामा रहेनन्।
7
यरूशलेमको पूर्वपट्टिको पहाडमा उनले घिनलाग्दा मोआबी देवता कमोश र अम्मोनी देवता मोलेखलाई पूजा गर्ने ठाउँहरू बनाए।
8
उनले आफ्ना सबै विदेशी स्वास्नीहरूको निम्ति पूजा-स्थलहरू बनाए, जहाँ तिनीहरूले आफ्ना देवताहरूलाई धूप बाल्थे र बलिदान चढाउँथे।
9
[9-10] परमप्रभु इस्राएलका परमेश्वरले दुई चोटि सोलोमनकहाँ देखा पर्नुभएर विदेशी देवताहरूको पूजा नगर्नू भन्नुभएको थियो। तरै पनि सोलोमनले परमप्रभुको आज्ञापालन गरेनन् तर उहाँबाट टाढा भए। यसकारण परमप्रभु सोलोमनसित रिसाउनुभयो
11
र भन्नुभयो, “तैँले जानी-जानीकन मसँग बाँधेको करार तोडिस् र मेरो आज्ञापालन गरिनस्। यसर्थ म यो करार गर्दछु कि म तेरो हातबाट राज्य खोस्नेछु र तेरो एउटा भारदारलाई दिनेछु।
12
तापनि तेरा पिता दाऊदको खातिर तेरो जीवनकालमा म यो काम गर्नेछैनँ तर तेरो छोराले राज गरेका समयमा गर्नेछु।
13
तर त्यसका हातबाट सारा राज्य लैजानेछैनँ। तर मेरो सेवक दाऊदको र मैले आफ्नो लागि चुनेको सहर यरूशलेमको खातिर म त्यसका हातमा एक कुल छोडिदिनेछु।”
14
तब परमप्रभुले एदोमी राज्य-वंशका हददलाई सोलोमनको विरुद्धमा खडा गर्नुभयो।
15
[15-16] त्यसको धेरै अगाडि, जब दाऊद एदोम विजय गर्न गएका थिए, उनका सेनापति योआब मरेकाहरूलाई गाड्न त्यहाँ गएका थिए। उनी आफ्ना मानिसहरूसँग छ महिना एदोममा बसेका थिए। त्यति बेला तिनीहरूले प्रत्येक एदोमका पुरुषलाई मारे।
17
मिश्रमा भागेर गएका हदद र उनका बुबाका एदोमी नोकरहरूबाहेक अरू सबै एदोमी पुरुषहरूलाई मारेका थिए (त्यत्ति बेला हदद बालकै थिए)।
18
तिनीहरू मिद्यानबाट गई पारानमा बसे। त्यहाँ कोही अरू मानिसहरू तिनीहरूका साथ लागे। तब तिनीहरू मिश्रमा गए र त्यहाँका राजाकहाँ पुगे। मिश्रका राजाले हददलाई केही जमिन र एउटा घर दिए, खानपानको प्रबन्ध पनि गरिदिए।
19
हददको राजासँग मित्रता भयो र राजाले उनलाई आफ्नी साली अथवा तहपनेस रानीकी बहिनीसित विवाह गरिदिए।
20
तिनले गनूबत नामको हददको छोरो जन्माइन्। त्यस बालकलाई रानीले राजमहलमा हुर्काइन् र त्यो महलमा राजकुमारहरूसित बास गर्थ्यो।
21
दाऊद र उनका सेनापति योआब मरे भन्ने खबर हददले मिश्रमा पाए र उनले मिश्रका राजालाई भने, “मलाई आफ्नै देशमा फर्किजान दिनुहोस्।”
22
राजाले सोधे, “किन? के मैले केही कुरो दिइनँ र? के त्यही कारण तिमी घर फर्किजान चाहन्छौ?” “त्यसो त होइन तर म घर फर्किजान पाऊँ,” हददले राजालाई जवाफ दिए र उनी आफ्ना देशमा फर्किहाले। एदोमका राजा हुनाले हदद इस्राएलका ठूला शत्रु थिए।
23
परमेश्वरले एल्यादाको छोरो रेसोनलाई पनि सोलोमनको विरुद्धमा खडा गरे। रेसोन आफ्ना स्वामी सोबाका राजा हददेजेरबाट भागेर गई
24
एक हुल डाँकाहरूका सरदार भएका थिए। दाऊदले हददेजेरलाई जितेर उनका मित्र अरामी देशलाई नाश गरेपछि यो कुरा भएको हो। रेसोन र उनका दलका मानिसहरू दमस्कस गई बसे र त्यहाँ तिनीहरूले रेसोनलाई अरामीका राजा बनाए।
25
सोलोमनको जीवनकालभरि रेसोनले इस्राएलसँग शत्रुता राखे।
26
सोलोमन राजाको विरुद्धमा खडा हुने अर्को मानिस यारोबाम नाम गरेका उनकै अधिकृत थिए। उनी एफ्राइममा जेरेदाबाट आएका नबातका छोरा थिए। उनकी आमा सेरूआ नाम गरेकी विधवा थिइन्।
27
उनको विद्रोहको कथा यस्तो छ। सोलोमनले यरूशलेमको पूर्वपट्टि जमिनमा माटो भर्दै थिए र सहरका पर्खालहरू मरमत गर्दै थिए।
28
यारोबाम लायकका युवा थिए। जब उनले खटेर काम गरेका सोलोमनले देखे, तब उनलाई एफ्राइम र मनश्शे कुलका इलाकामा सबै बेगारी मजदुरहरूका अधिकृत खटाए।
29
एक दिन यारोबाम यरूशलेमबाट गइरहेका बेलामा शीलोका अगमवक्ता अहियाहले उनलाई बाटोमा भेटे।
30
अहियाहले आफूले ओढेको नयाँ खास्टो खोले र त्यसलाई बाह्र टुक्रा गरेर च्याते
31
र यारोबामलाई भने, “दश टुक्रा तिमी लेऊ किनभने परमप्रभु इस्राएलका परमेश्वर तिमीलाई यसो भन्नुहुन्छ, ‘म सोलोमनका हातबाट देश लिनेछु र दश कुलहरू तँलाई दिनेछु।
32
मेरो सेवक दाऊदको र मैले सारा इस्राएल देशबाट आफ्नो निम्ति चुनेको यरूशलेमको खातिर सोलोमनका हातमा एक कुल छोडिदिनेछु।
33
सोलोमनले मलाई अस्वीकार गरेर पराई देवताहरू, सीदोनी देवी अश्तोरेत, मोआबी देवता कमोश र अम्मोनी देवता मोलेखलाई पुजेका हुनाले म यसो गर्दै छु। सोलोमनले मेरो आज्ञा मानेन, दुष्कर्म गर्यो र त्यसका पिताले झैँ मेरा नियम र आज्ञाहरू पालन गरेन।
34
तर म सारा राज्य सोलोमनका हातबाट खोस्नेछैनँ र त्यसको जीवनभरि त्यसको राज्य त्यसकै हातमा रहनेछ। मैले चुनेको मेरो सेवक दाऊदको खातिर र मेरा नियम र आज्ञाहरू पालन गर्नेलाई म यसो गर्नेछु।
35
म सोलोमनको छोरोका हातबाट राज्य खोस्नेछु र तँलाई दश कुल दिनेछु
36
तर सोलोमनको छोरोको हातमा एक कुल छोडिदिनेछु र मेरो सेवक दाऊदको एक न एक जना सन्तानले यरूशलेममा सधैँ राज्य गर्नेछ। मैले यरूशलेम सहरलाई मलाई आराधना गर्ने स्थल चुनेको छु।
37
यारोबाम, म तँलाई इस्राएलका राजा बनाउनेछु र तैँले इच्छा गरे जति सम्पूर्ण राज्यमा तैँले शासन गर्नेछस्।
38
तैँले मेरा आज्ञाहरू पूरा पालन गरिस्, मेरा नियमहरूबमोजिम जीवन बिताइस् र मेरा सेवक दाऊदले झैँ मेरा आज्ञापालन गरेर मलाई सन्तुष्ट पारिस् भने म सदा तँसित रहनेछु। दाऊदलाई गरेझैँ म तँलाई इस्राएलका राजा बनाउनेछु र तँपछि तेरा सन्तानले त्यहाँ राज गर्ने पक्का गर्नेछु।
39
सोलोमनका पापले गर्दा म दाऊदका सन्तानलाई दण्ड दिनेछु तर सधैँभरिको निम्ति त्यसो हुनेछैन।”
40
अनि सोलोमनले यारोबामलाई मार्ने चेष्टा गरे तर उनी भागेर मिश्रका राजा शीशककहाँ गए र सोलोमन नमरेसम्म त्यहीँ बसिरहे।
41
सोलोमनले गरेका अरू सबै काम तिनका जीवनी र बुद्धिका बारेमा सोलोमनका इतिहासमा लेखिएका छन्।
42
सारा इस्राएलमाथि चालीस वर्ष उनले यरूशलेमबाट राज्य गरे।
43
उनी मरे र दाऊदको सहरमा गाडिए। उनीपछि उनको छोरो रहबाम राजा भए।
← Chapter 10
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 12 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22