bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Jeremiah 23
Jeremiah 23
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 22
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 49
Chapter 50
Chapter 51
Chapter 52
Chapter 24 →
1
उहाँका खर्कका भेडाहरूलाई नष्ट गर्ने र छरपष्ट पार्ने गोठालाहरूमाथि परमप्रभुको डरलाग्दो दण्डाज्ञा पर्नेछ, परमप्रभु भन्नुहुन्छ।
2
परमप्रभु इस्राएलका परमेश्वरले आफ्ना प्रजाको हेरचाह गर्ने गोठालाहरूबारे यसो भन्नुहुन्छ, “तिमीहरूले मेरा प्रजाको हेरचाह गरेनौ, तिमीहरूले तिनीहरूलाई छरपष्ट पारेर धपायौ। अब तिमीहरूका दुष्ट कर्महरूको निम्ति म तिमीहरूलाई दण्ड दिनेछु।
3
मेरा बगालका बाँचेकाहरूलाई मैले तिनीहरूलाई खेदिपठाएका देशहरूबाट म भेला गरी ल्याउनेछु र तिनीहरूको आफ्नो देशमा फर्काई ल्याउनेछु। तिनीहरूका धेरै सन्तानहरू हुनेछन् र सङ्ख्या बढ्नेछ।
4
तिनीहरूको हेरविचार गर्न म गोठालाहरू खटाउनेछु। मेरो प्रजा कहिले पनि डराउनेछैन न त भयभीत हुनेछ। म फेरि तिनीहरूलाई दण्ड दिनेछैनँ। म परमप्रभु बोलेको छु।”
5
परमप्रभु भन्नुहुन्छ, “यस्ता दिनहरू आउँदै छन्, जब म दाऊदको एउटा न्यायी सन्तान खडा गर्नेछु। त्यो राजा हुनेछ र बुद्धिसित राज्य गर्नेछ र देशमा न्याय र ठीक काम गर्नेछ,
6
त्यो राजा छँदा यहूदाका मानिसहरू बचाइनेछन् र इस्राएलका मानिसहरूले सुरक्षासाथ बास गर्नेछन्। त्यसको नाम ‘परमप्रभु हाम्रो उद्धार’ भनिनेछ।”
7
यसैले यस्ता दिनहरू आउँदै छन्, परमप्रभु भन्नुहुन्छ, “जब मानिसहरूले शपथ खाँदा कहिल्यै ‘इस्राएलीहरूलाई मिश्रदेशबाट निकालेर ल्याउनुहुने जीवित परमप्रभुलाई साक्षी राखी’ भन्नेछैनन्।
8
तर तिनीहरूले ‘इस्राएलीहरूका वंशलाई उत्तरको देश र अरू सबै देशहरूबाट जहाँ-जहाँ उहाँले तिनीहरूलाई निष्कासन गर्नुभएको थियो, ती सबै देशबाट निकालेर ल्याउनुहुने जीवित परमप्रभुलाई साक्षी राखी’ भन्नेछन्। तब तिनीहरू आफ्नै देशमा बास गर्नेछन्।”
9
अगमवक्ताहरूलाई यो खबर छ, मेरो मन टुटेको छ र म काँप्दैछु किनभने परमेश्वर र उहाँका पवित्र वचनहरूका कारणले धेरै मद्यले मातिएको म एउटा मतवाला मानिसजस्तै भएको छु।
10
व्यभिचारीहरूले देश भरिएको छ। तिनीहरूले दुष्ट जीवन बिताउँछन् र आफ्नो शक्तिको गलत प्रयोग गर्छन्। परमप्रभुको श्रापले गर्दा देशले विलाप गर्दछ र खर्कहरू पनि सुकिगएका छन्।
11
परमप्रभु भन्नुहुन्छ, “अगमवक्ता र पूजाहारी दुवै परमेश्वर नमान्ने भएका छन्, मेरो मन्दिरमा तिनीहरूले दुष्कर्म गर्दैगरेको मैले भेट्टाएको छु।
12
तिनीहरू हिंडेको बाटो अँध्यारो र चिप्लो हुनेछ। तिनीहरूलाई ठेस खाएर लड्न लाउनेछु। म तिनीहरूमाथि विपत्ति ल्याउनेछु। तिनीहरूले दण्ड पाउने समय आउँदै छ। म परमप्रभु बोलेको छु।
13
सामरियाका अगमवक्ताहरूका घिनलाग्दा पाप मैले देखेको छु। तिनीहरूले बाल देवताको नाममा भविष्यवाणी गरे र मेरा प्रजालाई खराब बाटोमा लगे।
14
तर यरूशलेमका अगमवक्ताहरूले चाहिँ अझ घिनलाग्दा काम गरेको मैले देखेको छु। तिनीहरूले व्यभिचार गर्दछन् र देखावटी जीवन बिताउँछन्, दुष्कर्म गर्ने मानिसहरूलाई मद्दत गर्दछन् र यसैले कसैले पनि दुष्कर्म गर्न छोड्दैन। मेरो निम्ति तिनीहरू सबै सदोम र गमोराका मानिसहरूझैँ दुष्ट भएका छन्।
15
“यसैकारण म सर्वशक्तिमान् परमप्रभु ती यरूशलेमका अगमवक्ताहरूबारे यसो भन्दछु, ‘म तिनीहरूलाई खान ऐरेलु र पिउन विष दिनेछु किनभने तिनीहरूले सारा देशलाई भक्तिहीन तुल्याएका छन्।”
16
सर्वशक्तिमान् परमप्रभुले यरूशलेमका मानिसहरूलाई भन्नुभयो, “तिमीहरूले अगमवक्ताहरूका कुरा नसुन, तिनीहरूले तिमीहरूलाई झूटा आशा दिंदै छन्। मैले भनेको होइनँ तर आफ्ना कल्पनाका कुरा तिनीहरूले तिमीहरूलाई बताउँछन्।
17
मेरा कुरा सुन्न इन्कार गर्नेहरूलाई तिनीहरू निरन्तर भन्छन्, ‘तिमीहरूलाई शान्ति हुनेछ; अट्टेर गरी आफ्नै मनको हठमा हिंड्नेहरूलाई तिनीहरू भन्छन्, तिमीहरूमाथि कुनै विपत्ति आउनेछैन।”
18
मैले भनें, “यी अगमवक्ताहरूमध्ये कसैले पनि परमप्रभुको फैसला सुन्न कहिल्यै उहाँकहाँ गएको छैन। तिनीहरूमध्ये कसैले उहाँका वचन कहिल्यै सुनेका वा बुझेका छैनन् अथवा तिनमा ध्यान दिएका छैनन्।
19
उहाँको क्रोध एउटा आँधी नै हो, दुष्टहरूका टाउकामा बजारिने एउटा बतासको भुमरी हो
20
अनि उहाँले इच्छा गरेका कुराहरू पूरा नभएसम्म त्यो थामिनेछैन। आउँदा दिनहरूमा उहाँका प्रजाले यो कुरा राम्ररी बुझ्नेछन्।”
21
परमप्रभुले भन्नुभयो, “मैले यी अगमवक्ताहरूलाई पठाइनँ तर पनि तिनीहरू कुदेर गए। मैले तिनीहरूलाई केही वचन दिइनँ, तापनि तिनीहरूले मेरा नाममा भविष्यवाणी बोले।
22
तर तिनीहरूले मेरा फैसला जानेका भए मेरा प्रजालाई मेरा वचन सुनाउनेथिए र तिनीहरूका दुष्ट चाल र खराब कामहरूबाट फर्काउनेथिए।
23
“म एकै ठाउँमा मात्र होइन तर सर्वत्र उपस्थित हुने परमेश्वर हुँ।
24
कोही मानिस मैले देख्न नसक्ने ठाउँमा लुक्न सक्दैन। के तिमीहरू जान्दैनौ, म स्वर्ग र पृथ्वीको हरेक ठाउँमा उपस्थित छु?
25
मेरो नाममा झूट बोल्ने र मैले तिनीहरूलाई सपनामा मेरा वचन दिएको छु भनी दाबी गरी अगमवक्ताहरूले भनेका कुरा मैले सुनेको छु।
26
अब कहिलेसम्म यी अगमवक्ताहरूले आफूले भनेका भ्रमका कुराहरूले मेरा प्रजालाई कुबाटोमा लैजाने हुन्?
27
मेरा प्रजाका पिता-पुर्खाले बाल देवतापट्टि लागेर मलाई बिर्सेझैँ यी अगमवक्ताहरूले आपसमा गरेका आ-आफ्ना सपनाका कुराले गर्दा मेरो प्रजाले मलाई बिर्सनेछन् भनी ठानेका छन्।
28
कुनै अगमवक्ताले सपना देखेको छ भने त्यो सपनाको कुरा मात्र हो भनोस् तर कुनै अगमवक्ताले मेरो वचन सुनेको छ भने त्यो वचन इमानदारीसाथ सुनाओस्। गहुँसित परालको के तुलना हुन सक्छ र?
29
मेरा वचन आगोजस्तै छ, चट्टानलाई चुर-चुर पार्ने एउटा घनझैँ छ।
30
म ती अगमवक्ताहरूका विरुद्धमा छु, जसले एका-अर्काबाट झूटा कुरा चोर्दछन् र मेरा वचन हुन् भनी ती प्रचार गर्दछन्।
31
म ती अगमवक्ताहरूका विरुद्धमा पनि छु, जसले आफ्नै कुरालाई पनि ती मेरा वचन हुन् भनी दाबी गर्दछन्।
32
म परमप्रभु के भन्दछु, सुन! म ती अगमवक्ताहरूका विरुद्धमा छु, जसले झूटै-झूटले भरिएका आफ्ना सपनाहरू बताउँछन्। तिनीहरूले ती सपनाहरू बताएर मेरो प्रजालाई आफ्ना झूट र घमण्डका कुराले भर्माउँछन्। मैले तिनीहरूलाई पठाएको होइनँ, जाओ भनेको होइनँ र तिनीहरूबाट मेरा प्रजालाई केही सहायता हुनेछैन। म परमप्रभु बोलेको छु।”
33
परमप्रभुले मलाई भन्नुभयो, “ए यर्मिया, मेरा प्रजामध्ये कसैले वा कुनै अगमवक्ता तथा पूजाहारीले तँलाई ‘परमप्रभुको के सन्देश छ’ भनी सोध्यो भने तैँले त्यसलाई भन्नू, ‘तिमीहरू परमेश्वरका बोझ हौ र उहाँले तिमीहरूलाई त्याग्नुहुनेछ’।
34
‘परमप्रभुको बोझ’ भनी भन्ने त्यो मानिस वा अगमवक्ता वा पूजाहारीलाई तिनीहरूका परिवारसमेत म दण्ड दिनेछु।
35
तर त्यसका सट्टामा ‘परमप्रभुले के जवाफ दिनुभयो? परमप्रभुले के भन्नुभयो?’ हरेकले आफ्ना मित्र र दाजु-भाइहरूलाई प्रश्न गरोस्।
36
यसरी तिनीहरूले ‘परमप्रभुको बोझ’ भन्ने वाक्य कहिल्यै व्यवहार नगरून् किनकि यदि कसैले सो गर्यो भने मेरो सन्देश त्यसको निम्ति साँच्चै बोझ हुनेछ। मानिसहरूले आफ्ना जिउँदा परमेश्वर र सर्वशक्तिमान् परमप्रभुका वचन अपवित्र पारेका छन्।
37
ए यर्मिया, अगमवक्ताहरूलाई यो प्रश्न गर्, ‘परमप्रभुले तिमीहरूलाई के जवाफ दिनुभयो? परमप्रभुले के भन्नुभयो?’
38
अनि तिनीहरूले मेरा आज्ञा मानेनन् र ‘परमप्रभुको बोझ’ भन्ने वाक्य व्यवहार गरे भने तिनीहरूलाई यसो भन् कि
39
म साँच्चै तिनीहरूलाई अनि मैले तिनीहरू र तिनका पिता-पुर्खालाई दिएको सहरलाई उठाएर आफूबाट टाढा फ्याँकिदिनेछु।
40
म तिनीहरूमाथि सदासर्वदाको लाज र कहिल्यै बिर्सन नसक्ने बदनामी ल्याउनेछु।”
← Chapter 22
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 49
Chapter 50
Chapter 51
Chapter 52
Chapter 24 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
41
42
43
44
45
46
47
48
49
50
51
52