Jeremiah 25

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)

← Chapter 24 Chapter 26 →
19[19-26] संसारका अरू राज्‍यहरू, ज-जसलाई त्‍यो कचौराबाट पिउनुपरेथ्‍यो, ती यी नै हुन्: मिश्रका राजा, भारदारहरू र अगुवाहरू, सबै मिश्रीहरू र त्‍यस देशमा बास गर्ने सारा विदेशीहरू, ऊज देशका सबै राजाहरू, पलिश्‍तीहरूका सहरहरू, अश्‍कलोन, गाजा, एक्रोनका र सबै राजाहरू अश्‍दोदका बाँचेकाहरू— एदोम, मोआब र अम्‍मोनका सबै मानिसहरू, टुरोस र सीदोनका सबै राजाहरू, भूमध्‍य सागर छेउ-छाउका देशहरूका सबै राजाहरू, ददान, तेमा र बूज सहरहरू, आफ्‍ना केश छोटो गरी काट्‍ने सबै मानिसहरू, अरब देशका सबै राजाहरू, मरुभूमिमा बास गर्ने जातिका सबै राजाहरू, जिम्री, एलाम र मादीका सबै राजाहरू, उत्तर दिशाका, नजिक-टाढा सबै ठाउँका एक-एक गरी सबै राजाहरू, पृथ्‍वीमा भएका सबै जातिहरूले त्‍यस कचौराबाट पिए, अन्‍तमा बेबिलोनका राजाले त्‍यो कचौरा पिउनेछ।
← Chapter 24 Chapter 26 →