bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Jeremiah 7
Jeremiah 7
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 6
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 49
Chapter 50
Chapter 51
Chapter 52
Chapter 8 →
1
यर्मियालाई परमप्रभुबाट यस्तो वाणी भयो,
2
“मन्दिरको ढोकामा उभी र यसरी घोषणा गर्, परमप्रभुलाई आराधना गर्न यो ढोकाबाट आउने यहूदाका सबै मानिसहरू हो, परमप्रभुको वचन सुन।
3
सर्वशक्तिमान् परमप्रभु, इस्राएलका परमेश्वर भन्नुहुन्छ, तिमीहरू आफ्ना जीवनका चाला-माला र काम सुधार र म तिमीहरूलाई यस देशमा बास गरिरहन दिउँला।
4
‘यो परमप्रभुको मन्दिर हो, यो परमप्रभुको मन्दिर हो, यो परमप्रभुको मन्दिर हो, हामी सुरक्षित छौं’ भन्ने छलका कुरामा विश्वास नगर।
5
“तिमीहरूका जीवनका चालामाला फेर, अहिले गरिरहेका कामहरू बन्द गर। एक-अर्कासित न्यायसाथ व्यवहार गर।
6
परदेशी, टुहुरा-टुहुरीहरू र विधवाहरूबाट अनुचित लाभ नउठाओ। यो देशमा निर्दोष रगत नबगाओ। बिराना देवताहरूको पूजा गर्न छोड, तिनीहरूले तिमीहरूको नाश मात्र पार्नेछन्।
7
तिमीहरू सुध्रियौ भने तिमीहरूका पिता-पुर्खालाई मैले सदाकालको निम्ति दिएको यस देशमा म तिमीहरूलाई बास गरिरहन दिनेछु।
8
“हेर, तिमीहरू छलका कुरामा भरोसा राख्दछौ।
9
तिमीहरू चोरी गर्छौ, हत्या गर्छौ र व्यभिचार गर्छौ, किरिया खाएर झूट बोल्दछौ, बाल-देवतालाई बलि चढाउँछौ र आफूले कहिल्यै नजानेका देवताहरूलाई पुज्छौ।
10
यी मलाई घृणा लाग्ने कुराहरू तिमीहरू गर्दछौ र त्यसपछि मेरो नाममा बनेको मन्दिरमा आई मेरो सामुन्ने उभिएर भन्छौ, ‘हामी सुरक्षित छौं!’
11
के तिमीहरू मेरो मन्दिरलाई डाँकुहरूको लुक्ने ठाउँ भन्ने ठान्छौ? तिमीहरूले के गरिरहेका छौ, मलाई थाहा छ।
12
मैले सबैभन्दा पहिले आफ्नो आराधना गरिने स्थल चुनेको शीलोमा गई हेर र थाहा पाओ, आफ्नो प्रजा इस्राएलको पापले गर्दा मैले त्यस ठाउँलाई के गरें।
13
तिमीहरूले यी सबै पाप गरेका छौ र मैले तिमीहरूलाई बारम्बार सम्झाएँ, तापनि तिमीहरूले मेरा कुरा सुनेनौ। मैले बोलाउँदा तिमीहरूले जवाफै दिएनौ।
14
यसकारण यो मेरो नाममा बनेको मन्दिरलाई, जसमा तिमीहरू भरोसा राख्छौ, म शीलोलाई गरेझैँ गर्नेछु। मैले तिमीहरू र तिमीहरूका पुर्खाहरूलाई दिएको यस ठाउँलाई शीलोलाई झैँ नाश गर्नेछु।
15
तिमीहरूका नाता-कुटुम्बहरू, इस्राएलका मानिसहरूलाई धपाइएझैँ म तिमीहरूलाई मेरो नजरदेखि बाहिर धपाउनेछु।”
16
परमप्रभुले भन्नुभयो, “ए यर्मिया, यी मानिसहरूको निम्ति प्रार्थना नगर्। यिनीहरूको निम्ति बिलौना नगर्, मलाई नपुकार्, मलाई अर्जबिन्ती नचढा किनभने म तेरो बिन्ती सुन्नेछैनँ।
17
तिनीहरूले यहूदाका सहरहरू र यरूशलेमका सडकहरूमा के-के गर्दै छन् के तैँले देख्दैनस्?
18
स्वर्गकी रानी भनिने देवीलाई फुरौला बनाउन छोरा-छोरीहरू दाउरा बटुल्छन्, बुबाहरूले आगो बाल्छन् र आमाहरूले पिठो मुछ्छन्। तिनीहरूले मलाई चोट पार्न अरू देवताहरूलाई मद्य चढाउँछन्।
19
तर के तिनीहरूले साँच्चै मलाई चोट पार्दै छन् र? होइन, तिनीहरूले आफैंलाई पिरोल्दै छन् र आफैंलाई लाजमा पार्दै छन्।
20
यसकारण म सार्वभौम परमप्रभुले आफ्नो प्रचण्ड क्रोध यस मन्दिरमा खन्याउनेछु, मानिस, पशु, मैदानका रूख र जमिनको उब्जनीमाथि खन्याउनेछु। मेरो क्रोध आगोझैँ दन्किरहनेछ, त्यो कसैले निभाउन सक्नेछैन।
21
“ए मेरा प्रजा, कुनै-कुनै बलिदान तिमीहरूले वेदीमा पूरा जलाउनुपर्छ र कुनै-कुनै तिमीहरूले खान सक्छौ। तर म परमप्रभु भन्छु, ती सबै नै बरु तिमीहरूले नै खाइहाल।
22
तिमीहरूका पुर्खाहरूलाई मिश्रबाट निकालेर लिइआउँदा मैले तिनीहरूलाई होमबलि वा अरू बलिदानहरूबारे केही आज्ञा दिइनँ।
23
तर मैले तिमीहरूलाई यसो भनेको थिएँ, मेरो कुरा मान र मेरो आज्ञाअनुसार आफ्ना जीवन बिताओ। त्यसो भए तिमीहरूलाई भलाइ हुनेछ, म तिमीहरूका परमेश्वर हुनेछु र तिमीहरू मेरा प्रजा हुनेछौ।
24
तर तिनीहरूले मेरा कुरा मानेनन्, त्यसमा केही ध्यान दिएनन्। त्यसका सट्टामा तिनीहरूले आफ्ना अट्टेरीपन र दुष्ट हृदयका इच्छाअनुसार काम गरिहिंडे। त्यसरी तिनीहरू अझै दुष्ट हुँदैगए।
25
तिमीहरूका पुर्खाहरू मिश्रबाट निस्केका दिनदेखि आजसम्म मैले बारम्बार मेरा सेवक र अगमवक्ताहरूलाई तिमीहरूकहाँ पठाएको छु।
26
तर कसैले मेरा कुरा मानेनन्, त्यसमा ध्यानै दिएनन्। त्यसका सट्टामा तिमीहरू आफ्ना पिता-पुर्खाहरूभन्दा अझ अट्टेरी र विद्रोही भयौ।
27
“यसकारण हे यर्मिया, यी सबै कुरा तैँले मेरा प्रजालाई भने तापनि तिनीहरूले तेरा कुरा मान्नेछैनन्, तैँले तिनलाई बोलाउँदा तिनीहरूले जवाफसमेत दिनेछैनन्।
28
तैँले यस जातिलाई भन्, तिमीहरूले आफ्ना परमप्रभु परमेश्वरको आज्ञापालन गर्दैनौ अथवा आफूले पाएका दण्डबाट केही शिक्षा लिंदैनौ। सत्यचाहिँ नाश भयो, कसैले त्यसबारे कुरासम्म पनि गर्दैन।
29
“हे यरूशलेमका बासिन्दाहरू हो अब आफ्ना केश मुडाएर फालिदेओ। विलापका गीत डाँडा-डाँडाका टाकुरामा गाओ किनकि म परमप्रभु रिसाएको छु र मैले आफ्नो प्रजालाई त्यागेको छु।
30
“यहूदाका बासिन्दाहरूले दुष्ट काम गरेका छन्। मैले घृणा गरेका मूर्तिहरू तिनीहरूले मेरो मन्दिरमा राखेका छन् र मन्दिर अपवित्र बनाएका छन्।
31
तिनीहरूले हिन्नोमका बेसीमा आफ्ना छोरा-छोरीहरू होमबलि गर्न तोपेत भनिने एउटा वेदी बनाएका छन्। मैले त्यो गर्ने आज्ञा दिएको होइनँ, त्यस्तो कुरा मैले सोचेको पनि थिइनँ।
32
यसकारण यस्तो समय आउनेछ, जब त्यसलाई तोपेत वा हिन्नोमको बेसी भनिनेछैन तर हत्याको बेसी भनिनेछ। त्यहाँ मानिसहरूले मुर्दा गाड्नेछन् किनभने मुर्दा गाड्ने अर्को ठाउँ पाइनेछैन।
33
ती लाशहरू चरा-चुरुङ्गीहरू र बनका पशुहरूले खानेछन् र तिनीहरूलाई तर्साएर धपाउने कोही हुनेछैन।
34
देश उजाड हुनेछ। यहूदाका सहरहरू र यरूशलेमका सडकहरूमा म हर्ष र आनन्दको सोर र बिहेको भोजको रमाहटको आवाज मेटिदिनेछु।
← Chapter 6
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 49
Chapter 50
Chapter 51
Chapter 52
Chapter 8 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
41
42
43
44
45
46
47
48
49
50
51
52