bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
1 Samuel 9
1 Samuel 9
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 8
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 10 →
1
बेन्यामीन कुलमा कीश नाम गरेको एक जना धनी र प्रभावशाली मानिस थिए। तिनी अबीएलको छोरो जरोरको नाति बकोरतका परिवारको आपीहका वंशका थिए।
2
तिनको एक जना शाऊल नाम गरेका सुन्दर छोरा थिए, इस्राएलमा तिनीभन्दा सुन्दर र तिनको कुमभन्दा अग्लो अरू कोही थिएनन्।
3
कीशका कति वटा गधा हराएका थिए र तिनले शाऊललाई भने, “एउटा नोकर लिएर जा र गधा खोज्।”
4
तिनीहरू एफ्राइमको पहाडी देश र शलीशाको इलाका भएर गए र गधा पाएनन्। तिनीहरू शालीमको इलाका भएर गए, तर त्यहाँ पनि गधा पाएनन्। तब तिनीहरू बेन्यामीनका भू-भागबाट भएर गए, तरै पनि गधा पाएनन्।
5
जब तिनीहरू सूपका इलाकामा पसे, शाऊलले आफ्नो चाकरलाई भने, “हामी अब घर फर्कौं, नत्र बुबाले गधाबारे फिक्री गर्न छोडेर हाम्रा निम्ति फिक्री गर्न सुरु गर्लान्।”
6
चाकरले उत्तर दियो, “पर्खनुहोस्! यस सहरमा एक जना पवित्र मानिस छन्, जसलाई सबैले इज्जत गर्छन् किनभने उनले भनेका सबै कुरा सत्य हुन्छन्। हामी तिनीकहाँ जाऔं र सायद हामीले गधाहरू कहाँ भेट्टाउन सक्छौं, त्यो उनले हामीलाई भन्न सक्लान्।”
7
शाऊलले सोधे, “हामी तिनीकहाँ गयौं भने तिनलाई के दिन सक्छौं? हाम्रा झोलामा केही खानेकुरा छैन। उनलाई दिनको लागि केही कुरा हामीसित छैन, के हामीसित छ र?”
8
चाकरले उत्तर दियो, “मसित एउटा सानो चाँदीको सिक्का छ। त्यो म उनलाई दिन सक्छु र हामीले गधा कहाँ भेट्टाउन सक्छौं, त्यो उनले हामीलाई भन्नेछन्।”
9
[9-11] शाऊलले उत्तर दिए, “राम्रो कुरा भनिस्, जाऔं।” तिनीहरू ती पवित्र जन बस्ने सहरमा गए। डाँडाबाट भएर सहरतिर जाँदा तिनीहरूले पानी भर्न आउँदैगरेका केही ठिटीहरूलाई भेटे र तिनीहरूलाई सोधे, “के स्वप्नदर्शी सहरमा नै छन्?” त्यस बेला अगमवक्तालाई स्वप्नदर्शी भनिन्थ्यो अनि जब कसैले परमेश्वरलाई केही प्रश्न गर्न चाहन्थ्यो, उसले भन्थ्यो, “हामी स्वप्नदर्शीकहाँ जाऔं।”
12
[12-13] “हजुर, उनी छन्।” ती ठिटीहरूले जवाफ दिए, “वास्तवमा उनी तपाईंका अघि-अघि जाँदै छन् र तपाईंहरू छिटो जानुभए उनलाई भेट्नुहुनेछ। सहरभित्र पस्नासाथ उनलाई भेट्नुहुनेछ। डाँडाको वेदीमा आज मानिसहरूले बलि चढाउँदै छन्। त्यसैकारण आज उनी सहरमा आइपुगेका छन्। उनी त्यहाँ नपुगेसम्म निम्त्याइएका मानिसहरूले भोज खानेछैनन् किनभने पहिले उनले बलिमाथि आशीर्वाद दिनेछन्। तपाईंहरू अहिले नै जानुभए उनी भोजमा डाँडामाथि जानुअघि नै उनलाई भेट्नुहुनेछ।”
14
शाऊल र उनको चाकर सहरमा गए। तिनीहरू सहरमा पस्दैगर्दा शमूएललाई आराधना-स्थलको ठाउँमा जानलाई सहरबाट निस्कँदै र आफैंतिर आउँदै गरेका तिनीहरूले देखे।
15
अघिल्लो दिन परमप्रभुले शमूएललाई भन्नुभएको थियो,
16
“भोलि यति बेलातिर एक जना बेन्यामीन कुलको मानिसलाई म तँकहाँ पठाउनेछु। त्यसलाई मेरा प्रजा इस्राएलका राजा अभिषेक गर्नू अनि त्यसले तिनीहरूलाई पलिश्तीहरूका हातबाट बचाउनेछ। मैले तेरा प्रजाको कष्ट देखेको छु र तिनका मद्दतको लागि बिन्ती सुनेको छु।”
17
जब शमूएलले शाऊललाई देखे, परमप्रभुले उनलाई भन्नुभयो, “मैले यही मानिसको बारेमा तँलाई भनेको थिएँ। उसले मेरा प्रजामाथि राज गर्नेछ।”
18
शमूएल ढोकाछेउ पुगेका थिए। शाऊल उनीकहाँ गएर भने, “स्वप्नदर्शी कहाँ बस्नुहुन्छ? मलाई भन्नुहोस्।”
19
शमूएलले उत्तर दिए, “म नै हुँ, स्वप्नदर्शी। मेरा अघि-अघि आराधना स्थलमा जाओ। तिमीहरू दुवैले आज मसित भोज खानुपर्नेछ। म भोलि बिहान तिमीहरूका सबै प्रश्नहरूका उत्तर दिउँला र तिमीहरूलाई बिदा गरूँला।
20
तीन दिनअघि हराएका गधाहरूबारे चिन्ता नगर, ती गधा पाइएका छन्। तर इस्राएलका प्रजाले के मागिरहेका छन्? तिनीहरूले तिमीलाई र तिम्रा बुबाका परिवारलाई मागिरहेका छन्।”
21
शाऊलले जवाफ दिए, “म बेन्यामीन कुलको हुँ, जुन कुल सबैभन्दा सानो हो र मेरा परिवारको त्यस कुलमा केही महत्त्व छैन। किन तपाईं मसित यस्तो कुरा गर्नुहुन्छ?”
22
तब शमूएलले शाऊल र उनको चाकरलाई एउटा ठूलो कोठामा लगे, जहाँ तीस जना जति अतिथिहरू एउटा टेबिलको चारैपट्टि बसिरहेका थिए र त्यसका मुख्य स्थानमा तिनीहरूलाई राखे।
23
शमूएलले भान्सेलाई भने, “मैले तँलाई दिएर अलग्गै छुट्याइराख्नू भनेको मासुको टुक्रा लिएर आइज।”
24
त्यही भान्सेले छानिराखेको फिलाको टुक्रा ल्याएर शाऊलको सामुन्ने राखिदियो। शमूएलले भने, “हेर, त्यो तिम्रो लागि छुट्याइराखेको टुक्रा हो। खाऊ, मैले निम्त्याएका पाहुनाहरूसित तिमीले खानलाई मैले यो राख्न लगाएको थिएँ।” त्यसरी त्यो दिन शाऊलले शमूएलसित भोजन गरे।
25
आराधना-स्थलबाट सहरमा गएपछि तिनीहरूले कौसीमा शाऊलको लागि ओछ्यान लाइदिए
26
र उनी त्यहीँ सुते। मिर्मिरे उज्यालो हुँदा शमूएलले कौसीमा शाऊललाई बोलाए, “उठ, म तिमीहरूलाई बिदा गर्नेछु।” शाऊल उठे र शमूएलसित सँगै बाहिर सडकमा गए।
27
सहरको अन्तमा आइपुगेपछि शमूएलले शाऊललाई भने, “तिम्रो चाकरलाई अघि जाऊ भन।” चाकर गयो र शमूएलले भने, “यहाँ एक छिन बस् र परमेश्वरले के भन्नुभएको छ, सो म तिमीलाई सुनाउनेछु।”
← Chapter 8
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 10 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31