bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Jeremiah 30
Jeremiah 30
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 29
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 49
Chapter 50
Chapter 51
Chapter 52
Chapter 31 →
1
परमप्रभु इस्राएलका परमेश्वरले
2
मलाई भन्नुभयो, “मैले तँलाई भनेका सबै कुरा एउटा पुस्तकमा लेख्
3
किनभने त्यो समय आउँदै छ, जब म मेरा प्रजा इस्राएल र यहूदालाई कैदबाट फकाई ल्याउनेछु। मैले तिनीहरूका पुर्खाहरूलाई दिएको देशमा म तिनीहरूलाई फर्काएर ल्याउनेछु र फेरि तिनीहरूले त्यस देशमा अधिकार गर्नेछन्। म परमप्रभु बोलेको छु।”
4
इस्राएल र यहूदाका मानिसहरूलाई परमप्रभु यसो भन्नुहुन्छ,
5
“मैले डराएकाहरूको सोर, एउटा भयको रुवाइ सुनें तर शान्तिको होइन।
6
पर्ख र सोच! कुनै पुरुषले बच्चा जन्माउन सक्छ र? तब किन हरेक पुरुषले व्यथा लागेकी स्त्रीले झैँ आफ्ना पेटमा हात राखेको म देख्दछु? किन हरेकको अनुहार पहेंलो भएको छ?
7
एउटा भयङ्कर दिन आउँदै छ, त्यस्तो दिनजस्तो अर्को हुनेछैन। याकूबको निम्ति त्यो एउटा सङ्कटको दिन हुनेछ तर तिनीहरू त्यसबाट बाँचेर आउनेछन्।”
8
सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ, “जब त्यो दिन आउनेछ, तब म त्यो जुवा तिनीहरूका काँधबाट भाँचिदिनेछु र तिनीहरूका साङ्ला हटाइदिनेछु। तिनीहरू कहिल्यै फेरि विदेशीहरूका कमारा हुनेछैनन्।
9
तर तिनीहरूले म परमप्रभु आफ्ना परमेश्वरको र दाऊद राजाको एक सन्तान, जसलाई म सिंहासनमा बसाल्नेछु, तिनको सेवा गर्नेछन्।
10
“हे मेरा सेवक याकूब, नडरा। हे इस्राएलका बासिन्दाहरू हो, भय नमान। त्यो टाढाको देश, जहाँ तिमीहरू निकालाबास भएर गएका थियौ, त्यहाँबाट म तिमीहरूलाई छुटाएर ल्याउनेछु। तिमीहरू घर फर्कनेछौ र शान्तिमा बास गर्नेछौ। तिमीहरू सुरक्षित रहनेछौ र कसैले तिमीहरूलाई डर देखाउन सक्नेछैन।
11
म आएर तिमीहरूलाई बचाउनेछु। जुन जातिहरूमा मैले तिमीहरूलाई तितर-बितर पारेको थिएँ, ती सबैलाई म नाश गर्नेछु तर म तिमीहरूलाई नाश पार्नेछैनँ। “म तिमीहरूलाई दण्ड नदिई छोड्ने त होइनँ तर दण्ड दिंदा म ठीक न्यायले दण्ड दिनेछु। म परमप्रभु बोलेको छु।”
12
परमप्रभुले आफ्ना प्रजालाई भन्नुहुन्छ, “तिमीहरूका घाउ निको नहुने र तिमीहरूका चोट जाति नहुने खालका छन्।
13
तिमीहरूलाई स्याहार्ने कोही छैन। तिमीहरूका घाउका निम्ति केही औषधी छैन। तिमीहरूलाई निको हुने आशा छैन।
14
तिमीहरूका सबै प्रियहरूले तिमीहरूलाई बिर्सिसके, तिनीहरूले तिमीहरूको केही वास्ता गर्दैनन्। मैले तिमीहरूलाई शत्रुहरूलाई झैँ चोट दिएँ। तिमीहरूमाथि कठोर दण्ड परेको छ किनभने तिमीहरूका पापहरू धेरै छन् र तिमीहरूको दुष्टता अति ठूलो छ।
15
तिमीहरूका चोटका निम्ति अब दु:ख नपोखाओ, त्यसबाट निको हुने उपाय छैन। मैले तिमीहरूलाई यस्तो दण्ड दिएँ किनभने तिमीहरूका पाप धेरै छन् र तिमीहरूको दुष्टता अति ठूलो छ।
16
तर अब तिमीहरूलाई निल्नेहरू सबै आफैं निलिनेछन्, तिमीहरूका शत्रुहरू देशनिकाला गरी कैदमा लगिनेछन्। तिमीहरूलाई अत्याचार गर्नेहरू सबै आफैं अत्याचारमा पर्नेछन् र लुट्नेहरू सबै लुटिनेछन्।
17
म तिमीहरूलाई फेरि निको गराउनेछु। तिमीहरूका घाउहरू निको पार्नेछु। यद्यपि तिमीहरूका शत्रुहरूले यसो भन्छन्, ‘सियोन परित्याग गरिएको छ, कसैले त्यसको वास्ता गर्दैन।’ म परमप्रभु बोलेको छु।”
18
परमप्रभु भन्नुहुन्छ, “मेरा प्रजालाई म तिनीहरूको देशमा फर्काई ल्याउनेछु र प्रत्येक परिवारलाई दया गर्नेछु। यरूशलेम सहर फेरि बसालिनेछ र त्यहाँ फेरि राजमहल अघिझैँ खडा हुनेछ।
19
त्यहाँका बासिन्दाहरूले प्रशंसाका गीत गाउनेछन् र आनन्द मनाउनेछन्। मेरो आशीर्वादले तिनीहरूको सङ्ख्या घट्नेछैन तर बढ्नेछ। म तिनीहरूलाई आदर दिनेछु र तिनीहरूको अनादर हुनेछैन।
20
तिनीहरूका बालकहरू पहिले-पहिलेका जस्तै हुनेछन् र तिनीहरूको समुदाय मेरो सामुन्ने स्थापित हुनेछ। तिनीहरूमाथि अत्याचार गर्नेहरूलाई म दण्ड दिनेछु।
21
[21-22] तिनीहरूका राजा आफ्नै जातिबाट आउनेछन् र मानिसहरूका बीचबाट राजकुमार आउनेछन्। मैले त्यसलाई बोलाउँदा त्यो मेरो नजिक आउनेछ किनभने मैले नबोलाएसम्म कसले मेरो छेउमा आउने साहस गर्न सक्छ र?
23
[23-24] “तिमीहरू मेरा प्रजा हुनेछौ अनि म तिमीहरूका परमेश्वर हुनेछु। म परमप्रभु बोलेको छु।” परमप्रभुको क्रोध एउटा आँधी हो, त्यो एउटा तुफान हो, जो दुष्टहरूको टाउकोमाथि बज्रन्छ। उहाँका सबै इच्छाहरू पूरा नभएसम्म त्यो शान्त हुनेछैन। आउँदा दिनमा तिमीहरू यो कुरा राम्ररी बुझ्नेछौ।
← Chapter 29
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 49
Chapter 50
Chapter 51
Chapter 52
Chapter 31 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
41
42
43
44
45
46
47
48
49
50
51
52