bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Jeremiah 12
Jeremiah 12
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 11
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 49
Chapter 50
Chapter 51
Chapter 52
Chapter 13 →
1
हे परमप्रभु, मेरो बारेमा मैले तपाईंसित बहस गर्दा तपाईं नै ठीक ठहरिनुहुनेछ, तापनि न्यायका कुरामा मैले तपाईंलाई प्रश्न गर्नैपर्छ। किन दुष्टहरूको फलिफाप भइरहेको छ? किन बेइमानहरूको उन्नति भइरहेको छ?
2
तपाईंले तिनीहरूलाई रोप्नुहुन्छ र तिनीहरूले जरा गाडेछन्, तिनीहरू बढ्छन् र फल फलाउँछन्। तिनीहरूले तपाईंको बारेमा कुरा त असलै गरिरहन्छन् तर वास्तवमा तिनीहरूले तपाईंको केही वास्ता राख्दैनन्।
3
तर परमप्रभु, तपाईंले मलाई जान्नुहुन्छ; मेरा काम देख्नुहुन्छ र तपाईंप्रतिको मेरो प्रेम बुझ्नुहुन्छ। यी दुष्ट मानिसहरूलाई मार्न लगेका भेडाहरूझैँ लैजानुहोस् र मार्ने दिनसम्म तिनीहरूलाई छुट्ट्याइराख्नुहोस्।
4
कहिलेसम्म हाम्रो देश सुख्खा रहने हो र मैदानको घाँस ओइलिरहने हो? यस देशका बासिन्दाहरूका दुष्ट्याइँले पशु-पक्षीहरू मरिरहेका छन्, तरैपनि यी मानिसहरू भन्छन्, “परमेश्वरले हाम्रो काम देख्नुहुन्न।”
5
परमप्रभुले भन्नुभयो, “ए यर्मिया, मानिसहरूसित दगुर्दा तँ थाक्छस् भने कसरी घोडाहरूसित दगुर्न सक्लास्? खुल्ला मैदानमा तँ लोट्छस् भने यर्दन छेउको जङ्गलमा के गर्न सक्लास्?
6
तेरा दाजुभाइहरू, तेरा आफ्नै परिवारका मानिसहरूले तँलाई धोका दिएका छन्। तिनीहरू तेरो विरुद्धमा आक्रमण गर्न आएका छन्। तिनीहरूले तँसित मीठा कुरा गरे पनि तिनीहरूका कुरा नपत्या।”
7
परमप्रभु भन्नुहुन्छ, “मैले इस्राएललाई त्यागेको छु, आफ्नो निजी प्रजालाई छोडिदिएको छु। मैले प्रेम गरेको जातिलाई त्यसका शत्रुहरूका हातमा दिएको छु।
8
मेरो निजी प्रजा मेरै विरुद्धमा खडा भएको छ। जङ्गलको सिंहझैँ तिनीहरू ममाथि गर्जेका छन्। यसकारण म तिनीहरूलाई घृणा गर्दछु।
9
मेरो निजी प्रजा चारैतिरबाट बाजले आक्रमण गरेको एउटा चराजस्तै छ। जङ्गली जनावरहरूलाई तिनीहरूको मासु खान जम्मा गर्।
10
धेरै विदेशी शासकहरूले मेरो दाखबारी नाश पारेका छन्। तिनीहरूले मेरो खेतबारी कुल्ची-मिल्ची पारेका छन्। मेरो सुन्दर देशलाई तिनीहरूले मरुभूमिझैँ उजाड पारिदिएका छन्।
11
तिनीहरूले त्यसलाई उजाड पारिदिएका छन्, त्यो मेरो अघि रूखो भएको छ। सारा देश एउटा मरुभूमि भएको छ र कसैले त्यसको वास्ता गर्दैन।
12
मरुभूमिका नाङ्गा डाँडाहरू पार गरी त्यस देशलाई लुट्न डाकुहरू आएका छन्। मेरो तरवारले देशको एक छेउदेखि अर्को छेउसम्म नाश गर्नेछ र कोही बाँच्नेछैन। कसैले शान्तिमा बास गर्न पाउनेछैन।
13
मेरा प्रजाले गहुँ छरे तर काम नलाग्ने झारपात पो कटनी गरे। तिनीहरूले ठूलो परिश्रम गरे तर हातमा केही परेन। मेरो भयानक क्रोधको कारणले तिनीहरूको फसल नभएकोले तिनीहरू लाजमा परे।”
14
परमप्रभु भन्नुहुन्छ, “मेरो आफ्नो प्रजा इस्राएललाई अधिकार गर्न दिएको देश नाश गर्ने इस्राएलका छिमेकीहरूबारे मैले केही भन्नु छ। म ती दुष्ट जातिहरूलाई बोट उखेलेझैँ उखेलेर तिनीहरूको देशबाट हटाउनेछु। यहूदालाई पनि म तिनीहरूको माझबाट उखेल्नेछु।
15
तर तिनीहरूका देशहरूलाई उखेलेर हटाएपछि म तिनीहरूमाथि कृपा गर्नेछु। म तिनीहरूलाई तिनीहरूका देशको आफ्नै जमिनमा फर्काई ल्याउनेछु।
16
उनीहरूले पहिला मेरो प्रजालाई बाल देवताको नाउँमा शपथ खान सिकाएझैँ यदि उनीहरूले अहिले ‘जीवित परमप्रभुलाई साक्षी राखी’ भन्दै मेरो नाउँमा शपथ खाएर मेरो प्रजाको चाल राम्ररी सिके भने उनीहरू मेरा प्रजाको बीचमा स्थापित हुनेछन्।
17
तर कुनै जातिले मेरा वचन पालन गरेन भने म त्यसलाई पूरै उखेलेर नाश गर्नेछु। म परमप्रभु बोलेको छु।”
← Chapter 11
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 49
Chapter 50
Chapter 51
Chapter 52
Chapter 13 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
41
42
43
44
45
46
47
48
49
50
51
52