bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Jeremiah 5
Jeremiah 5
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 4
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 49
Chapter 50
Chapter 51
Chapter 52
Chapter 6 →
1
यरूशलेमका सडकहरूमा माथि-तल जा, चारैतिर हेर् र विचार गर्। चोकहरूमा खोजेर हेर्, इमानदार काम गर्ने र सत्यको खोजी गर्ने एक जना मानिसलाई कतै तैँले भेट्टाइस् भने म त्यस सहरलाई क्षमा गर्नेछु।
2
‘जीवित परमप्रभुलाई साक्षी राखी’ तिनीहरू भन्छन्, तापनि तिनीहरूले झूटा शपथ खान्छन्।
3
निश्चय नै परमप्रभुले विश्वासयोग्यता खोज्नुहुन्छ। उहाँले तिमीहरूलाई हिर्काउनुभयो, तर तिमीहरूले ध्यानै दिएनौ उहाँले तिमीहरूलाई चुर-चुर पार्नुभयो तर तिमीहरूले सिक्नै मानेनौ। तिमीहरू हठी भएर आफ्ना पापहरूदेखि फर्केनौ।
4
अनि मैले सोचें, “यिनीहरू सबै मूर्ख र अन्जान रहेछन्। तिनीहरू मूर्ख बेहोराका छन्; तिनीहरूबाट परमेश्वरले के कुराहरू चाहनुभएको र परमप्रभुले तिनीहरूले के गरेको चाहनुभएको छ भनी तिनीहरूले बुझ्दैनन्।
5
म अधिकारीहरूकहाँ जानेछु र तिनीहरूसँग कुरा गर्नेछु। निश्चय नै तिनीहरूबाट परमेश्वरले चाहनुभएका कुराहरू तिनीहरूले थाहा पाऊन्।” परमप्रभुले चाहेका सबै कुराहरू बुझ्नेछन्। तर सबैले परमप्रभुको अधिकार शिरोपर गर्न अस्वीकार गरे र उहाँको आज्ञा मान्न इन्कार गरे।
6
त्यसकारण जङ्गलका सिंहहरूले तिनीहरूलाई मार्नेछन्; जङ्गली ब्वाँसाहरूले तिनीहरूलाई टुक्रा-टुक्रा पार्नेछन् र चितुवाहरू उनीहरूका सहर-सहरहरूमा घुमफिर गर्नेछन्। कोही बाहिर गए भने उनीहरूलाई टुक्रा-टुक्रा पारिनेछ किनभने तिनीहरूका पाप अनगिन्ती छन् र तिनीहरूले परमेश्वरलाई बारम्बार त्यागेका छन्।
7
परमप्रभुले सोध्नुभयो, “किन म मेरा प्रजाका पापहरू क्षमा गरूँ? तिनीहरूले मलाई त्यागेका छन् र तिनीहरूले झूटा ईश्वरहरूलाई पुजेका छन्। तर मैले तिनीहरूलाई नअघाएसम्म खुवाएँ, तिनीहरूले व्यभिचार गरिरहे र तिनीहरूले वेश्यासित धेरै समय बिताए।
8
तिनीहरू खुब पोसिएका र कामवासनाले मस्त भएका घोडाहरूजस्तै छन्, प्रत्येक आफ्नै छिमेकीका स्वास्नीसित सुत्न लोभिएका छन्,
9
के यस्ता पापका लागि म तिनीहरूलाई दण्ड नदिऊँ र के म यस जातिमाथि बदला नलिऊँ?
10
म शत्रुहरूलाई मेरा प्रजाका दाखबारीहरू काट्न पठाउनेछु तर पूरै त नाश गर्न दिनेछैनँ। म तिनीहरूलाई हाँगालाई लुछलाछ पार्न भन्नेछु किनभने तिनीहरू मेरा प्रजा होइनन्।
11
इस्राएल र यहूदाका मानिसहरूले मलाई सम्पूर्णरूपले विश्वासघात गरेका छन्। म परमप्रभु बोलेको छु।”
12
परमप्रभुका प्रजाले उहाँलाई इन्कार गरेका छन्। तिनीहरूले यसो भनेका छन्, “उहाँले वास्तवमा केही गर्नुहुन्न। हामीलाई कष्टको समय आउनेछैन। लडाइँ वा अनिकाल हुनेछैन।”
13
तिनीहरू भन्छन् कि अगमवक्ताहरूले हावाका कुरा गर्छन्, तिनीहरूसित परमप्रभुको सन्देश छैन। तिनीहरूले भनेका कुरा तिनीहरूमाथि नै परून्।
14
सर्वशक्तिमान् परमेश्वर परमप्रभुले मलाई भन्नुभयो, “हे यर्मिया, यी मानिसहरूले यस्ता कुरा भनेका कारणले म तेरो मुखमा मेरा वचनहरू आगोझैँ बनाउनेछु र यी मानिसहरूलाई चाहिँ दाउराझैँ बनाउनेछु र त्यस आगोले तिनीहरूलाई भस्म पार्नेछ।”
15
हे इस्राएलका मानिसहरू हो, परमप्रभुले टाढाबाट एउटा जातिलाई तिमीहरूमाथि आक्रमण गर्न ल्याउँदै हुनुहुन्छ। त्यो एउटा बलियो प्राचीन जाति हो। तिनीहरूको भाषा तिमीहरूले बुझ्दैनौ।
16
तिनीहरूका धनुर्धारी सिपाहीहरू बलिया लडाकुहरू छन् र तिनीहरूले दया नदेखाई मार्नेछन्।
17
तिनीहरूले तिमीहरूका अन्न र खाने कुराहरू खाइहाल्नेछन्, तिमीहरूका छोरा-छोरीहरूका प्राण लिनेछन्। तिमीहरूका भेडा-बाख्राहरू र गाई-वस्तुहरू निलिहाल्नेछन् र तिमीहरूका दाख र नेभाराका बोटहरू नाश पार्नेछन्। तिमीहरूले भरोसा राखेका पर्खाल लाएका सहरहरू नष्ट गर्नेछन्।
18
परमप्रभु भन्नुहुन्छ, “तापनि ती दिनमा म मेरा प्रजालाई पूरै नाश गर्नेछैनँ।
19
जब मानिसहरूले तँलाई परमेश्वरले किन हामीसित यस्तो गर्नुभयो भनी सोध्छन्, तैँले तिनीहरूलाई यसो भन्नू, जसरी तिमीहरूले परमप्रभुलाई त्यागेर आफ्नो देशमा पराई देवताहरूको सेवा गर्यौ, त्यसरी नै तिमीहरूले बिरानो देशमा विदेशीहरूको सेवा गर्नेछौ।”
20
परमप्रभु भन्नुहुन्छ, “याकूबका सन्तानलाई यसो भन, यहूदाका मानिसहरूलाई यो कुरा सुनाऊ:
21
ध्यान दिएर सुन, ए मूर्ख र बेसमझका मानिसहरू हो, जसका आँखाहरू त छन् तर देख्न सक्दैनन्, कानहरू त छन् तर सुन्न सक्दैनन्।
22
म परमप्रभु हुँ, तिमीहरू मसित डराउनुपर्दैन र? किन मेरो अगाडि थरथर काम्दैनौ? मैले समुद्रलाई बालुवाको सिमाना लाइदिएँ। त्यो समुद्रले नाँघ्न नसक्ने एउटा अटल घेरो भएको छ। समुद्रका छालहरू उठ्लान् तर त्यो सिमाना पार गर्न सक्दैन। ती छालहरू गर्जलान् तर त्यसलाई तोडेर नाँघ्न सक्दैन।
23
तर तिमीहरूचाहिँ अति हठी र विद्रोही भएका छौ। तिमीहरूले मलाई त्यागेर अर्को बाटोतिर लागेका छौ।
24
म तिमीहरूलाई वर्षाको झरी र चैत्त-बैशाखको झरी दुवै पठाइदिनेछु र हरेक साल अन्न काट्ने समय दिंदछु, तापनि तिमीहरूले कहिल्यै मलाई आदर गर्ने विचार गरेनौ।
25
तिमीहरूको पापले गर्दा यी असल कुराहरू अब आउँदैनन्।
26
“मेरा प्रजाको माझमा दुष्ट मानिसहरू बास गर्छन्, तिनीहरूचाहिँ चराहरूलाई पक्रन जालहरू फैलाउने मानिसहरूजस्तै ढुकी बस्छन् तर तिनीहरूले मानिसहरूलाई पक्रन आफ्ना पासोहरू थापेका छन्।
27
जसरी शिकारीले चराहरूलाई आफ्नो पिंजडामा पार्छ, त्यसरी नै तिनीहरूले लुटेका मालहरूले आफ्ना घरहरू भरेका छन्। त्यसकारण तिनीहरू अझ धनी र सामर्थी भएका छन्।
28
तिनीहरू खुब खाएर मोटाएका छन्। तिनीहरूका दुष्कर्महरूको अन्त छैन। तिनीहरूले टुहुरा-टुहुरीहरूका हक खोस्दछन्, अत्याचारमा परेकाहरूको न्याय गर्दैनन्।
29
“तर म परमप्रभुले यी कामहरूका निम्ति तिनीहरूलाई दण्ड दिनेछु, म यस जातिसित साटो फेर्नेछु।
30
यस देशमा डरलाग्दो र बीभत्स काम भएको छ।
31
अगमवक्ताहरूले झूटो अगमवाणी कहन्छन्, पूजाहारीहरूले आफूखुसीले शासन गर्दै छन् र मेरो प्रजाले चाहिँ त्यस्तै मन पराउँछन्। तर अन्तमा यिनीहरूले के गर्ने हुन्?”
← Chapter 4
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 49
Chapter 50
Chapter 51
Chapter 52
Chapter 6 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
41
42
43
44
45
46
47
48
49
50
51
52