bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Jeremiah 9
Jeremiah 9
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 8
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 49
Chapter 50
Chapter 51
Chapter 52
Chapter 10 →
1
मेरो शिर पानीको पोखरी र मेरा आँखा आँसुका धारा भएका हुँदा हुन् त म दिनरात मेरा मारिएका मानिसहरूको निम्ति रुनेथिएँ।
2
मरुभूमि एउटा बास बस्ने पाटी हुँदो हो त म त्यहाँ गई आफ्ना मानिसहरूबाट टाढा हुनेथिएँ। यिनीहरू व्यभिचारी र विश्वासघातीहरूको एक हुल भएका छन्।
3
धनु खेलाउने मानिसले काँड हान्न धनु चलाएझैँ तिनीहरूले झूट बोल्नलाई आफ्ना जिब्रो चलाउँछन्। सत्यले होइन तर बेइमानीले राज्य गर्दछ। परमप्रभु भन्नुहुन्छ, “मेरा प्रजाले एकोहोरो दुष्ट्याइँ गरिरहन्छन्। तिनीहरूले मलाई आफ्ना परमेश्वर भनी मान्दैनन्।”
4
हरेक आफ्नो मित्रदेखि होशियार रहोस् र कसैले पनि आफ्नो दाजुभाइमा भरोसा नगरोस्। कारण दाजुभाइ याकूबझैँ छली छ र हरेकले आफ्नो मित्रको बदनामी गर्दछ।
5
तिनीहरू सबैले आफ्ना मित्रलाई छल्दछन्, कसैले साँचो बोल्दैनन्। तिनीहरूले आफ्नो जिब्रोलाई झूट बोल्न सिकाएका छन्। तिनीहरूले पाप गरिरहन्छन् र पश्चात्ताप गर्न शिथिल भएका छन्।
6
तिनीहरूले एउटा अत्याचारमाथि अर्को अत्याचार, एउटा छलमाथि अर्को छल गर्दछन् र मलाई चिन्न इन्कार गर्दछन् भनी परमप्रभु भन्नुहुन्छ।
7
यसकारण सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छ, “म सुन-चाँदी खारेझैँ मेरा प्रजालाई खार्नेछु र तिनीहरूको जाँच गर्नेछु। मेरा प्रजाले खराबी गरेका छन्। यसकारण म तिनीहरूसित अरू के गरूँ?
8
“तिनीहरूका जिब्रा विषालु काँडझैँ छन्, तिनीहरूले सधैँ झूट बोल्दछन्। हरेकले आफ्नो छिमेकीसित मुखले त मीठो कुरा गर्छ तर मनले चाहिँ पासो थाप्छ।
9
के म यी कुराका निम्ति तिनीहरूलाई दण्ड नदिऊँ? के यस्तो जातिमाथि म साटो नफेरूँ? म परमप्रभु बोलेको छु।”
10
मैले भनें, “पर्वतहरूको निम्ति म शोक गर्नेछु र खर्कहरूको निम्ति रुनेछु किनभने ती सुकिसकेका छन् र कोही पनि ती ठाउँबाट जाँदैनन्। त्यहाँ गाई-वस्तु कराएको आवाज सुनिंदैन, पशु-पक्षीहरू पनि भागिसकेका छन्।”
11
परमप्रभु भन्नुहुन्छ, “म यरूशलेमलाई ध्वंस गरेर स्यालहरू बास गर्ने ढुङ्गाको थुप्रो बनाउनेछु, यहूदाका सहरहरू नाश पारेर निर्जन बनाउनेछु, त्यहाँ कोही पनि बस्नेछैन।
12
“यो बुझ्न सक्ने कुनचाहिँ ज्ञानी मानिस छ? यो कुरा घोषणा गरोस् भनी परमेश्वरले यस विषयमा कसलाई सिकाउनुभयो? किन यो देश विध्वंस भएर कसैले यात्रा गर्न नसकिने मरुभूमिजस्तै भयो?”
13
परमप्रभु भन्नुहुन्छ, “मेरा प्रजाले मैले दिएको शिक्षा त्यागी मेरो आज्ञा उलङ्घन गरेर मैले भनेका कुरा नगरेका हुनाले यसो भएको हो।
14
त्यसका सट्टामा तिनीहरू हठी भएर तिनीहरूका पिता-पुर्खाहरूले सिकाएअनुसार बाल देवताका पछि लागेका छन्।
15
यसकारण म सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्वरले के गर्नेछु, त्यो सुन। म मेरा प्रजालाई खान ऐरेलु र पिउन विष दिनेछु।
16
तिनीहरू वा तिनीहरूका पिता-पुर्खाहरूले नचिनेका जातिहरूका बीचमा म तिनीहरूलाई तितरबितर पार्नेछु र तिनीहरू पूर्ण नाश नभएसम्म तिनीहरूका विरुद्धमा सेनाहरू पठाउनेछु।”
17
सर्वशक्तिमान् परमप्रभुले भन्नुभयो, “के हुँदै छ, विचार गर। शोकका गीत गाउने नारीहरूलाई विलाप गर्न बोलाओ।”
18
मानिसहरूले भने, “अब चाँडो गरेर, हाम्रा आँखाबाट आँशु नझरेसम्म रोएका आँखा नसुनिएसम्म हाम्रा निम्ति एउटा शोकको गीत गाइदिन तिनीहरूलाई बोलाओ।”
19
सियोनबासीहरू रोएका आवाजहरू सुनिँदै छ, “अब त हामी नाश भयौं! हामी पूर्णरूपमा बदनाम भएका छौं! हामीले स्वदेश छोड्नैपर्छ; हाम्रा घरहरू नष्ट भएका छन्।”
20
मैले भनें, “हे स्त्रीहरू, परमप्रभुको वचन सुन र उहाँका वचनहरू ध्यानसित सुन। तिमीहरूका छोरीहरूलाई विलाप गर्न सिकाओ र तिम्रा मित्रहरूलाई शोकको गीत आउन सिकाओ।”
21
बाटो-बाटोमा छोरा-छोरीहरू मार्दै, बजारका चोकहरूमा युवाहरू ढाल्दै झ्यालबाट मृत्यु घरभित्र पस्यो, राजमहलभित्र पनि पस्यो।
22
परमेश्वरले मलाई यसो भन्न लगाउनुहुन्छ, “बारीका गरोहरूमा गोबर थुपारेझैँ, बाली काटेर बारीमा छोडिराखेझैँ, त्यो बाली कसैले फेरि नबटुलेझैँ लाशका रास चारैतर्फ छरिएका छन्।”
23
परमप्रभु भन्नुहुन्छ, “ज्ञानी मानिसहरूले आफ्ना ज्ञानमा घमण्ड नगरोस्, बलियाले आफ्नो बलमा घमण्ड नगरोस्, धनीले आफ्नो धनमा घमण्ड नगरोस्।”
24
तर जसले घमण्ड गर्छ, त्यसले मलाई चिनेको र बुझेको छ भनी घमण्ड गरोस् किनकि मेरो प्रेम अटुट छ र मेरो काम ठीक र न्यायी छ। यिनै कुराहरूमा म प्रसन्न छु, म परमप्रभु बोलेको छु।”
25
[25-26] परमप्रभु भन्नुहुन्छ, “हेर, त्यो समय आउँदै छ, जब म मिश्र, यहूदा, एदोम, अम्मोन, मोआबका मानिसहरू र आफ्नो देवताका निम्ति कपाल छोटो बनाउन खौरने मरुभूमिका मानिसहरूलाई दण्ड दिनेछु। यी जातिहरू लगायत इस्राएलीहरूको पनि हृदयको खतना भएको छैन। यी सबै जातिहरू बेखतनामा छन्।”
← Chapter 8
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 49
Chapter 50
Chapter 51
Chapter 52
Chapter 10 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
41
42
43
44
45
46
47
48
49
50
51
52