bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Jeremiah 50
Jeremiah 50
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 49
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 49
Chapter 50
Chapter 51
Chapter 52
Chapter 51 →
1
बेबिलोन सहर र त्यसका बासिन्दाहरूबारे परमप्रभुले मलाई दिनुभएको सन्देश यो हो,
2
“जाति जातिलाई यो खबर घोषणा गर! उच्च सोरले यो सुनाऊ! झन्डा ठड्याएर यो खबर घोषणा गर! यो कुरा गुप्त नराख! बेबिलोनको पतन भएको छ! बेल लाजमा पर्यो, मरोदक देवता चुर पारिएको छ! बेबिलोनका मूर्तिहरू लाजमा पारिएका छन्! त्यसका घिनलाग्दा प्रतिमाहरू कच्याक-कुच्युक पारिएका छन्!
3
“बेबिलोनमाथि आक्रमण गर्न उत्तरबाट एक जाति आएको छ र त्यसलाई उजाड पार्नेछ। मानिसहरू र पशुहरू दुवै भागिजानेछन् र त्यहाँ कसैले बास गर्नेछैन।”
4
परमप्रभु भन्नुहुन्छ, “जब ती दिनहरू आउँछन्, इस्राएल र यहूदाका मानिसहरूले रुँदै म परमप्रभु तिनीहरूका परमेश्वरलाई खोज्दै आउनेछन्।
5
तिनीहरूले सियोन जाने बाटो सोध्छन् र त्यतातिर जानेछन्। तिनीहरूले मसित सदाकालको निम्ति एउटा करार बाँध्नेछन् र त्यो कहिल्यै तोड्नेछैन।
6
“मेरा प्रजा ती भेडाहरूजस्ता छन्, जसलाई तिनीहरूका गोठालाहरूले पहाडतिर लगेर बाटो बिराउन लाएका छन्। भेडाहरूझैँ तिनीहरू एउटा पहाडदेखि अर्को पहाड गर्दै बरालिएका छन् र आफ्नो बासस्थान कहाँ हो, सो भुलेका छन्।
7
तिनीहरूलाई भेट्नेहरू सबैले तिनीहरूमाथि हमला गर्छन्। तिनीहरूका शत्रुहरू भन्छन्, ‘तिनीहरूले परमप्रभुको विरुद्धमा पाप गरेका छन् र हामीले जे गर्यौं, त्यसमा हामी दोषी हुनेछैनौं। तिनीहरूका पिता-पुर्खाले परमप्रभुमा भरोसा राख्थे र तिनीहरू पनि उहाँप्रति विश्वासयोग्य रहनुपर्थ्यो।’
8
“हे इस्राएलका मानिसहरू हो, बेबिलोनबाट भाग! त्यो देश छोड! पहिले नै त्यहाँबाट निस्किजाओ!
9
म उत्तरका बलिया जातिहरूको एक दललाई सुर्याएर बेबिलोनमाथि हमला गर्न लाउनेछु। तिनीहरू त्यस देशको विरुद्धमा युद्ध गर्न खडा हुनेछन् र त्यसलाई जित्नेछन्। तिनीहरू सिपालु शिकारीहरू हुन्। तिनीहरूले काँड छोडेपछि निशाना चुकाउँदैनन्।
10
बेबिलोनिया लुटिनेछ, त्यसलाई लुट्नेहरू लुटेका धनमालले अघाउनेछन्। म परमप्रभु बोलेको छु।”
11
परमप्रभु भन्नुहुन्छ, “हे बेबिलोनका बासिन्दाहरू हो, तिमीहरूले मेरा प्रजालाई लुट्यौ। तिमीहरू खुसी र आनन्दित छौ, हिनहिनाउने घोडा अथवा दाइँ गर्ने गोरुझैँ हिंड्दछौ।
12
तर तिमीहरूको आफ्नो महान् सहर लाज र अपमानमा पर्नेछ। बेबिलोनया सबैभन्दा सानो जाति हुनेछ, त्यो एउटा रूखो सुख्खा मरुभूमि हुनेछ।
13
मेरो क्रोधले गर्दा बेबिलोनमा कसैले बास गर्नेछैन, त्यो ध्वस्त भई त्यागिनेछ र त्यहाँबाट भएर जानेहरू सबै छक्क पर्नेछन् र तर्सिनेछन्।
14
“हे सबै धनुर्धारीहरू हो, बेबिलोनलाई घेरेर खडा होओ। तिमीहरूका सबै काँडहरू बेबिलोनमाथि छोड किनभने त्यसले म परमप्रभुको विरुद्धमा पाप गरेको छ।
15
सहरका चारैपट्टि लडाइँको सोर उचाल! अब बेबिलोनले हार स्वीकार गरेको छ। त्यसका पर्खालहरू भत्काएर भूइँमा ढालिएका छन्। मैले बेबिलोनका बासिन्दाहरूमाथि बदला लिइरहेको छु। तिमीहरूले पनि तिनीहरूमाथि बदला लेओ। तिनीहरूले अरूलाई जे-जसो गरेका थिए, तिनीहरूलाई पनि त्यसै गर।
16
त्यस देशका बीउ छर्ने र फसल काट्ने सबैलाई नाश गर। त्यहाँ बास गर्ने हरेक विदेशी हमला गर्न आएका शत्रुका सेनासित डराएर आफ्नो देशमा फर्किजानेछ।”
17
परमप्रभु भन्नुहुन्छ, “इस्राएलका मानिसहरू सिंहले खेदेर छरपष्ट परेका भेडाहरूझैँ छन्। पहिले तिनीहरूमाथि अश्शूरका महाराजाले हमला गर्यो। अन्तमा बेबिलोनका राजा नबूकदनेसरले तिनीहरूको हड्डी चपायो।
18
त्यही कारण म सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्वरले अश्शूरको राज्यलाई दण्ड दिएझैँ राजा नबूकदनेसर र त्यसको देशलाई पनि दण्ड दिनेछु।
19
म इस्राएलका मानिसहरूलाई तिनीहरूका देशमा फर्काउनेछु। तिनीहरूले कर्मेल पहाड र बाशानमा उब्जेका अन्न खानेछन् र एफ्राइम र गिलादका जमिनका उपजबाट अघाउञ्जेल खानेछन्।
20
ती दिनहरू आएपछि इस्राएलमा पाप पाइनेछैन अनि यहूदामा अधर्म खोजे पनि पाइनेछैन किनभने जुन मानिसहरूको प्राण म बचाउनेछु, तिनीहरूका पाप म क्षमा गरिदिनेछु। म परमप्रभु बोलेको छु।”
21
परमप्रभु भन्नुहुन्छ, “मरातैम र पकोद इलाकाका मानिसहरूमाथि हमला गर। तिनीहरूलाई मार र नष्ट पार। मैले आज्ञा गरेअनुसार सबै काम पूरा गर। म परमप्रभु बोलेको छु।
22
देशमा लडाइँको आवाज सुनिंदै छ र ठूलो विनाश भएको छ।
23
बेबिलोनले घन भई सारा संसारलाई पिटेर चुर पारेको थियो तर अब त्यो घन आफैं चुर भएको छ! त्यस देशको दशा देखेर सबै जातिहरू तर्सेका छन्।
24
ए बेबिलोन, तैँले मसित लडाइँ गरिस् र तँ अहिले फेला परिस्। मैले तँलाई थापेको पासोमा आफू परेको तैँले थाहा पनि पाइनस्।
25
मैले आफ्नो हतियार राखेको सिलखाना खोलेर रिसमा ती हतियारहरू निकालेको छु किनभने म सार्वभौम, सर्वशक्तिमान् परमप्रभुले बेबिलोनमा काम गर्नुपरेको छ।
26
त्यसलाई चारैपट्टिबाट हमला गर्! त्यसका अन्नका ढुकुटीहरू तोडिदे! अन्न थुपारेझैँ त्यसलाई एक थुप्रो बनाइदे! त्यस देशलाई पूरा नाश गर्! कसैलाई पनि नछोड्!
27
सबै सेनाहरूलाई मार्! तिनीहरूलाई काट्! तिनीहरूले दण्ड पाउने बेला आइपुग्यो! बेबिलोनका मानिसहरूको अन्त आइपुग्यो!”
28
(बेबिलोनबाट उम्केर भाग्नेहरू यरूशलेममा आएर परमप्रभु हाम्रा परमेश्वरले बेबिलोनका बासिन्दाहरूलाई तिनीहरूले उहाँको मन्दिरलाई के गरेका थिए, त्यसको बदला लिनुभयो भनी सुनाउनेछन्।)
29
“बेबिलोनमाथि हमला गर्न धनुर्धारीहरूलाई भन्। धनुकाँड चलाउन सक्ने सबैलाई पठा। सहरलाई घेरामा ले र कसैलाई भाग्न नदे। त्यसले जे गर्यो, त्यसको बदला ले। त्यसले अरूलाई जे गरेथ्यो, त्योसित त्यसै गर् किनभने त्यसले घमण्डसित म इस्राएलका पवित्र परमेश्वरको विरोध गरेको थियो।
30
यसकारण त्यसका युवकहरू सहरहरूमा मारिनेछन् र त्यसै दिन त्यसका सबै सिपाहीहरू मारिनेछन्। म परमप्रभु बोलेको छु।
31
“ए बेबिलोनिया, तँ घमण्डले भरिएको छस्! यसकारण म सार्वभौम, सर्वशक्तिमान् परमप्रभु तेरो विरुद्धमा खडा भएको छु। मैले तँलाई दण्ड दिने समय आइपुग्यो।
32
तेरो अहङ्कारी जाति ठोकर खाएर लड्नेछ र तँलाई उठ्न कसैले मद्दत गर्नेछैन। म तेरा सहरहरूमा डढेलो लाइदिनेछु र त्यसका चारैतिरका सबै थोकहरू भस्म हुनेछन्।”
33
सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ, “इस्राएल र यहूदाका मानिसहरूमाथि अत्याचार भएको छ। तिनीहरूलाई कब्जा गर्नेहरूले तिनीहरूमाथि कडा गरी पहरा दिइराखेका छन् र तिनीहरूलाई छोड्दैनन्।
34
तर तिनीहरूको उद्धार गर्ने एक सामर्थी व्यक्ति हुनुहुन्छ, जसको नाम सर्वशक्तिमान् परमप्रभु हो। उहाँ तिनीहरूका पक्षमा लड्नुहुनेछ र देशमा शान्ति ल्याउनुहुनेछ। तर बेबिलोनका बासिन्दाहरूमाथि भने उहाँले कष्ट ल्याउनुहुनेछ।”
35
परमप्रभु भन्नुहुन्छ, “बेबिलोनको नाश होस्! त्यसका प्रजाको मृत्यु होस्, त्यसका शासकहरूको र विद्वान मानिसहरूको पनि मृत्यु होस्!
36
त्यसका झूटा अगमवक्ताहरूको मृत्यु होस्! तिनीहरू कस्ता मूर्ख छन्! त्यसका सिपाहीहरूको मृत्यु होस्! तिनीहरू कस्ता भयभीत छन्!
37
त्यसका घोडा र रथहरूको नाश गर! त्यसका ज्यालादार सेनाहरूको मृत्यु होस्! तिनीहरू कति दुर्बल छन्! त्यसका धनका भण्डारहरू नाश गर, ती लुटपिट र हारालुछ गर।
38
त्यस देशमा खडेरी परोस्, त्यसका नदीहरूमा पानी सुकोस्। बेबिलोन एउटा डरलाग्दो मूर्तिहरूले भरिएको देश हो। ती मूर्तिहरूले देशवासीहरूलाई मूर्ख बनाएका छन्।
39
“यसकारण जङ्गली जनावर, स्याल र अशुद्ध पक्षीहरू बेबिलोनमा बास गर्नेछन्। त्यहाँ फेरि मानिसहरूले बास गर्नेछैनन्, त्यो आइन्दा सदाकालको निम्ति निर्जन हुनेछ।
40
मैले सदोम र गमोरा छेउ-छाउका सहरहरूलाई जे गरें, त्यही बेबिलोनलाई गर्नेछु। त्यहाँ फेरि कुनै प्राणीले बास गर्नेछैन। म परमप्रभु बोलेको छु।
41
“उत्तर देशबाट मानिसहरू आइरहेछन्, टाढा-टाढाबाट बलियो जाति र धेरै राजाहरू लडाइँको लागि तयार भइरहेछन्।
42
तिनीहरूले धनु र तरवारहरू लिएका छन्। तिनीहरू कठोर र निर्दयी छन्। घोडाहरू चढेर जाँदा समुद्र गर्जेजस्तै तिनीहरूको आवाज गर्जन्छ। तिनीहरू बेबिलोनको विरुद्ध लडाइँ गर्न तयार छन्।
43
बेबिलोनको राजाले त्यो खबर सुने र तिनका हातहरू लुला भए। स्त्री सुत्केरी व्यथामा परेझैँ तिनी ठूलो वेदनामा परे।
44
“यर्दनको किनारको घनघोर जङ्गलबाट हरियो खर्कमा सिंह आएझैँ म परमप्रभु आउनेछु र एक्कासि बेबिलोनीहरूलाई तिनीहरूको सहरबाट भाग्न लाउनेछु। त्यसपछि मैले चुनेको अगुवाले त्यस जातिमाथि राज्य गर्नेछ। मजस्तो को छ? कसले मलाई चुनौती दिन सक्छ? कुन राजा मेरो विरुद्धमा खडा हुन सक्छ?
45
यसकारण मैले बेबिलोन सहरको विरुद्धमा बनाएको जुक्ति सुन। मैले त्यसका बासिन्दाहरूलाई के गर्ने इच्छा गरेको छु, ती सुन। तिनीहरूका बाल-बालिकाहरू पनि घिस्स्याएर लगिनेछन्। सबै जना भयभीत हुनेछन्।
46
जब बेबिलोनको पतन हुनेछ, तब यस्तो एउटा आवाज हुनेछ कि सारा पृथ्वी थरहरी काम्नेछ। अनि अरू जातिहरूले पनि त्यसको डरको सोर सुन्नेछन्।”
← Chapter 49
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 49
Chapter 50
Chapter 51
Chapter 52
Chapter 51 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
41
42
43
44
45
46
47
48
49
50
51
52