bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Jeremiah 36
Jeremiah 36
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 35
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 49
Chapter 50
Chapter 51
Chapter 52
Chapter 37 →
1
योशियाहका छोरा यहोयाकीम यहूदाका राजा भएको चौथो वर्षमा परमप्रभुले मलाई भन्नुभयो,
2
“एक मुट्ठो बेह्रेको कागज ले र मैले इस्राएल, यहूदा र अरू सबै जातिबारे भनेका कुराहरू सबै त्यसमा लेख्। योशियाह राजाको पालोमा म तँसित कुरा गर्न थालेका दिनदेखि आजसम्म मैले जे-जे भनें, ती सबै कुरा लेख्।
3
यहूदाका मानिसहरूमाथि म कस्तो-कस्तो विनाश ल्याउनेछु, त्यो सुनेपछि सायद तिनीहरूले आफ्ना दुष्ट चाल छोड्लान्। तब म तिनीहरूका दुष्कर्म र पापहरू क्षमा गर्नेछु।”
4
यसर्थ मैले नेरियाहका छोरा बारूकलाई बोलाएँ र परमप्रभुले मलाई बताउनुभएका सबै कुराहरू त्यसलाई भन्दै लेख्न लाएँ अनि ती सबै बारूकले कागजको मुट्ठोमा लेखे।
5
तब मैले बारूकलाई यो आदेश दिएँ, “मलाई मन्दिरमा जान मनाही छ।
6
तर तिमीचाहिँ कुनै उपवास राखेको दिन मन्दिरमा जाऊ। तिमीले यो बेह्रेको कागजको मुट्ठो उच्च सोरले मानिसहरूलाई पढेर सुनाउनुपर्नेछ र परमप्रभुले मलाई भन्नुभएको हरेक कुरा, जुन मैले तिमीलाई लेख्न लाएँ, मानिसहरूले सुन्नेछन्। आ-आफ्ना सहरबाट आएका यहूदाका मानिसहरूसमेत सबै मानिसहरूले सुन्नेगरी एक ठाउँबाट तिमीले यो पढ्नू।
7
सायद तिनीहरूले परमप्रभुलाई बिन्ती चढाउलान् र आ-आफ्ना दुष्ट चालहरू छाड्लान् किनभने परमप्रभुले यी मानिसहरूलाई आफ्नो भयङ्कर रिस र प्रचण्ड क्रोधले डर देखाउनुभएको छ।”
8
यसर्थ मैले भनेअनुसार नै बारूकले मन्दिरमा परमप्रभुका वचन पढेर सुनाए।
9
यहोयाकीम यहूदाका राजा भएको नवौं महिनामा परमप्रभुको निगाह पाउन मानिसहरूले उपवास राखे। यरूशलेमका सबै बासिन्दाहरूले र यहूदाका सहरहरूबाट त्यहाँ आएका सबै मानिसहरूले उपवास राखे।
10
तब सबै मानिसहरूले सुनिरहेका बेलामा बारूकले कागजको मुट्ठोबाट मैले लेख्न लाएका सबै कुराहरू पढी सुनाए। मन्दिरमा शापानका छोरा गमर्याहको कोठाबाट तिनले त्यो पढेर सुनाए। शापान मन्दिरका सचिव थिए। तिनको कोठा मन्दिरको माथिल्लो चोकमा नयाँ मूल-ढोकाको छेउमा थियो।
11
शापानका नाति गमर्याहका छोरा मीकायाले बारूकले बेह्रेको कागजको मुट्ठोबाट पढेका परमप्रभुको वचन सुने।
12
त्यसपछि तिनी राजदरबारमा दरबारिया सचिवको कोठामा गए। त्यहाँ सबै राज-भारदारहरू सभामा बसेका थिए। दरबारिया सचिव एलीशामा, शमायाहका छोरा दलायाह, अक्बोरका छोरा एल्नातान, शापानका छोरा गमर्याह, हनन्याहका छोरा सिदकियाह र अरू सबै भारदारहरू त्यहीं थिए।
13
बारूकले मानिसहरूलाई पढेर सुनाएका र आफूले सुनेका सबै कुराहरू मीकायाले तिनीहरूलाई भनिदिए।
14
तब राज-भारदारहरूले बारूकलाई तिनले मानिसहरूलाई पढेर सुनाएका कागजको मुट्ठो लिएर उनीहरूकहाँ आओस् भनी खबर गर्न यहूदीलाई पठाए। (यहूदीचाहिँ नतन्याहका छोरा शेलेम्याहको नाति र कूशीका पनाति थिए।) बारूक कागजको मुट्ठो लिई आए।
15
तिनीहरूले उनलाई भने, “बस र कागजको मुट्ठो हामीलाई पढी सुनाऊ।” बारूकले भनेअनुसार गरे।
16
उनले त्यो पढिसकेपछि तिनीहरू डराएर एक-अर्कालाई हेर्न गर्न थाले र बारूकलाई भने, “यो कुरो हामीले राजालाई सुनाउनैपर्छ।”
17
तिनीहरूले उनलाई सोधे, “यी सबै तिमीले कसरी लेख्यौ? अहिले हामीलाई भन। के यो तिमीलाई यर्मियाले लेखाएका हुन्?”
18
बारूकले जवाफ दिए, “एक-एक शब्द यर्मियाले भनेका हुन् र मैले यो कागजको मुट्ठोमा मसीले लेखेको हुँ।”
19
तब तिनीहरूले उनलाई भने, “तिमी र यर्मिया दुवै गएर लुक। तिमीहरू कहाँ छौ, कसैले पनि थाहा नपाओस्।”
20
राज-भारदारहरूले कागजको बेह्रेको मुट्ठो दरबारिया सचिव एलीशामाको कोठामा राखे र राज-महलको चोकमा गई तिनीहरूले सबै कुरा राजालाई सुनाए।
21
तब राजाले त्यो कागजको मुट्ठो ल्याउन यहूदीलाई पठाए। उनले त्यो एलीशामाको कोठाबाट ल्याए र राजा र तिनका चारैतिर खडा रहेका राज-भारदारहरूलाई पढेर सुनाए।
22
त्यो जाडोको समय थियो र राजा आफ्नो हिउँदको महलमा आगो बालेर बसेका थिए।
23
यहूदीले तीन चार पङ्क्ति पढिसकेका मात्र थिए, राजाले कागजको मुट्ठोबाट पढिसकेको भाग एउटा सानो चक्कुले काटेर आगोमा फालिदिए। सम्पूर्ण कागजको मुट्ठो भस्म नभएसम्म तिनले त्यसै गरिरहे।
24
तर त्यहाँ लेखिएका कुरा सुनेर राजा र ती भारदारहरू नत डराए नत अफसोस गर्दै आ-आफ्ना लुगा च्याते।
25
एल्नातान, दलायाह र गमर्याहले राजालाई कागजको मुट्ठो नजलाउने अनुरोध गरेका थिए, तर उनले तिनीहरूका कुरामा केही ध्यानै दिएनन्।
26
त्यसपछि राजाले यरहमेल राजकुमारलाई अज्रीएलका छोरा सरायाह र अबदीलका छोरा शेलेम्याहलाई लिएर म र मेरो सचिव बारूकलाई पक्रने हुकुम गरे। तर परमप्रभुले हामीहरूलाई लुकाउनुभएको थियो।
27
मैले बारूकलाई भनेर लेखाएको कागजको मुट्ठो यहोयाकीम राजाले जलाइदिएपछि परमप्रभुले मलाई
28
अर्को कागजको मुट्ठो लिएर त्यसमा अघि लेखिएका सबै कुराहरू लेख्ने आदेश दिनुभयो।
29
राजालाई यसो भन् भनी परमप्रभुले मलाई आदेश दिनुभयो, “तैँले यो कागजको मुट्ठो जलाइदिइस्। बेबिलोनका राजाले आएर यस देशलाई नाश पार्नेछ र त्यसका पशुहरू र बासिन्दाहरूलाई मार्नेछ भनी किन लेखिस् भनेर तैँले यर्मियालाई सोधेको छस्
30
र अब म परमप्रभु तँ यहोयाकीम राजालाई भन्दछु कि तेरा कोही पनि सन्तानले दाऊदको राजगद्दीमा बस्न पाउनेछैन। तेरो लाश बाहिर फ्याँकिनेछ र त्यहाँ त्यो दिउँसो घाममा र राती तुषारोमा पडिरहनेछ।
31
तिमीहरू सबैका पापका कारणले म तँलाई, तेरा सन्तान र भारदारहरूलाई दण्ड दिनेछु। मेरो चेतावनीप्रति नत तैँले केही ध्यान दिइस् नत यहूदा र यरूशलेमका बासिन्दाहरूले केही ध्यान दिए। यसकारण जुन विपत्ति ल्याउने डर मैले तिमीहरूलाई देखाएको थिएँ, त्यो विपत्ति तिमीहरू सबैमाथि म ल्याउनेछु।”
32
तब अर्को बेह्रेको मुट्ठो कागज लिएर मैले आफ्नो सचिव बारूकलाई दिएँ र मैले भनेका प्रत्येक कुरा तिनले त्यसमा लेखे। यहूदाका राजा यहोयाकीमले जलाएको मुट्ठोमा लेखिएको प्रत्येक कुरो यो दोस्रो मुट्ठोमा बारूकले लेखे अनि यस्तै अरू शब्दहरू पनि थपिए।
← Chapter 35
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 49
Chapter 50
Chapter 51
Chapter 52
Chapter 37 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
41
42
43
44
45
46
47
48
49
50
51
52