bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Jeremiah 48
Jeremiah 48
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 47
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 49
Chapter 50
Chapter 51
Chapter 52
Chapter 49 →
1
सर्वशक्तिमान् परमप्रभुले मोआबबारे यी वचन दिनुभयो: “हाय, नेबोबासीहरूलाई, तिनीहरूको सहर नाश हुनेछ! किर्यातैम कब्जामा पर्नेछ, त्यसको बलियो किल्ला चुर पारिनेछ, त्यसका बासिन्दाहरू शर्ममा पर्नेछन्;
2
मोआबीहरूको शोभा गयो; शत्रुले हेश्बोनलाई कब्जा गरेको छ, मोआब देशलाई नाश पार्न जाल रचेको छ। मदमेन सहर चुप हुनेछ, सेनाहरू त्यसको विरुद्ध आउनेछन्,
3
होरोनैमका मानिसहरू खुब कराउँछन्, ‘हिंसा र विनाश’ भनी चिच्च्याउँछन्।’
4
“मोआबीहरू नाश भएका छन्, त्यसका केटाकेटीहरू रोएको सोर सुनिंदै छ।
5
लूहीत जाने बाटोमा सुँक्क-सुँक्क गरी रोएका र होरोनैमतिर जानेहरूका पीरको कष्टले रोएका सोर सुन।
6
तिनीहरू भन्छन्, “आफ्नो प्राण बचाउन चाँडो दगुर! मरुभूमिको जङ्गली गधासरि दगुर!’
7
“हे मोआब, तैँले आफ्नो बल र धनमा भरोसा राखिस्, तर अब तेरो हार अवश्य हुनेछ; तेरो देवता कमोश देशबाट कैदमा लगिनेछ, त्यसका राजकुमारहरू र पूजाहारीहरू सँगसँगै लगिनेछन्।
8
एउटै सहर पनि नाशबाट बाँच्नेछैन, बेसी र टार दुवै नाश हुनेछन्, म परमप्रभु बोलेको छु।
9
मोआबको लागि एउटा चिहानेढुङ्गो खडा गर, अब त्यो चाँडै नाश हुनेछ, त्यसका सहरहरू ध्वस्त हुनेछन् र त्यहाँ अब कसैले पनि बास गर्नेछैन।”
10
(परमप्रभुले खटाएको काम आफ्नो पूरा मनले नगर्ने मानिस श्रापित हो! तरवारले काट-मार नगर्ने श्रापित हो!)
11
परमप्रभुले भन्नुभयो, “मोआब सधैँ ढुक्क भएर बसेको छ। त्यो कहिल्यै कैदमा लगिएको छैन। त्यो एउटा भाँडोबाट अर्कै भाँडोमा नखन्याएको र नचलाई राखेको दाखमद्यजस्तो छ। त्यसको स्वाद बिग्रेको छैन र जस्ताको तस्तै छ।
12
“यसकारण अब त्यो दिन आउँदै छ, जब म मोआबलाई दाखमद्यजस्तो गरी खन्याउन मानिसहरू पठाउनेछु। तिनीहरूले त्यसको दाखमद्यका भाँडाहरू रित्त्याएर फुटाई चुर-चुर पारिदिनेछन्।
13
तब जसरी इस्राएलीहरूले आफूले भरोसा राखेको बेथेल देवबाट धोका खाएथे, त्यसरी नै मोआबीहरूले तिनीहरूको कमोश देवबाट धोका खानेछन्।
14
“ए मोआबीहरू हो, तिनीहरू किन धाक लाउँछौ? युद्धका वीर योद्धा हौं भनी सुनाउँछौ?
15
मोआब र त्यसका सहरहरू नाश पारिनेछन्, त्यसका हट्टाकट्टा जवानहरू मारिनेछन्। म राजा सर्वशक्तिमान् परमप्रभु बोलेको छु।
16
मोआबको नाश नजिक आएको छ, त्यसको विनाश चाँडै आउँदै छ।
17
“ए मोआबका छिमेकीहरू र त्यसका सुनाम सुन्नेहरू सबै, त्यस देशको लागि तिमीहरूले विलाप गर। ‘त्यसको शक्तिको राज्य तोडिएको छ। त्यसको गौरव र प्रताप हरायो भनी भन।
18
हे दीबोनका बासिन्दा हो, आफ्नो सम्मानको स्थानबाट ओर्ली आऊ। र धुलो भएको जमिनमा बस; मोआबलाई नाश गर्ने यहीं छ, जसले किल्लाहरू ध्वस्त पारेको छ।
19
हे अरोएरका बासिन्दा हो, बाटोको छेउमा उभ र पर्ख; के भएको छ भनी भाग्नेहरूसित सोध।
20
‘मोआब पतन भएछ’ भनी तिनीहरूबाट जवाफ आउनेछ; ‘त्यो बदनाम भयो, त्यसको लागि विलाप गर। अर्नोन नदीको किनारै किनार, मोआब नाश भएको प्रचार गर।’
21
“टारका सहरहरूमाथि दण्ड परेको छ अर्थात्, होलोन, यहसाह, मेपात,
22
दीबोन, नेबो, बेथ-दिब्लतैम,
23
किर्या-तैम, बेथ-गमूयल, बेथ-मोन,
24
किर्योत र बोज्रोमाथि दण्ड परेको छ। मोआबका टाढा र नजिकका सबै सहरहरूमाथि दण्ड परेको छ।
25
मोआबको सिङ काटिएको छ र त्यसका पाखुरा भाँचिएको छ। म परमप्रभु बोलेको छु।”
26
परमप्रभुले भन्नुभयो, “मोआबलाई दाखमद्य मातिञ्जेल पिउन दे किनभने त्यसले मेरो विरुद्धमा विद्रोह गरेको छ। मोआब आफ्नै बान्तामा लडीबडी गर्नेछ र मानिसहरू हाँस्नेछन्।
27
ए मोआब, याद गर्, तैँले कसरी इस्राएलका मानिसहरूको ठट्टा उडाएको थिइस्? तिनीहरू चोरहरूका बीचमा पक्राउ परेजस्तै गरी तैँले तिनीहरूसित व्यवहार गरेको थिइस्।
28
“ए मोआबका बासिन्दाहरू हो, सहरहरू छोड! गएर पहराहरूमा बास गर! ओढारका किनारामा गुँड लाउने ढुकुरसरि होओ।
29
मोआब साह्रै अहङ्कारी छ! त्यहाँका मानिसहरू कस्ता घमण्डी, सेखीवाल र अहङ्कारी छन् र आफैंलाई कति ठूला छौं भनी सम्झन्छन्, त्यसका घमन्डको बारेमा मैले सुनेको छु।
30
म परमप्रभुले त्यसको घमण्डबारे जान्दछु। तिनीहरूको घमण्ड काम लाग्नेछैन, तिनीहरूले गरेका काम कुरा रहनेछैन।
31
यसकारण म मोआब र कीर-हरेशेतका मानिसहरूका लागि रुनेछु।
32
याजेरका मानिसहरूको लागि भन्दा बढी सिब्माका मानिसहरूको लागि म रुनेछु। सिब्मा सहर, तँ दाखको एउटा बोटसरि छस्, जसका हाँगा मृत-सागर पार गरेर याजेरसम्म पुग्छन्। तर अब तेरा ग्रीष्मकालका फलहरू र अङ्गुरहरू नष्ट भएका छन्।
33
मोआबका मलिला भूमिबाट आनन्द र रमाहट हराए। दाखको कोलबाट रस बग्न मैले बन्द गरिदिएको छु। दाख बनाउने र हर्षले सोर उठाउने कोही छैन।
34
“हेश्बोन र एलालेका मानिसहरू कराउँछन् र तिनीहरूको सोर यहाँसम्म सुनिन्छ। त्यो सोअरका मानिसहरूले सुन्दछन् र होरोनैम र एग्लत-शलीशियाहसम्मै सुनिन्छ। निम्रीमको खोला पनि सुकिसकेको छ।
35
मोआबमा आफ्ना पूजा-स्थलहरूका होमबलि चढाउने र देवी-देवतालाई बलिदान गर्नेहरूलाई म नाश गरिदिनेछु। म परमप्रभु बोलेको छु।
36
“यसकारण कुनै मानिसले बाँसुरीमा शोकको सुर बजाएझैँ मेरो हृदयले मोआब र कीर-हरेशेतको मानिसहरूका निम्ति शोक गर्दछ किनभने तिनीहरूका सबै सम्पत्ति नाश भएका छन्।
37
तिनीहरू सबैले आ-आफ्ना कपाल र दाह्री खौरेका छन्। तिनीहरूले आफ्ना हातमा गहिरा चोट पारेका छन् र सबैले भाङ्ग्रा लाएका छन्।
38
मोआबका सबै घरका कौसी-कौसीमा र चोक-चोकमा रुवावासीबाहेक अरू केही छैन किनभने मैले मोआबलाई कसैले राख्न नचाहेका भाँडालाई झैँ फुटाइदिएको छु।
39
मोआब चकनाचुर भएको छ! विलाप गर! मोआब लाजमा परेको छ। त्यो ध्वस्त भएको छ र चारैपट्टिका जातिहरूले त्यसको गिल्ला गर्दछन्। म परमप्रभु बोलेको छु।”
40
परमप्रभुले यस्तो प्रतिज्ञा गर्नुभएको छ कि चिल पखेटा फैलाएर वेगले आएझैँ कुनै एक जाति मोआबमाथि झम्टेर आउनेछ
41
अनि सहर र किल्लाहरू कब्जा गर्नेछ। त्यस दिन मोआबका सिपाहीहरू सुत्केरी व्यथा लागेकी स्त्रीझैँ डराउनेछन्।
42
मोआब नाश पारिनेछ र त्यो फेरि एउटा जाति भएर रहनेछैन किनभने त्यसले मसित विद्रोह गर्यो।
43
आतङ्क, खाडल र पासोले मोआबका मानिसहरूलाई पर्खिरहेको छ। परमप्रभु बोल्नुभएको छ।
44
जो आतङ्कबाट भाग्ने चेष्टा गर्दछ, त्यो खाडलमा पर्नेछ र जो खाडलबाट बाहिर निस्कन्छ, त्यो पासोमा पर्नेछ किनभने मोआबको नाश हुने समय परमप्रभुले खटाइदिनुभएको छ।
45
सीहोन राजाले एक समय राज्य गरेको सहर हेश्बोनमा भागेर शरण लिन आउने असहाय मानिसहरूले सुरक्षा खोज्नेछन् तर त्यो सहरमा अब आगोको ज्वाला दन्किरहेको छ। लडाइँ गर्न मन पराउने मोआबीहरूका पहाड र साँध-सिमाना सबै आगोले भस्म भएका छन्।
46
हाय मोआबवासीहरू! कमोशलाई पुज्नेहरू नाश भएका छन्, तिनीहरूका छोराछोरीहरू कैदी बनाई लगिएका छन्।
47
तर आउँदा दिनहरूमा परमप्रभुले मोआबको फेरि फलिफाप गराउनुहुनेछ। यी सबै कुरा हुन आउनेछ भनी परमप्रभुले भन्नुभएको छ।
← Chapter 47
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 49
Chapter 50
Chapter 51
Chapter 52
Chapter 49 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
41
42
43
44
45
46
47
48
49
50
51
52