bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
1 Samuel 26
1 Samuel 26
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 25
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 27 →
1
जीपबाट केही मानिसहरू शाऊलकहाँ गिबामा आए र यहूदी यशीमोनको किनारमा भएको हकीला डाँडामा दाऊद लुकेका छन् भनी सुनाइदिए।
2
शाऊल तुरुन्तै इस्राएलमा भएका सबैभन्दा असल तीन हजार सिपाहीहरू लिएर दाऊदलाई खोज्दै जीपका मरुस्थलमा गए
3
र हकीला डाँडाको बाटोमा छाउनी हाले। दाऊद मरुस्थलमा नै थिए र शाऊल मलाई खोज्न आएका छन् भनी थाहा पाएर
4
उनले जासूसहरूलाई पठाए र त्यहाँ शाऊल साँच्चै आएका रहेछन् भनी बुझे।
5
उनी तुरुन्तै गएर शाऊल र अबनेर सुतेका ठाउँ पत्ता लाएर आए। नेरको छोरो अबनेर शाऊलका सेनापति थिए। पालभित्र शाऊल सुत्थे र तिनका चारैपट्टि तिनका मानिसहरूले छाउनी हालेका थिए।
6
तब दाऊदले हित्ती अहीमेलेक र योआबको भाइ अबीशैलाई (तिनीहरूकी आमा सरूयाह थिइन्) सोधे, “तिमी दुईमा को मसित शाऊलको छाउनीमा जाने?” “म जान्छु,” अबीशैले भने।
7
त्यो रात दाऊद र अबीशै शाऊलको छाउनीभित्र पसे र तिनलाई आफ्नो भाला टाउकाको छेउ भूइँमा गाडेर पालमा सुतिरहेका भेट्टाए। तिनका चारैपट्टि अबनेर र तिनका सिपाहीहरूको टोली सुतिरहेको थियो।
8
अबीशैले दाऊदलाई भने, “आज राती परमेश्वरले तपाईंको शत्रुलाई तपाईंको हातमा पारिदिनुभएको छ। अब मलाई उनको आफ्नो भालाले एकैपल्ट मात्र हानेर तिनलाई छेडी भूइँमा टसाउँन दिनुहोस्। मैले दुईपल्ट हिर्काउनुपर्दैन!”
9
तर दाऊदले भने, “तिमीले तिनको हानि गर्नुहुन्न। आफूले चुनेका राजालाई चोट पुर्याउने मानिसलाई अवश्य नै परमप्रभुले दण्ड दिनुहुनेछ।”
10
दाऊदले भने, “जीवित परमप्रभुलाई साक्षी राखी दृढतासाथ म भन्दछु कि परमप्रभु आफैंले उसलाई मार्नुहुनेछ। साधारण रीतिले उनको मर्ने बेला हुँदा अथवा लडाइँमा मार्नुहुनेछ भनी म जान्दछु।
11
जसलाई परमप्रभुले राजा बनाउनुभयो, उनलाई चोट दिने चेष्टा गर्नबाट मलाई परमप्रभुले रोकून्! हामी बरु उनका भाला र पानीको सुराही लिएर जाऔं।”
12
दाऊदले शाऊलको शिरको छेउबाट भाला र पानीको सुराही लिए र त्यहाँबाट अबीशैसित बिदा भए। त्यो कुरा कसैले देखेन र के भयो भनेर कसैले जानेन। तिनीहरू घोर निद्रामा परेका थिए किनभने परमप्रभुले तिनीहरूमाथि घोर निद्रा पठाउनुभएको थियो।
13
त्यसपछि दाऊद बेसीको पल्लोपट्टि डाँडाको टुप्पामा निकै टाढा गए
14
र अबनेर र शाऊलको सेनाको टोलीलाई चिच्च्याएर भने, “अबनेर! के तिमी मेरो सोर सुन्न सक्छौ?” “को कराउँदै छ? राजालाई निद्राबाट जगाउने को हो?” अबनेरले सोधे।
15
दाऊदले उत्तर दिए, “अबनेर, के तिमी इस्राएलमा सबैभन्दा महान् व्यक्ति होइनौ? तर किन आफ्ना स्वामी, आफ्ना राजालाई रक्षा गर्दैनौ? अहिले भर्खरै तिम्रा मालिकलाई मार्न एउटा मानिस तिम्रो छाउनीमा पसेको थियो।
16
अबनेर, तिमीले आफ्नो कर्तव्य गर्न बिरायौ। जीवित परमप्रभुलाई साक्षी राखी म भन्दछु कि तिमीहरू मारिने योग्यका छौ किनभने तिमीहरूले आफ्ना मालिक, परमप्रभुको अभिषिक्त जनको रक्षा गरेनौ। जसलाई परमप्रभुले राजा बनाउनुभएको हो। हेर त! राजाको भाला कहाँ छ? उनको सिरानी छेउको पानीको सुराही खोइ?”
17
दाऊदको सोर चिनेर शाऊलले भने, “दाऊद, के तँ नै होस्, मेरो छोरो?” “हो राजन्!” दाऊदले उत्तर दिए,
18
“हजुरले किन अझै मेरो खेदो गर्नुहुन्छ? म तपाईंको सेवक हुँ। मैले के बिगारेको छु? मैले के अपराध गरें?
19
राजन्! मेरो कुरा सुन्नुहोस्। यदि परमप्रभुले तपाईंलाई मेरो विरुद्धमा पार्नुभएको हो भने उहाँलाई एउटा भेटी चढाउँदा उहाँको मन परिवर्तन हुनेछ। तर मानिसहरूले त्यसो गरेका हुन् भने परमप्रभुको सराप तिनीहरूमाथि परोस्। तिनीहरूले मलाई परमप्रभुको देशदेखि धपाएर अर्को देशमा पठाएका छन्, जहाँ म केवल अरू देवी-देवताहरूलाई पुज्न सक्छु।
20
परमप्रभुदेखि टाढा विदेशी भूमिमा मलाई मारिन नदिनुहोस्। इस्राएलका राजाले किन मजस्तो भुसुनालाई मार्न आउनुपर्यो? किन उनले मलाई वनको चरोलाई झैँ मार्नुपर्छ?”
21
शाऊलले जवाफ दिए, “मैले भुल गरें। दाऊद, मेरो छोरो फर्केर आइज। म फेरि कहिल्यै तेरो हानि गर्नेछैनँ किनभने आज राती तैँले मेरो प्राण कुशल छोडिदिइस्। म मूर्ख बनेको छु! मैले डरलाग्दो काम गरेको छु।”
22
दाऊदले उत्तर दिए, “तपाईंको भाला यहाँ छ, राजन्! तपाईंको एक जना मानिस आएर त्यो लिएर जाओस्।
23
विश्वासयोग्य र धर्मी मानिसहरूलाई परमप्रभुले इनाम दिनुहुनेछ। आज उहाँले तपाईंलाई मेरा हातमा पारिदिनुभएको थियो; तर मैले तपाईंको केही नोक्सान गरिनँ। तपाईंलाई परमप्रभुले राजा बनाउनुभएको हो।
24
मैले जसरी आज तपाईंको प्राण कुशल छोडिदिएँ, परमप्रभुले मसित त्यसै गरून् र मेरा दु:ख-कष्टबाट मलाई छुटकारा देऊन्!”
25
शाऊलले दाऊदलाई भने, “मेरो छोरो, परमप्रभुले तँलाई आशिष् देऊन्! तैँले गरेको हरेक काममा तँ सफल रहनेछस्!” तब दाऊद आफ्नो बाटो लागे र शाऊल घर फर्के।
← Chapter 25
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 27 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31