bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
1 Samuel 1
1 Samuel 1
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 2 →
1
एफ्राइम कुलका एक जना एल्काना नाम गरेका मानिस थिए। उनी एफ्राइमको पहाडी मुलुकको रामतैम भन्ने सहरमा बास गर्थे। उनी यरोहामका छोरा र एलीहूका नाति थिए अनि सूप वंशका र तोहूका घरानाका थिए।
2
एल्कानाका दुईटी स्वास्नीहरू थिए, हन्नाह र पनिन्नाह। पनिन्नाहको सन्तान थियो; तर हन्नाहको थिएन।
3
हरेक साल एल्काना आराधना गर्न र सर्वशक्तिमान् परमेश्वरलाई बलि चढाउन रामतैमबाट शीलो जान्थे। शीलोमा परमप्रभुका पूजाहारीहरू एलीका दुई छोरा होप्नी र पीनहास थिए।
4
बलि चढाएको बेला हरेक समय एल्कानाले मासुको एक भाग पनिन्नाह र उनका छोरा-छोरीहरूलाई दिन्थे।
5
उनले हन्नाहलाई औधी माया गरे तापनि तिनलाई एकै भाग मात्र दिन्थे किनभने परमप्रभुले हन्नाहलाई बालबच्चा दिनुभएको थिएन।
6
तिनकी सौता पनिन्नाहले तिनलाई दु:ख दिन्थी र खसालेर कुरा गर्थी किनभने परमप्रभुले तिनलाई बाँझी राख्नुभएको थियो।
7
यो हरेक साल भइरहन्थ्यो। जहिले-जहिले तिनीहरू परमप्रभुको भवनमा जान्थे, पनिन्नाहले हन्नाहको मनलाई यति दु:खित पारिदिन्थी कि हन्नाह रोएर खान छोडिदिन्थी।
8
तिनका लोग्ने एल्कानाले सोध्थे, “हन्नाह, तिमी किन रुन्छ्यौ? किन तिमी खान्नौ? किन तिमी सधैँ यस्तो अफसोस गछ्र्यौ? के म तिम्रो निम्ति दश छोराहरूभन्दा बढ्ता छैन र?”
9
[9-10] एक दिन शीलोमा परमप्रभुको भवनमा भोजन गरिसकेपछि हन्नाह उठिन्। तिनी औधी दु:खित थिइन् र परमप्रभुलाई प्रार्थना गर्दा मुटु छेडिने गरी रोइन्। त्यस बेला पूजाहारी एली ढोकाको नजिक बसिरहेका थिए।
11
हन्नाहले एउटा गम्भीर प्रतिज्ञा गरिन्, “हे सर्वशक्तिमान् परमप्रभु! म तपाईंकी दासीप्रति निगाह गर्नुहोस्। मेरो कष्ट हेर्नुहोस् र सम्झना गर्नुहोस्। मलाई नभुल्नुहोस्। तपाईंले मलाई एउटा छोरा दिनुभयो भने म प्रतिज्ञा गर्दछु कि म त्यसलाई त्यसको जीवनभरि तपाईंलाई अर्पण गर्नेछु र त्यसको केश कहिल्यै काटिनेछैन।”
12
हन्नाहले धेरै बेरसम्म परमप्रभुलाई प्रार्थना गरिरहिन् अनि एलीले तिनका ओठ चलेका हेरिरहे।
13
हन्नाहले मनमनै प्रार्थना गर्दै थिइन्, तिनका ओठ चल्दै थिए तर केही शब्द निस्कँदैनथ्यो। यसकारण एलीले तिनी मातेकी भन्ने सोचेर
14
तिनलाई भने, “आफूलाई मातेकी देखाउन छोड। मद्य पिउन छोडिदेऊ र होशमा आऊ!”
15
“होइन, म मातेकी छैनँ हजुर!” तिनले भनिन्, “मैले मद्य पिएकी छैनँ। म हताश भएकी छु र परमप्रभुको अघि आफ्ना दु:ख पोखाउँदै प्रार्थना गरिरहेकी छु।
16
मलाई व्यर्थकी स्त्री नठान्नुहोस्। म अत्यन्त दु:खित छु र यसरी प्रार्थना गरिरहेकी छु।”
17
एलीले भने, “शान्तिसित जाऊ। इस्राएलका परमेश्वरले तिमीले उहाँलाई मागेको कुरा तिमीलाई देऊन्।”
18
तिनले उत्तर दिइन्, “म तपाईंको दयाको योग्य हुन सकूँ।” तब तिनी गइन् र केही खाना खाइन् अनि अफसोस गर्न छोडिन्।
19
भोलिपल्ट एल्काना र तिनको परिवार बिहान सबेरै उठे र परमप्रभुको आराधना गरेर आफ्नो घरतिर रामामा गए। एल्कानाले आफ्नी स्वास्नी हन्नाहसित सहवास गरे र परमप्रभुले तिनको प्रार्थनाको उत्तर दिनुभयो।
20
यसरी हन्नाह गर्भवती भइन् र एउटा छोरो जन्माइन्। त्यसको नाम तिनले शमूएल राखिन् र भनिन्, “मैले त्यसलाई परमप्रभुसित मागेकी छु।”
21
एल्काना र तिनको परिवार शीलोमा गई हरेक वर्ष परमप्रभुलाई बलिदान चढाउने समय आइपुग्यो र उनले विशेष बलिदान चढाउने प्रतिज्ञा गरेका थिए।
22
तर यसपालि हन्नाह साथमा गइनन्। तिनले लोग्नेलाई भनिन्, “बालकले दूध खान छोडेपछि म त्यसलाई परमप्रभुको भवनमा लैजानेछु र त्यो त्यहाँ आफ्नो जीवनभरि रहनेछ।”
23
एल्कानाले जवाफ दिए, “हुन्छ, जे तिमीले असल ठान्छ्यौ, त्यही गर। बालकले दूध खान नछोडेसम्म घरै बस। परमप्रभुले तिम्रो प्रतिज्ञा पूरा गराऊन्।” यसकारण हन्नाहले घरमा नै बसेर आफ्नो छोरा स्याहारिन्।
24
बालकलाई दूध छुटाएपछि तिनले शीलोमा लगिन्। साथै तिनले एउटा तीन वर्षको साँढे, दश किलोग्राम पीठो र मद्यले भरिएको एउटा छालाको मशक पनि लगिन्। सानो शमूएललाई तिनले परमप्रभुको भवन शीलोमा लगिन्।
25
साँढेलाई मारिसकेपछि तिनीहरूले बालकलाई एलीकहाँ लगे।
26
हन्नाहले उनलाई भनिन्, “हजुर, के तपाईंलाई मेरो याद छ? तपाईंले देख्नुभएको यहाँ खडा भएर परमप्रभुलाई प्रार्थना गरिरहेकी स्त्री म नै हुँ।
27
मैले उहाँसँग यो बालक मागेकी थिएँ र मेरो बिन्तीअनुसार उहाँले मलाई दिनुभयो।
28
यसकारण म त्यसलाई परमप्रभुकहाँ अर्पण गर्दै छु। यसको जीवनभरि त्यो परमप्रभुको भइरहनेछ।” तिनीहरूले त्यसपछि त्यहाँ परमप्रभुको आराधना गरे।
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 2 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31