bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Jeremiah 51
Jeremiah 51
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 50
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 49
Chapter 50
Chapter 51
Chapter 52
Chapter 52 →
1
परमप्रभु भन्नुहुन्छ, “बेबिलोनिया र त्यसका बासिन्दाहरूका विरुद्धमा म नाश गर्ने आत्मा ल्याउनेछु।
2
म बेबिलोनलाई निफन्न विदेशीहरूलाई पठाउनेछु। तिनीहरू चारैपट्टिबाट आई त्यसलाई निफनेर देशलाई रित्तो बनाउनेछन्।
3
तिनीहरूका सिपाहीहरूलाई धनुको ताँदो चढाउने अथवा कवच लाउने समय नदिनू। तिनीहरूका युवकहरूलाई नछोड्नू। सबै सेना नाश गरिदिनू।
4
तिनीहरू घाइते भएर आफ्ना सहरका सडकहरूमा मर्नेछन्।
5
इस्राएल र यहूदाका मानिसहरूले म इस्राएलका परमपवित्र परमेश्वरको विरुद्धमा पाप गरे तापनि म सर्वशक्तिमान् परमप्रभुले तिनीहरूलाई त्यागेको छैनँ।
6
बेबिलोनबाट भाग! आफ्नो ज्यान बचाएर भाग! बेबिलोनका पापले गर्दा तिमीहरू नमर। मैले आफ्नो बदला लिंदै छु र त्यसलाई उचित दण्ड दिंदै छु।
7
बेबिलोन मेरो हातमा एउटा सुनको कचौराझैँ थियो, जसले सारा संसारलाई मताएको थियो। जाति-जातिले त्यसबाट दाखमद्य पिए र बौलाहाझैँ भए।
8
बेबिलोन एक्कासि लडेर नाश भएको छ, त्यसको निम्ति विलाप गर! त्यसका चोटहरूका निम्ति ओखती ल्याओ, सायद त्यो निको हुन सक्ला कि।
9
त्यहाँ बास गर्ने विदेशीहरूले भने, ‘हामीले बेबिलोनलाई सहायता गर्ने चेष्टा गर्यौं तर ढीलो भइसकेको रहेछ। अब त्यसलाई छोडिराखेर आ-आफ्ना घर जाऔँ। परमेश्वरले आफ्ना सम्पूर्ण शक्तिले बेबिलोनलाई दण्ड दिएर त्यसलाई पूरै नाश गर्नुभएको छ’।”
10
परमप्रभुले भन्नुहुन्छ, “मेरा प्रजा भन्छन्, ‘परमप्रभुले हामीलाई ठीक ठहराउनुभएको छ। परमप्रभु हाम्रा परमेश्वरले हाम्रो लागि के गर्नुभयो, त्यो गएर हामी यरूशलेमका मानिसहरूलाई सुनाऔं’।”
11
परमप्रभुले बेबिलोनलाई नाश गर्ने इच्छा गर्नुभएको कारण मादीका राजाहरूलाई सुर्याउनुभएको छ। उहाँको मन्दिर नाश पारिएको सट्टामा उहाँले त्यसरी बदला लिनुहुनेछ। अनि हमला गर्ने अफिसरहरू कराउँछन्, “तिम्रा काँडहरू तिखार! ढालहरू तयार पार!
12
बेबिलोनका पर्खालमाथि आक्रमण गर्न सङ्केत देओ। पहरा-चौकी बलियो पार! प्रहरीहरू खटाओ! लुकेर हमला गर्ने मानिसहरूलाई लुक्ने ठाउँमा पठाओ!” परमप्रभुले बेबिलोनका मानिसहरूलाई जे गर्छु भन्नुभएको थियो, त्यसै गर्नुभयो।
13
त्यस देशमा धेरै नदीहरू र धनका भण्डारहरू छन् तर अब त्यसको दिन पुग्यो र त्यसको जीवनको डोरी काटियो।
14
सर्वशक्तिमान् परमप्रभुले आफ्नै नाउँमा शपथ खानुभएको छ कि बेबिलोनमाथि आक्रमण गर्न उहाँले सलहको बथानसरि मानिसहरू ल्याउनुहुनेछ र तिनीहरूले विजय गरेर जयजयकार मनाउनेछन्।
15
परमप्रभुले आफ्नो सामर्थ्यले पृथ्वी बनाउनुभयो, उहाँले आफ्नो बुद्धिद्वारा संसार सृजनुभयो अनि उहाँले आकाश फैलाउनुभयो
16
उहाँको आज्ञाले पानी आकाशमाथि गर्जन्छ। उहाँले पृथ्वीको पल्लो छेउबाट बादल उठाउनुहुन्छ। उहाँले वर्षामा बिजुली चम्काउनुहुन्छ र आफ्नो भण्डारबाट बतास चलाउनुहुन्छ।
17
हरेक मानिसहरू मूर्ख र बुद्धिहीन छन्, मूर्ति बनाउनेहरू भ्रममा फसेका छन् किनभने तिनीहरूले बनाएका देवी-देवताहरू नीर्जिव र झूटा छन्।
18
ती मूर्तिहरू सबै व्यर्थका छन् र परमप्रभु न्याय गर्न आउनहुँदा ठट्टा गर्न लायकका छन्, ती मूर्तिहरू नष्ट हुनेछन्।
19
याकूबका परमेश्वर तिनीहरूझैँ हुनुहुन्न; उहाँले नै सबै थोक बनाउनुभयो र उहाँले इस्राएललाई आफ्नै निज प्रजा बनाउनलाई चुन्नुभएको छ। सर्वशक्तिमान् परमप्रभु उहाँको नाम हो।
20
परमप्रभु भन्नुहुन्छ, “हे बेबिलोन तँ मेरो घन र लडाइँको मेरो अस्त्र-शस्त्र होस्। मैले तँलाई राज्य-राज्य र जाति-जातिलाई चकनाचुर पार्न उपयोग गरें।
21
घोडाहरू र घोडचढीहरूलाई, रथहरू र सारथीहरूलाई तँद्वारा टुक्रा-टुक्रा पार्न,
22
पुरुषहरू र स्त्रीहरूलाई मार्न, बुढा-पाका र युवाहरूलाई काट्न, वृद्ध र तन्नेरीहरूलाई घात गर्न,
23
गोठालाहरू र उनका बगालहरू मार्न, हलो जोत्नेहरू र त्यसका घोडाहरूलाई तँद्वारा घात गर्न, शासकहरू र भारदारहरूलाई टुक्रा-टुक्रा पार्न मैले तँलाई उपयोग गरें।”
24
परमप्रभु भन्नुहुन्छ, “तिनीहरूले यरूशलेममाथि गरेका सबै खराबीका कारण म बेबिलोनिया र त्यसका बासिन्दाहरूलाई तिमीहरूकै आँखासामुन्ने बदला लिनेछु।
25
ए बेबिलोन, तँ सारा संसारलाई नाश गर्ने पर्वतसरि छस् तर म परमप्रभु तेरा शत्रु हुँ। म तँलाई समातेर भूइँमा पछारिदिनेछु र खरानीबीच छोडिराख्नेछु।
26
तँ ध्वस्त भएपछि तँबाट एउटै ढुङ्गा पनि फेरि घर बनाउन चलाइनेछैन। सदासर्वदाको लागि तँ मरुभूमिझैँ हुनेछस्। म परमप्रभु बोलेको छु।
27
“हमला गर्न सङ्केत देओ! जाति-जातिले सुन्ने गरी तुरही फुक! बेबिलोनका विरुद्धमा लडाइँ गर्न ती जातिहरूलाई तयार पार! आरारात, मिन्नी र अशकनज राज्यहरूलाई आक्रमण गर्न भन। लडाइँ अघि बढाउन एउटा सेनापति खटाओ। सलहका बथानसरि घोडाहरू लिएर आओ।
28
बेबिलोनसित लडाइँ गर्न सबै जातिहरू तयार पार। मादीका राजाहरू, तिनका अगुवा र भारदारहरू र तिनीहरूका अधीनमा भएका सबै देशहरूका सेनाहरूलाई बोलाउन पठाओ।
29
बेबिलोन देशलाई कोही पनि बास नगर्ने उजाड-भूमि बनाउने परमप्रभुको जुक्ति उहाँले पूरा गर्न लाग्नुभएको हुनाले पृथ्वी काम्दछ र थरथरी हुँदछ।
30
बेबिलोनका सिपाहीहरूले लड्न छोडे र किल्लाभित्रै बसिरहेका छन्। तिनीहरूको साहस हरायो र तिनीहरू स्त्रीहरूझैँ भएका छन्। सहरका मूल-ढोकाहरू तोडिएका छन् र घरहरू आगो लागिसकेका छन्।
31
बेबिलोनका राजालाई त्यसको पूरा सहर कब्जामा छ भनी सुनाउन एउटापछि अर्को समाचार लाने मानिसहरू गइरहेका छन्।
32
शत्रुले नदीका घाटहरू घेरामा पारेको छ र किल्लाहरूमा आगो लाइदिएको छ। बेबिलोनका सिपाहीहरू डरले साह्रै आत्तिएका छन्।
33
अब चाँडै शत्रुका सेनाहरूले तिनीहरूलाई टुक्र्याएर दाइँ गर्ने ठाउँमा अन्न कुल्चेझैँ कुल्चनेछन्। म सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्वर बोलेको छु।”
34
बेबिलोनका राजाले यरूशलेमलाई काटेर खायो। त्यसले गाग्रो रित्याएझैँ त्यसलाई रित्यायो र राक्षसले झैँ त्यसलाई निल्यो। आफूले चाहे जति लिएर बाँकी त्यसले फालिदियो।
35
सियोनका बासिन्दाहरूले यसो भनून्, “हाम्रो रगत बगाएको निम्ति बेबिलोनिया जिम्मेवार ठहरियोस्!” अनि यरूशलेमका बासिन्दाहरूले चाहिँ यसो भनून्, “हामीले भोगेको कष्टको निम्ति बेबिलोन जिम्मेवार ठहरियोस्!”
36
यसकारण परमप्रभुले यरूशलेमवासीहरूलाई यसो भन्नुभयो, “म तेरो पक्ष लिनेछु र तेरा शत्रुहरूलाई तँमाथि गरेको थिचो-मिचोको बदलामा दण्ड दिनेछु। म बेबिलोनका पानीका मुहान सुकाइदिनेछु र त्यसका नदीहरू सुख्खा पारिदिनेछु।
37
त्यो देश भत्केर थुप्रेको रास बन्नेछ, जहाँ जङ्गली जनावरहरूले बास गर्नेछन्। त्यो हेर्दा डरलाग्दो ठाउँ हुनेछ र त्यहाँ कसैले बास गर्नेछैन। त्यसलाई देख्ने हरेक मानिस भयभीत हुनेछ।
38
बेबिलोनका सबै बासिन्दाहरू सिंहझैँ गर्जनेछन् र सिंहका डमरुझैँ ङ्यार्रडुर्र गर्नेछन्।
39
के तिनीहरू लोभी भएका छन्? म तिनीहरूका निम्ति एउटा भोज लाउनेछु र तिनीहरूलाई मताएर हर्षित तुल्याउनेछु। तिनीहरू निदाउनेछन् र कहिल्यै निद्राबाट जाग्नेछैनन्।
40
म तिनीहरूलाई थुमा, बोका र भेडाहरूझैँ काट्न लैजानेछु। म परमप्रभु बोलेको छु।”
41
बेबिलोनबारे परमप्रभुले यसो भन्नुहुन्छ, “सारा संसारले प्रशंसा गरेको सहर शत्रुका हातमा परेको छ। जाति-जातिहरूका बीचमा बेबिलोन एउटा डरलाग्दो दृश्य बनेको छ।
42
समुद्र बढेर आई बेबिलोनलाई गर्जिरहेका छालहरूले डुबाएको छ।
43
सहरहरू डरलाग्दो दृश्य बनेका छन् र पानी नभएको सुख्खा मरुभूमिझैँ भएका छन्, जहाँ कसैले बास वा यात्रा पनि गर्दैन।
44
बेबिलोनको बाल देवतालाई म दण्ड दिनेछु र त्यसले लुटेका थोकहरू छोड्न लाउनेछु। जाति-जातिहरू फेरि त्यहाँ ताँती लगाई त्यसलाई पुज्न जानेछैनन्। “बेबिलोनका पर्खालहरू भत्केका छन्।
45
ए इस्राएलका मानिसहरू हो, त्यहाँबाट भाग। मेरो भयानक क्रोधबाट आफ्नो प्राण बचाउन भाग!
46
आफ्नो साहस नहराओ अथवा होहल्लाको खबर सुनेर नडराओ। हरेक वर्ष नयाँ-नयाँ होहल्लाको खबर फैलन्छ। देशमा उपद्रव भएको र राजा-राजाको बीच लडाइँ भएको होहल्लाको खबर निक्लँदछ।
47
त्यो दिन आउँदै छ, जब म बेबिलोनका मूर्तिहरूलाई दण्ड दिनेछु। सारा देश लाजमा पर्नेछ र त्यहाँका सबै मानिसहरू मारिनेछन्।
48
जब उत्तरबाट बेबिलोनलाई नाश गर्न आउने मानिसहरूका हातमा त्यो पर्नेछ, तब स्वर्ग र पृथ्वीका हरेक थोकले आनन्दको सोर उचाल्नेछ।
49
बेबिलोनले सारा संसारका मानिसहरूको हत्या गरायो तर अब बाबेलको पतन हुनेछ किनभने त्यसले धेरै नै इस्राएलीहरूको हत्या गरेको थियो। म परमप्रभु बोलेको छु।”
50
बेबिलोनमा भएका आफ्ना प्रजालाई परमप्रभु यसो भन्नुहुन्छ, “तिमीहरू मृत्युबाट उम्क्यौ! अब जाओ! पर्खेर नबस! तिमीहरू घरबाट टाढा भए पनि आफ्ना परमप्रभुबारे सोच र यरूशलेमलाई सम्झ।
51
तिमीहरू भन्छौ, ‘हाम्रो बदनाम र लाज भयो, हामी पूरा असहाय भएका छौं किनभने विदेशीहरूले मन्दिरका पवित्रस्थानहरू ओगटेका छन्।’
52
तर म भन्दछु कि ती दिनहरू आउँदै छन्, जब म बेबिलोनका देवताहरूलाई दण्ड दिनेछु र सम्पूर्ण देशभरि घाइते हुनेहरू पीडाले कराउनेछन्।
53
बेबिलोनले माथि आकाशमा उक्लन सक्यो र त्यहाँ एउटा बलियो गढी बनाउन सक्यो भने पनि म त्यसलाई नाश पार्नलाई मानिसहरू पठाउनेछु। म परमप्रभु बोलेको छु।”
54
परमप्रभु भन्नुहुन्छ, “बेबिलोनमा रुवाइको आवाज सुन, देशमा विनाश आएको विलापको सोर सुन।
55
म बेबिलोनलाई नाश पार्दै छु र चुप पार्न लाउँदै छु। त्यसका शत्रुहरू गर्जने छालझैँ आउँछन्, ठूलो सोरसित आक्रमण गर्छन्।
56
तिनीहरू बेबिलोन नष्ट गर्न आएका छन्; बेबिलोनका सेनाहरू पक्राउ परेका छन् र तिनीहरूका धनुहरू भाँचिएका छन्। दुष्टलाई दण्ड दिने म परमप्रभु हुँ र म बेबिलोनलाई उचित प्रतिफल दिनेछु।
57
म त्यसका शासकहरूलाई मताउँछु, ज्ञानी मानिसहरू, अगुवाहरू र सिपाहीहरूलाई पनि तिनीहरू निद्रामा पर्नेछन् र कहिल्यै बिउँझदैनन्। म राजा सर्वशक्तिमान् परमप्रभु बोलेको छु।
58
बाबेलका बलिया पर्खालहरू भूइँमा रास भए र त्यसका अग्ला मूल-ढोकाहरू आगोले भस्म भए। जाति-जातिका सबै काम व्यर्थै भए; तिनीहरूका परिश्रमहरू आगोको ज्वालामा भस्म भए। म सर्वशक्तिमान् परमप्रभु बोलेको छु।”
59
मासेयाहका नाति नेरियाहका छोरा सरायाह सिदकियाह राजाका निजी सेवक थिए। सिदकियाह यहूदाका राजा भएको चौथो वर्षमा सरायाह राजासित बेबिलोनमा जाँदै थिए र मैले तिनलाई केही आदेश दिएँ।
60
बेबिलोनमाथि आउने विनाश र त्यसबारे अरू कुरा पनि मैले कागजको एउटा मुट्ठोमा लेखें।
61
मैले सरायाहलाई भनें, “जब तिमी बेबिलोनमा पुग्नेछौ, त्यहाँ लेखिएका सबै कुरा जोडले पढेर मानिसहरूलाई अवश्य सुनाउनू।
62
त्यसपछि यसरी प्रार्थना गर्नू, ‘हे परमप्रभु, तपाईंले भन्नुभएको छ कि म यस ठाउँलाई नाश पार्नेछु र यहाँ कुनै जिउँदो प्राणीले बास गर्नेछैन नत मानिस नत पशुले यहाँ बास गर्नेछ। अनि यो सदाकालको निम्ति एउटा मरुभूमिजस्तै हुनेछ।’
63
ए सरायाह, जब तिमीले यो कागजको मुट्ठोबाट मानिसहरूलाई पढेर सुनाइसक्छौ, तब यसलाई एउटा ढुङ्गामा बाँधी यूफ्रेटिस नदीमा फालिदिनू
64
र यसो भन्नू, ‘बेबिलोनलाई यस्तै हुनेछ— त्यसमाथि परमप्रभुले ल्याउनुभएको विनाशको कारणले त्यो डुब्नेछ र फेरि कहिल्यै उठ्नेछैन’।” यर्मियाका वचनहरू यहीं सकिन्छन्।
← Chapter 50
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 49
Chapter 50
Chapter 51
Chapter 52
Chapter 52 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
41
42
43
44
45
46
47
48
49
50
51
52