bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Jeremiah 31
Jeremiah 31
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 30
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 49
Chapter 50
Chapter 51
Chapter 52
Chapter 32 →
1
परमप्रभु भन्नुहुन्छ, “त्यो समय आउँदै छ, जब म इस्राएलका सबै कुलहरूका परमेश्वर हुनेछु र तिनीहरू मेरा प्रजा हुनेछन्।
2
लडाइँबाट बाँचेकाहरूमाथि मैले मरुभूमिमा कृपा देखाएँ। इस्राएलका मानिसहरूले विश्राम चाहेका बेलामा
3
म टाढाबाट आएर तिनीहरूकहाँ देखा परें। हे इस्राएलीहरू हो, मैले तिमीहरूलाई सधैँ प्रेम गरेको छु र मैले तिमीहरूलाई मेरो अनन्त प्रेमले प्रेम गरेको छु।
4
फेरि एक पल्ट म तिमीहरूलाई निर्माण गर्नेछु। फेरि एक पल्ट खैँजडी लिएर तिमीहरू आनन्दले नाच्नेछौ।
5
फेरि एक पल्ट तिमीहरूले सामरियाका डाँडाहरूमा दाखबारी लाउनेछौ र आफ्ना दाखबारीको फल खानेछौ।
6
हो, त्यो समय आउँदै छ, जब एफ्राइमका डाँडाहरूमा पहरादारले यसो भनेको सोर सुनिनेछन्, ‘हामी सियोनमा आफ्ना परमप्रभु परमेश्वरकहाँ जाऔं’।”
7
परमप्रभु भन्नुहुन्छ, “जातिहरूमा सबैभन्दा महान् इस्राएल जातिको निम्ति आनन्दको भजन गाओ। तिमीहरू यसरी आफ्ना प्रशंसाका भजन गाओ, ‘परमप्रभुले आफ्ना मानिसहरूलाई बचाउनुभएको छ, बाँचेकाहरू सबैलाई उहाँले उद्धार गर्नुभएको छ।’
8
म तिनीहरूलाई उत्तरबाट ल्याउनेछु र पृथ्वीको पल्लो छेउबाट जम्मा गर्नेछु। तिनीहरूका बीचमा अन्धा, लङ्गडा तथा गर्भवती र सुत्केरी हुन लागेकी स्त्रीहरूसमेत हुनेछन्। एउटा ठूलो समुदाय भई तिनीहरू आउनेछन्।
9
मैले फर्काई ल्याउँदा मेरा प्रजा रुँदै र प्रार्थना गर्दै फर्किआउनेछन्। मेरा मानिसहरूलाई म पानीका खोलाहरूबाट डोर्याउनेछु, ठेस नलाग्ने सम्म बाटोमा हिंडाउनेछु। म इस्राएलका निम्ति बुबा हुँ र एफ्राइम मेरो जेठो छोरो हो।”
10
परमप्रभु भन्नुहुन्छ, “हे जातिहरू हो, मेरा कुरा सुन र टाढा-टाढा समुद्रका किनारसम्म मेरो वचन जोडले प्रचार गर। मैले मेरा प्रजालाई छरपष्ट पारें तर म तिनीहरूलाई जम्मा गर्नेछु र गोठालाहरूले आफ्ना बगालको रक्षा गरेझैँ तिनीहरूको रक्षा गर्नेछु।
11
मैले इस्राएलका मानिसहरूलाई छुटकारा दिएको छु र एउटा शक्तिशाली जातिका हातबाट तिनीहरूलाई बचाएको छु।
12
तिनीहरू आएर आनन्दसाथ सियोन पर्वतमा भजन गाउनेछन् र मैले दिने अन्न, दाखमद्य, जैतुनको तेल साथै भेडा र गाई-गोरुका दानहरू पाएर तिनीहरू रमाउनेछन्। तिनीहरू जीवनको पानीले राम्ररी भिजेको बारीझैँ हुनेछन् र तिनीहरू कहिल्यै अभावमा पर्नेछैनन्।
13
तब तरुणीहरू हर्षले नाच्नेछन् र युवा र बुढापाकाहरू रमाउनेछन्। म तिनीहरूलाई सान्त्वना दिनेछु र तिनीहरूका बिलौना आनन्दमा र शोक हर्षमा फेरिदिनेछु।
14
पूजाहारीहरूलाई म अति स्वादिष्ट भोजन पेटभरि खुवाउनेछु र मेरा प्रजालाई सबै असल कुराहरू म दिनेछु। म परमप्रभु बोलेको छु।”
15
परमप्रभु भन्नुहुन्छ, “रामामा एउटा सोर सुनियो, बिलौनाको सोर। राहेल आफ्ना बालकहरूका निम्ति रुँदै छे, त्यो शान्त हुन मान्दिन किनभने ती बालकहरू कोही पनि रहेनन्।
16
नरोओ, आँखामा आँसु पुछ। तिमीहरूले आफ्ना सन्तानहरूका निम्ति जति काम गर्यौ, त्यसको फल पाउनेछौ, तिनीहरू शत्रुको देशबाट फर्की आउनेछन्।
17
आउँदो दिनको निम्ति तिमीहरूलाई आशा छ। तिमीहरूका बाल-बालिकाहरू घर फर्की आउनेछन्। म परमप्रभु बोलेको छु।
18
“एफ्राइमले दु:खमा यसो भनेको म सुन्दछु, ‘हे परमप्रभु हामी नसधिएका बहरजस्ता थियौं तर तपाईंले हामीलाई आज्ञापालन गर्न सिकाउनुभयो। हामीलाई फर्काएर ल्याउनुहोस्, हामी तपाईं परमप्रभु हाम्रा परमेश्वरकहाँ फर्कन तयार छौं।
19
हामी तपाईंदेखि तर्की गयौं तर चाँडै तपाईंकहाँ नै फर्किआउन चाह्यौं। तपाईंले हामीलाई दण्ड दिनुभएपछि, हामीले कष्टमा आफ्ना शिर झुकायौं। हामी लाज र बदनाममा पर्यौं किनभने जवान छँदा हामीले पाप गरेका थियौं।’
20
“हे एफ्राइम, तँ मेरो सबैभन्दा प्यारो छोरो होस्, मैले सबैभन्दा धेरै प्रेम गरेको छोरो। जब-जब म तेरो नाम लिंदछु, म प्रेमसहित तँलाई सम्झन्छु। मेरो हृदय तेरो निम्ति तड्पन्छ, म तँलाई दया गर्नेछु।
21
बाटोमा सङ्केतहरू राखेर दाग लगा, तँ गएको बाटोमा फर्की आइज। हे कन्या इस्राएल, तैँले छोडेको आफ्नो सहरमा फर्किआइज।
22
हे अविश्वासी छोरी, तँ कहिलेसम्म दुविधामा बस्छेस्? स्त्रीले पुरुषलाई रक्षा गरेको जस्तै मैले तँलाई नयाँ र भिन्न प्रकारको कुरो सृजेको छु।”
23
इस्राएलका परमेश्वर सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ, “जब म मेरा मानिसहरूलाई आफ्नो देशमा फर्काएर ल्याउनेछु, तिनीहरूले फेरि एक पल्ट यहूदा देश र त्यसका सहरहरूमा यसो भन्नेछन्, ‘परमप्रभुले आफू बास गर्ने यरूशलेमको पवित्र डाँडालाई आशीर्वाद देऊन्।’
24
मानिसहरू यहूदा र त्यसका सहरहरूमा एकसाथ बास गर्नेछन् र त्यहाँ किसानहरू र आफ्ना बगालसाथ गोठालाहरू हुनेछन्।
25
म थाकेकाहरूलाई नयाँ गरी फुर्तिला बनाउनेछु र भोकले दुर्बल भएकाहरूलाई भोजनले तृप्त गराउनेछु।
26
त्यसपछि मानिसहरूले भन्नेछन्, ‘म बिउँझेर हेरें र मलाई मेरो निद्रा मीठो लाग्यो’।”
27
परमप्रभु भन्नुहुन्छ, “त्यो दिन आउँदै छ, जब म इस्राएल र यहूदा देशलाई मानिसहरू र पशुहरूले भरिभराउ गराउनेछु।
28
अनि जसरी मैले तिनीहरूलाई मिहेनतसित उखेलें, ढालें, फ्याँकें, नाश गरें र ध्वस्त पारें, त्यसरी नै मिहिनेतसित रोप्नेछु, हेरचाह गर्नेछु र हुर्काउनेछु।
29
जब त्यो दिन आउनेछ, तब मानिसहरूले फेरि यसो कहिल्यै भन्नेछैनन्, ‘आमा-बुबाले अमिलो अङ्गुर खाए, तर छोरा-छोरीका दाँत कुँडिए।’
30
त्यसको सट्टामा, जसले अमिलो अङ्गुर खान्छ, त्यसैको दाँत कुँडिन्छ र हरेक मानिस आफ्नै पापले गर्दा आफैं मर्नेछ।”
31
परमप्रभु भन्नुहुन्छ, “त्यो दिन आउँदै छ, जब म इस्राएल र यहूदाका मानिसहरूसित एउटा नयाँ करार बाँध्नेछु,
32
त्यो करार मैले तिनीहरूका पिता-पुर्खालाई हातमा समातेर मिश्रबाट निकालेर ल्याउँदा तिनीहरूसित बाँधेको पुरानो करारजस्तो हुनेछैन। म तिनीहरूका स्वामीझैँ थिएँ तापनि तिनीहरूले त्यो करार तोडे।
33
मैले इस्राएलका प्रजासित बाँध्न लागेको नयाँ करार यस्तो हुनेछ: म मेरो व्यवस्था तिनीहरूका मनमा हालिदिनेछु र तिनीहरूका हृदयमा लेखिदिनेछु। म तिनीहरूका परमेश्वर हुनेछु र तिनीहरू मेरा प्रजा हुनेछन्।
34
तिनीहरू कसैले आफ्ना छिमेकी वा दाजुभाइलाई परमप्रभु चिनाउनुपर्नेछैन किनभने साना-ठूला सबैले मलाई चिन्नेछन्। म तिनीहरूका दुष्कर्म क्षमा गर्नेछु र तिनीहरूका पापहरू कहिल्यै सम्झनेछैनँ। म परमप्रभु बोलेको छु।”
35
परमप्रभुले दिउँसो उज्यालो दिन घाम र राती चम्कन जून र ताराहरू राख्नुभएको छ। उहाँले समुद्रलाई चलाउनुहुन्छ र त्यसका छालहरू गर्जन लाउनुहुन्छ। उहाँको नाम सर्वशक्तिमान् परमप्रभु हो।
36
जबसम्म प्रकृतिको नियम रहला, तबसम्म इस्राएल एउटा स्थिर जाति भई रहनेछ भनी उहाँले प्रतिज्ञा गर्नुहुन्छ।
37
यदि कुनै दिन आकाशको नाप लिन सकिन्छ र पृथ्वीको जगको खोजी गर्न सकिन्छ भने त्यही दिन मात्र उहाँले इस्राएलका सबै मानिसहरूलाई तिनीहरूका दुष्कर्मका कारणले त्याग्नुहुनेछ।
38
परमप्रभु बोल्नुभएको छ, “त्यो समय आउँदै छ, जब हननेलका धरहरादेखि कुनाको मूल-ढोकासम्म फेरि सारा यरूशलेम मेरो सहर बनिनेछ।
39
अनि त्यसको साँध-सिमाना त्यहाँबाट अरू पश्चिमतिर गारेब डाँडासम्म पुग्नेछ र त्यहाँबाट घुमेर गोआसम्म जानेछ।
40
लाश गाड्ने र कसिङ्गर फालिने सारा बेसी र किद्रोन खोल्सामाथिका सबै खेत र पूर्वमा घोडे मूल-ढोकासम्म भएका सबै इलाका मेरो निम्ति पवित्र हुनेछ र त्यो सहर फेरि कहिल्यै भत्काइनेछैन।”
← Chapter 30
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 49
Chapter 50
Chapter 51
Chapter 52
Chapter 32 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
41
42
43
44
45
46
47
48
49
50
51
52