bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Jeremiah 22
Jeremiah 22
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 21
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 49
Chapter 50
Chapter 51
Chapter 52
Chapter 23 →
1
[1-2] दाऊदका सन्तान यहूदाका राजाका राजमहलमा गएर राजा, तिनका भारदारहरू र यरूशलेमका बासिन्दाहरूलाई परमप्रभुको यो सन्देश सुना भन्ने आदेश परमप्रभुबाट मैले पाएँ,
3
“म परमप्रभुले तिमीहरूलाई न्याय र ठीक काम गर्ने आज्ञा दिंदै छु। ठगिएकाहरूलाई ठगाहाका हातबाट बचाओ। विदेशी, टुहुरा-टुहुरी र विधवाहरूलाई अन्याय र अत्याचार नगर। यो पवित्र ठाउँमा निर्दोषहरूको हत्या नगर।
4
तिमीहरूले साँच्चै मैले भनेअनुसार गर्यौ भने दाऊदका सन्तानहरू राजा भइरहनेछन्। तिनीहरूले आफ्ना भारदारहरू र प्रजाका साथ रथ र घोडाहरूमा सवार भई यस राज-महलका मूल-ढोकाबाट आवत-जावत गरिरहनेछन्।
5
तर तिमीहरूले मेरा आज्ञा मानेनौ भने म मेरो नाममा शपथ खाई भन्छु कि यो राज-महल ध्वस्त हुनेछ। म परमप्रभु बोलेको छु।
6
“मेरो निम्ति यहूदाको राज-महल गिलाद देश र लेबनानका पर्वतहरूझैँ सुन्दर छ। तर म त्यसलाई उजाड र निर्जनस्थान बनाउनेछु।
7
म त्यसलाई नाश गर्ने मानिसहरू पठाउँदै छु। तिनीहरू सबैले बन्चरो लिई आउनेछन् अनि त्यहाँका असल देवदारुका थामहरू काटिढाल्नेछन् र आगोमा फाल्नेछन्।
8
“पछिबाट धेरै जातिका विदेशीहरू यस सहरबाट भएर जानेछन् र म परमप्रभुले किन यस ठूलो सहरसित यस्तो व्यवहार गरे भनी आपसमा सोध्नेछन्।
9
तब तिमीहरूले म तिमीहरूका परमेश्वरसित बाँधेको करार त्यागेर बिराना देवताहरू मानेका हुनाले यसो भएको हो भनी तिनीहरूले जवाफ दिनेछन्।”
10
हे यहूदाका बासिन्दाहरू हो, योशियाह राजाको निम्ति नरोओ र तिनको मृत्युमा शोक नगर। तर तिनको छोरो यहोआहाजको निम्ति धुरुधुरु रोओ। त्यो कैदी भई जाँदै छ र कहिल्यै फर्केर आउनेछैन। त्यसले फेरि कहिल्यै आफ्नो जन्मभूमि देख्न पाउनेछैन।
11
आफ्ना बुबापछि यहूदाका राजा हुने योशियाहका छोरा यहोआहाजबारे परमप्रभु यसो भन्नुहुन्छ, “त्यो यस ठाउँबाट गएको छ र कहिल्यै यहाँ फर्केर आउनेछैन।
12
तर जुन देशमा त्यसलाई कैद गरी तिनीहरूले लगेका छन्, त्यहाँ त्यो मर्नेछ र त्यसले फेरि कहिल्यै यो देश देख्न पाउनेछैन।”
13
“त्यो मानिस सत्यानाश हुनेछ, जसले अन्यायले आफ्नो घर बनाउँछ र बेइमानीसाथ त्यसको माथिल्लो तला बढाउँछ, सित्तैमा आफ्ना छिमेकीहरूलाई काम लाउँदछ र तिनीहरूका ज्याला दिंदैन।
14
त्यो मानिसको सत्यानाश हुनेछ, जसले यसो भन्दछ, “म आफ्नो निम्ति ठूल्ठूला कोठा भएको एउटा भवन बनाउनेछु।” अनि त्यसले घरमा ठूला झ्यालहरू राख्दछ, देवदारुका पल्लाहरू बनाउँछ र ती रातो रङ्गले रङ्गाउँदछ।
15
तैँले अरूका घरभन्दा असल घर देवदारुका काठले बनाइस् भन्दैमा के तँ राजा हुन्छस् र? तेरा बुबाले सारा जीवन आनन्दले बितायो, उसले सधैँ न्याय र ठीक काम गर्यो र आफूले हात लाएको हरेक काममा उसलाई फलिफाप भयो।
16
उसले गरीबको न्याय गर्दथ्यो र सबै कुरामा उसलाई राम्रो भयो। म परमप्रभुलाई चिन्नु भनेको यही होइन र?
17
तर तँ त आफ्नो स्वार्थको कुरा मात्र देख्दछस्। तैँले निर्दोषको हत्या गर्दछस् र आफ्नो प्रजामाथि जबरजस्ती र अत्याचार गर्छस्,” परमप्रभु भन्नुहुन्छ।
18
यसकारण योशियाहका छोरा यहूदाका राजा यहोयाकीमबारे परमप्रभु यसो भन्नुहुन्छ, “त्यो मर्दा कसैले शोक गर्नेछैन। ‘हे दाजुभाइहरू हो, कत्रो आपत् आइपर्यो’ भनी कसैले न विलाप गर्नेछ न ‘हे मेरो राजा’ भनी कोही रुने नै छ!
19
मरेको गधा फाल्न घिस्स्याएर लगेझैँ त्यसलाई घिस्स्याउँदै लगेर यरूशलेमको मूल-ढोकाको बाहिर फ्याँकिदिइनेछ।”
20
हे यरूशलेमका बासिन्दाहरू हो, लेबनानमा गएर कराओ, बाशानमा गएर रोओ। मोआबका पहाडहरूबाट दु:खको सोर उठाओ किनभने तिम्रा सबै मित्र देशहरूको हार भएको छ।
21
तिमीहरूको सुदिनमा परमप्रभु तिमीहरूसित बोल्नुभयो तर तिमीहरूले उहाँका कुरा सुनेनौ। सारा जीवनभरि तिमीहरूले त्यसै गरिरह्यौ। परमप्रभुको आज्ञा तिमीहरूले कहिल्यै मानेनौ।
22
तिमीहरूका सारा दुष्कर्मले गर्दा नै तिमीहरूका अगुवाहरूलाई बतासले उडाइलैजानेछ, लडाइँमा साथ दिने तिम्रा मित्रहरू कैदी बनाई विदेश लगिनेछन् र सहर अपमान र लाजमा पर्नेछ।
23
तिमीहरू लेबनानबाट ल्याइएका देवदारुहरूका बीचमा ढुक्कसँग बास बस्नेछौ तर सुत्केरी हुने व्यथाजस्तो पीडा तिमीहरूमाथि आइलाग्नेछ, तब तिमीहरू कष्टले छट्पटाउनेछौ।
24
यहोयाकीमका छोरा यहूदाका राजा यहोयाकीनलाई परमप्रभुले यसो भन्नुभयो, “म जीवित परमप्रभु छु भन्ने स्वयम् साक्षी राखी म भन्दछु, मेरो दाहिने हातको छाप औँठी भए पनि म तँलाई निकाली फ्याँक्नेछु।
25
ती मानिसहरूका हातमा म तँलाई दिनेछु, जसको तैँले डर मान्दछस् र जसले तेरो ज्यान लिने इच्छा गर्दछ। म तँलाई बेबिलोनको राजा नबूकदनेसर र तिनका सिपाहीहरूका हातमा सुम्पिदिनेछु।
26
तँलाई र तेरी आमालाई म परदेशको कैदमा फालिदिनेछु, तिमीहरू दुवै जना आफू नजन्मिएको देशमा जानेछौ र त्यहीं मर्नेछौ।
27
तिमीहरूले यो देश हेर्न इच्छा गर्नेछौ तर कहिल्यै फर्केर यहाँ आउनेछैनौ।”
28
मैले भनें, “के यहोयाकीन राजा एउटा फुटेको र फ्याँकिएको गाग्रोजस्तै भएको छ, जसलाई कसैले चाहँदैन? के त्यही कारणले तिनी र तिनका सन्तान आफूले नजानेको देशमा कैद गरी लगिएका हुन्?”
29
ए देश, ए देश, ए देश, परमप्रभुका वचन सुन्,
30
“यस मानिसको जीवनमा असफल र नि:सन्तान हुने दण्डाज्ञा परेको छ। दाऊदको उत्तराधिकारी भएर यहूदामा राज्य गर्न त्यसको कुनै सन्तान हुनेछैन। म परमप्रभु बोलेको छु।”
← Chapter 21
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 49
Chapter 50
Chapter 51
Chapter 52
Chapter 23 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
41
42
43
44
45
46
47
48
49
50
51
52