bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Jeremiah 32
Jeremiah 32
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 31
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 49
Chapter 50
Chapter 51
Chapter 52
Chapter 33 →
1
सिदकियाह यहूदाका राजा भएको दशौं वर्षमा तथा बेबिलोनका राजा नबूकदनेसरको राज्यकालको अठारौं वर्षमा परमप्रभु मसित बोल्नुभयो।
2
त्यस बेला बेबिलोनका राजाका सेनाले यरूशलेमलाई घेरा हाल्दै थिए र मचाहिँ राजमहलमा भएको पहरेदारको चोकमा थुनामा परेको थिएँ।
3
सिदकियाह राजाले यसो भनेर मलाई कैद गरेका थिए, “तैँले किन यस्तो अगमवाणी बोल्छस्? ‘परमप्रभुले भन्नुहुन्छ कि यो सहर बेबिलोनका राजाका हातमा दिनेछु र उनले यसलाई कब्जा गर्नेछन्
4
अनि सिदकियाह राजा बेबिलोनीहरूका हातबाट उम्कनेछैन तर बेबिलोनका राजाको हातमा पर्नेछ र तिनीसित आमने-सामने भई कुरा गर्नेछ।
5
सिदकियाह बेबिलोनमा लगिनेछ र जबसम्म म त्यसलाई हेर्न आउँदिनँ, तबसम्म त्यो त्यहाँ रहनेछ। त्यसले बेबिलोनीहरूसित लडाइँ गरे पनि विजय पाउनेछैन। म परमप्रभुले यसो भनेको छु’।”
6
परमप्रभुले मलाई भन्नुभयो,
7
“तेरा काका शल्लूमको छोरो हनमेल आएर ‘तिमी नजिकको नातेदार भएकोले मेरो खेतबारी किन्ने हक तिम्रो हुन्छ र बेन्यामीनको मुलुकको अनातोतमा भएको मेरो खेत किनिदेऊ’ भनी तँलाई बिन्ती गर्नेछ।”
8
तब ठीक परमप्रभुले भन्नुभएझैँ हनमेल राजमहलमा भएको पहरेदारको चोकमा आए र मलाई त्यो खेत किन्ने बिन्ती गरे। यसरी साँच्चै परमप्रभु मसित बोल्नुभएको रहेछ भनी मैले थाहा पाएँ।
9
मैले हनमेलबाट उनको त्यो खेत किनें र चाँदी जोखेर त्यसको मोल तिरें। जम्मा मोल चाँदीका सत्र टुक्रा भयो।
10
मैले तमसुकमा सही गरें, मोहोर लाएँ, साक्षीहरूको सहीछाप गराएँ र तराजुमा जोखेर दाम दिएँ।
11
तब मैले खरिदको शर्त र कबुलमा भएका छाप, मोहोर लाएका खरिद-बिक्रीका तमसुक र छाप मोहोर नलाएका त्यसका प्रतिलिपि दुवै लिएँ
12
अनि ती कुराहरू महसेयाहको नाति नेरियाहका छोरा बारूकको जिम्मा लाइदिएँ। मैले ती कागज जिम्मा लाउने कामचाहिँ हनमेल, कागजमा सही गर्ने साक्षीहरू र चोकमा बसिरहने यहूदीहरूका सामुन्नेमा गरें।
13
ती सबैका अघि मैले बारूकलाई यसो भनें,
14
“छाप मोहोर लाएको तमसुक र त्यसको प्रतिलिपि दुवै लगेर एउटा माटोको भाँडोमा हालिराख्नू र ती धेरै वर्षसम्म रहून् भनी सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्वरले तिमीलाई आज्ञा गर्नुभएको छ।
15
सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्वरले भन्नुभएको छ कि अब फेरि यस देशमा घर, खेत र दाखबारीहरू किन-बेच गरिनेछन्।”
16
किन-बेचको तमसुक बारूकलाई दिएपछि मैले यसरी प्रार्थना गरें,
17
“सार्वभौम परमप्रभु, तपाईंले आफ्ना महान् शक्ति र प्रतापले स्वर्ग र पृथ्वी बनाउनुभयो। केही कुरो तपाईंको निम्ति कठिन छैन।
18
तपाईंले हजारौंलाई अटुट प्रेम देखाउनुभएको छ तर तपाईंले मानिसहरूलाई तिनीहरूका आमा-बुबाका पापको निम्ति दण्ड पनि दिनुहुन्छ। तपाईं महान् र शक्तिशाली परमेश्वर हुनुहुन्छ, तपाईं सर्वशक्तिमान् परमप्रभु हुनुहुन्छ।
19
तपाईंले बुद्धिका उपायहरू रच्नुहुन्छ र पराक्रमी काम गर्नुहुन्छ। मानिसहरूले गरेका सबै थोक तपाईंले देख्नुहुन्छ र तिनीहरूका कामअनुसार तिनीहरूलाई प्रतिफल दिनुहुन्छ।
20
धेरै वर्षअघि तपाईंले मिश्रमा उदेक र आश्चर्यका कामहरू गर्नुभयो। आजसम्म तपाईंले इस्राएल र अरू सबै राज्यका बीचमा उदेकका कामहरू गरिरहनुभएको छ र अब तपाईंलाई सबै ठाउँमा चिन्दछन्।
21
उदेक र आश्चर्यका कामद्वारा हाम्रा शत्रुहरूलाई भयभीत पार्दै तपाईंले आफ्ना प्रजा इस्राएललाई आफ्ना शक्ति र बाहुबलले मिश्रबाट निकाली ल्याउनुभयो।
22
तपाईंले तिनीहरूका पुर्खाहरूलाई दिनुभएको प्रतिज्ञाअनुसार यो धनी र मलिलो भूमि तिनीहरूलाई दिनुभयो।
23
तर जब यस देशमा आएर तिनीहरूले यसलाई आफ्नो अधीन गरे, तब तिनीहरूले तपाईंका आज्ञा मानेनन् अथवा तपाईंको शिक्षाअनुसार आफ्नो जीवन बिताएनन्। तपाईंले आज्ञा गर्नुभएको एउटै कुरो पनि तिनीहरूले गरेनन्। यसैले यी सबै विनाश तपाईंले तिनीहरूमाथि ल्याउनुभयो।
24
“हेर्नुहोस्, सहर कब्जा गर्न बेबिलोनीहरूले त्यसका चारैपट्टि घेरा हालेका छन् र त्यसमाथि हमला गरिरहेका छन्। लडाइँ, अनिकाल र रुढीको कारण सहर तिनीहरूका हातमा पर्नेछ। तपाईंले भन्नुभएका सबै कुरा पूरा हुँदैआएको तपाईंले देख्दै हुनुहुन्छ।
25
तापनि हे सार्वभौम परमप्रभु, यो सहर शत्रुका हातमा जाने बेलामा नै तपाईंले मलाई साक्षीहरूको सामुन्ने त्यो खेत किन्ने आज्ञा दिनुभयो।”
26
तब परमप्रभुले मलाई भन्नुभयो,
27
“म परमप्रभु सबै मानिसहरूका परमेश्वर हुँ। मेरो लागि केही कुरो कठिन छ र?
28
म यो सहर बेबिलोनका राजा नबूकदनेसर र तिनका सेनाका हातमा दिनेछु। यसलाई तिनीहरूले कब्जा गर्नेछन्
29
र आगो लाइदिनेछन्। मानिसहरूले आफ्ना घरका कौसीमा बाल देवतालाई धूप बालेर अनि अन्य देउताहरूलाई मद्यबलि चढाएर मलाई रिस उठाएका थिए। यसकारण ती घरहरूसमेत यो सहरलाई बेबिलोनका सेनाहरूले आगोले डढाएर भस्म पार्नेछन्।
30
इस्राएल र यहूदाका मानिसहरूले आफ्ना इतिहासको सुरुदेखि नै मलाई असन्तुष्ट पारेका छन् र आफ्ना कामद्वारा मलाई रिस उठाएका छन्।
31
यस सहर बसालिएको दिनदेखि नै यहाँका बासिन्दाहरूले मलाई रिस उठाएका छन् र मलाई औधी क्रोधित बनाएका छन्। मैले यसलाई नाश गर्ने निश्चय गरेको छु
32
किनभने यहूदा र यरूशलेमका बासिन्दाहरू, तिनीहरूका राजाहरू, अगुवाहरू, पूजाहारीहरू र अगमवक्ताहरू सबैले सबै दुष्कर्महरू गरेका छन्।
33
तिनीहरूले मतिर आफ्ना पिठ्युँ फर्काए। मैले तिनीहरूलाई बारम्बार शिक्षा दिंदादिंदै पनि तिनीहरूले ती सुनेनन् र ग्रहण गरेनन्।
34
तिनीहरूले आफ्ना घिनलाग्दा मूर्तिहरू मेरो आराधना गरिनलाई बनिएको मन्दिरमा पनि राख्थे र यसरी मन्दिर अपवित्र गरे।
35
तिनीहरूले आफ्ना छोरा-छोरीहरूलाई मोलोख देवताको अघि बलि चढाउनलाई हिन्नोमको बेसीमा बाल देवताको लागि थानहरू बनाएका छन्। मैले तिनीहरूलाई त्यो गर्ने आज्ञा दिइनँ। तिनीहरूले त्यस्तो कुकर्म गर्नेछन् र यहूदाका मानिसहरूलाई पाप गर्न लाउनेछन् भन्ने कुरो मेरो मनमा आएको पनि थिएन।”
36
परमप्रभु इस्राएलका परमेश्वरले मलाई यसो भन्नुभयो, “ए यर्मिया, मानिसहरूले भनिरहेका छन् कि लडाइँ, अनिकाल र रुढीले गर्दा यस सहर बेबिलोनका राजाको हातमा पर्नेछ। अब मैले अझै भन्नुपर्ने कुरा छ, त्यो सुन।
37
मैले आफ्नो रिस र प्रचण्ड क्रोधमा तितर-बितर पारेका मानिसहरूलाई देशदेशबाट यस ठाउँमा फर्काई ल्याउनेछु र यहाँ कुशलसाथ बास गर्न दिनेछु।
38
तब तिनीहरू मेरा प्रजा हुनेछन् र म तिनीहरूका परमेश्वर हुनेछु।
39
म तिनीहरूलाई जीवनमा एउटै उद्देश्य र एउटै मन दिनेछु। त्यो हो, सबै समय मलाई सम्मान दिनु। यसो गर्नमा तिनीहरूका आफ्ना र पछिका सन्तानहरूको निम्ति भलाइ छ।
40
म तिनीहरूसित एउटा अनन्तको करार बाँध्नेछु। तिनीहरूको भलाइ हुने काम गर्न म कहिल्यै छोड्नेछैनँ र म तिनीहरूलाई आफ्ना सम्पूर्ण हृदयले मलाई डर मान्नेहरू बनाउनेछु र तिनीहरू कहिल्यै मदेखि तर्की जानेछैनन्।
41
तिनीहरूको भलाइ हुने काम गर्नमा म आनन्दित हुनेछु र पूरा मनले सदाकालको निम्ति म तिनीहरूलाई यस देशमा बसाल्नेछु।
42
“जसरी मैले यो विपत्ति यी मानिसहरूमाथि ल्याएँ, त्यसरी नै यिनीहरूलाई म आफूले प्रतिज्ञा गरेका सबै असल थोकहरू दिनेछु।
43
मानिसहरूले भनिरहेका छन् कि यो देश मानिस वा पशुहरू बास गर्न नसक्ने मरुभूमिझैँ हुनेछ र बेबिलोनीहरूका हातमा जानेछ। तर यस देशमा फेरि एक पल्ट खेतबारी किन-बेच गरिनेछन्।
44
मानिसहरूले ती किन्नेछन्, खरिद-बिक्रीको तमसुकमा सही गर्नेछन्, छाप मोहोर लाउनेछन् र साक्षीहरूका सही गराउनेछन्। यो काम बेन्यामीनको इलाका, यरूशलेमका चारैपट्टिका गाउँ बस्तीहरू, यहूदाका सहरहरू, पहाडी देशका सहरहरू, पहाडका फेदीका ठाउँहरू र दक्षिण यहूदामा हुनेछ। मानिसहरूलाई म तिनीहरूका देशमा फर्काई ल्याउनेछु। म परमप्रभु बोलेको छु।”
← Chapter 31
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 49
Chapter 50
Chapter 51
Chapter 52
Chapter 33 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
41
42
43
44
45
46
47
48
49
50
51
52