bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Jeremiah 46
Jeremiah 46
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 45
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 49
Chapter 50
Chapter 51
Chapter 52
Chapter 47 →
1
परमप्रभुले मलाई जाति-जातिको बारेमा आफ्नो वचन दिनुभयो।
2
पहिले मिश्रको बारेमा उहाँले भन्नुभयो। यहूदाका राजा यहोयाकीमका राज्यकालको चौथो वर्षमा यूफ्रेटिस नदीको छेउ कर्कमीशमा बेबिलोनका राजा नबूकदनेसरले जितेका मिश्रका राजा नेकोको सेनाबारे उहाँले यसो भन्नुभयो,
3
“मिश्रका अफिसरहरूले कराएर भने, ‘तिम्रा ढालहरू तयार गर र लडाइँको लागि अघि बढ!
4
घोडाका काठी-लगाम कसी र घोडा चढी सवार होओ! आफ्नो पङ्क्तिमा खडा होओ र लडाइँको टोप लगाओ! आफ्ना भालाहरू उध्याओ! आफ्ना कवचहरू लगाओ।’
5
“म के देख्दछु?” परमप्रभुले सोध्नुहुन्छ, “तिनीहरू डरले भाग्दै छन्। तिनीहरूका योद्धाहरू पछि हट्दै छन्, हार खाएर डरले जति सक्छन्, छिटो भाग्दै छन् र पछिल्तिर नहेरी भाग्दै छन्।
6
छिटो कुद्न सक्नेहरू पनि भाग्न सक्दैनन्; योद्धाहरू पनि भाग्न सक्दैनन्, उत्तरमा यूफ्रेटिस नदीको किनारमा तिनीहरू ठक्कर खाएर लोट्छन्।
7
नील नदीझैँ बढेर आउने नदीहरूका पानी उर्लेर आउनेझैँ यो को हो?
8
मिश्रदेश नील नदीझैँ बढेर आउँछ, उर्लेर आउने नदीहरूको पानीझैँ त्यसले भन्छे, म बढेर पृथ्वीलाई ढाक्नेछु। म सहरहरू र तिनका बासिन्दाहरूलाई नाश गर्नेछु।
9
हे घोडा हो, कुददै अगि बढ र रथ हाक्ने हो, वेगले हाँक! हे योद्धहरू हो, अगि बढ। ढाल बोक्ने कुश र पूतका मानिसहरू, वाण हान्न सिपालु लूदका मानिसहरू हो, अगि बढ।”
10
त्यो दिन सार्वभौम परमप्रभु सर्वशक्तिमान्को दिन हो आजै उहाँले बदला लिनुहुनेछ, आजै उहाँले आफ्ना शत्रुहरूलाई दण्ड दिनुहुनेछ। तृप्त नहोउन्जेल उहाँको तरवारले तिनीहरूलाई नाश गर्नेछ, तृप्त नहोउञ्जेल तिनीहरूको रगत तरवारले पिउनेछ, आज उत्तर दिशाको यूफ्रेटिस नदीको किनारमा सर्वशक्तिमान् परमप्रभुले बलिदान चढाउनुहुन्छ।
11
हे मिश्रदेशका मानिसहरू, गिलादमा जाओ र ओखती खोज, माथि गिलादमा ल्याओ। तिम्रा सबै ओखतीहरू काम नलाग्ने हुनेछन्; कुनै ओखतीले पनि निको पार्न सक्दैन!
12
जाति-जातिहरूले तेरो लाजको कुरा सुन्नेछन्। तेरो रोदन सबैले सुन्नेछन्। योद्धासित योद्धा ठक्कर खानेछ अनि तिनीहरू दुवै एकसाथ भूइँमा लोट्नेछन्।
13
बेबिलोनका राजा नबूकदनेसर मिश्रमाथि आक्रमण गर्न आउँदा परमप्रभु मसित बोल्नुभयो। उहाँले यसो भन्नुभयो,
14
“मिश्रका सहरमा यी कुरा सुनाऊ, मिग्दोल, मेमफिस र तहपन्हेसमा सुनाऊ, आ-आफ्नो सुरक्षाको लागि तयार होओ, तिमीहरूका वरिपरि भएकाहरू सबै लडाइँमा नाश हुनेछन्।
15
तिमीहरूका बलिया अपीस्-देव जमिनमा किन लड्यो? परमप्रभुले त्यसलाई हल्लाउनुभएको छ!’
16
तिमीहरूका सिपाहीहरूले ठोकर खाएका छन् र लडेका छन्। एकले अर्कालाई भन्दछ, ‘चाँडो गर! हामी आफन्तहरूका घरमा जाऔं र शत्रुको तरवारबाट उम्कौं!’
17
“मिश्रका राजालाई नयाँ नाम देऊ, ठूलो हल्ला गर्नेले आफ्नो मौका गुमाएको छ।’
18
म सर्वशक्तिमान् परमप्रभु राजा हुँ, म नै जीवित परमेश्वर हुँ। पहाडहरूमाथि उच्च तबोर पर्वतजस्तो समुद्रभन्दा उच्च कर्मेल पर्वतजस्तो तिमीमाथि आक्रमण गर्न एक जना शक्तिशाली आउँदै छ।
19
मिश्रका मानिसहरू हो, कैदी बनेर जान तयार होओ! नोप उजाड-स्थान र कुनै प्राणी नरहने भग्नावशेष हुनेछ।
20
मिश्रचाहिँ उत्तम गाई समान छ, उत्तरबाट एउटा डाँस त्यसको विरुद्धमा आइरहेछ।
21
त्यसका ज्यालादार सिपाही पनि असहाय बाछाहरूझैँ छन्। तिनीहरू डटेर लडेनन्, तिनीहरू सबैले पिठ फर्काएर भागे। तिनीहरूका विपत्तिको दिन र विनाशको समय आइसकेको छ।
22
शत्रुको फौज नजिक आइपुग्दा सर्प सुलुलुलु गएको आवाज निकालेको जस्तै मिश्रीहरू भाग्छन्। बन्चरो लिएर रूख ढाल्न आउनेझैँ तिनीहरूले त्यसलाई आक्रमण गर्नेछन्।
23
घना जङ्गल फाँडेझैँ आक्रमण गर्नेछन्। तिनीहरूका सिपाहीहरू अनगिन्ती छन्, तिनीहरूका सिपाहीहरू सलहको हुल जतिकै अनगिन्ती छन्।
24
मिश्रका मानिसहरू लाजमा पर्नेछन्, तिनीहरूमाथि उत्तरका मानिसहरूले विजय गरेका छन्। म परमप्रभु बोलेको छु।”
25
सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्वर भन्नुहुन्छ, “म नो सहरको देवता, आमोन साथै मिश्रका राजाहरू र देवी-देवताहरूलाई दण्ड दिनेछु। म मिश्रको राजा र त्यसमाथि भरोसा राख्नेहरू सबैलाई
26
र तिनीहरूका ज्यान लिन चाहने बेबिलोनको राजा नबूकदनेसर र त्यसका सेनाको हातमा दिनेछु। तर बितेका दिनमा झैँ पछिबाट मानिसहरू मिश्रमा फेरि बास गर्नेछन्। म परमप्रभु बोलेको छु।
27
“ए मेरो प्रजा, नडरा, इस्राएलका मानिसहरू भयभीत नहोओ। म तिमीहरूलाई कैदमा बसेको त्यो देशबाट छुटाउनेछु। तिमीहरू स्वदेश फर्कनेछौ र शान्तिसित बस्नेछौ; तिमीहरू सुरक्षित हुनेछौ र कसैले तिमीहरूलाई डर देखाउनेछैन।
28
म तिमीहरूकहाँ आउनेछु र तिमीहरूलाई बचाउनेछु। मैले जुन जातिबीच तिमीहरूलाई छरपष्ट पारेथें, ती सबै जातिहरूलाई म नाश पार्नेछु। तर म तिमीहरूलाई नाश गर्नेछैनँ। म तिमीहरूलाई सजाय नदिई छोड्नेछैनँ, तर जब म तिमीहरूलाई दण्ड दिनेछु, म न्यायी हुनेछु। म परमप्रभु बोलेको छु।”
← Chapter 45
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 49
Chapter 50
Chapter 51
Chapter 52
Chapter 47 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
41
42
43
44
45
46
47
48
49
50
51
52