bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Jeremiah 11
Jeremiah 11
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 10
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 49
Chapter 50
Chapter 51
Chapter 52
Chapter 12 →
1
परमप्रभुले मलाई भन्नुभयो,
2
“शर्तहरू सुन्। यहूदा र यरूशलेमका बासिन्दाहरूलाई भन् कि
3
यस करारका शर्तहरू पालन नगर्ने हरेकलाई म परमप्रभु इस्राएलका परमेश्वर सराप दिंदछु।
4
यो करार मैले तिनीहरूका पिता-पुर्खाहरूसित त्यस बेला बाँधेको थिएँ, जब मैले तिनीहरूलाई आगो दन्केको भट्टीजस्तो मिश्रदेशबाट निकाली ल्याएको थिएँ। मैले तिनीहरूलाई मेरा आज्ञापालन गर्नू र तीअनुसार सबै काम गर्नू भनेको थिएँ। मेरा आज्ञा पालन गरे तिनीहरू मेरा प्रजा हुनेछन् र म तिनीहरूका परमेश्वर हुनेछु भनी मैले तिनीहरूलाई भनेको थिएँ।
5
तब तिनीहरूका पिता-पुर्खालाई एउटा धनी र मलिलो देश दिनेछु भनी गरेको प्रतिज्ञा पूरा गर्नेछु भनी मैले भनेको थिएँ। अनि त्यही देशमा तिमीहरू अहिले बसिरहेका छौ।” मैले भनें, “हे परमप्रभु, यस्तै होस्।”
6
तब परमप्रभुले मलाई भन्नुभयो, “यहूदाका सहरहरू र यरूशलेमका गल्ली-गल्लीमा जा। त्यहाँ मेरो सन्देश सुना र मानिसहरूलाई मेरा करारका शर्तहरू सुन्न र ती पालन गर्न लगा।
7
जुन बेला मैले तिनीहरूका पुर्खाहरूलाई मिश्रबाट छुटाएर ल्याएँ, त्यस बेला मैले तिनीहरूलाई मेरो आज्ञापालन गर्न घरीघरी चेतावनी दिएँ र आजसम्म यी मानिसहरूलाई त्यस्तै चेतावनी दिइरहेको छु।
8
तर तिनीहरूले मेरा आज्ञा सुनेनन् र पालन गरेनन्। बरु तिनीहरू सधैँ ढिट र दुष्ट भइरहे। मैले तिनीहरूलाई सो करार पूरा गर्ने आज्ञा गरेको थिएँ तर तिनीहरूले त्यसो गरेनन्। यसैकारण ती करारमा वर्णन गरिएका सबै दण्डहरू मैले तिनीहरूमाथि ल्याएँ।”
9
त्यसपछि परमप्रभुले मलाई भन्नुभयो, “यहूदा र यरूशलेमका मानिसहरूले मेरा विरुद्धमा षड्यन्त्र गरिरहेका छन्।
10
मेरा वचनहरू सुन्न इन्कार गरेका आफ्नै पुर्खाहरूका पापतिर तिनीहरू लागेका छन्। तिनीहरूले विराना देवताहरू पुजेका छन्। इस्राएल र यहूदा दुवैले मैले तिनका पुर्खाहरूसित बाँधेको करार तोडेका छन्।
11
यसकारण म परमप्रभु तिनीहरूलाई यो चेतावनी दिन्छु कि म तिनीहरूमाथि विनाश ल्याउनेछु र तिनीहरू उम्कन पाउनेछैनन्। अनि तिनीहरूले सहायताका लागि मेरा पुकारा गरे भने पनि म सुन्नेछैनँ।
12
तब यहूदा र यरूशलेमका बासिन्दाहरूले आफूले बलि चढाएका देवताहरूलाई रोई-कराई पुकारा गर्नेछन्। तर ती देवताहरूले विनाशको बेलामा तिनीहरूलाई बचाउन सक्नेछैनन्।
13
यहूदामा जति वटा सहरहरू छन्, त्यहाँका बासिन्दाहरूले त्यति वटै देवताहरू राखेका छन्। यरूशलेममा जति वटा गल्लीहरू छन्, त्यहाँका मानिसहरूले त्यति वटै वेदीहरू त्यो लाजलाग्दो बाल-देवतालाई बलि चढाउन खडा गरेका छन्।
14
ए यर्मिया, यस जातिको निम्ति मलाई प्रार्थना नगर्, मसित बिन्ती नगर्। आफ्ना दु:खका समयमा तिनीहरूले सहायताको निम्ति मलाई पुकारा गर्दा म सुन्नेछैनँ।”
15
परमप्रभु भन्नुहुन्छ, “मैले प्रेम गरेका मानिसहरूले दुष्ट काम गरिरहेका छन्। मेरो मन्दिरमा आउन तिनीहरूको के अधिकार छ? के तिनीहरू भाकल र पशुको बलिदान गरेर विपत्ति पन्साउन सक्छौं भनी ठान्छन्? तब के तिनीहरू खुसी हुन्छन्?
16
एक समय मैले तिनीहरूलाई असल फल लागेको एउटा सुन्दर हरियो जैतुनको रूख भनी नाम दिएको थिएँ। तर अब बिजुलीको गर्जनसाथ म त्यसका पातमा डढेलो लाइदिनेछु र हाँगाहरू भाँचिदिनेछु।
17
“म सर्वशक्तिमान् परमप्रभुले इस्राएल र यहूदालाई रोपेको थिएँ तर अब मैले तिनीहरूमाथि विपत्ति ल्याउने फैसला गरेको छु। दुष्ट काम गरेर यो विपत्ति तिनीहरूले आफूमाथि ल्याएका हुन्। बाल-देवतालाई धूप बालेर तिनीहरूले मलाई रिस उठाएका छन्।”
18
मेरा शत्रुहरूले मेरा विरुद्धमा के जाल रच्दै थिए, त्यो परमप्रभुले मलाई बताउनुभयो र मैले थाहा पाएँ।
19
म त मार्न लगिएको एउटा सुधो थुमाझैँ थिएँ। तिनीहरूले मेरै विरुद्धमा जाल रचेका हुन् भनी मैले थाहा पाएको थिइनँ। तिनीहरूले यसो भन्दै थिए, “त्यस रूखलाई त्यसको फलसमेत ढालिदेऔं। त्यसलाई जीवितहरूको देशबाट नष्ट गरिदिऔं र त्यसको नामको कसैले फेरि सम्झना नगरोस्।”
20
तब मैले यसरी प्रार्थना गरें, “हे सर्वशक्तिमान् परमप्रभु, तपाईं मानिसहरूको न्याय गर्नुहुन्छ। तपाईंले मानिसहरूका हृदयका सोच र विचारको जाँच गर्नुहुन्छ। मेरा कुरा तपाईंका हातमा मैले सुम्पिसकेको छु। तपाईंले तिनीहरूसित बदला लिनुभएको म देख्न पाऊँ।”
21
अनातोतका मानिसहरू मलाई मार्न चाहन्थे। परमप्रभुको सन्देश तैँले प्रचार गरिरहिस् भने हामी तँलाई मार्नेछौं भनी तिनीहरूले मलाई भनेका थिए।
22
यसकारण सर्वशक्तिमान् परमप्रभुले यसो भन्नुभयो, “हेर, म तिनीहरूलाई दण्ड दिनेछु! तिनीहरूका युवकहरू लडाइँमा मारिनेछन्। तिनीहरूका छोरा-छोरीहरू अनिकालले मर्नेछन्।
23
अनातोतका मानिसहरूमाथि विनाश ल्याउने समय मैले तोकेको छु, त्यो समय आएपछि तिनीहरू कोही पनि बाँच्नेछैनन्।”
← Chapter 10
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 49
Chapter 50
Chapter 51
Chapter 52
Chapter 12 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
41
42
43
44
45
46
47
48
49
50
51
52