bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
1 Samuel 11
1 Samuel 11
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 10
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 12 →
1
एक महिनापछि अम्मोनका राजा नाहाश आफ्ना सेना लिएर गिलादको इलाकाको याबेश सहरमा आए र त्यसलाई घेरामा हाले। याबेश-वासीहरूले नाहाशलाई भने, “हामीसित सन्धि गर्नुहोस् र हामी तपाईंलाई आफ्ना राजा मान्नेछौं।”
2
नाहाशले जवाफ दिए, “एउटा शर्तमा म तिमीहरूसित सन्धि गर्नेछु। म सबैको दाहिने आँखा निकालिदिनेछु र यसरी इस्राएलको बेइज्जत गरिनेछ।”
3
याबेशका अगुवाहरूले भने, “इस्राएल देशमा चारैतिर खबर गर्ने मानिसहरू पठाउनलाई हामीलाई सात दिन समय दिनुहोस्। यदि कसैले हामीलाई मद्दत गरेनन् भने हामी तपाईंलाई समर्पण गर्नेछौं।”
4
दूतहरू शाऊल बास गरेका गिबामा आए र खबर दिएपछि मानिसहरू हताश भई रुन लागे।
5
शाऊल आफ्नो खेतबाट गोरुहरू लिएर भर्खर घर आउन लागेका थिए। तिनले सोधे, “के भयो? किन सबै जना रोइरहेका छन्?” याबेशबाट आएका दूतहरूले भनेका खबर तिनीहरूले शाऊललाई सुनाए।
6
त्यो सुनेपछि परमेश्वरका आत्मा तिनमा उत्रिआउनुभयो र तिनी झोक्किए।
7
तिनले दुई वटा गोरुहरू लिएर टुक्रा-टुक्रा गरी काटे र ती टुक्रा लिएर दूतहरूलाई सारा इस्राएल देशमा यस्तो चेतावनी दिएर पठाए, “जोजो शमूएल र शाऊलका पछि लडाइँमा जाँदैनन्, तिनीहरूको दशा पनि गोरुहरूको जस्तै हुनेछ!” परमप्रभुले इस्राएलका प्रजालाई के गर्नुहुने होला नि भन्ने डर भयो र तिनीहरू सबै जना एक साथ भेला भए।
8
शाऊलले तिनीहरूलाई बेजेकमा भेला गरे। त्यहाँ इस्राएलबाट तीन लाख र यहूदाबाट तीस हजार मानिसहरू आएका थिए।
9
तिनीहरूले याबेशबाट आएका दूतहरूलाई भने, “तिम्रा मानिसहरूलाई भन कि भोलि मध्यदिनको अघि तिनीहरूले छुटकारा पाउनेछन्।” जब याबेशका मानिसहरूले त्यो खबर पाए, तिनीहरू साह्रै खुसी भए
10
र नाहाशलाई भने, “भोलि हामी तपाईंको सामुन्ने समर्पित हुनेछौं र तपाईंले हामीसित जे मन लाग्छ, त्यो गर्न सक्नुहुनेछ।”
11
भोलिपल्ट बिहानै शाऊलले आफ्ना मानिसहरूलाई तीन दलमा छुट्ट्याए र मिर्मिरे उज्यालो हुँदा तिनीहरूले शत्रुका छाउनीमा दगुरेर गई अम्मोनीहरूमाथि हमला गरे। मध्यदिनसम्म तिनीहरूको संहार गरे। बाँचेकाहरू जति छरपष्ट भएर भागे।
12
तब इस्राएलका प्रजाले शमूएललाई भने, “शाऊल हाम्रा राजा हुनुहुन्न भन्ने मानिसहरू कहाँ छन्? तिनीहरूलाई हाम्रा हातमा दिनुहोस् र हामी तिनीहरूलाई मार्नेछौं!”
13
तर शाऊलले भने, “कोही आज मारिनेछैन किनभने आजको दिन परमप्रभुले इस्राएललाई बचाउनुभएको छ।”
14
अनि शमूएलले तिनीहरूलाई भने, “हामी सबै जना गिलगालमा जाऔं र फेरि एकचोटि शाऊललाई आफ्ना राजा भनी घोषणा गरौं।”
15
यसरी तिनीहरू सबै जना गिलगालमा गए र त्यहाँ पवित्र स्थानमा शाऊललाई राजा भनी घोषणा गरे। तिनीहरूले मेलबलि चढाए अनि शाऊल र इस्राएलका सारा प्रजाले त्यो दिन एउटा उत्सव मनाए।
← Chapter 10
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 12 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31