bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Jeremiah 6
Jeremiah 6
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 5
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 49
Chapter 50
Chapter 51
Chapter 52
Chapter 7 →
1
हे बेन्यामीनीहरू हो, सुरक्षाको निम्ति यरूशलेमबाट निस्केर भाग! तकोमा तुरही बजाओ र बेथ-हक्केरेममा आगो सल्काई धुवाँको सङ्केत दिने व्यवस्था गर! उत्तरबाट विपत्ति र विनाश आउन लागेका छन्।
2
सुन्दर सहर सियोन, म तँलाई नाश गर्नेछु।
3
राजाहरूले छाउनी हाली आफ्ना सेनाहरूसहित त्यहाँ बास गर्नेछन्। तिनीहरूले सहरको चारैतिर आफ्ना पाल टाँग्नेछन् र आ-आफ्ना क्षेत्रमाथि आँखा राख्नेछन्।
4
तिनीहरूले यसो भन्नेछन्, “यरूशलेममाथि हमला गर्न तयार होओ! सबै तयारी गर! मध्यदिनमा हामीले त्यसमाथि आक्रमण गर्नेछौं। तर ढीलो भइसक्यो! दिन ढलिसक्यो। घाम डुब्न लागेको छ।
5
त्यसैले हामीले रातारात त्यसमाथि आक्रमण गर्नेछौं। सहरका किल्लाहरू नाश गर्नेछौं।”
6
सर्वशक्तिमान् परमप्रभुले ती राजाहरूलाई भन्नुहुन्छ, “यरूशलेमलाई घेरा हाल्न रूखहरू ढाली थुपार। म यस सहरलाई दण्ड दिनेछु किनभने यसमा अत्याचार छ।
7
जसरी इनारमा ताजा पानी निस्किरहन्छ, त्यसरी नै यरूशलेमले आफ्ना दुष्ट्याइँ निकालि रहन्छ। त्यहाँ हिंसा र विनाश भएको सुनिन्छ, म त्यहाँ रोग-बिमार र चोटैचोट मात्र देख्छु।
8
हे यरूशलेमका मानिसहरू हो, यी कष्टहरू तिमीहरूका निम्ति चेतावनी होस्। नत्रता म तिमीहरूलाई त्याग्नेछु, तिमीहरूका सहरलाई उजाड पार्नेछु र त्यो निर्जन हुनेछ।”
9
सर्वशक्तिमान् परमप्रभुले मलाई यसो भन्नुभयो, “सबै फलहरू दाखबारीबाट एउटै नछाडी टिपेझैँ इस्राएलका बाँचेकाहरू सखाप पारिनेछन्। यसकारण समय छँदै तैँले भेटे जति सबैलाई बचाइहाल्।”
10
मैले जवाफ दिएँ, “मेरो कुरा कसले सुन्ला र? क-कसलाई भनूँ र चेतावनी दिऊँ? तिनीहरूले ढिट भई आफ्ना कान बन्द गरेका छन्। तपाईंको वचन तिनीहरूको निम्ति ठोकर हुन्छ र त्यसमा तिनीहरूले कुनै आनन्द पाउँदैनन्।
11
परमप्रभु, तपाईंको तिनीहरूमाथि जुन क्रोध छ, त्यो मभित्र पनि बल्दछ। अब म त्यो थामेर राख्न सक्दिनँ।” तब परमप्रभुले मलाई भन्नुभयो, “त्यो मेरो क्रोध बाटामा भएका केटा-केटीहरू र युवाहरू भेला भएका ठाउँमा खन्याइदे। लोग्ने-स्वास्नीहरू सबै लगिनेछन्, बुढापाकाहरू पनि छोडिनेछैनन्।
12
तिनीहरूका घर र खेतबारी स्वास्नीहरूसमेत अरूहरूलाई दिइनेछन्। म यस देशका बासिन्दाहरूलाई दण्ड दिनेछु।
13
ठूला-साना सबैले बेइमानीले धन कमाउन चेष्टा गर्छन्। अगमवक्ता र पूजाहारीहरू समेतले मानिसहरूलाई ठग्छन्।
14
तिनीहरूले मेरा प्रजालाई अलि-अलि मात्र कोतरेजस्तो गरी पट्टी बाँधिदिन्छन्। तिनीहरू भन्छन्, ‘शान्ति, शान्ति, सबै ठीकै छ,’ तर खास सुख-शान्ति कहीं पनि छैन।
15
यी घिनलाग्दा काम गरेकोमा तिनीहरूले लाज मान्नुपर्दैनथ्यो? तर तिनीहरूले लाज ठ्याम्मै मानेनन्। लाज भनेको के कुरा हो, तिनीहरूले जानेनन्। यसकारण अरू नाश हुनेहरूसँगै तिनीहरू पनि नाश हुनेछन्। मैले तिनीहरूलाई दण्ड दिएको समयमा तिनीहरू नष्ट हुनेछन्। म परमप्रभु बोलेको छु।”
16
परमप्रभु आफ्ना प्रजालाई भन्नुहुन्छ, “चौबाटोमा उभिएर हेर। पुराना बाटोहरू र सर्वोत्तम बाटो खोज र त्यस बाटोमा हिंड अनि तिमीहरूको जीवन शान्तिसित बित्नेछ।” तर तिनीहरूले भने, “अँहँ, हामी त्यसो गर्दैनौं।”
17
तब तुरहीको आवाज सुन्नलाई पहरेदारहरू मैले खटाएँ तर तिनीहरूले भने, “त्यो पनि हामी मान्नेछैनौं।”
18
यसकारण परमप्रभुले भन्नुभयो, “हे जाति-जातिका मानिसहरू हो, सुन। मेरा प्रजालाई के हुनेछ, त्यो जानिराख।
19
ए पृथ्वी, सुन! यिनीहरूका सबै जुक्तिहरूको फलस्वरूप म यस जातिमाथि विनाश ल्याउँदै छु किनभने यिनीहरूले मेरा वचन इन्कार गरेका छन् र मेरा व्यवस्था पालन गरेका छैनन्।
20
केको निम्ति यिनीहरू मकहाँ शेबा देशबाट सुगन्धित धूप र टाढाबाट चन्दन ल्याउँछन्? म तिनीहरूका भेटी ग्रहण गर्नेछैनँ, नत तिनीहरूका बलिदानसित प्रसन्न हुनेछु।
21
यसकारण म यी मानिसहरूलाई ठेस खान लाउनेछु र लडाउनेछु। बुबा-छोराहरू, इष्ट-मित्रहरू, छरछिमेकीहरू सबै मर्नेछन्।”
22
परमप्रभु भन्नुहुन्छ, “उत्तरको देशबाट मानिसहरू आउँदै छन्, त्यस टाढा देशका शक्तिशाली जातिले लडाइँ गर्न तयारी गर्दै छन्।
23
तिनीहरूले आफ्ना धनु र तरवार हातमा लिएका छन् र तिनीहरू निष्ठुर र निर्दयी छन्। तिनीहरू घोडामा चढेर आउँदा तिनीहरूको आवाज समुद्रको गर्जनझैँ हुन्छ। यरूशलेमसित लडाइँ गर्न तिनीहरू आइरहेका छन्।”
24
यरूशलेमका मानिसहरू भन्छन्, “हामीले यस कुराको खबर पायौं र हाम्रा हात लल्याकलुलुक भएका छन्। सुत्केरी व्यथा लागेकी स्त्रीझैँ हामी वेदना र कष्टमा परेका छौं।
25
बारीतिर नजाओ, बाटोमा पनि नहिंड। शत्रुका हातमा हतियार छन्, चारैपट्टि डर छ।”
26
परमप्रभु आफ्ना प्रजालाई भन्नुहुन्छ, “भाङ्ग्राका लुगा लगाओ र खरानीमा लडीबडी गर। एउटै मात्र छोरोको निम्ति विलाप गरेझैँ बेसरी विलाप गर किनभने तिम्रो विनाश गर्नेले अचानक हमला गर्नेछ।
27
हे यर्मिया, सुन-चाँदीलाई कसी लाएझैँ मेरा प्रजालाई कसी लगा र तिनीहरू कस्ता छन्, विचार गर्।
28
तिनीहरू ढिट विद्रोहीहरू हुन्, काँसा र फलामझैँ कठोर छन्। तिनीहरू सबै भ्रष्टाचारी भएका छन् र अरूको निन्दा गरी हिंड्छन्।
29
आरन खुब जोडले दन्कन्छ तर खार पग्लेर जाँदैन। मेरा प्रजालाई खार्ने काम व्यर्थमा चलिरहन्छ किनभने दुष्टहरू हटाइँदैनन्।
30
तिनीहरू खोटो चाँदी कहलाइनेछन् किनभने म परमप्रभुले तिनीहरूलाई त्यागिदिएको छु।”
← Chapter 5
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 49
Chapter 50
Chapter 51
Chapter 52
Chapter 7 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
41
42
43
44
45
46
47
48
49
50
51
52