bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Jeremiah 16
Jeremiah 16
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 15
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 49
Chapter 50
Chapter 51
Chapter 52
Chapter 17 →
1
परमप्रभुले फेरि मलाई भन्नुभयो,
2
“यस ठाउँमा तैँले विवाह नगर्नू वा सन्तान खडा नगर्नू।
3
यस ठाउँमा जन्मने बाल-बच्चा र तिनीहरूका आमा-बुबालाई के हुनेछ, त्यो म बताउनेछु।
4
तिनीहरू डरलाग्दा रोगले मर्नेछन्, तिनीहरूको लागि शोक गर्ने वा तिनीहरूका लाशहरू गाड्ने मानिस एक जना पनि हुनेछैन। तिनीहरूका लाशहरू जमिनमा मलझैँ पडिरहनेछन्। तिनीहरू लडाइँमा वा भोकले मर्नेछन् र तिनीहरूका लाशहरू चरा-चुरुङ्गी र जङ्गली जनावरका आहार हुनेछन्।
5
“रुवावासी भएको घरमा तँ नपस्नू। कसैको निम्ति विलाप नगर्नू। अब उसो कहिल्यै म मेरा प्रजामाथि शान्तिको आशिष् बर्साउनेछैनँ, नत प्रेम र कृपा नै देखाउनेछु।
6
ठूला-साना दुवै यस देशमा मर्नेछन्। कसैले तिनीहरूका लाशहरू गाड्नेछैन वा तिनीहरूको निम्ति विलाप गर्नेछैन वा शोक मनाउँदै आफ्नो शरीर काट्नेछैन वा कपाल खौरनेछैन।
7
कसैको प्रिय व्यक्ति मर्दा मर्नेको लागि विलाप गर्नेलाई सान्त्वना दिन उसित कोही भोजन खान वा पानी पिउन बस्नेछैन। कसैका आमा-बुबा नै मरेका भए पनि उसलाई कसैले सान्त्वना दिनेछैन।
8
“भोज-भतेर भएको घरमा नपस, खान पिउन तिनीहरूसित तँ नबस्।
9
म सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्वरले के भन्दछु, सुन्। आनन्द र रमाहटको आवाज, बिहेको भोजको हर्ष-बढाइ म बन्द गरिदिनेछु। यस देशका मानिसहरूले आफू मर्नुभन्दा अघि त्यो पूरा भएको देख्नेछन्।
10
“तैँले यस जातिका मानिसहरूलाई जब यी सबै कुरा भन्छस्, तिनीहरूले तँलाई यसो भनेर प्रश्न गर्नेछन्, ‘किन परमप्रभुले हामीमाथि यस्तो कडा दण्ड दिने फैसला गर्नुभयो? हामीले के अपराध गरेका छौं? हामीले परमप्रभु हाम्रा परमेश्वरका विरुद्धमा के पाप गरेका छौं?’
11
तब तैँले परमप्रभु यसो भन्नुहुन्छ भनी तिनीहरूलाई जवाफ दे, ‘तिमीहरूका पिता-पुर्खाहरूले मलाई त्यागेर विराना देवताहरूको पूजा र सेवा गरे र मेरा शिक्षा पालन गरेनन्।
12
तर तिमीहरूले आफ्ना पिता-पुर्खाहरूले भन्दा ज्यादा दुष्ट काम गर्यौ। तिमीहरू सबै अट्टेरी र दुष्ट भएका छौ र मेरा आज्ञा मान्दैनौ।
13
तब म तिमीहरूलाई यस देशबाट निकालेर अर्को यस्तो देशमा हालिदिनेछु, जसबारे तिमीहरू र तिमीहरूका पिता-पुर्खाहरूले केही पनि जानेका छैनन्। अनि त्यहाँ तिमीहरूले रात र दिन विराना देवताहरूको सेवा गर्नेछौ अनि म तिमीहरूमाथि आफ्नो कृपा देखाउनेछैनँ।”
14
यसैले यस्ता दिनहरू आउँदै छन्, परमप्रभु भन्नुहुन्छ, जब मानिसहरूले शपथ खाँदा कहिल्यै ‘इस्राएलीहरूलाई मिश्रदेशबाट निकालेर ल्याउनुहुने जीवित परमप्रभुलाई साक्षी राखी’ भन्नेछैनन्।
15
तर तिनीहरूले ‘इस्राएलीहरूलाई उत्तरको देश र अरू सबै देशहरूबाट जहाँ-जहाँ उहाँले तिनीहरूलाई निष्कासन गर्नुभएको थियो, ती सबै देशबाट निकालेर ल्याउनुहुने जीवित परमप्रभुलाई साक्षी राखी’ भन्नेछन्। मैले तिनीहरूका पिता-पुर्खालाई दिएको आफ्नै देशमा तिनीहरूलाई फर्काई ल्याउनेछु।”
16
परमप्रभु भन्नुहुन्छ, “म धेरै जालाहारीहरूलाई पठाउनेछु र तिनीहरूले यी मानिसहरूलाई पक्रनेछन्। त्यसपछि, म धेरै शिकारीहरूलाई पठाउनेछु र तिनीहरूले यिनीहरूलाई हरेक पर्वत, डाँडा र पहराका ओडारहरूबाट खोजी निकाल्नेछन्।
17
म तिनीहरूको काम देख्दछु। केही मबाट लुकेको छैन। तिनीहरूको पाप मेरो दृष्टिबाट लुकेको छैन।
18
तिनीहरूका पाप र दुष्ट्याइँको निम्ति म तिनीहरूलाई दोब्बर दण्ड दिनेछु किनभने तिनीहरूले मेरो देशलाई मुर्दाझैँ निर्जीव मूर्तिहरूले बिटुलो पारेका छन् र झूटा देवताहरूले भरेका छन्।”
19
हे परमप्रभु, मेरो बल र मेरो किल्ला, दु:खका दिनमा मेरो शरणस्थान, पृथ्वीका कुना-काप्चाबाट जाति-जातिहरू तपाईंकहाँ आएर भन्नेछन्, “हाम्रा पिता-पुर्खाहरूसित त झूटा देवताहरू, बेकामका मूर्तिहरूबाहेक अरू केही थिएन।
20
के मानिसहरूले आफ्ना देवी-देवताहरू आफैंले बनाउन सक्छन्? अँ, यदि सक्छन् भने तिनीहरू त ईश्वर होइनन्।”
21
परमप्रभु भन्नुहुन्छ, “यसकारण म एकै पल्टमा ती जातिहरूलाई सदाकालको निम्ति मेरो शक्ति र सामर्थ्य देखाउनेछु। म परमप्रभु हुँ भनी तिनीहरूले जान्नेछन्।”
← Chapter 15
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 49
Chapter 50
Chapter 51
Chapter 52
Chapter 17 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
41
42
43
44
45
46
47
48
49
50
51
52