bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
1 Samuel 12
1 Samuel 12
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 11
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 13 →
1
तब शमूएलले इस्राएलका प्रजालाई भने, “तिमीहरूले मलाई मागेजस्तै मैले गरें। मैले तिमीहरूमाथि शासन गर्न एउटा राजा दिएको छु
2
र तिमीहरूको अगुवाइ गर्न तिनी तिमीहरूसित छन्। म बुढो भएँ र मेरो केश पाकिसक्यो। मेरा छोराहरू तिमीहरूसित छन्। म युवादेखि आजसम्म तिम्रा अगुवा रहेको छु।
3
म उही हुँ। मैले केही भुल गरेको छु भने अहिले परमप्रभु र उहाँले चुन्नुभएको राजाको सामुन्ने मलाई दोष लगाओ। के मैले कसैको गाई वा गधा लगें? के मैले कसैलाई ठगेको वा सताएको छु? के मैले कोहीदेखि घूस लिएको छु? यदि मैले कुनै यस्तो काम गरेको छु भने मैले जे लिएको छु, त्यो म फिर्ता दिनेछु।”
4
मानिसहरूले उत्तर दिए, “अँहँ, तपाईंले हामीलाई ठग्नु वा सताउनुभएको छैन, तपाईंले हामीबाट केही लैजानु भएको छैन।”
5
शमूएलले उत्तर दिए, “तिमीहरूले मलाई पूर्णरूपले निर्दोष पाएका छौ भनी परमप्रभु र उहाँले चुन्नुभएको राजा आज साक्षी हुनुहुन्छ।” “हो, परमप्रभु हाम्रा साक्षी हुनुहुन्छ।” तिनीहरूले जवाफ दिए।
6
शमूएलले अझै भन्दैगए, “मोशा र हारूनलाई चुन्ने र तिम्रा पुर्खाहरूलाई मिश्रबाट निकाली ल्याउनुहुने परमप्रभु हुनुहुन्छ।
7
अब जहाँ तिमीहरू छौ, त्यहाँ खडा रहो अनि तिमीहरू र तिम्रा पुर्खाहरूलाई बचाउन परमप्रभुले गर्नुभएका प्रतापी कामहरूबारे तिमीहरूलाई याद गराएर म तिमीहरूलाई परमप्रभुको सामुन्ने दोष लगाउनेछु।
8
जब याकूब र तिनका परिवार मिश्रमा गए र मिश्रीहरूले तिनीहरूलाई सताए, तिम्रा पुर्खाहरूले मद्दतको निम्ति परमप्रभुलाई पुकारे र उहाँले मोशा र हारूनलाई पठाउनुभयो। ती दुईले तिमीहरूलाई मिश्रबाट निकाली ल्याए र यस देशमा बसाए।
9
तर मानिसहरूले परमप्रभु आफ्ना परमेश्वरलाई बिर्से र उहाँले पलिश्तीहरू, मोआबका राजा र हासोर सहरको सेनापति सीसरालाई तिम्रा पुर्खाहरूको विरुद्धमा लडाइँ गर्न र तिनीहरूलाई जित्न दिनुभयो।
10
तब तिनीहरूले मद्दतको लागि परमप्रभुलाई पुकार्दै भने, “परमप्रभु! हामीले पाप गर्यौं किनभने हामी तपाईंबाट तर्किगयौं र बाल र अश्तोरेतका मूर्तिहरू पुज्यौं। हाम्रा शत्रुका हातबाट हामीलाई बचाउनुहोस् र हामी तपाईंलाई पुज्नेछौं!”
11
अनि परमप्रभुले गिदोन त्यसपछि बाराक, यिप्ता र अन्तमा मलाई पठाउनुभयो। हामीहरू हरेकले तिमीहरूलाई तिम्रा शत्रुहरूबाट बचायौं र तिमीहरूले सुरक्षासाथ बास गर्यौ।
12
तर जब तिमीहरूले अम्मोनका राजा नाहाशलाई आफूमाथि हमला गर्न आँटेका देख्यौ, तब तिमीहरूले परमप्रभुलाई आफ्ना राजा मान्न अस्वीकार गर्यौ र ‘हामीलाई शासन गर्न हामी एउटा राजा माग्छौं’ भनी मलाई भन्यौ।
13
“तिमीहरूले रोजेका राजा अहिले यहाँ छन्। तिमीहरूले उनलाई माग्यौ र परमप्रभुले दिनुभयो।
14
यदि तिमीहरूले परमप्रभु आफ्ना परमेश्वरलाई आदर गर्यौ, उहाँको सेवा गर्यौ र वचन सुन्यौ, आज्ञाहरू मान्यौ अनि तिमीहरू र तिम्रा राजाले उहाँलाई पछ्यायौ भने सबै कुरामा तिमीहरूको भलो हुनेछ।
15
तर यदि तिमीहरूले परमप्रभुको वचन सुनेनौ र आज्ञाहरू पालन गरेनौ भने उहाँ तिमीहरू र तिम्रा राजाको विरुद्धमा हुनुहुनेछ।
16
यसकारण अब जहाँ तिमीहरू छौ, त्यहीं खडा रहो र परमप्रभुले गर्न लाग्नुभएको महान् कार्य तिमीहरूले देख्नेछौ।
17
अहिले गहुँ कटनीको समय छ, होइन त? तर म प्रार्थना गर्नेछु र परमप्रभुले मेघको गर्जन र वृष्टि पठाउनुहुनेछ। जब त्यस्तो हुन्छ, तब थाहा पाउनेछौ कि परमप्रभुलाई राजा माग्दा तिमीहरूले उहाँको विरुद्धमा कति ठूलो पाप गरेछौ।”
18
यसर्थ शमूएलले प्रार्थना गरे र त्यही दिन परमप्रभुले मेघ गर्जन र वर्षा पठाउनुभयो। तब सारा प्रजाले परमप्रभु र शमूएलको डर माने
19
र तिनीहरूले शमूएललाई भने, “हजुर, हाम्रा निम्ति परमप्रभु तपाईंका परमेश्वरसित प्रार्थना गरिदिनुहोस् र हामीले मर्नु नपरोस्। अब हामीलाई थाहा भयो कि हाम्रा अरू सारा पापबाहेक राजा मागेर हामीले पाप गरेका छौं।”
20
शमूएलले जवाफ दिए, “नडराओ। तिमीहरूले यस्तो दुष्कर्म गरेका भए पनि परमप्रभुबाट तर्की नजाओ तर आफ्ना सम्पूर्ण हृदयले उहाँको सेवा गर।
21
झूटा देवी-देवतातिर नलाग, तिनीहरूले तिमीहरूलाई मद्दत दिन वा बचाउन सक्दैनन् किनभने तिनीहरू साँचो होइनन्।
22
परमप्रभुले एउटा गम्भीर प्रतिज्ञा गर्नुभएको छ र उहाँले तिमीहरूलाई त्याग्नुहुन्न किनभने उहाँले तिमीहरूलाई आफ्ना निज प्रजा बनाउने निर्णय गर्नुभएको छ।
23
परमप्रभुले यस्तो हुन नदेऊन् कि तिमीहरूको निम्ति अब उसो प्रार्थना गर्न छोडेर मैले उहाँको विरुद्धमा पाप गरूँ? त्यसका सट्टामा तिमीहरूको लागि जे असल र ठीक छ, सो म तिमीहरूलाई सिकाउनेछु।
24
परमप्रभुको आज्ञा मान र आफ्ना पूरा हृदयले विश्वासयोग्य भएर उहाँको सेवा गर। उहाँले तिम्रा लागि गर्नुभएका महान् कार्यहरूको सम्झना गर।
25
तर यदि तिमीहरूले पाप गरिरह्यौ भने तिमीहरू तिम्रा राजासमेत नाश हुनेछौ।”
← Chapter 11
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 13 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31