bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Jeremiah 29
Jeremiah 29
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 28
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 49
Chapter 50
Chapter 51
Chapter 52
Chapter 30 →
1
नबूकदनेसरले यरूशलेमबाट कैद गरी बेबिलोनमा लगेका पूजाहारीहरू, अगमवक्ताहरू र प्रजाका अगुवाहरू र अरू सबैलाई मैले एउटा पत्र लेखें।
2
यहोयाकीन राजा, तिनकी आमा, महलका भारदारहरू, यहूदा र यरूशलेमका अगुवाहरू, कारिगरहरू र सिपालु कर्मीहरू कैदमा लगिएपछि मैले त्यो पत्र लेखें।
3
शापानका छोरा एलासा र हिल्कियाहका छोरा गमर्याह, जसलाई यहूदाका राजा सिदकियाहले बेबिलोनका राजा नबूकदनेसरकहाँ पठाउँदै थिए, तिनीहरूका हातमा मैले त्यो पत्र पठाएँ। पत्र यस्तो थियो:
4
“इस्राएलबाट कैद गरी बेबिलोनमा लगेका सबै मानिसहरूलाई सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ,
5
‘त्यहाँ घर बनाओ र बसोबास गर। बगैँचाहरू लगाओ र त्यहाँका उब्जनी खाओ।
6
बिहेबारी गर र सन्तानहरू खडा गर। तिम्रा छोरा-छोरीहरूले पनि बिहेबारी गरून् र बाल-बच्चाहरू जन्माऊन्। तिमीहरूको सङ्ख्या बढ्नुपर्छ, घट्नुहुँदैन।
7
जुन सहरमा मैले कैदी बनाएर पठाएँ, त्यहाँको सुख-शान्तिको निम्ति काम गर। त्यसको निम्ति मलाई प्रार्थना गर किनभने त्यसको फलिफाप भयो भने तिमीहरूको पनि फलिफाप हुनेछ।
8
म परमप्रभु इस्राएलका परमेश्वरले तिमीहरूलाई यो चेतावनी दिंदछु कि तिमीहरूका माझमा बास गर्ने अगमवक्ताहरू वा हामी भविष्यका कुरा बताउन सक्छौं भनी दाबी गर्ने अरू मानिसहरूका छलमा नपर। तिमीहरू आफैंले रचेका सपनाका कुरामा ध्यान नदेओ।
9
मेरो नाममा तिनीहरूले तिमीहरूलाई झूटा कुरा भनिरहेका छन्। मैले तिनीहरूलाई पठाएको होइनँ। म सर्वशक्तिमान् परमप्रभु बोलेको छु।’
10
“परमप्रभु भन्नुहुन्छ, ‘बेबिलोनका कैदका सत्तरी वर्ष पूरा भएपछि म तिमीहरूलाई हेर्न आउनेछु र तिमीहरूलाई घर फर्काई ल्याउनेछु। मेरो प्रतिज्ञा पूरा गर्नेछु।
11
मैले तिमीहरूको निम्ति रचेका उपायहरू म आफैं जान्दछु। ती उपायहरूद्वारा तिमीहरूको फलिफाप हुनेछ तर खति हुनेछैन र तिमीहरूले आशा गरेका र उज्वल भविष्य तिमीहरूलाई दिनेछु।
12
तब तिमीहरूले मलाई पुकार्नेछौ। तिमीहरू मकहाँ आएर प्रार्थना गर्नेछौ र म तिमीहरूलाई उत्तर दिनेछु।
13
तिमीहरूले मलाई खोज्नेछौ, आफ्नो पूरा हृदयले मलाई खोज्नेछौ र भेट्टाउनेछौ।
14
साँचो हो, म भन्दछु, तिमीहरूले मलाई भेट्टाउनेछौ र म तिमीहरूलाई तिमीहरूको आफ्नो देशमा ल्याइपुर्याउनेछु। मैले तिमीहरूलाई धपाई पठाएको हरेक देश र ठाउँबाट म तिमीहरूलाई जम्मा गर्नेछु। जुन देशबाट मैले तिमीहरूलाई कैदमा पठाएको थिएँ, त्यही देशमा म तिमीहरूलाई फर्काई ल्याउनेछु। म परमप्रभु बोलेको छु।’
15
“परमप्रभुले तिमीहरूलाई बेबिलोनमा अगमवक्ताहरू दिनुभएको छ भनी तिमीहरू भन्दछौ।
16
तर दाऊद बसेका सिंहासनमा बस्ने राजाबारे र यस सहरका बासिन्दाहरू अर्थात् तिमीहरूका आफन्तहरू, जो तिमीहरूसित कैदी भई विदेश लगिएनन्, तिनीहरूबारे परमप्रभु के भन्नुहुन्छ, त्यो सुन।
17
सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ, ‘म तिमीहरूमाथि लडाइँ, अनिकाल र रुढी ल्याउनेछु र तिनीहरूलाई खान नसकिने गरी सडेको नेभाराझैँ बनाउनेछु।
18
म तिनीहरूलाई लडाइँ, अनिकाल र रुढीले खेदो गर्नेछु र संसारका सबै जातिहरू ती देखेर भयभीत हुनेछन्। तितरबितर पारेर म जहाँ-जहाँ तिनीहरूलाई पठाउनेछु, तिनीहरूको दशा देखेर मानिसहरू विचलित भई डराउनेछन्। मानिसहरूले तिनीहरूको गिल्ला गर्नेछन् र तिनीहरूका नाम लिएर सराप्नेछन्।
19
मेरा सेवक अगमवक्ताहरूद्वारा मैले तिनीहरूलाई पठाइरहेको सन्देश तिनीहरूले नमानेका हुनाले यो कुरा हुनेछ। तिमीहरूले पनि मेरो सन्देश सुनेनौ।
20
यसकारण तिमीहरू ज-जसलाई मैले बेबिलोनमा कैद गरेर पठाएँ, म परमप्रभु के भन्दछु, त्यो सुन।’
21
“परमप्रभुको नाममा तिमीहरूलाई झूटो कुरा सुनाउने कोलायाहको छोरो आहाब र मासेयाहको छोरो सिदकियाहबारे सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्वरले भन्नुभएको छ। उहाँले भन्नुभएको छ कि तिनीहरूलाई उहाँले बेबिलोनको राजा नबूकदनेसरका हातमा दिनुहुनेछ र नबूकदनेसरले तिमीहरूका आँखाका सामुन्ने तिनीहरूलाई मार्नेछन्।
22
यरूशलेमबाट कैद गरी बेबिलोनमा लगिएका मानिसहरूले जब कसैलाई सराप्न चाहन्छन्, तब तिनीहरूले भन्नेछन्, ‘बेबिलोनको राजाले जिउँदै पोलेको सिदकियाह र आहाबलाई झैँ परमप्रभुले तँसित व्यवहार गरून्।’
23
तिनीहरूको दशा यस्तै हुनेछ किनभने तिनीहरूले डरलाग्दा पापहरू गरेका छन्, तिनीहरूले आफ्ना छिमेकीको स्वास्नीहरूसित व्यभिचार र परमप्रभुको नाममा झूटा कुरा गरेका छन्। यी कामहरू परमप्रभुको इच्छा विरुद्ध थिए। तिनीहरूले के गरेका छन्, त्यो उहाँ जान्नुहुन्छ र तिनीहरूका विरुद्धमा उहाँ साक्षी हुनुभएको छ। परमप्रभुले यसो भन्नुभएको छ।”
24
[24-25] नेहेलामवासी शमायाहले आफ्नो नाममा यरूशलेमका सबै मानिसहरू र मासेयाहको छोरो पूजाहारी सपन्याह र अरू सबै पूजाहारीहरूकहाँ एउटा पत्र पठाएका थिए। तिनै शमायाहको निम्ति एउटा सन्देश सर्वशक्तिमान् परमप्रभुले इस्राएलका परमेश्वरले मलाई दिनुभयो। त्यस पत्रमा शमायाहले सपन्याहलाई यसरी लेखेका थिए,
26
“परमप्रभुले तिमीलाई यहोयादाको सट्टामा पूजाहारी बनाउनुभयो र अब तिमी मन्दिरको मुख्य अधिकृत भएका छौ, म अगमवक्ता हुँ भनी बहाना गरी हिंड्ने हरेक बौलाहालाई ठिंगुरो ठोकी त्यसको घिच्रोमा फलामको कठालो लाइदिने काम तिम्रो हो।
27
मानिसहरूसित अगमवक्ता भई बात गर्ने अनातोतका यर्मियालाई तिमीले किन त्यसो गरेका छैनौ?
28
त्यसलाई रोक्नुपर्छ किनभने त्यसले बेबिलोनमा गएका मानिसहरूलाई ‘तिमीहरू त्यहाँ धेरै दिन कैदी भई रहनेछौ र घरबार बनाएर बसोबास गर्ने, बारी, बगैँचा लाउने र त्यहाँका उब्जनी खाने मेलो गर’ भनेका छन्।”
29
सपन्याहले त्यो पत्र मलाई पढेर सुनाए।
30
[30-32] अनि त्यस बेला कैदी भइरहेका सबैलाई शमायाहबारे यस्तो सन्देश पठाउन मलाई परमप्रभुले आज्ञा गर्नुभयो, “म परमप्रभुले शमायाह र त्यसका सबै सन्तानहरूलाई दण्ड दिनेछु। मैले त्यसलाई पठाएको होइनँ तर त्यसले अगमवक्ता बनी तिमीहरूसित कुरा गर्यो र झूटा कुरामा विश्वास गर्न लगायो। त्यसको कुनै सन्तान तिमीहरूको माझमा जिउँदो रहनेछैन। म मेरा प्रजाको निम्ति जुन असल काम गर्नेछु, ती त्यसले देख्न पाउनेछैन किनभने त्यसले मेरा प्रजालाई मेरो विरुद्धमा विद्रोह गर्न उक्साएको थियो। म परमप्रभु बोलेको छु।”
← Chapter 28
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 49
Chapter 50
Chapter 51
Chapter 52
Chapter 30 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
41
42
43
44
45
46
47
48
49
50
51
52