bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Jeremiah 49
Jeremiah 49
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 48
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 49
Chapter 50
Chapter 51
Chapter 52
Chapter 50 →
1
अम्मोनबारे परमप्रभुले यसरी भन्नुभयो, “इस्राएलका मानिसहरू कता गए? के इस्राएलको रक्षा गर्ने कोही छैन? किन तिनीहरूले मोलेख पुज्नेहरूलाई गाद कुलका इलाकामाथि अधिकार गरी त्यहाँ बसोबास गर्न दिए?
2
तर त्यो समय आउँदै छ, जब राजधानी रब्बा सहरका बासिन्दाहरूलाई म लडाइँको हो-हल्ला सुन्न लाउनेछु र त्यो ध्वस्त पारिनेछ र त्यसका गाउँ-बस्तीहरू डढेर खरानी हुनेछन्। तब इस्राएलले आफ्नो अधिकारबाट खोसिएको आफ्नो जमिन शत्रुका हातबाट फेरि आफ्ना हातमा लिनेछ।
3
ए हेश्बोनका बासिन्दाहरू हो, विलाप गर! ऐ सहर नाश पारियो! हे रब्बाका छोरीहरू हो, विलाप गर! भाङ्ग्रा लाएर शोक गर। हड्बडाउँदै यताउता दगुर। तेरा देवता मोलेख त्यसका पूजाहारीहरू र राजकुमारहरूको साथमा देश निकाला गरिनेछ।
4
तिमी अविश्वासयोग्य मानिसहरू किन घमण्डका कुरा गर्छौ? तिम्रो शक्ति शिथिल भैसकेको छ। किन तिमीहरू आफ्ना शक्तिमा भर पर्छौ र कसैले हामीलाई आक्रमण गर्ने आँट गर्नेछैन भनी भन्दछौ?
5
चारैतिरबाट म तिमीहरूमाथि आतङ्क ल्याउनेछु। तिमीहरू सबै जना भाग्नेछौ। हरेक आफ्नो ज्यान बचाउन भाग्नेछ र तिनीहरूलाई फेरि भेला गर्ने कोही मानिस हुनेछैन।
6
“तर पछिबाट म अम्मोनको फेरि फलिफाप गराउनेछु। म परमप्रभु बोलेको छु।”
7
सर्वशक्तिमान् परमप्रभुले एदोमबारे यसरी भन्नुभयो, “के तेमानका मानिसहरूले आफ्नो विवेक गुमाए त? के तिनीहरूका सल्लाहकारहरूले कसो गर्नुपर्ने हो, सो भन्न सक्दैनन्? के तिनीहरूका सबै बुद्धि हरायो?
8
ए ददानका बासिन्दाहरू हो, फर्क र भाग! ओडारभित्र लुक! म एसावका सन्तानलाई नष्ट पार्नेछु किनभने अब मैले तिनीहरूलाई दण्ड दिने समय आएको छ।
9
मानिसहरूले अङ्गुर टिप्दा, तिनीहरूले बोटमा केही छोडिदिन्छन्। राती चोर आएर आफूले चाहे जति मात्र लगेर जान्छन्।
10
तर मैले एसावका सन्तानलाई नाङ्गो झार पारेको छु, तिनीहरूका लुक्ने ठाउँहरू प्रकट गरिदिएको छु र तिनीहरू अब लुक्न सक्दैनन्। एदोमका छोरा-छोरी, शाखा-सन्तान र छरछिमेकी सबै नाश भए। एक जना पनि बाँचेको छैन।
11
तिमीहरूका टुहुरा-टुहुरीहरूलाई मसित छोडिराख र म तिनीहरूको हेरचाह गर्नेछु। तिमीहरूका विधवाहरू ममाथि भर पर्न सक्छन्।
12
“ज-जसले दण्ड पाउनु आवश्यक थिएन, तिनीहरूले पनि दण्डको कचौरा पिएका छन् भने के तिमीहरू दण्ड नपाई फुत्कौला भन्ठान्छौ? अँहँ होइन, तिमीहरूले दण्डको कचौराबाट पिउनैपर्छ!
13
म आफैंले यो शपथ खाएको छु कि बोज्रा सहर एउटा डरलाग्दो दृश्य र मरुभूमि बन्नेछ। मानिसहरूले त्यसको ठट्टा गर्नेछन् र त्यसको नाम सरापको रूपमा प्रयोग गर्नेछन्। छेउ-छेउका गाउँबस्तीहरू सधैँको लागि ध्वस्त हुनेछन्। म परमप्रभु बोलेको छु।”
14
मैले भनें, “हे एदोम, मैले परमप्रभुबाट सन्देश पाएको छु। जाति-जातिलाई आ-आफ्ना सेनाहरू भेला गरी तँमाथि आक्रमण गर्न तयार हुन परमप्रभुले एउटा खबर दिन मानिस पठाउनुभएको छ।
15
परमप्रभुले जातिहरूमध्ये तँलाई सानो बनाउनुहुनेछ र कसैले तेरो आदर गर्नेछैन।
16
तेरो घमण्डले तँलाई धोका दियो। तैँले सोचे जति कसैले तेरो डर मान्दैन। तँ चट्टानका चिराहरूमा, पर्वतका टाकुरामा बास गर्दछस्। तँ चिलजस्तो उच्च ठाउँमा बास गरे पनि परमप्रभुले तँलाई तल खसाल्नुहुनेछ। परमप्रभु बोल्नुभएको छ।”
17
परमप्रभुले भन्नुभयो, “एदोममाथि आउने विनाश यस्तो डरलाग्दो हुनेछ कि त्यताबाट भएर जानेहरू त्यो देखेर तर्सेर आत्तिनेछन्।
18
सदोम, गमोरा र छेउ-छाउका सहरहरू नाश पारिएझैँ त्यस बेला एदोम पनि नाश पारिनेछ। त्यहाँ अब उसो कसैले बास गर्नेछैन। म परमप्रभु बोलेको छु।”
19
एउटा सिंह यर्दनको किनारै-किनार भएको बाक्लो जङ्गलबाट हरियो खर्कमा निस्की आएझैँ म आएर एदोमीहरूलाई एक्कासि तिनीहरूका देशबाट भाग्न लाउनेछु। त्यसपछि मैले चुनेको अगुवाले त्यस जातिमाथि राज्य गर्नेछ। मजस्तो को छ? कसले मलाई चुनौती दिन सक्छ? कुन राजाले मेरो विरोध गर्न सक्छ?
20
यसकारण मैले एदोमवासीहरूका विरुद्धमा बनाएको युक्ति सुन र तेमान सहरका बासिन्दाहरूलाई के गर्ने इच्छा गरेको छु, ती पनि सुन। तिनीहरूका बाल-बालिकाहरू पनि घिस्याएर लगिनेछन् र सबै जना भयभीत हुनेछन्।
21
एदोम ढलेको एउटा यस्तो आवाज हुनेछ कि सारा पृथ्वी थरथरी काम्नेछ र तिनीहरू डरले कराएको आवाज लाल समुद्रसम्म सुनिनेछ।
22
चिल पखेटा फैलाएर वेगले आएझैँ शत्रु बोज्रा सहरमाथि आइलाग्नेछ। त्यस दिन एदोमका सेनाहरू सुत्केरी व्यथा लागेकी स्त्रीझैँ डराउनेछन्।”
23
दमस्कसबारे परमप्रभुले यो वचन दिनुभयो, “हमात र अर्पाद सहरका मानिसहरू चिन्ता र कष्टमा छन् किनभने तिनीहरूले नराम्रा खबर सुनेका छन्। समुद्रको बाढझैँ तिनीहरूमाथि फिक्री आइपरेको छ र तिनीहरूले आराम गर्न सक्दैनन्।
24
दमस्कसका मानिसहरू कमजोर छन् र आतङ्कले भागेका छन्। सुत्केरी व्यथा लागेकी स्त्रीझैँ तिनीहरू कष्ट र पीडामा छन्।
25
त्यो आनन्द मनाउने प्रसिद्ध सहर पूरा निर्जन भएको छ।
26
त्यस दिन त्यहाँका जवान पुरुषहरू सहरका सडकहरूमा मारिनेछन् र त्यसका सबै सेनाहरू नाश हुनेछन्।
27
दमस्कसका पर्खालहरूमा म आगो लाइदिनेछु र बेन-हदद राजाका महलहरू डढाएर भस्म पारिदिनेछु। म सर्वशक्तिमान् परमप्रभु बोलेको छु।”
28
बेबिलोनका राजा नबूकदनेसरले विजय गरेका केदार वंश र हासोरका इलाकाहरूबारे परमप्रभुले यसो भन्नुभयो, “केदारका बासिन्दाहरूमाथि हमला गर र पूर्वीय जातिको त्यस वंशलाई नाश गर!
29
तिनीहरूका तम्बु, भेडाका बगाल, तम्बुका पर्दा र अन्य सबै थोकहरू जफत गर। तिनीहरूका ऊँटहरू लेओ र मानिसहरूलाई यसो भन, ‘तिमीहरूका चारैतर्फ आतङ्कै आतङ्क छन्।’
30
“हे हासोरका बासिन्दाहरू हो, तिमीहरू टाढै गएर लुक, परमप्रभु भन्नुहुन्छ। बेबिलोनका राजा नबूकदनेसरले तिमीहरूका विरुद्धमा जाल रचेको छ र त्यसले यसो भन्छ,
31
‘आओ, हामीहरू गएर ती सुरक्षित छौं भनी ढुक्कसित बस्नेहरूमाथि आक्रमण गरौं। तिनीहरू बसेको ठाउँको ढोका वा गजबार छैनन् र त्यो ठाउँ एकदमै असुरक्षित छ।’
32
“तिनीहरूका ऊँटहरू र गाई-वस्तु लेओ। केश छोटो गरी मुडाउनेहरूलाई म हरेक दिशामा तितर-बितर पार्नेछु र हरेक कुनाबाट तिनीहरूमाथि विपत्ति ल्याउनेछु।
33
हासोर सदाकालको निम्ति उजाड-स्थान बन्नेछ, जहाँ स्यालहरू मात्र बास गर्नेछन्। कोही मानिस त्यहाँ फेरि बास गर्नेछैन। म परमप्रभु बोलेको छु।”
34
सिदकियाह यहूदाका राजा भएको लगत्तैपछि सर्वशक्तिमान् परमप्रभु एलाम देशबारे मसित यसरी बोल्नुभयो,
35
“एलामलाई यति बलियो बनाउने धनुर्धारी मानिसहरू सबैलाई म मार्नेछु।
36
एलामको विरुद्धमा सबै दिशाबाट बतास चलाउनेछु र जहीं-तहीं त्यसका मानिसहरू छरपष्ट पारी पठाउनेछु। यतिसम्म गर्नेछु कि त्यहाँबाट भागेर जाने मानिसहरूले शरण नलिएको देश एउटै पनि हुनेछैन।
37
म एलामका बासिन्दाहरूलाई तिनीहरूलाई मार्न चाहने शत्रुहरूको अघि भयभीत तुल्याउनेछु। मेरो प्रचण्ड क्रोधमा म एलामका बासिन्दाहरूलाई नाश पार्नेछु र तिनीहरूलाई निमिट्यान्न नपारेसम्म तिनीहरूका विरुद्धमा सेनाहरू पठाउनेछु।
38
म त्यहाँ आफ्नो सिंहासन बसाल्नेछु र तिनीहरूका राजा र अगुवाहरूलाई नाश गर्नेछु।
39
तर पछिबाट म एलामका बासिन्दाहरूको फेरि फलिफाप गराउनेछु। म परमप्रभु बोलेको छु।”
← Chapter 48
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 49
Chapter 50
Chapter 51
Chapter 52
Chapter 50 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
41
42
43
44
45
46
47
48
49
50
51
52