bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Jeremiah 52
Jeremiah 52
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 51
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 49
Chapter 50
Chapter 51
Chapter 52
1
यहूदाका राजा हुँदा सिदकियाहको उमेर एक्काईस वर्षको थियो। उनले यरूशलेममा एघार वर्ष राज्य गरे। उनकी आमाको नाम हमुतल थियो। तिनी लिब्नावासी यर्मियाकी छोरी थिइन्।
2
यहोयाकीम राजाले गरेझैँ सिदकियाह राजाले परमप्रभुको विरुद्धमा पाप गरे।
3
यरूशलेम र यहूदाका मानिसहरूसित परमप्रभु यति साह्रो रिसाउनुभयो कि उहाँले तिनीहरूलाई आफ्नो दृष्टिदेखि फालिदिनुभयो। सिदकियाहले बेबिलोनका राजा नबूकदनेसरको विरुद्धमा विद्रोह गरे।
4
यसकारण आफ्नो सेना लिई नबूकदनेसर आएर सिदकियाहका राज्यकालको नवौँ वर्षको दशौँ महिनाको दशौँ दिनमा यरूशलेममाथि हमला गरे। तिनीहरूले सहरको बाहिरपट्टि छाउनी हाले, सहरका चारैपट्टि घेरा हाले
5
र सिदकियाहको शासनकालको एघारौं वर्षसम्म घेरामा राखे।
6
त्यस वर्षको चौथो महिनाको नवौँ दिनमा जब घोर अनिकाल परेर मानिसहरूसित केही खाने कुरा थिएन,
7
बेबिलोनीहरूले सहरका पर्खाल तोडे। तिनीहरूले सहर घेरेर राखेका भए पनि राती सबै यरूशलेमका सिपाहीहरू निस्केर बाहिर भागे। तिनीहरू राजाका बगैँचाबाट भएर दुई पर्खालबीच भएको फाटकबाट निस्के र यर्दनको बेसीतर्फ लागे।
8
तर बेबिलोनका सेनाले सिदकियाह राजालाई खेदे र यरीहोछेउको मैदानमा भेट्टाए। उनका सबै सिपाहीहरूले उनलाई छोडेर भागे।
9
सिदकियाह नबूकदनेसर राजाको सामुन्ने लगिए। त्यस बेला नबूकदनेसर हमात देशको रिब्ला सहरमा थिए र उनले त्यही नै सिदकियाहमाथि दण्डको आज्ञा दिए।
10
उनले रिब्लामा सिदकियाहकै आँखाअघि उनका छोराहरूलाई मार्न लाए र उनका भारदारहरूलाई पनि मारे।
11
त्यसपछि उनले सिदकियाहका आँखा निकाल्न लाए र काँसाका साङ्लाले बाँधेर उनलाई बेबिलोनमा लगे। सिदकियाह आफ्नो मृत्यु नभएसम्म बेबिलोनमा कैदमा रहे।
12
बेबिलोनका राजा नबूकदनेसरको राज्यकालको उन्नाईसौं वर्षको पाँचौँ महिनाको दशौँ दिन राजाका सेनाका सेनापति र सल्लाहकार नबूजरदान यरूशलेममा पसे।
13
उनले यरूशलेममा भएको परमप्रभुको मन्दिर, राजमहल, सबै घरहरू र मुख्य भवनहरू आगोले भस्म पारिदिए
14
र उनका सेनाले सहरका पर्खालहरू भत्काइदिए।
15
त्यसपछि नबूजरदानले सहरमा बाँकी रहेका केही मानिसहरू, सिपालु कारिगरहरू र आफ्ना राजालाई त्यागेर बेबिलोनीहरूका पछि लाग्नेहरू सबैलाई कैद गरी बेबिलोनमा लगे।
16
तर साह्रै गरीब मानिसहरूलाई उनले यहूदामा नै छोडिराखे अनि दाखबारी र खेतबारीहरूमा काम गर्न लाए।
17
अनि बेबिलोनीहरूले परमप्रभुको मन्दिरमा भएका काँसाका स्तम्भहरू र गाडाहरू, काँसाको ठूलो पानी ट्याङ्कीसमेत टुक्रै-टुक्रा पारे र जम्मै काँसा बेबिलोनमा लगे।
18
तिनीहरूले वेदी सफा गर्दा चलाउने बेल्चा र खरानी उठाउने पात्रहरू, दियो ठीक गर्ने औजारहरू, बलि गर्दा रगत थाप्ने भाँडाहरू, धूप-दानीहरू र मन्दिरका सेवामा चलाइने अरू सबै काँसाका चीज-बीजहरू पनि लगे।
19
सुन र चाँदीले बनेका हरेक थोक, स-साना कचौराहरू, आगो बोक्ने ताप्केहरू, पानसहरू र मद्यबलि चढाउँदा मद्य खनाउने भाँडाहरू पनि तिनीहरूले लगे।
20
सोलोमन राजाले परमप्रभुको मन्दिरको निम्ति बनाएका काँसाका सामानहरू अर्थात् दुई वटा स्तम्भहरू, गाडाहरू र ठूलो पानी-ट्याङ्की र त्यसलाई थाम्ने बाह्र वटा साँढेहरू, ती अति गह्रौं थिए र तिनको तौल लिन सकिंदैनथ्यो।
21
[21-22] दुई वटा स्तम्भ एकै किसिमका थिए, प्रत्येक आठ मिटर अग्लो र ५.३ मिटर गोलो थियो। ती स्तम्भहरू भित्रपट्टि खोक्रा थिए र तिनको काँसको मोटाइ साढे सात सेन्टिमिटर थियो। प्रत्येक स्तम्भको टुप्पोमा २.२ मिटर अग्लो काँसाको शीर्ष राखिएको थियो र त्यसका चारैपट्टि काँसाले बनेका दारिमहरूले सिँगारेको काँसाकै जाली थियो।
23
हरेक स्तम्भको जाली एक सय वटा दारिमहरूले सिंगारिएको थियो र तीमध्ये छयानब्बे वटा जमिनबाट देखिन्थे।
24
तीबाहेक सेनापति नबूजरदानले मुख्य पूजाहारी सरायाह, दोस्रो पूजाहारी सपन्याह र मन्दिरका अरू तीन मुख्य अधिकारीहरूलाई कैद गरी लगे।
25
सहरबाट उनले फौजका अधिकृत, बाँकी रहेका सात जना राजाका सल्लाहकारहरू र फौजी कागत-पत्र राख्ने उनका सहायक र अरू साठी जना मुख्य मानिसहरूलाई पनि लिएर गए।
26
[26-27] नबूजरदानले तिनीहरूलाई बेबिलोनका राजाकहाँ लगे। राजा त्यस बेला हमात इलाकाको रिब्ला सहरमा थिए। त्यहाँ उनले तिनीहरूलाई कोर्रा लाएर मार्न लाए। यसरी यहूदाका मानिसहरू आफ्नो देशबाट कैदमा लगिए।
28
नबूकदनेसरले कैद गरी लगेका मानिसहरूको सङ्ख्या यस्तो छ: उनका शासनकालको सातौं वर्षमा उनले ३,०२३ जना यहूदी लगे,
29
अठारौं वर्षमा यरूशलेमबाट ८३२ जना
30
र तेईसौं वर्षमा नबूजरदानले लगेका ७४५ जना यहूदी। यसरी सबै जम्मा ४,६०० जना मानिसहरू कैदमा लगे।
31
जुन वर्ष एबील-मरोदक बेबिलोनका राजा भए, त्यही वर्ष उनले यहूदाका राजा यहोयाकीनमाथि दया देखाए र उनलाई कैदबाट मुक्त गरिदिए। यहोयाकीन कैदमा लगिएपछि सैंतीसौं वर्षको बाह्र महिनाको पच्चीसौं दिनमा उनी कैदबाट छोडिए।
32
एबील-मरोदकले उनीसित दयालु व्यवहार गरे र उनीसित बेबिलोनमा कैदी भई बसेका अरू राजाहरूलाई भन्दा बढ्ता सम्मान उनलाई दिए।
33
यसरी यहोयाकीनले कैदको लुगा उतारे र आफ्नो बाँकी जीवनभरि राजासित उनको टेबिलमा बसेर भोजन गरे।
34
उनको जीवनकालभरि दिन-दिनको खाँचोअनुसार उनले भत्ता पाउँथे।
← Chapter 51
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 49
Chapter 50
Chapter 51
Chapter 52
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
41
42
43
44
45
46
47
48
49
50
51
52