bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
1 Samuel 13
1 Samuel 13
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 12
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 14 →
1
शाऊल राजा हुँदा तीस वर्ष पुगेका थिए र तिनले इस्राएलमा बयालीस वर्ष राज्य गरे।
2
शाऊलले तीन हजार मानिसहरू चुने र आफूसित मिकमाश र बेथेलको पहाडी देशमा दुई हजार राखे र आफ्नो छोरो जोनाथनसँग बेन्यामीन कुलको इलाकाभित्र गिबामा एक हजार पठाए। बाँकी मानिसहरूलाई शाऊलले घर फर्काइदिए।
3
जोनाथनले पलिश्ती सेनापतिलाई गिबामा मारे र सबै पलिश्तीहरूले त्यो कुरा सुने। तब सारा देशभरि तुरही फुकेर हिब्रूहरूलाई लडाइँमा बोलाउन शाऊलले दूतहरू पठाए।
4
शाऊलले पलिश्ती सेनापतिलाई मारे र पलिश्तीहरूले उनलाई घृणा गर्छन् भनी सबै इस्राएलीहरूलाई भनियो। यसकारण शाऊलसित गिलगालमा भेट्ने बोलावटलाई मानिसहरूले सुनेर त्यहीअनुसार गरे।
5
पलिश्तीहरू इस्राएलीहरूसित लडाइँ गर्न भेला भए। तिनीहरूसित तीस हजार लडाकु रथ, छ हजार घोडसवारहरू र समुद्रका किनारका बालुवाका कणझैँ गन्न नसकिने पैदल सिपाहीहरू थिए। तिनीहरू बेथ-आवनको पूर्वपट्टि मिकमाशमा गए र त्यहाँ छाउनी हाले।
6
त्यसपछि तिनीहरूले इस्राएलीहरूलाई घोर निराशालाग्दो अवस्थामा पारे। कति इस्राएलीहरू ओडार र झाडीहरूमा वा चट्टानका बीच वा खाडल र कुवाहरूमा लुके।
7
अरू इस्राएलीहरू यर्दन नदी पार गरी गाद र गिलादका इलाकामा गए। शाऊल गिलगालमा थिए अनि तिनीसित भएका मानिसहरू डरले काँम्दै थिए।
8
शमूएलले भनेअनुसार उनलाई सात दिनसम्म पर्खे; तर शमूएल गिलगालमा आइपुगेनन्। मानिसहरूले शाऊललाई छोड्न थाले।
9
यसकारण तिनले मानिसहरूलाई भने, “होमबलि र मेलबलिहरू मकहाँ ल्याओ।” तिनले एउटा होमबलि गरे
10
र त्यो सकिन लाग्दा शमूएल आइपुगे। शाऊल तिनलाई भेटेर स्वागत गर्न निस्किआए।
11
तर शमूएलले भने, “यो तिमीले के गर्यौ?” शाऊलले उत्तर दिए, “मानिसहरू मलाई छोडेर भागिरहेका थिए। तपाईं आफूले भनेअनुसार आइपुग्नुभएन। त्यसबाहेक पलिश्तीहरू मिकमाशमा जम्मा हुँदै छन्।
12
यसकारण मैले यस्तो विचार गरें, पलिश्तीहरूले मलाई यहाँ गिलगालमा हमला गर्नेछन् र मैले परमप्रभुको कृपादृष्टि पाउने चेष्टा गरेकै छैन। यसकारण मलाई लाग्यो कि मैले एउटा होमबलि चढाउनुपर्छ।”
13
“तिमीले एउटा मूर्ख काम गर्यौ,” शमूएलले जवाफ दिए, “तिमीले परमप्रभु तिम्रा परमेश्वरले दिनुभएको आज्ञापालन गरेनौ। तिमीले आज्ञा मानेको भए उहाँले तिमी र तिम्रा सन्तानलाई सदासर्वदा इस्राएलमाथि राज गर्न दिनुहुनेथियो।
14
तर अब तिम्रो शासन धेरै दिन चल्नेछैन। तिमीले उहाँको आज्ञा नमानेकाले परमप्रभुले आफूले चाहेको जस्तो मानिस खोज्नुहुनेछ र तिनलाई आफ्ना प्रजाका शासक बनाउनुहुनेछ।”
15
शमूएल गिलगालबाट बिदा भएर आफ्नो बाटो लागे। शाऊल आफ्ना सिपाहीहरू भएकातिर गए र बाँकी रहेका मानिसहरू तिनीसित लागे। तिनीहरू गिलगालबाट बेन्यामीनको इलाकाको गिबामा गए। शाऊलले आफ्नो सेनाको टोलीको जाँच गरे, त्यहाँ प्राय: ६०० सैनिक थिए।
16
शाऊल, तिनको छोरो जोनाथन र तिनीहरूसित भएका मानिसहरूले बेन्यामीनको इलाकाको गिबामा छाउनी हाले। पलिश्तीहरूको छाउनी मिकमाशमा थियो।
17
पलिश्ती सिपाहीहरू तीन वटा दल बाँधेर आफ्ना छाउनीबाट छापा मार्न निस्के। एक दल शूआलको इलाकामा भएको ओप्रातिर लाग्यो।
18
अर्को दल बेथ-होरोनतर्फ र तेस्रो दल जुन सिमानाबाट सबोईमको बेसी र मरुस्थल देखिन्थ्यो, त्यतातिर लागे।
19
इस्राएलमा कोही लोहार थिएन किनभने पलिश्तीहरूले हिब्रूहरूलाई भाला र तरवारहरू बनाउनदेखि रोक्ने निश्चय गरेका थिए।
20
(इस्राएलीहरू आफ्ना फाली, कोदालो, बन्चरो र हँसियाहरू सान लगाउन पलिश्तीहरूकहाँ जानुपर्थ्यो।
21
बन्चरो उध्याउन र गोरु धपाउने अङ्कुसे मरमत गरेको एक सिक्का तिर्नुपर्थ्यो अनि हलोकोदालो उध्याउन दुई सिक्का।)
22
यसकारण लडाइँ भएको दिन शाऊल र तिनको छोरो जोनाथनबाहेक अरू कुनै इस्राएली सिपाहीका हातमा तरवार वा भाला थिएन।
23
मिकमाशको घाटी रक्षा गर्न पलिश्तीहरूले एक हुल सिपाहीहरू पठाए।
← Chapter 12
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 14 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31